Saturday, November 21

समाचार

मन्त्रिपरिषद विस्तारविरुद्ध अदालतको आदेशपछि २० मन्त्री पदमुक्त
राजनीति, समाचार

मन्त्रिपरिषद विस्तारविरुद्ध अदालतको आदेशपछि २० मन्त्री पदमुक्त

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनपछि गरेको मन्त्रिपरिषद विस्तारलाई बदर गरिदिएको छ । मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले मन्त्रिपरिषद् विस्तारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेका रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले जारी गरेको आदेशसँगै  प्रधानमन्त्री ओलीले नियुक्त गरेका २० जना मन्त्री स्वतः जिम्मेवारीमुक्त भएका छन्। वरिष्ठ अधिवक्ता त्रिपाठीले प्रतिनिधिसभा विघटन र निर्वाचन घोषणा भएको अवस्थामा गरिएको मन्त्रिपरिषद विस्तारको निर्णयविरुद्ध रिट दायर गरेका थिए । ‘२०७८ साल जेठ २१ र २७ मा प्रधानमन्त्रीको सिफारिसमा सम्माननीय राष्ट्रपतिबाट भएको उपप्रधानमन्त्री एवं मन्त्रीहरूको सपथ र कार्यविभाजन संविधान अनुकुल भएको नभई संविधानको मूल मर्म भावना व...
थप ४५२२ कोरोना संक्रमण, ४१ को मृत्यु
समाचार, स्वास्थ्य

थप ४५२२ कोरोना संक्रमण, ४१ को मृत्यु

गत २४ घण्टामा नेपालमा ४ हजार ५२२ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा ४ हजार ९५४ जना निको भएर घर फर्केका छन्। मन्त्रालयका अनुसार गत २४ घण्टामा १२ हजार २०४ पीसीआर परीक्षण गर्दा ३ हजार ७०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ४ हजार ७०९ परीक्षण गर्दा ८१९ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ। गएको २४ घण्टामा ४१ जनाको कोरोनाका कारण ज्यान गएको छ। नेपालमा हाल ५२ हजार ६८४ जना आइसोलेसनमा रहेका छन् ।...
६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई तत्काल दोस्रो डोज खोप दिन सर्वोच्चको अन्तरिम आदेश
समाचार

६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई तत्काल दोस्रो डोज खोप दिन सर्वोच्चको अन्तरिम आदेश

सर्वोच्च अदालतले ६५ वर्षमाथिका ज्येष्ठ नागरिकहरुलाई कोरोनाविरुद्धको दोस्रो डोज खोप तत्काल लगाउने व्यवस्था गर्न अन्तरिम आदेश जारी गरेको छ । मंगलबार न्यायाधीश ईश्वर खतिवडाको इजलासले गत फागुनमा कोभिशिल्डको पहिलो डोज लगाएका ज्येष्ठ नागरिकलाई यथाशीघ्र खोपको दोस्रो डोजको व्यवस्था गर्न सरकारको नाममा आदेश जारी गरेको हो । काभ्रेका ७५ वर्षीय अर्जुनराज गिरी र सुर्खेतका ६५ वर्षीय पूर्णप्रसाद पौडेलले खोपको माग गर्दै सोमबार रिट दायर गरेका थिए । २०७७ फागुनमा पहिलो डोज खोप लगाएका उनीहरुले चार महिना वितिसक्दासमेत दोस्रो डोज नपाएपछि सर्वोच्चमा रिट हालेका हुन् । पहिलो डोज खोप लगाएको १५ हप्ता पुगिसक्दासमेत दोस्रो डोज नपाएको उनीहरुको रिटमा भनिएको थियो । आफूहरु जस्तै करिब १३ लाखभन्दा बढी ज्येष्ठ नागरिकले कोभिसिल्ड खोपको पहिलो डोज लगाएको तर दोस्रो डोज नपाएको रिटमा उल्लेख गरिएको छ । सरकारले फागुन २३ द...
एमालेको भ्याकेट निवेदनमा दुवै पक्षलाई झिकाउन सर्वोच्चको आदेश
राजनीति, समाचार

