Saturday, November 21

समाचार

भारतमा कोभिड–१९ को संक्रमण दर घट्ने क्रम जारी
समाचार

भारतमा कोभिड–१९ को संक्रमण दर घट्ने क्रम जारी

कोरोनाभाइरस महामारीको दोस्रो लहरका कारण सङ्कटमा परेको भारतमा पछिल्ला केही दिनदेखि संक्रमण दरमा कमी आएको छ। पछिल्लो २४ घण्टामा १ लाख ५२ हजार ७३४ जनामा थप व्यक्तिमा कोरोना संक्रमण भएसँग देशभर हालसम्म कूल २ करोड ८० लाख ४७ हजार ५३४ व्यक्ति कोरोना संक्रमित भएका छन्। भारतमा हिजो कोरोना संक्रमितको संख्या गत ५० यताको नै कम भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जनाएको छ। तर भारतमा दैनिक मृत्यु दरमा सोचेजति कमी आएको छैन। मन्त्रालयले सोमबार सार्वजनिक गरेको विवरणमा २४ घण्टाको अवधिमा ३ हजार १२८ जनाको कोभिड–१९ को संक्रमणबाट मृत्यु भएको उल्लेख छ। यो सहित भारतमा हालसम्म कोभिड–१९ को संक्रमणबाट ३ लाख २९ हजार १०० जनाको ज्यान गएको छ। भारतमा हाल कोभिड–१९ का २० लाख २६ हजार ९२ व्यक्ति सक्रिय संक्रमित अवस्थामा छन् । विगत २४ घण्टामा २ लाख ३८ हजार २२ ब्यक्ति कोभिडबाट संक्रमणमुक्त भएका ...
सुन चाँदीको मूल्य बढ्यो
अर्थ/व्यापार, समाचार

सुन चाँदीको मूल्य बढ्यो

साताको दोस्रो दिन सोमबार २ सय रुपैयाँ बढेको छ। सोमबार सुन २ सय रुपैयाँ बढेर प्रतितोलाको मूल्य ९४ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै सोमबार तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ७ सय रुपैयाँ कायम छ। आज चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले वृद्धि भइ १ हजार ३ सय ६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।...
दोस्रो पटक एमाले स्थायी कमिटी बैठक स्थगित
राजनीति, समाचार

दोस्रो पटक एमाले स्थायी कमिटी बैठक स्थगित

 आज विहान बस्ने तय भएको एमाले स्थायी कमिटी बैठक स्थगित भएको छ। लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा उपनिर्वाचनमा स्थायी कमिटी सदस्यहरु गएका कारण स्थायी कमिटी बैठक स्थगित भएको हो। स्थायी कमिटी सदस्यहरु शंकर पोखरेल, छविलाल विश्वकर्मालगायतका नेता निर्वाचनमा गएका कारण बैठक स्थगित भएको हो।यसअघि आइतबार साँझ पाँच बजे बैठक बस्ने तय भएको थियो। तर अन्तिम अवस्थामा आएर बैठक सोमबार विहान दश बजेसम्मका लागि स्थगित भएको थियो। अब बैठक मंगलबार विहान ११ बजे बस्ने स्थायी कमिटी सदस्य सुवास नेम्वाङले जानकारी दिए।...
कोरोनाविरुद्धको खोप लिन निगमको जहाज आज बेइजिङ  जाँदै
समाचार

कोरोनाविरुद्धको खोप लिन निगमको जहाज आज बेइजिङ जाँदै

नेपाल एयरलाइन्सको जहाज आज चीनको राजधानी बेइजिङ जाने भएको छ । चीन सरकारले सहयोग स्वरुप दिने कोरोनाभाइरसविरुद्धको खोप लिन जहाज त्यसतर्फ बेइजिङ जाने भएको हो । चीन सरकारले दिने १० लाख डोज कोरोनाभाइरसविरुद्धको खोप मध्ये ८ लाख डोज लिन जहाज बेइजिङ उड्न लागेको हो। जहाज आज राती ११ बजे काठमाडौंबाट बेइजिङतर्फ जाने परराष्ट्र मन्त्रालयले जनाएको छ ।  खोप लिएर जहाज मंगलबार बिहान काठमाडौं तर्फ उड्नेछ । बाकीँ २ लाख डोज कोरोना खोप तातोपानी नाका हुँदै आउनेछ । ...
लुम्बिनी प्रदेशमा आज राष्ट्रिय सभाको उपनिर्वाचन
राजनीति, समाचार

