Monday, November 23

समाचार

भारतमा एकैदिन ४३ हजार कोरोना संक्रमित फेला
अन्तर्राष्ट्रिय, समाचार

भारतमा एकैदिन ४३ हजार कोरोना संक्रमित फेला

भारतमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण र मृत्यु दर घट्दै गइरहेको छ। कुनै समय दैनिक ४ लाख कोरोना संक्रमित फेला परेको भारतमा दैनिक ५० हजार भन्दा कम संक्रमित फेला परिरहेका छन् । अहिले भारतमा नागरिकलाई खोप धमाधम लगाउन थलिएको छ ।  भारतमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ९४७ जनाको मृत्यु भएको छ । यससँगै हालसम्म भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४ लाख २ हजार १५ पुगेको छ ।   पछिल्लो २४ घण्टामा ४३ हजार २९६ जनामा कोरोना संक्रमण देखिएको छ । यससँगै कोरोना संक्रमितको कुल संख्या ३ करोड ५ लाख ४४ हजार ४८५ जना पुगेको छ । हालसम्म २ करोड ९६ लाख ५० हजार १ सय ६९ कोरोना संक्रमित निको भइसकेका छन् ।  भारतको महाराष्ट्र, राजस्थान, तामिलनाडू, पन्जाब, मध्य प्रदेश, दिल्ली, गुजरात, कर्नाटक, हरियाणा लगायतका स्थानमा पछिल्लो समय कोरोनाको बढी प्रभाव रहेको छ । ...
युक्रेनलाई पराजित गर्दै इंग्ल्यान्ड सेमिफाइनलमा
खेलकुद, समाचार

युक्रेनलाई पराजित गर्दै इंग्ल्यान्ड सेमिफाइनलमा

गए राति युरोपेली च्याम्पियनसिप अन्तर्गत भएको क्वाटरफाइनल खेलमा इंग्ल्यान्डले सानदार जित निकालेको छ ।  निकै रोमन्चक बनेको उक्त खेलमा इंग्ल्यान्डले युक्रेनलाई ४-० गोलले पराजित गरेको हो । जितसँगै इंग्ल्यान्ड सेमिफाइनलमा प्रबेश गरेको छ । अब सेमिफाइनलमा इंग्ल्यान्ड डेनमार्कसँग खेल्नेछ ।  उक्त खेलको चौथो मिनेटमा इंग्ल्यान्डका कप्तान ह्यारी केनले गोल गरी टिमलाई अग्रता दिलाए । त्यसपछि दोस्रो हाफमा खेलको सुरुवाती मिनेटमा इंग्ल्यान्डका ह्यारी मगाएरले गोल गरुी टिमलाई अग्रता दोब्बर बनाए ।  त्यसको ४ मिनेटपछि केनले अर्को गोल गरे । त्यसपछि जोर्डन हेन्डरसनले इंग्ल्यान्डका लागि गोल गरे । ...
नारायणगढ–मुग्लिन सडकखण्डमा पुनः पहिरो खस्यो, सडक अवरुद्ध
समाचार

नारायणगढ–मुग्लिन सडकखण्डमा पुनः पहिरो खस्यो, सडक अवरुद्ध

नारायणगढ–मुग्लिन सडकखण्डमा पुनः पहिरो खस्दा सडक अवरुद्ध भएको छ । भरतपुर महानगरपालिका–२९ सेती दोभान भन्ने स्थानमा शनिबार राति १० बजे पहिरो खसेको हो ।राति पहिरो खसेसँगै दुईतर्फी सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पहिरो पन्छाउनका लागि डोजर त्यसतर्फ जाँदै गरेको र पानी परिरहेकाले पन्छाउन केही समय लाग्ने कार्यालयले जनाएको छ । शुक्रबार राति खसेको पहिरो शनिबार बिहान ९ बजे पन्छाएँंगै खुलेको थियो । बिहीबारदेखि यस सडकखण्डमा पटकपटक पहिरो खस्दै आएको छ ।...
युरोपेली च्याम्पियनसिप : सानदार जित निकाल्दै डेनमार्क सेमिफाइनलमा
खेलकुद, समाचार

