Saturday, November 21

समाचार

गत २४ घण्टा थप २८२८ जनामा कोरोना संक्रमण, ५२ जनाको मृत्यु
समाचार, स्वास्थ्य

गत २४ घण्टा थप २८२८ जनामा कोरोना संक्रमण, ५२ जनाको मृत्यु

 गत २४ घण्टामा नेपालमा २ हजार ८२८ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा ३ हजार ८२ जना निको भएर घर फर्केका छन्। मन्त्रालयका अनुसार गत २४ घण्टामा ८ हजार ६८७ पीसीआर परीक्षण गर्दा २ हजार १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ४ हजार ३३५ परीक्षण गर्दा ८१४ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ। गएको २४ घण्टामा ५२ जनाको कोरोनाका कारण ज्यान गएको छ। नेपालमा हाल ६२ हजार १३७ जना आइसोलेसनमा रहेका छन् ...
घट्यो सुनको मूल्य, तोलाको कति ?
अर्थ/व्यापार, समाचार

घट्यो सुनको मूल्य, तोलाको कति ?

बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । मंगलबार स्थिर रहेको सुनको मूल्य आज तोलामा १ सय रुपैयाले घटेको हो ।  मंगलबार प्रतितोला ९३ हजार २ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज घटेर तोलाको ९३ हजार १ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।   त्यस्तै आज तेजावी सुनको मूल्य पनि प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य बढेर तोलाको १ हजार ३ सय ६० रुपैयामा नै कारोबार भइरहेको महासंघले जनाएको छ । ...
नवलपरासीको गैडाकोटमा ४० घर डुबानमा
समाचार

नवलपरासीको गैडाकोटमा ४० घर डुबानमा

अविरल वर्षाका कारण नवलपरासीको गैडाकोटमा ४० घर डुबेका छन् । नारायणी नदीमा आएको बाढी छेउमा रहेका गैँडाकोटका गाउँमा पसेपछि घरहरु डुबेका हुन् ।  अहिलेसम्मनवलपरासीमा रहेका ४० घर डुबानमा परेको बताइएको छ । गैँडाकोट २ को बोटे टोल डुवानमा परेपछि त्यस क्षेत्रका मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको जनाइएको छ ।  प्रहरीका अनुसार डुबानमा परेपछि त्यहाँका स्थानीयलाई नजिकैको अक्सफोर्ड कलेजको भवनमा सारिएको जनाइएको छ । यस्तै बाढीले कावासोती १५ अमलटारी क्षेत्रमा रहेका रिसोर्टहरु पनि डुबेका छन् ।  अहिले नारायणी नदीको सतह इतिहासकै उच्च विन्दुमा पुगेको छ । नदीको सतह गए राति १० दशमलव ४६ मिटर पुगेको थियो । सो समयमा पानीको बहाव एक करोड ६४ लाख ५५ हजार लिटर प्रतिसेकेन्ड पुगेको थियो ।...
गण्डकीका मुख्यमन्त्रीले शुक्रबार विश्वासको मत लिने
राजनीति, समाचार

गण्डकीका मुख्यमन्त्रीले शुक्रबार विश्वासको मत लिने

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले शुक्रबार प्रदेश सभामा विश्वासको मतका लागि प्रस्ताव राख्ने भएका छन्। हालै संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री नियुक्त भएका उनले विश्वासको मत लिन लागेका हुन्। संविधानको यो धारा अनुसार मुख्यमन्त्री हुनेले ३० दिन भित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ। प्रदेश प्रमुख समक्ष विश्वासको मत पाउने आधारसहित सरकार बनाउने दावी गरेपछि उनी मुख्यमन्त्री नियुक्त भएका थिए। काँग्रेसका १५, माओवादी केन्द्रका ११, जसपाका २ राष्ट्रिय जनमोर्चाका २ र स्वतन्त्र १ गरी ३१ सांसदको समर्थनमा नेपाली मुख्यमन्त्री बनेका थिए। ६० सदस्यी प्रदेश सभा हाल ५९ सदस्यीय कायम छ। राष्ट्रिय जनमोर्चाका कृष्ण थापा पदमुक्त भएपछि एक स्थान रिक्त छ। त्यसैले नेपालीले विश्वासको मत पाउनका लागि कम्तिमा ३० सिट आवश्यक पर्छ। मुख्यमन्त्री नियुक्त भएपछि ४ जना मन्त्रीसहित मन्त्रि...
स्वास्थ्यमन्त्री तामाङ र सभामुख सापकोटा सिन्धुपाल्चोकको बाढी प्रभावित क्षेत्रमा
मौसम, समाचार

