Saturday, November 21

समाचार

थप ४३४४ जनामा संक्रमण, ५७६८ जना निको
समाचार

थप ४३४४ जनामा संक्रमण, ५७६८ जना निको

 गत २४ घण्टामा नेपालमा ४ हजार ३४४ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा ५ हजार ७६८ जना निको भएर घर फर्केका छन्। मन्त्रालयका अनुसार गत २४ घण्टामा १२ हजार ७४ पीसीआर परीक्षण गर्दा ३ हजार ४४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ४ हजार ५६८ परीक्षण गर्दा ८ सय ९५ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ। गएको २४ घण्टामा ८१ जनाको कोरोनाका कारण ज्यान गएको छ। नेपालमा हाल ८० हजार ३३६ जना आइसोलेसनमा रहेका छन् । हालसम्म ६ लाख १५ हजार ६५२ जनामा कोरोना संक्रमित भएका छन् । जसमध्ये ५ लाख १० हजार २९८ जना निको भइसकेका छन् । हाल ४६ जिल्लामा ५ सयभन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।...
प्रतिनिधिसभा विघटन मुद्दाः अन्तरिम आदेश दिइएन,  सरकारसँग जवाफ मागियो
राजनीति, समाचार

प्रतिनिधिसभा विघटन मुद्दाः अन्तरिम आदेश दिइएन, सरकारसँग जवाफ मागियो

प्रतिनिधिसभा विघटनविरुद्ध तथा काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गरिएको रिटमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतको संवैधानिक इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, न्यायाधीशहरु दीप कार्की, मिरा खड्का, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराईको संवैधानिक इजलासले देउवालाई प्रधानमन्त्री नियुक्त गर्न अन्तरिम आदेश नदिएको हो। देउवासहित विघटित प्रतिनिधिसभाका १४६ जना सांसदहरुले देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने मागसहित विघटित प्रतिनिधिसभालाई पुनःस्थापना गर्नुपर्ने माग गर्दै सर्वोच्चमा रिट दायर गरेका छन्। सर्वोच्चमा यो विषयमा ३० वटा रिट दायर छन्। ती रिटहरुमाथि सर्वोच्चको संवैधानिक इजलासमा सुनुवाई भइरहेको छ। बुधबार रिट निवेदकका पक्षबाट बहस गर्ने बरिष्ठ अधिवक्ता शम्भु थापालगायतले अन्तरिम आदेश दिन माग गरेका थिए। उनीहरुले ...
पार्टी एकता हुन नसक्नुको मुख्य जड – ओली, नेपाल र खनाल भन्छन् योगेश भट्टराई
राजनीति, समाचार

पार्टी एकता हुन नसक्नुको मुख्य जड – ओली, नेपाल र खनाल भन्छन् योगेश भट्टराई

नेकपा एमालेका नेता योगेश भट्टराईले पार्टीको एकता बचाउन जरुरी रहेको बताएका छन् । बुधबार सामाजिक सञ्जालमार्फत नेता भट्टराईले सो कुरा बताएका हुन् । उनले शीर्ष नेताकै कारण पार्टीमा एकता हुन नसकेको बताएका छन् । उनले पार्टी एकता हुन नसक्नुमा मुल जड बारे बताएका छन् ।  पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै बरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालसँग सहकार्य गर्न तयार नहुने तर अर्को पार्टी जसपाका अध्यक्ष महन्त ठाकुर र राजेन्द्र महतोसँग सत्ता साझेदारी गर्न तयार भएको बताएका छन् ।  यस्तै उनले नेपाल र खनाल पनि आफ्नै पार्टीका ओलीसँग मिल्न तयार नहुने तर कांग्रेस सभापति शेर बहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपा अध्यक्ष उपेन्द्र यादवसँग सत्ता साझेदारी गर्न तयार भएको बताएका छन् ।  उनले यी नै कारणले गर्दा पार्टीको समस्या हल हुन नसकेको ...
सर्वोच्च अदालतको प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको आज सुनुवाइ हुँदै
राजनीति, समाचार

सर्वोच्च अदालतको प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको आज सुनुवाइ हुँदै

सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ आज हुँदैछ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको स्वास्थ्यमा समस्या देखिएपछि आजको लागि उक्त सुनुवाई सारिएको थियो । प्रधानन्यायाधीशको अध्यक्षतामा संवैधानिक इजलासमा सुनुवाइ हुने भएकाले आजको लागि सुनुवाई सारिएको थियो ।  प्रधानन्यायाधीश राणासहित वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलास आइतबार गठन गरी सुनुवाइ शुरु गरेर हेर्दाहेर्दैमा सोमबारका लागि राखिएको थियो ।   इजलास गठनकै विषयमा विवाद भएपछि विषयवस्तुमा केन्द्रित भएर अहिलेसम्म सुनुवाइ हुन छैन । उक्त विवादमा ३० रिट निवेदन परेका छन् । प्रतिनिधिसभा विघटन गरी मध्यावधि निर्वाचन तोक्ने गरी राष्ट्रपतिको जेठ ८ गतेको निर्णय बदर गरेर असंवैधानिक र गैरकानूनी घोषणा गर्ने माथ गरिएको छ ।&nbs...
कर्णाली प्रदेशसभा बैठक स्थगित
राजनीति, समाचार

कर्णाली प्रदेशसभा बैठक स्थगित

कर्णाली प्रदेशसभा बैठक स्थगित भएको छ । मंगलबार २ बजेको लागि बोलाइएको प्रदेशसभा बैठक सूचना टाँसेर स्थगित गरिएको हो ।  कर्णाली प्रदेशसभाको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री अम्मरबहादुर थापालाई बर्खास्त गर्न माग गर्दै सदन अवरुद्ध गरेको थियो ।  प्रदेशसभाको शुरु बजेट अधिवेशनको प्रारम्भमै एमालेले तत्काल मन्त्री थापालाई बर्खास्त नगरेसम्म सदनका काम कारबाही अघि बढ्न नदिने अडान राखेको थियो । ...
शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण उपलब्ध गराउने नीतिलाई  कार्यान्वयन गर्न अनेरास्ववियुको माग
समाचार

शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण उपलब्ध गराउने नीतिलाई कार्यान्वयन गर्न अनेरास्ववियुको माग

नेकपा एमाले निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण उपलब्ध गराउने नीतिलाई कार्यान्वयन गर्न माग गरेको छ । अनेरास्ववियुले मंगलबार उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसमक्ष ज्ञापनपत्र हस्तान्तरण गर्दै शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाख ऋण उपलब्ध गराउने नीतिलाई अविलम्ब कार्यान्वयन गर्न माग गरेको मन्त्री पौडेलसमक्ष अनेरास्ववियुका अध्यक्ष ऐन महरले उक्त कार्यक्रमका लागि कार्यविधि बनाएर कार्यान्वयन गर्न, विद्यार्थीलाई ल्यापटप किन्न रु ८० हजार दिन र निःशुल्क सिमकार्ड प्रबन्ध गर्नुपर्नेलगायत सात बुँदा समेटिएको ज्ञापनपत्र  हस्तान्तरण गरेका हुन् ।...
असारदेखि निषेधाज्ञालाई विस्तारै खुकुलो बनाउँदै लैजाने तयारी
समाचार

असारदेखि निषेधाज्ञालाई विस्तारै खुकुलो बनाउँदै लैजाने तयारी

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ सङ्क्रमणको गति मुलुकमा क्रमशः न्यून हुँदै गएपछि सरकारले जारी निषेधाज्ञालाई विस्तारै खुकुलो बनाउँदै लैजाने योजना अघि सार्ने भएको छ। गृह मन्त्रालयका अनुसार मुलुकभर जारी गरिएको निषेधको आदेश कार्यान्वयन र सङ्क्रमणको अवस्थाबारे समीक्षा भइरहेको र त्यसैका आधामा असारदेखि कसरी अघि बढ्ने भन्ने कुराको निर्क्योल हुने जनाइएको छ । गृहप्रवक्ता जनकराज दाहालले जिल्लाबाट रिपोर्टिङ् लिने क्रम जारी रहेको जानकारी दिए। “यसअघि ‘लकडाउन’ थियो, असारदेखि भने ‘लुज डाउन’ लागू गर्ने योजना छ, मुलुकभरको सुझाव आएपछि त्यसको आधारमा आवश्यक निर्णय लिइनेछ”, दाहालले भने “केही सहजीकरण भने पक्कै हुनेछ।” सङ्क्रमणभन्दा निको हुने दर दोब्बर हुँदै गएको र मृत्युदरसमेत न्यून भएकाले निषेधाज्ञामा केही खुकुलो गर्ने योजनाका साथ अहिले काम भइरहेको छ । आ–आफ्नो जिल्लामा आदेश लागू गर्ने र हटा...
विश्वभर गत २४ घण्टामा साढे ३ लाख संक्रमित थपिए, ५ लाख निको भए
समाचार