एमालेको भ्याकेट निवेदनमा दुवै पक्षलाई झिकाउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले कर्णालीका चार जना नेकपा एमाले सांसदसम्बन्धी मुद्दामा दुवै पक्षलाई छलफलमा बोलाउने आदेश गरेको छ । न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र हरि फुँयालको संयुक्त इजलासले एमालेको ह्वीप उल्ल्घंन गरेका कर्णालीका ४ जना सांसदलाई जवाफसहित उपस्थित हुन आदेश गर्दै दुवै पक्षलाई छलफलमा बोलाएको हो । यसअघि एमाले दशौं महाधिवेशन आयोजक कमिटीले गरेको कारवाहीलाई अवैध भन्दै सर्वोच्चले ४ जनाको पुनर्वहाली गरेको थियो । पदमुक्त गरिएका सांसदलाई पुनर्वहाली गर्ने सर्वोच्च अदालतको आदेशविरुद्धको पुनरावलोकन (भ्याकेट) माथिको सुनुवाइपछि आज सर्वोच्चले यस्तो आदेश गरेको हो । एमाले अध्यक्ष केपी शर्मा ओली र कर्णाली प्रदेशसभा सचिवालयले सर्वोच्चमा छुट्टाछुट्टै भ्याकेट निवेदन दिएका थिए ।...
अमेरिकाले थप साढे ५ करोड खोप वितरण गर्ने, नेपालले सिधै नपाउने
अन्तर्राष्ट्रिय, समाचार

अमेरिकाले थप साढे ५ करोड खोप वितरण गर्ने, नेपालले सिधै नपाउने

अमेरिकाले थप साढे ५ करोड डोज खोप विभिन्न मुलुकलाई वितरण गर्ने भएको छ । अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइटहाउसले खोप वितरणको विस्तृत विवरण सोमबार सार्वजनिक गरेको छ । अमेरिकाले ल्याटिन अमेरिका, एसिया, मध्यपूर्व, अफ्रिका र क्यारेबियन मुलुकलाई दिन लागेको खोपमध्ये ७५ प्रतिशत कोभ्याक्समार्फत् दिने भएको छ । बाँकी २५ प्रतिशत खोप सोझै सम्बन्धित मुलुकलाई दिने तयारी भएको समाचार संस्था रोयटर्सले जनाएको छ । पछिल्लो खोपमध्ये ४ करोड १० लाख खोप कोभ्याक्समार्फत् बाँडिनेछ भने १ करोड ४० लाख डोज सोझै दिइनेछ। नेपाल अमेरिकाबाट सोझै खोप पाउने मुलुकको सूचीमा समावेश छैन । दक्षिण एसियामा अफगानिस्तान, बंगलादेश र पाकिस्तानलाई अमेरिकाले सोझै खोप दिने तयारी गरेको छ । अमेरिकाले फाइजर, मोडेर्ना, जोन्सन एन्ड जोन्सन कम्पनीले बनाएका खोप अरू मुलुकलाई वितरणको तयारी गरेको हो । अमेरिकाले आफूले प्रयोग नगरेको खोपको...
सुनको मूल्य ६ सय रुपैयाँले बढ्यो
अर्थ/व्यापार, समाचार

सुनको मूल्य ६ सय रुपैयाँले बढ्यो

साताको तेस्रो दिन मंगलबार सुनको मूल्य ६ सय रुपैयाँले बढेको छ। तोलाको ६ सय रुपैयाँ बढेको सुनको मूल्य ९१ हजार रुपैयाँ कायम गरिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि सोमबार सुन ९० हजार ४ सयमा कारोबार भएको थियो। मंंगलबार चाँदीको मूल्य पनि बढेको छ। चाँदी तोलामा ५ रुपैयाँले बढेरे १३ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ।...
मन्त्रिपरिषद् विस्तारविरूद्धको मुद्दामा आज सुनुवाइ हुँदै
राजनीति, समाचार

मन्त्रिपरिषद् विस्तारविरूद्धको मुद्दामा आज सुनुवाइ हुँदै

मन्त्रिपरिषद् विस्तारविरूद्ध सर्वोच्च अदालतमा परेको रिटको आज सुनुवाइ हुँदैछ । राष्ट्रपति, प्रधानमन्त्रीलगायतलाई विपक्षी बनाउँदै मन्त्रिपरिषद् विस्तारविरुद्ध दायर भएका ६ वटा रिटको न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले गत जेठ २५ गते विपक्षीलाई मन्त्रिपरिषद् पुनर्गठन गर्नुपर्नाको कारण १५ दिनभित्र बुझाउन आदेश दिएको थियो । रिटमा कामचलाउ प्रधानमन्त्रीले गरेको मन्त्रिपरिषद् पुनर्गठन असंवैधानिक हुने भएकाले अन्तरिम आदेशमार्फत बदर गर्न माग गरिएको छ । यसबारे आज दुवै पक्षको बहसपछि सर्वोच्चले के गर्ने भनेर फैसला गर्नेछ । सर्वोच्चले अन्तरिम आदेश जारी गरेमा प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ ७ मा प्रतिनिधिसभा विघटन गरेयता (जेठ २१ र जेठ २८ मा) दुई पटक विस्तार गरेको मन्त्रिपरिषदको बैधता रहने छैन । यस्तै कर्णाली प्रदेशका चार सांसदमाथि पार्टी गरेको कारवाहीलाई सर्वोच्चले बदर गरेपछि त्यसमा एमालेले...
युरोपेली च्याम्पियनसिप : रसियामाथि डेनमार्कको जित
खेलकुद, समाचार