स्वास्थ्यमन्त्री तामाङ र सभामुख सापकोटा सिन्धुपाल्चोकको बाढी प्रभावित क्षेत्रमा

काठमाडौँ– स्वास्थ्यमन्त्री शेरबहादुर तामाङ सिन्धुपाल्चोकको बाढी प्रभावित क्षेत्रमा पुगेका छन् । उनी आज बिहान बसेको विपद व्यवास्थापनबारेमा बैठकमा सहभागी भएर सिन्धुपाल्चोक हिँडेका हुन् । आज बिहान मात्रै गृहमन्त्री नेतृत्वमा स्वास्थ्यमन्त्रीसहित तीनवटै सुरक्षा निकायका प्रमुखहरुको बैठक बसेको थियो । सिन्धुपाल्चोकको मेलम्चीमा गएको बाढीका विषयमा छलफल गर्न बसेको बैठकले उद्धार तथा राहतका बारेमा निर्णय गरेको थियो । त्यस्तै सभामुख अग्निप्रसाद सापकोटा सिन्धुपाल्चोकको बाढी पहिरो प्रभावित क्षेत्र मेलम्ची हिँडेका छन् । सभामुख सापकोटाको प्रेसविज्ञ श्रीधर न्यौपानेका अनुसार उनी सडकमार्ग हुँदै मेलम्ची प्रस्थान गरेका हुन् । त्यहाँ उनले बाढी पहिरो प्रभावित क्षेत्रको अनुगमन गर्ने जनाइएको छ ।...
सिन्धुपाल्चोकमा बाढीका कारण ज्यान गुमाउने संख्या ७ पुग्यो
समाचार

सिन्धुपाल्चोकमा बाढीका कारण ज्यान गुमाउने संख्या ७ पुग्यो

सिन्धुपाल्चोकमा अविरल बर्षापछि आएको बाढी र पहिरोका कारण ज्यान गुमाउनेको संख्या ७ पुगेको छ ।  मंगलबार साझँ आएको बाढीले बगाउँदा हेलम्बु गाउँपालिकामा ७ जनाको ज्यान गएको हो । मेलम्ची र इन्द्रावती खोलामा आएको बढीले तटीय क्षेत्रका बजारमा क्षति पुगेको छ ।  ज्यान गुमाएको नाम खुल्न सकेको छैन । बाढी र पहिरोका कारण हेलम्बु, मेलम्ची, तिम्बु, चनौटे, याङ्ग्री लगायतका क्षेत्र अस्तव्यस्त भएको छ । बाढीका कारण हेलम्बु र मेलम्चीका धेरैजसो घर, टहरा, पुललगायत संरचना बगेका छन् ।   बाढीका कारण फसेकाहरुको नेपाली सेना र निजी एअरलाइन्सका हेलिकप्टरबाट खोज तथा उद्धार अहिले जारी रहेको छ । बाढी र पहिरोका कारण विद्युत् र खानेपानी पनि अवरुद्ध भएको छ ।  ...
फ्रान्ससँग जर्मनी पराजित
खेलकुद, समाचार

फ्रान्ससँग जर्मनी पराजित

गए राति युरोपेली च्याम्पियनसिप २०२० अन्तर्गत भएको खेलमा फ्रान्सले सानदार जित निकालेको छ ।  निकै रोमान्चक बनेको उक्त खेलमा फ्रान्सले जर्मनीलाई १-० गोलले पराजित गरेको हो । उक्त खेलमा जित निकाल्न फ्रान्सले गोल गर्न नै परेन ।  जर्मन डिफेन्डर म्याट्स हमल्सले आफ्नै पोष्टमा गोल गरे । उनले खेलको २० औं मिनेटमा आफ्नै पोष्टमा गोल गरेका हुन् । त्यसपछि दुवै टिमबाट कुनै गानेल हुन सकेन ।  ३८ औं मिनेटमा इल्काए गुन्डोगनले पेनाल्टी क्षेत्रबाट हान्दा पनि गोल हुन सकेन । ५२ औं मिनेटमा पनि गोल अवसर चुक्दा फ्रान्स बराबरी हुनबाट रोकियो ।  जितसँगै फ्रान्स ३ अंक जोड्दै समूहको दोस्रो स्थानमा रहेको छ । अंकविहिन जर्मनी पुछारको दुई स्थानमा रहेको छ।...
सिन्धुपाल्चोकमा बाढी र पहिरोले दर्जनौ बेपत्ता
समाचार

