Sunday, November 22

समाचार

फेरि घट्यो सुनको मूल्य
अर्थ/व्यापार, समाचार

फेरि घट्यो सुनको मूल्य

बिहिबार पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ । बुधबार तोलामा ३ सय रुपैयाले घटेको सुनको मूल्य आज तोलामा २ सय रुपैयाले घटेको हो ।   बुधबार प्रतितोला ९० हजार ७ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज घटेर तोलाको ९० हजार ५ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।   त्यस्तै आज तेजावी सुनको मूल्य पनि प्रतितोला ९० हजार रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य स्थिर रही तोलाको १ हजार २ सय ९५ रुपैयामा नै कारोबार भइरहेको महासंघले जनाएको छ । ...
भारतमा २ करोड ९० लाख कोरोना संक्रमित निको
अन्तर्राष्ट्रिय, समाचार

भारतमा २ करोड ९० लाख कोरोना संक्रमित निको

 भारतमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण दर घट्दै गइरहेको छ। दैनिक ४ लाख कोरोना संक्रमित फेला परेको भारतमा पछिल्लो समय संक्रमितको दर घट्दै गइरहेको छ ।   भारतमा पछिल्लो २४ घण्टामा ९७८ संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ लाख ९२ हजार १४ पुगेको छ ।   पछिल्लो २४ घण्टामा ५४ हजार ३१९ जनामा कोरोना संक्रमण देखिएको छ । यससँगै कोरोना संक्रमितको कुल संख्या ३ करोड ८२ हजार १६९ जना पुगेको छ । हालसम्म २ करोड ९० लाख ५६ हजार ६ सय ९ कोरोना संक्रमित निको भइसकेका छन् ।  भारतको महाराष्ट्र, राजस्थान, तामिलनाडू, पन्जाब, मध्य प्रदेश, दिल्ली, गुजरात, कर्नाटक, हरियाणा लगायतका स्थानमा पछिल्लो समय कोरोनाको बढी प्रभाव रहेको छ । ...
कोपा अमेरिका : ब्राजिलको सानदार जित
खेलकुद, समाचार

कोपा अमेरिका : ब्राजिलको सानदार जित

कोपा अमेरिका अन्तर्गत भएको खेलमा ब्राजिलले सानदार जित निकालेको छ । निकै रोमान्चक बनेको उक्त खेलमा ब्राजिलले कोलम्बियालाई २–१ गोलले पराजित गरेको छ । उक्त खेलमा ब्राजिलका लागि रोवर्टो फिर्मिनो र क्यासेमिरोले एक एक गोल गरे ।  यस्तै कोलम्बियाका लागि लुइस ड्यासले एक गोल फर्काए । उनले खेलको १० औँ मिनेटमा गोल गरे पनि टिमलाई जित दिलाउन सकेनन् । खेलमा ब्राजिलले गरेको पहिलो गोल विवादमा परेको थियो । त्यसपछि केही बेर खेल रोकिएर शुरु भएको थियो । जितसँगै ब्राजिलको नौ अंक रहेको छ भने कोलम्बिया चार अंकसहित दोस्रो स्थानमा रहेको छ ।...
देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै
अर्थ/व्यापार, समाचार

देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै

देशभरका सबै स्थानीय तहले आज आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दैछन् । अधिकांश पालिकाले आजै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेर बजेट सार्वजनिक गर्ने तयारी गरेका छन् । अन्तरसरकारी वित्त व्यवस्थापन ऐन र स्थानीय सरकार सञ्चालन ऐनले सबै स्थानीय सरकारले असार १० गतेभित्र आगामी वर्षको नीति, कार्यक्रम र बजेट आ–आफ्नो सभामा पेस गर्नुपर्ने कानुनी व्यवस्था गरेको छ । प्रदेशले बजेट सार्वजनिक गरेपछि स्थानीय तहले पनि बजेट सार्वजनिक गर्ने प्रचलन छ । स्थानीय तहले नीति, कार्यक्रम र बजेटसँगै आर्थिक ऐन र विनियोजित ऐनसमेत सभामा पेस गरी असार मसान्तभित्र पारित गरिसक्नुपर्ने व्यवस्था छ । सङ्घीय सरकारले जेठ १५ गते, प्रदेश सरकारले असार १ गते र सबै स्थानीय सरकारले असार १० गतेभित्र नीति तथा कार्यक्रम र बजेट सभामा पेस गर्नुपर्ने कानुनी व्यवस्था छ । तर स्थानीय तहका प्रतिनिधिले भने प्रदे...
जर्मनी युरोकपको नकआउट चरणमा पुग्यो
खेलकुद, समाचार

जर्मनी युरोकपको नकआउट चरणमा पुग्यो

ईएफए युरोकप २०२० फुटबलमा हंगेरीसँग बराबरी खेल्दै जर्मनी नकआउट चरणमा प्रवेश गरेको छ। एलियान्ज अरिनामा बुधबार राति सम्पन्न समूह चरणको अन्तिम खेलमा हंगेरीसँग २ – २ गोलको बराबरी खेल्दै जर्मनी नकआउट चरणमा प्रवेश गरेको हो। जर्मनीका लागि काई हार्भटेज र लियोन गोर्टेज्काले एक एक गोल गरे। हंगेरीका लागि कप्तान एडम सजलाई र आन्द्रेस सेफेरले एक एक गो फर्काए। प्रतिस्पर्धात्मक बनेको खेलमा हंगेरीसँग बराबरीको नतिजा निकाल्न जर्मनलाई ठूलो संघर्ष गर्नुपर्यो। दुई पटक हंगेरीले अग्रता बनाए पनि अग्रतालाई कायम राख्न सकेन। पहिलो हाफको ११ औं मिनेटमा कप्तान एडम सजलाईले उत्कृष्ट गोल गर्दै हंगेरीलाई अग्रता दिलाएका थिए। दोस्रो हाफको ६६ औं मिनेटमा काइ हाभर्टेजले गोल गर्दै जर्मनीलाई १–१ गोलको बराबरीमा फर्काए। त्यसको दुई मिनेट पछि ६८ औं मिनेटमा आन्द्रेस सेफेरले गोल गर्दै हंगेरीलाई २–१ को अग्रता दिलाए। खेलको अन्तिम ...
पेट्रोलियम पदार्थको मूल्य बढ्यो
अर्थ/व्यापार, समाचार