युरोपेली च्याम्पियनसिप : रसियामाथि डेनमार्कको जित

युरोपेली च्याम्पियनसिप अन्तर्गत भएको खेलमा डेनमार्कले सानदार जित निकालेको छ ।  निकै रोमान्चक बनेको उक्त खेलमा डेनमार्कले रसियालाई ४-१ गोलले पराजित गर्यो । जितसँगै डेनमार्क अन्तिम १६ मा रहदै नकआउट चरणको यात्रा तय गरेको छ ।  कोपेनहेगनको पार्केन रंगशालामा भएको उक्त खेलमा ७ औं मिनेटमै डेनमार्कले अग्रता लियो । उक्त गोल मिकेल डाम्सगार्डले गोल गरे।  त्यसपछि दोस्रो हाफमा ५९ औं मिनेटमा डेनमार्कका युसुफ पौलसेनले गोल गरी टिमलाई अग्रता दोब्बर पारे । त्यसपछि खेलको ७० औं मिनेटमा रसियाका खेलाडीले पेनाल्टीमा गोल गरे ।  त्यसपछि ७९ औं मिनेटमा डिफेन्डर आन्द्रेस क्रिस्टेन्सनले गोल गरे । त्यसपछि खेलको ८२ औं मिनेटमा जोआकिम माहलेले गोल गरी डेनमार्कलाई जित दिलाए । ...
भारतमा एकैदिन ३९ हजार कोरोना संक्रमित थपिए
अन्तर्राष्ट्रिय, समाचार

भारतमा एकैदिन ३९ हजार कोरोना संक्रमित थपिए

 भारतमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण दर घट्दै गइरहेको छ। दैनिक ४ लाख कोरोना संक्रमित फेला परेको भारतमा पछिल्लो समय संक्रमितको दर घट्दै गइरहेको छ ।   भारतमा पछिल्लो २४ घण्टामा ८४६ संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ लाख ८९ हजार २६८ पुगेको छ ।   पछिल्लो २४ घण्टामा ३९ हजार ९६ जनामा कोरोना संक्रमण देखिएको छ । यससँगै कोरोना संक्रमितको कुल संख्या २ करोड ९९ लाख ७३ हजार ४५७ जना पुगेको छ । हालसम्म २ करोड ८९ लाख १३ हजार १ सय ९१ कोरोना संक्रमित निको भइसकेका छन् ।  भारतको महाराष्ट्र, राजस्थान, तामिलनाडू, पन्जाब, मध्य प्रदेश, दिल्ली, गुजरात, कर्नाटक, हरियाणा लगायतका स्थानमा पछिल्लो समय कोरोनाको बढी प्रभाव रहेको छ । ...
आजदेखि उपत्यकामा निषेधाज्ञा खुकुलो
समाचार

आजदेखि उपत्यकामा निषेधाज्ञा खुकुलो

 काठमाडौं उपत्यकामा आजदेखि निषेधाज्ञा खुकुलो गरिएको छ । आइतबार बसेको उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले खुकुलो बनाउँदै निषेधाज्ञा असार १४ गते मध्यरातसम्म गर्ने निर्णय गरेको थियो ।  थपिएको निषेधाज्ञाको मोडालिटी केही परिवर्तन भएको छ । प्रशासनले बारको आधारमा व्यवसाय सञ्चालन गर्न दिने भएको छ । आजदेखि नीजि सवारीसाधन जोरबिजोर प्रणालीको आधारमा सञ्चालन गर्न पाइनेछ ।  यस्तै सपिङ मल, खेलकुद सामग्री पसल, कपडा, जुत्ता पसल सोमबार, बुधबार र शुक्रबार बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म खोल्न पाइनेछ । यस्तै सुनचाँदी, भाँडा, विद्युतीय,  घरायसी सामान पाइने पसल आइतबार, मंगलबार र बिहीबार बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म खोल्न पाइनेछ ।  त्यस्तै बैंक,  वित्तिय संस्था, धितोपत्र, बीमा, रेमिट, सहकारी, गैरसरकारी संस्थाहरू स्वास्थ्य मापदण्ड पालना गरी खोल्न पाइने भएको छ । य...