Sunday, November 22

समाचार

असार २२ गतेदेखि ज्येष्ठ नागरिकलाई कोरोनाको दोस्रो खोप
समाचार

असार २२ गतेदेखि ज्येष्ठ नागरिकलाई कोरोनाको दोस्रो खोप

सरकारले ज्येष्ठ नागरिकलाई कोरोना भाइरस सङ्क्रमणविरुद्धको ‘भेरोसेल’ खोपको दोस्रो मात्रा यही असार २२ गतेदेखि लगाउने भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘भेरोसेल’ खोप पहिलो मात्रा लगाएका ज्येष्ठ नागरिकलाई यही असार २२ गतेदेखि दोस्रो मात्रा लगाइने जनाएको छ। ‘भेरोसेल’ को पहिलो मात्रा लगाएका तीन लाख ७० हजार ज्येष्ठ नागरिकलाई असार २२ गतेदेखि दोस्रो मात्रा खोप लगाउने मन्त्रालयको तयारी रहेको छ। गत जेठ २५ गतेदेखि २९ गतेसम्म ६० देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागारिकलाई खोपको पहिलो मात्रा लगाइएको थियो। यसअघि पहिलो मात्रा लगाएकोलाई समेत दोस्रो मात्राको खोप दिइने छ। खोप लगाउनका लागि पहिलो मात्रा लगाइएको कार्ड अनिवार्य देखाउनुपर्ने छ। नेपालमा अहिलेसम्म सात लाख ३१ हजार ६५३ जनाले दोस्रो मात्रा र २५ लाख १९६ जनाले पहिलो मात्राको खोप लगाइसकेका छन्।...
भारतमा कोरोना संक्रमणबाट एकैदिन ११ सय ८६ जनाको मृत्यु
अन्तर्राष्ट्रिय, समाचार

भारतमा कोरोना संक्रमणबाट एकैदिन ११ सय ८६ जनाको मृत्यु

भारतमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण दर घट्दै गइरहेको छ। कुनै समय दैनिक ४ लाख कोरोना संक्रमित फेला परेको भारतमा पछिल्लो समय संक्रमितको दर घट्दै गई दैनिक ५० हजारको हाराहारीका संक्रमित फेला परिरहेका छन् ।  भारतमा पछिल्लो २४ घण्टामा ११ सय ८६ संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ लाख ९४ हजार ५२४ पुगेको छ ।   पछिल्लो २४ घण्टामा ४९ हजार ५२ जनामा कोरोना संक्रमण देखिएको छ । यससँगै कोरोना संक्रमितको कुल संख्या ३ करोड १ लाख ८२ हजार ४६९ जना पुगेको छ । हालसम्म २ करोड ९१ लाख ८५ हजार ५ सय ५९ कोरोना संक्रमित निको भइसकेका छन् ।  भारतको महाराष्ट्र, राजस्थान, तामिलनाडू, पन्जाब, मध्य प्रदेश, दिल्ली, गुजरात, कर्नाटक, हरियाणा लगायतका स्थानमा पछिल्लो समय कोरोनाको बढी प्रभाव रहेको छ । ...
देशका यी स्थानमा पानी पर्ने
मौसम, समाचार

देशका यी स्थानमा पानी पर्ने

शनिबार प्रदेश नं १, प्रदेश नं २ र  बागमती प्रदेशमा पुर्ण बदली रहि बाँकी प्रदेशमा सामान्य बदली रहेको छ।  प्रदेश नं १, प्रदेश नं २ र  बागमती प्रदेशका केहि स्थानहरुमा हल्का देखि मध्यम पानी परिरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल देशको दक्षिणी भू-भाग नजिक मनसुनी न्युन चापिय रेखा देखिन्छ ।  आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम पानी पर्ने सम्भावना रहेको छ । प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जनसहित ठुलो पानी पर्ने सम्भावना रहेको छ।   त्यस्तै आज राति देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । प्रदेश नं १, प्रदेश नं २ र  लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जनसहित ठुलो पानी पर्ने सम्भावना रहेको छ ।&nbs...
जीवन विकास लघुवित्त वित्तीय संस्थाको आइपिओ खुला
अर्थ/व्यापार, समाचार