युरोपेली च्याम्पियनसिप : सानदार जित निकाल्दै डेनमार्क सेमिफाइनलमा

गए राति युरोपेली च्याम्पियनसिप अन्तर्गत भएको क्वाटरफाइनल खेलमा डेनमार्कले सानदार जित निकालेको छ ।  निकै रोमान्चक बनेको उक्त खेलमा डेनमार्कले चेक रिपब्लिकलाई २-१ गोलले पराजित गरेको हो । जितसँगै डेनमार्क युरोपेली च्याम्पियनसिपको सेमिफाइनलमा प्रबेश गरेको छ । उक्त खेलमा पहिलो हाफमा डेनमार्कले २ गोल गरेको हो ।  खेलको पाँचौं मिनेटमा डेनमार्कका थोमस डेलानेले गोल गरी टिमलाई अग्रता दिलाए । त्यसपछि खेलको ४२ औं मिनेटमा डेनमार्ककै कास्पर डोलवर्गले गोल गरी टिमलाई अग्रता दिलाए ।  त्यसपछि खेलको ४९ औं मिनेटमा चेक गणतन्त्रका प्याट्रिक शिकले गोल गरे । अब डेनमार्कले सेमिफाइनलमा इङ्गल्याण्डसँग खेल्नेछ ।...
बाढीका कारण अवरुद्ध विपी राजमार्ग एकतर्फी सञ्चालन
समाचार

बाढीका कारण अवरुद्ध विपी राजमार्ग एकतर्फी सञ्चालन

अविरल वर्षाका कारण काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११ र १२ को सिमानामा पर्ने माम्ती खोलामा आएको बाढीका कारण अवरुद्ध भएको विपी राजमार्ग एकतर्फी सञ्चालनमा आएको। खोलाको माथिबाट बाढीले बगाएर ल्याएर लेदो सडकमा थुप्रिएपछि राजमार्ग अवरुद्ध भएको थियो। प्रहरी, रोशी गाउँपालिका, सयक आयोजना र स्थानीयबासिन्दाको पहलमा लेदो हटाई एकतर्फी सञ्चालनमा ल्याइएको हो। इलाका प्रहरी कार्यालय मङ्गलटारका प्रहरी निरीक्षक शेखर खड्काका अनुसार सडक अवरुद्ध भएपछि सवारी साधनको जाम र अलपत्र परेका यात्रुलाई गन्तव्यतर्फ पु¥याउन प्रहरी र स्थानीयबासिन्दाको सहयोगमा एकतर्फी सञ्चालनमा ल्याइएको हो। सडक अवरुद्ध भएपछि शुक्रबार राति १२ बजेदेखि ठप्प भएको सवारी साधन दिउँसो २ः३० बजेदेखि चल्न थालेको प्रहरी निरीक्षक खड्काले बताए। ‘रातिदेखि नै बाढीका कारण सडक अवरुद्ध भएपछि जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक र जिल्ला प्रहरी कार्यालय...
सर्वोच्चको फैसला आउँदासम्म जसको हस्ताक्षर हुन्छ ती एमाले होइनन् : ओली
राजनीति, समाचार

सर्वोच्चको फैसला आउँदासम्म जसको हस्ताक्षर हुन्छ ती एमाले होइनन् : ओली

एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनविरुद्ध तथा काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्च अदालतमा दायर रिटमा हस्ताक्षर फिर्ता नलिनेहरु एमाले नरहने बताएका छन्। बालुवाटारमा जारी एमाले केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सर्वोच्चको फैसला आउँदासम्म जसको हस्ताक्षर फिर्ता हुँदैन उनीहरु एमाले नरहने बताएका हुन्। उनले पार्टीलाई ढाल्ने विपक्षीलाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्नेहरु एमाले हुन नसक्ने बताएका हुन्। सर्वोच्चमा विचाराधीन यो मुद्दामा रिट निवेदक र सरकारी पक्षको बहस सकिएको छ भने अब ६ घण्टाको बहसमात्र बाँकी छ। सर्वोच्चमा यो मुद्दामा अब छिटै फैसला आउँदैछ। यसअघि एमालेको शुक्रबार बसेको बैठकले रिटमा हस्ताक्षर गर्ने २३ जना नेताहरुलाई हस्ताक्षर फिर्ता लिन सोमबारसम्मको अल्टिमेटम दिएको थियो। तर, रिटमा हस्ताक्षर...
थप २३२८ मा कोरोना संक्रमण, ३०६६ निको
विशेष, समाचार

थप २३२८ मा कोरोना संक्रमण, ३०६६ निको

गत २४ घण्टामा नेपालमा २ हजार ३२८ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा ३ हजार ६६ जना निको भएर घर फर्केका छन्। मन्त्रालयका अनुसार गत २४ घण्टामा ५ हजार ८३७ पीसीआर परीक्षण गर्दा १ हजार ५२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ४ हजार २९६ परीक्षण गर्दा ८०१ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ। गएको २४ घण्टामा १९ जनाको कोरोनाका कारण ज्यान गएको छ। मन्त्रालयका अनुसार शनिबारसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार १९८ पुगेको छ । नेपालमा हाल कुल संक्रमितको ४.३१ प्रतिशत सक्रिय संक्रमित रहेका छन् ।...
नेपालसहितका दक्षिण एसियाली मुलुकमा यूएईले लगायो यात्रामा प्रतिबन्ध
समाचार