विश्वभर गत २४ घण्टामा साढे ३ लाख संक्रमित थपिए, ५ लाख निको भए

विश्वभरमा गत २४ घण्टामा साढे ३ लाख कोरोनाका संक्रमित थपिएका छन्। ५ लाख निको भए भने करिव १० हजार बढीले ज्यान गुमाएका छन्। वल्र्डोमिटरका अनुसार, गत २४ घण्टामा ३ लाख ५३ हजार ६ सय १ जना कोरोनाका संक्रमित थपिएका छन्। भने निको हुनेको संख्या ५ लाख ३१ हजार ५ सय ७२ रहेको छ। यस्तै ९ हजार ९सय ८८ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्। गत २४ घण्टामा सबैभन्दा बढी भारतमा कोरोना संक्रमित थपिए, निको भए र ज्यान गुमाए। भारतमा गत २४ घण्टामा ९१ हजार २ सय २७ संक्रमित थपिए भने १ लाख ५९ हजार ३ सय ९९ जना निको भएर घर फर्केका छन्, २ हजार २ सय १३ जनाले ज्यान गुमाएका छन्। यस्तै ब्राजिलमा गत २४ घण्टामा ५२ हजार ४ सय ४८ संक्रमित थपिए, ८५ हजार ६ सय ७० संक्रमित निको भएर घर फिता भए भने २ हजार ६ सय ९३ जनाले ज्यान गुमाएका छन्। अमेरिकामा १२ हजार ७ सय २२ जना संक्रमित थपिएन, ४२ हजार ५१ जना निको भए भने ३ सय ७९ जनाले क...
नेपाललाई खोप उपलब्ध गराउन आफ्ना विदेशमन्त्रीलाई बेलायतका १६ सांसदको दबाब पत्र
अन्तर्राष्ट्रिय, समाचार

नेपाललाई खोप उपलब्ध गराउन आफ्ना विदेशमन्त्रीलाई बेलायतका १६ सांसदको दबाब पत्र

बेलायतका १६ जना सांसदहरुले नेपाललाई तत्काल कोरोनाभाइरसविरुद्धका खोपसहित स्वास्थ्य सामग्री उपलब्ध गराउन आफ्नो विदेशमन्त्रीलाई पत्र लेखेर दबाब दिएका छन् ।  पछिल्लो समय बेलायतको संसदमा नेपाललाई बेलायतले आवश्यकमात्रामा सहयोग नगरेको भन्दै सांसदहरुले सरकारको आलोचना गरेका थिए ।  तर, अहिले बेलायतका १६ जना सांसदले विदेशमन्त्री डोमिनिक रावलाई पत्र लेखेर तत्काल नेपाललाई कोरोनाविरुद्धको खोपसहित स्वास्थ्य सामग्री उपलब्ध गराउन दबाब दिएका हुन् ।  सो पत्रमा नेपाललाई तत्काल खोप आपूर्ति गर्न र अक्सिजन कन्सनट्रेटर, जेनेरेटर र अत्यावश्यकीय औषधि उपलब्ध गराउन भनिएको छ ।  उनीहरुले केही राज्यमा लगाइराखिएको खोपमा कटौती गरेर र विकासशिल मुलुकलाई दिने भनिएको खोप नेपाललाई उपलब्ध गराउन विदेशमन्त्री डोमिनिकलाई भनेका हुन् ।  नेपाली गोर्खाले कठिन समयमा बेलायतलाई साथ दिएको स्मरण गराउ...
प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको आज सुनुवाइ हुँदै