‘राष्ट्रिय नृत्य निर्देशन सम्मान’ कोरियोग्राफर सन्दीप भुजेललाई
काठमाडौं- १७ वर्षको समर्पित कला यात्रा, हजारौं पाइलाको लय र अनगिन्ती सपनाहरूलाई मञ्च प्रदान गर्ने प्रसिद्ध कोरियोग्राफर सन्दीप भुजेललाई नेपाली नृत्य निर्देशनको सर्वोच्च सम्मान ‘राष्ट्रिय नृत्य निर्देशन सम्मान – २०८२’ ले सम्मानित गरिएको छ।
यो पुरस्कार केवल एक साधारण पुरस्कार मात्र होइन, तर नेपाली नृत्यप्रति समर्पण, रचनात्मकता र सांस्कृतिक सम्पदाको प्रतीक हो – जुन सन्दीप भुजेल जस्ता सच्चा नृत्य योद्धालाई समर्पित गरिएको छ।
यो ऐतिहासिक सम्मान नेपालको राजधानी काठमाडौँको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित एक विशेष समारोहमा राष्ट्रिय सभाका अध्यक्ष माननीय नारायण प्रसाद दाहाल जीको कमल हातले प्रदान गरिएको थियो।
यो यात्रा सन् २००८ मा सुरु भएको थियो
जब धेरैजसो युवाहरू केवल सपना देखिरहेका हुन्छन्, सन्दीप भुजेलले नेपाली नृत्यको सेवा गर्ने प्रतिज्ञा गरे। कोरियोग्राफी उनका लागि केवल एक पेशा मा...