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

पेट्रोलियम पदार्थको मूल्य बढाइएको छ। नेपाल आयल निगमले बुधबार राति १२ बजेबाट लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको हो। पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर २ रुपैयाँ मूल्य बढाइएको हो। नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य लिटरको १२७ रुपैयाँ र डिजेलको मूल्य ११० रुपैयाँ पुगेको छ। हवाई इन्धन (आन्तरिक उडान) मा प्रतिलिटर २ रुपैयाँले वृद्धि गरी ८२ रुपैयाँ प्रति लिटर र हवाई इन्धन (अन्तर्राष्ट्रिय उडान)मा प्रति किलोलिटर अमेरिकी डलर २ ले वृद्धि गरेर ७३५ डलर प्रति किलो लिटर बनाइएको छ।...
अन्तर्राष्ट्रिय उडान भोलिबाट, आन्तरिक उडान १७ गतेदेखि
राष्ट्र, समाचार

अन्तर्राष्ट्रिय उडान भोलिबाट, आन्तरिक उडान १७ गतेदेखि

सरकारले आन्तरिक तगा अन्तर्राष्ट्रिय हवाई सेवालाई नियमित गर्ने निर्णय गरेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बुधबार उडान तालिका सार्वज्निक गरेको छ। मन्त्रालयले बुधबार असार १७ बाट आन्तरिक उडान गर्ने तालिका सार्वजनिक गरेको हो। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई सेवा सुचारु गर्ने निर्णय गरेको थियो। तर, स्वास्थ्य मापदण्ड पूरा गरी सेवा दिनुपर्ने नियम बनाइएको छ। मन्त्रिपरिषदको निर्णय अनुसार मन्त्रालयले हवाई सेवाका लागि तयारी शुरु गरेको हो। कोरोना महामारीका कारण आन्तरिक उडानमा विमानले पूर्ण क्षमताभन्दा ५० प्रतिशत कम अकुपेन्सीम सेवा दिनुपर्ने व्यवस्था गरिएको छ। यसको अनुगमन नागरिक उड्डयन प्राधिकरणले गर्नेछ। अन्तर्राष्ट्रिय हवाई सेवा बिहीबारबाटै उडान शुरु हुनेछ मन्त्रालयले जनाएको छ। मन्त्रालयले जुन ३० सम्मका लागि उडान तालिका सार्वजनिक गरेको छ।...
थप २४०० मा कोरोना पुष्टि, ३५०० निको
समाचार, स्वास्थ्य

थप २४०० मा कोरोना पुष्टि, ३५०० निको

बुधबार नेपालमा २ हजार ४२१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर ७ हजार ४६१ पीसीआर र ४ हजार ९५३ एन्टीजेन परिक्षणमा क्रमशः १ हजार ५११ र ९१० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ५६ हजार ८९१ पुगेको छ । जसमध्ये ५ लाख ६८ हजार ४४० जना निको भएका छन् । पछिल्लो २४ घण्टामा ३ हजार ५५८ जना निको भएका छन् । हालसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ५० हजार ५२० रहेको छ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेमा ८१ जना थपिएका छन् । हालसम्म कोरोनाको कारण ८ हजार ८९४ जनाको मृत्यु भएको छ । यस्तै देशभर ४२५ जना क्वारेन्टिनमा रहेका छन ।...
संसद विघटनविरुद्ध परेको रिटमाथि सुनुवाइ सुरु
राजनीति, समाचार

संसद विघटनविरुद्ध परेको रिटमाथि सुनुवाइ सुरु

प्रतिनिधि सभा विघटनविरुद्ध र संविधानको धारा ७६(५)अनुसार कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गरिएका रिटमाथि सर्वाेच्च अदालतको संवैधानिक इजलासमा बुधबारबाट सुनुवाइ सुरु भएको छ । गत जेठ ८ गते सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेकी थिइन् । प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमाथि बुधबारबाट प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा नेतृत्वमा न्यायाधीशहरू दीपक कुमार कार्की, मीरा खड्का,ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराई सहभागी संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको हो । इजलासले  बहसका लागि १५ घण्टाको समयसीमाबारे कानुन व्यवसायीहरुलाई स्मरण गराएका छन् । कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउन मागसहित  कांग्रेस, माओवादी केन्द्र, एमालेको नेपाल समूह, जसपाको उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चाका १४६ जना सांसदले दिएको र...
घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?
अर्थ/व्यापार, समाचार

घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । मंगलबार तोलामा ६ सय रुपैयाले बढेको सुनको मूल्य आज तोलामा ३ सय रुपैयाले घटेको हो ।   मंगलबार प्रतितोला ९१ हजार रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज घटेर तोलाको ९० हजार ७ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।   त्यस्तै आज तेजावी सुनको मूल्य पनि प्रतितोला ९० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य तोलाको १ हजार २ सय ९५ रुपैयामा नै कारोबार भइरहेको महासंघले जनाएको छ । ...