लुम्बिनी प्रदेशमा आज राष्ट्रिय सभाको उपनिर्वाचन

लुम्बिनी प्रदेशमा सोमबार राष्ट्रियसभाको उपनिर्वाचन हुँदैछ । उपनिर्वाचनमा मतदानको लागि बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्मको समय तोकिएको छ । मतदान दाङ घोराहीको कर्मचारी मिलन केन्द्रमा हुँदैछ । उपनिर्वाचनमा दुई जना उम्मेदवार रहेका छन् ।  नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको तर्फबाट दीर्घनारायण पाण्डे उम्मेदवार रहेका छन् भने एमालेका तर्फबाट चन्द्रबहादुर खड्का उम्मेदवार रहेका छन् । उम्मेदवार पाण्डेलाई एमालेको माधव नेपाल समूहले पनि समर्थन गरेको छ । पाण्डे यसअघि एमालेबाट निर्वाचित लुम्बिनी प्रदेशसभा सदस्य हुन् ।  उनी एमालेको सांसदबाट राजीनामा दिएर कांग्रेसमा गएका थिए । खड्का पनि लुम्बिनीबाटै निर्वाचित राष्ट्रियसभा सदस्य हुन्। उनी पनि माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेका थिए । ...
आन्तरिक मूल्याङ्कन विधिबाट एसइई सञ्चालन गर्न सुझाव
शिक्षा, समाचार

आन्तरिक मूल्याङ्कन विधिबाट एसइई सञ्चालन गर्न सुझाव

गत वर्षको कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई) लाई वैकल्पिक माध्यमबाट सञ्चालन गर्न राष्ट्रिय परीक्षा बोर्डले सरकारको अनुमति मागेको छ । बोर्डले सोसम्बन्धी प्रतिवेदन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई बुझाएको छ । यही जेठ १३ गतेदेखि एसईई र जेठ २६ गतेदेखि कक्षा १२ को परीक्षा सञ्चालन गर्ने गरी तयारी गरेको बोर्डले कोरोना भाइरसको महामारी पुनः फैलिएसँगै अर्को सूचना जारी नभएसम्मका लागि वैशाख २७ गते सूचना जारी गरी परीक्षा स्थगन गरेको थियो । बोर्डका अध्यक्ष डा चन्द्रमणि पौडेलले अहिलेको अवस्थामा भौतिक उपस्थितिमा परीक्षा सञ्चालन गर्न नसकिने भएकाले वैकल्पिक विधिबाट सञ्चालन गर्न मन्त्रालयसँग अनुमति माग गरेको जानकारी दिए । गतवर्ष पनि अहिलेको जस्तै अवस्था आएपछि सम्बन्धित विद्यालय आफैले आन्तरिक मूल्याङ्कन गरी पठाएको अङ्कका आधारमा बोर्डले नतिजा प्रमाणीकरण र सार्वजनिक गरेको थियो । सरोकारव...
साल्ट ट्रेडिङ र ईश्वरलाल प्रतिष्ठानको सहयोगमा टेलिमेडिसन सेन्टर स्थापना
अर्थ/व्यापार, समाचार

साल्ट ट्रेडिङ र ईश्वरलाल प्रतिष्ठानको सहयोगमा टेलिमेडिसन सेन्टर स्थापना

आम नागरिकको स्वास्थ्य सुरक्षालाई दृष्टिगत गरी नेपाल मेडिकल एसोसिएशनले सञ्चालनमा ल्याउन लागेको टेलिमेडिसिन सेवालाई नेपाल चेम्बर अफ कमर्शको अगुवाईमा साल्ट ट्रेडिङ कर्पोरेशन र सामाजिक संस्था ईश्वरलाल प्रतिष्ठानले सहयोग गरेका छन् । नेपाल चेम्बर अफ कमर्शको अगुवाइमा अन्य दुई संस्थाले टेलिमेडिसिनका लागि आवश्यक सहयोग उपलब्ध गराएका हुन् । उक्त टेलिमेडिसिन सञ्चालन गर्न चाहिने सम्पूर्ण सामग्री (लजिस्टिक सपोर्ट) नेपाल चेम्बर अफ कमर्श र साल्ट ट्रेडिङ कर्पोरेशनले गरेको छ भने सामाजिक संस्था ईश्वरलाल प्रतिष्ठानले अन्य पूर्वाधारका काममा सहयोग गरेको ईश्वरलाल प्रतिष्ठानकी सदस्य डा. रमिला श्रेष्ठ (मास्के)ले जानकारी दिइन् । टेलिमेडिसिन सेवाबाट निषेधाज्ञाका कारण घरमै बस्न बाध्य बिमारीहरूलाई भिडियो कलमार्पmत विशेषज्ञ चिकित्सकहरूबाट परामर्श दिइने छ । संघका अध्यक्ष डा. लोचन कार्कीका अनुसार टेलिमेडिसिन सेवाबा...
उपत्यकामा संक्रमित घट्दै, अस्पतालमा खाली हुँदै आईसीयू र शैया
समाचार