जीवन विकास लघुवित्त वित्तीय संस्थाको आइपिओ खुला

जीवन विकास लघुवित्त वित्तीय संस्थाको प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ) शुक्रबारदेखि बिक्री खुला भएको छ । शुक्रबारदेखि बिक्री खुला भएको आइपिओ यही असार १५ गतेसम्म खुला हुने कम्पनीले जनाएको छ ।  सो अवधिसम्म माग अनुसारको आवेदन नपरेमा यही असार २५ गतेसम्म शेयर बिक्री खुला गरिने संस्थाले जानकारी गराएको छ । रु १९ करोड ७७ लाख ३० हजार बराबरको आइपिओ निष्कासन तथा बिक्री खुला गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सञ्जयकुमार मण्डलले जानकारी दिए ।  उनका अनुसार प्रतिकित्ता रु एक सय अङ्कित दरका १९ लाख ७७ हजार ३०० कित्ता साधारण शेयर बिक्री खुला गरिएको छ । त्यसमध्ये जारी पूँजीको पाँच प्रतिशत अर्थात् ३० हजार ४२० कित्ता शेयर कर्मचारीका लागि र कूल निष्कासनको पाँच प्रतिशत अर्थात् ९८ हजार ८६५ कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी रहेका १८ लाख ४८ हजार १५ कित्ता शेय...
ईश्वरलाल प्रतिष्ठानद्वारा बालबालिकालाई खाद्यान्न सहयोग
अर्थ/व्यापार, समाचार

ईश्वरलाल प्रतिष्ठानद्वारा बालबालिकालाई खाद्यान्न सहयोग

ईश्वरलाल प्रतिष्ठानले काठमाडौं शान्ति शिक्षा मन्दिर विद्यालयमा अध्ययनरत बालबालिकालाई खाद्यान्न सहयोग गरेको छ । प्रतिष्ठानले राहत स्वरुप बिहिबार उक्त सहयोग उपलब्ध गराएको हो ।प्रतिष्ठानका अध्यक्ष प्रदिपलाल श्रेष्ठले उक्त सहयोग हस्तान्तरण गरेका थिए । सहयोग सामाग्रीमा चामल, तेल, दाल लगायतका सामाग्रीहरु छन् । प्रतिष्ठानले शान्ति शिक्षा मन्दिर विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई पोषण युक्त दिवा खाजामा निरन्तर सहयोग गर्दै आईरहेको छ ।...
साल्ट ट्रेडिङ कर्पोरेशनबाट बालबालिकालाई खाद्यान्न सहयोग
अर्थ/व्यापार, समाचार

साल्ट ट्रेडिङ कर्पोरेशनबाट बालबालिकालाई खाद्यान्न सहयोग

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले काठमाडौं महानगरपालिका वडा नं १७ स्थित शान्ति शिक्षा मन्दिर विद्यालयमा अध्ययनरत २० जना बालबालिकालाई खाद्यान्न सहयोग गरेको छ । कर्पोरेशनले राहत स्वरुप बिहिबार उक्त सहयोग उपलब्ध गराएको हो । कर्पोरेशनका तर्फबाट प्रज्वल प्रधानले उक्त सहयोग हस्तान्तरण गरेका थिए । सहयोग सामाग्रीमा चामल, तेल, दाल,नून लगायतका खाद्यान्न सामाग्रीहरु छन् । कर्पोरेशनले सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयलाई दिवा खाजामा निरन्तर सहयोग गर्दै आईरहेको छ ।...
‘आमा अर्गानिक मःमः’ स्वादिष्ट खाजाका लागि सबैको पहिलो रोजाई बन्दै
अर्थ/व्यापार, समाचार

‘आमा अर्गानिक मःमः’ स्वादिष्ट खाजाका लागि सबैको पहिलो रोजाई बन्दै

म:म: भन्नासाथ मुखमा पानी नरसाउने  मानिस कमै होलान । रेस्टुरेन्ट,क्याफे तथा होटलमा हामी जति नै पटक मेनु पल्टाए पनि अन्य थुप्रै खानाका परिकार छोडेर अन्तमा अर्डर गर्छौ त म:म: नै । नेपालमा प्राय ट्रेन्डनै बसेको विषय हो यो । पछिल्लो पटक नेपाली ममको माग देशमात्र नभएर विदेशमा समेत बढ्दै गएको छ । माग बढेसंगै म:म: उत्पादनका लागी नयां नयां प्रविधि मार्फत म:म:को उत्पादन हुन थालेको छ । प्रविधि मार्फत उत्पादन हुने म:म:को प्रतिस्पर्धी बजारमा म:म: पारखीहरुका लागी एक बिल्कुलै फरक स्वादमा अन्तराष्ट्रिय मापदण्ड अनुरुप उत्कृष्ट उत्पादनको साथमा स्वादिष्ट तथा गुणस्तरीय आमा अर्गानिक फ्रोजन म:म: बजारमा आएको छ । आमा अर्गानिक फुड्सले बजारमा ल्याएको आमा अर्गानिक म:म:को मुख्य विशेषता भनेको शुन्य फ्याट र अजिनो मोटो रहित लिन मिट किमाले बनेको फ्रोजन म:म: भएकोले जुनसुकै उमेरकाले खाजा तथा खानाको रुपमा खान सकिने क...
राजधानी युथ क्लबद्वारा हेलम्बुमा सोलार बत्ती तथा खाध्यान्न सहित ५० परिवारलाइ राहत बितरण
राष्ट्र, समाचार