नेपालसहितका दक्षिण एसियाली मुलुकमा यूएईले लगायो यात्रामा प्रतिबन्ध

संयुक्त अरब इमिरेट्स (युएई) ले आफ्ना नागरिकहरूलाई नेपाल, भारत, पाकिस्तान, बङ्गलादेश र श्रीलंकालगायतका दक्षिण एसियाली देशमा यात्रामा  प्रतिबन्ध लगाएको छ । कोभिड–१९ महामारीका कारण गत महिनाको अन्त्यमा यूएईले विभिन्न १४ मुलुकका यात्रीहरूलाई आफ्नो देश प्रबेशमा प्रतिबन्ध लगाएको थियो । उक्त प्रतिबन्धलाई यही जुलाई २१ सम्म विस्तार गरेको छ । परराष्ट्र मन्त्रालय र राष्ट्रिय प्रकोप तथा विपद् व्यवस्थापन प्राधिकरणले यात्राको मौसम शुरू भएपछि नागरिकहरूले कोभिड–१९सम्बन्धी सबै सावधानी र रोकथामका उपायहरू पालना गर्नु आवश्यक रहेको बताएको ‘द एक्सप्रेस ट्रिब्यून’ले लेखेको छ । यूएईको नागरिक उड्डयन प्राधिकरणले एक सूचनामार्फत् लाइबेरिया, नामिबिया, सियरा लियोन, प्रजातान्त्रिक गणतन्त्र कङ्गो, युगान्डा, जाम्बिया, भियतनाम, भारत, बंगलादेश, श्रीलङ्का, नाइजेरिया र दक्षिण अफ्रिका तथा नेपालबाट हुने उडान जुलाई ...
काठमाडौंको मुलपानीमा ट्रिपर खस्दा टहरामा  सुतिरहेका दम्पतीको मृत्यु
समाचार

काठमाडौंको मुलपानीमा ट्रिपर खस्दा टहरामा सुतिरहेका दम्पतीको मृत्यु

काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका ५ साँखुमा बा ५ ख २५११ नम्बरको टिप्पर सडकबाट खस्दा दम्पतीको ज्यान गएको छ। मृत्यु हुनेमा ५३ वर्षे साइला तामाङ र ५५ वर्षीया जयन्ती तामाङ रहेका छन् । मृतक दम्पती गाइवस्तु कुर्न टहरामा बस्ने गरेको प्रहरीले जनाएको छ। शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगन्ज पठाइएको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ। शनिबार बिहान ४ बजे माटो लिएर साँखुबाट बौद्धतर्फ आइरहेको टिप्पर सडकबाट खसेर टहराभित्र पसेको प्रहरीले जनाएको छ। प्रहरीले टिपर चालक गोविन्द घलानलाई नियन्त्रणमा लिएको छ। घलानले टिप्पर अनियन्त्रित भएर पल्टिएको बयान दिएको प्रहरीले जनाएको छ।...
नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा
समाचार

नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा

निरन्तरको वर्षातसँगै झरेको पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ। विभिन्न स्थानमा खसेको पहिरो पन्छाएसँगै आज बिहान ९ः१० बजेदेखि एकतर्फी रुपमा सवारी साधन सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। कार्यालयका अनुसार पहिरोका कारण रोकिएका सवारी साधनलाई पालैपालो गन्तव्यमा पठाउने क्रम शुरु भएको छ। चारकिलो, पाँचकिलो, जलबिरे, सेती दोभानमा पहिरो पन्छाएर एकतर्फी सडक सञ्चालनमा ल्याइएको हो। सो सडक क्षेत्रमा बिहीबारदेखि पटक पटक पहिरो खस्ने र पन्छाउने कार्य जारी छ। पहिरोका कारण बिहिबार चार घण्टा र शुक्रबार दुई घण्टा मात्रै सञ्चालनमा आएको सो सडकखण्ड दुईतर्फी सञ्चालनमा आउन अझै केही समय लाग्ने कार्यालयले जनाएको छ। नारायणगढ–मुग्लिन सडकखण्डमा पटक–पटक झरेको पहिरोका कारण यातायात सेवा अवरुद्ध हुँदै यात्रुहरु अलपत्र परेका छन्।...