उपत्यकामा संक्रमित घट्दै, अस्पतालमा खाली हुँदै आईसीयू र शैया

अहिले उपत्यकामा कोरोना संक्रमितको संख्या घटेसँगै राजधानीमा कोरोना संक्रमितको उपचार गरिरहेको मुख्य सरकारी अस्पतालमा शैया खाली हुन थालेको छ। टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर तथा त्रिवि शिक्षण अस्पतालमा अक्सिजन सहितका शैया तथा आइसीयू पनि खाली भएका छन् । त्रिवि शिक्षण अस्पतालका प्रवक्ता डा.रामविक्रम अधिकारीका अनुसार विगत तीन दिनदेखि अस्पतालको आकश्मिक कक्षामा आएका कुनै विरामी फिर्ता पनि नगरिएको र भर्नाका लागि नपर्खाइएको बताए । शिक्षण अस्पतालमा रहेका ५२ वटा आईसीयू बेड मध्ये पाँचवटा खाली रहेको बताउँदै कोभिडका विरामीका लागि शैया र अक्सिजन पर्याप्त रहेको बताए। उनले झण्डै ३० फिट लामो अक्सिजन ट्याङ्क हालै जाडान भएको र यसले अक्सिजनको माग लगभग धान्ने बताए ।  यसै गरी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक डा.अनुप बाँस्तोलाका अनुसार केही व...
१० हजार ९८६ पीसीआर परीक्षणमा ३ हजार ७०२ जनामा कोरोना संक्रमण
समाचार, स्वास्थ्य

१० हजार ९८६ पीसीआर परीक्षणमा ३ हजार ७०२ जनामा कोरोना संक्रमण

नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार २०५ जनाले कोरोना जितेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार तथ्यांक अपडेट गर्दै संक्रमित हुने भन्दा संक्रमण मुक्त हुनेको संख्या धेरै भएको जानकारी दिएको छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ३६९ जना नयाँ संक्रमित भेटिएका छन् भने ६ हजार २०५ जना संक्रमणमुक्त भएका छन् । १० हजार ९८६ पीसीआर परीक्षणमा ३ हजार ७०२ र १ हजार ७८४ एन्टिजेन परीक्षणमा ६६७ जना गरी पछिल्लो २४ घण्टामा ४ हजार ३६९ जना नयाँ संक्रमित भेटिएका हुन्। पछिल्ला दिनहरुमा संक्रमण दर पनि घट्दै गएको छ। पछिल्लो २४ घण्टामा १०९ जनाको मृत्यु भएको छ ।...
भारतमा कोभिड–१९ संक्रमितको संख्यामा व्यापक गिरावट, २४ घण्टामा ३४ सयको मृत्यु
अन्तर्राष्ट्रिय, समाचार

भारतमा कोभिड–१९ संक्रमितको संख्यामा व्यापक गिरावट, २४ घण्टामा ३४ सयको मृत्यु

 कोरोनाभाइरस महामारीको दोस्रो लहरबाट प्रभावित भारतमा विगत २४ घण्टाको अवधिमा संक्रमितको संख्यामा व्यापक गिरावट आएको छ। गत मे ९ तारिखमा एकै दिन चारलाख भन्दा बढी संक्रमित फेला पारिएकामा विगत २४ घण्टामा त्यो संख्या घटेर एक लाख ६५ हजार मात्र देखिएको भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ। यो सहित भारतमा आइतबारसम्म कूल संक्रमितको संख्या दुई करोड ७९ लाख पुगेको छ । र सक्रिय संक्रमितको संख्या भारतमा अझै २१ लाख १४ हजार रहेको छ। विगत २४ घण्टामा एक लाख १४ हजारले सक्रिय संक्रमितको संख्यामा कमी आएको पनि मन्त्रालयले जनाएको छ। भारतमा हालसम्म दुई करोड ५५ लाख व्यक्ति कोभिड–१९ बाट संक्रमणमुक्त भएका छन्। तर भारतमा कोभिड–१९ को संक्रमणबाट भइरहेको दैनिक मृत्यु दरमा सामान्य गिरावट आए पनि तिब्र सुधार हुन सकेको छैन। मन्त्रालयका अनुसार भारतमा पछिल्लो २४ घण्टामा तीन हजार ४६० जनाको ज्यान...