राजधानी युथ क्लबद्वारा हेलम्बुमा सोलार बत्ती तथा खाध्यान्न सहित ५० परिवारलाइ राहत बितरण

मनसुन सुरु सङगै बाढीले क्षेत विच्छेद बनाएको सिन्धुपाल्चोक जिल्ला अहिले सबैको नजरमा छन,खासै सरकारको नजरमा नपरेको सिन्धुपाल्चोक बासी अहिले त्रास र पिडामा डुबिरहेका छन । रोइ रहेका आँखा अनि थरथर कामी रहेका हातहरु जोड्न मुल्किल जस्तै देखि रहेका छन सिन्धु बासी, थुप्रै सामाजिक सङ्घ संस्थाले दुखी रहेको घाउमा केही मलम लगाउने कोसिस गरिरहेका छन । यसै सिलसिलामा राजधानीका एक सामाजिक क्लब राजधानी युथ क्लबले सिन्धुपाल्चोकको हेलम्बु गाउँ पालिकाको वडा न १ र २ का बाढी पहिरो पीडितलाई सोलार बत्ती लगाएत  खाध्यान्न सहित ५० परिवारलाइ राहत बितरण गरेको क्लबका सन्स्थापक अध्यक्ष आशिष् खतिवडाले जानकारी दिएका छन । उक्त राहतका साथमा क्लबका संरक्षक रोम प्रधान, प्रकाश राई ,अम्बिर गुरुङ लगाएत राजधानी युथ क्लबका पदाधिकारीहरु स्वयंसेवक सहित हेलम्बुको क्युल पुगेका थिए। क्लबका संस्थापक सचिब समीर लामाका अनुसार उक्त ...
डा. डीआरको ‘दुई मुटु’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

डा. डीआरको ‘दुई मुटु’ सार्वजनिक(भिडियो)

विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘दुई मुटु’ सार्वजनिक भएको छ । सागर अधिकारी ‘शरद’को स्वर र सङ्गीत, संजय श्रीपालीको एरेञ्ज र गोविन्द सोनीको मिक्सिङ तथा माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । माइकल चन्दले निर्देशन गर्नुभएको गीतको भिडियोमा नायिका अनु शाह र डा. उपाध्यायलाई फिचरिङ गरिएको छ । उत्सव दाहालको छायाँकन रहेको गीतको भिडियोलाई शिलन लम्सालले सम्पादन गर्नुभएको छ । ‘गीत जति उत्कृष्ट भिडियो पनि त्यतिकै राम्रो दर्शकमा पस्किने कोशिस गरेको छु’, निर्देशक चन्दले भन्नुभयो । भिडियो डीआर म्युजिक एण्ड क्रियशनको युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ । गीतमा अत्यधिक माया गर्ने श्रीमति गुमाउँदाको पिडालाई निक्कै मिर्मिक ढंगले प्रस्तुत गरिएको छ । https://www.youtube.com/watch?v=c_7cbaOKK5Y&t=44s नेपाली गीत सङ्गीतमा डा. उपाध्यायले सार्वधिक विश्व रेकर्ड काय...
थप २४०० मा कोरोना पुष्टि, २५०० निको
समाचार, स्वास्थ्य

थप २४०० मा कोरोना पुष्टि, २५०० निको

बिहिबार नेपालमा २ हजार ४७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर ७ हजार २३५ पीसीआर र ४ हजार ९९७ एन्टीजेन परिक्षणमा क्रमशः १ हजार ५७७ र ८९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ५९ हजार ३६५ पुगेको छ । जसमध्ये ५ लाख ७० हजार ९५८ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा २ हजार ५१८ जना निको भएका छन् । हालसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ४९ हजार ५५५ रहेको छ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेमा २४ जना थपिएका छन् । हालसम्म कोरोनाको कारण ८ हजार ९१८ जनाको मृत्यु भएको छ । यस्तै देशभर ३८८ जना क्वारेन्टिनमा रहेका छन ।...