सिन्धुपाल्चोकमा बाढी र पहिरोले दर्जनौ बेपत्ता

सिन्धुपाल्चोकको हेलम्बुमा गएको पहिरोमा परि दर्जनौ बेपत्ता भएका छन् ।पश्चिमी सिन्धुपाल्चोकको मेलम्ची खोलामा आएको भिषण बाढी पहिरोले तल्लो तटीय क्षेत्रमा समेत व्यापक जनधनको क्षति पुर्‍याएको छ । हेलम्बु गाउँपालिका–१ मा गएको पहिरोले तिम्बु बजारका सात घर बगाउँदा ठूलो मानविय क्षति पुगेको छ । तर, कतिजना हताहति भए भन्ने एकिन हुन सकेको छैन् । मंगलबार बेलुका गएको पहिरोले मेलम्ची खानेपानी आयोजनामा कार्यरत ४० जना तथा माछा फर्ममा कार्यरत ११ जना बेपत्ता भएको प्रारम्भिक खवरहरु आईरहेका छन् । तर, यकिन तथ्याङक कतैबाट पुष्टि हुन सकेको छैन् ।मेलम्ची खाने पानी आयोजनाको मुहान रहेको हेलम्बुमाथिबाट पहिरो आउँदा गाउँपालिकाको वडा नम्बर १, २, ३, ४, ६, ७ मा प्रभाव परेको छ । मंगलबार साँझदेखि मेलम्चीमा आएको बाढी पहिरोले हेलम्बु गाउँपालिकाको अम्बाथान हुँदै मेलम्चीबजारदेखि तल्लो तटीय क्षेत्रसम्म व्यापक क्षत...
सिन्धुपाल्चोकको हेलम्बुमा भीषण बाढी
समाचार, समाज

सिन्धुपाल्चोकको हेलम्बुमा भीषण बाढी

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा भीषण बाढी आएको छ । इन्द्रवती नदिमा आएको बाढीले बगाएर हेलम्बुका ७ जना बेपत्ता भएका छन् ।  अविरल बर्षासँगै मंगलबार साझँ आएको उक्त बढीले हेलम्बु गाउँपालिकाका नदी छेउमा क्षती पुर्याएको छ । बढीले बगाएर बेपत्ता भएका ७ जना मध्ये ५ जनाको नाम खुलेको प्रहरीले जनाएको छ ।  यस्तै इन्द्रवती नदीको किनारमा  सोही स्थानका एक जनाको शव पनि भेटिएको छ । बाढीले बगाएर ज्यान गुमाएकाको नाम खुल्न सकेको छैन । नदी किनारमा शव भेटिएपछि प्रहरीको टोली त्यसतर्फ गएको जनाइएको छ । ...
वाग्मती प्रदेशले ल्यायो ५७ अर्ब ७२ करोडको बजेट
अर्थ/व्यापार, समाचार

वाग्मती प्रदेशले ल्यायो ५७ अर्ब ७२ करोडको बजेट

वाग्मती प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि रु ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार बजेट सार्वजनिक गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले आर्थिक वर्ष २०७८७९ का लागि मङ्गलबार प्रदेश सभामा बजेट सार्वजनिक गर्दै चालूतर्फ रु २६ अर्ब एक करोड ६६ लाख २३ हजार र पुँजीगततर्फ रु २९ अर्ब ७० करोड ४३ लाख चार हजार विनियोजन भएको जानकारी दिए । बजेटको अधिकांश हिस्सा कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणमा केन्द्रीत रहेको छ । मन्त्री ढुङ्गेलले प्रदेशका सबै जिल्ला अस्पतालमा कोभिड–१९ सङ्क्रमित बिरामीको उपचार, रोग नियन्त्रण, अस्पतालको स्तरोन्नती र अक्सिजन प्लान्ट स्थापना गर्ने तथा भेन्टिलेटर, एचडीयु र आइसियु कक्षको व्यवस्थापन गर्न बजेटले विशेष प्राथमिकता दिएको बताए । उहाँले प्रदेशमा रहेका ३६६ सामुदायिक विद्यालयमा ‘एक विद्यालय, एक नर्स’ को व्यवस्थापन गर्ने तथा कृषिको उत्पादनको व...