Saturday, November 21

समाचार

आन्तरिक मूल्याङ्कनमार्फत परीक्षाफल प्रकाशित गरिँदै
शिक्षा, समाचार

आन्तरिक मूल्याङ्कनमार्फत परीक्षाफल प्रकाशित गरिँदै

कोरोना कहरका कारण परीक्षा रोकिएको लामो समय भइसक्दापनि अवस्था सामान्य नहुँदा कैलालीको घोडाघोडी नगरपालिकाले आन्तरिक मूल्याङ्कनमार्फत परीक्षाफल प्रकाशित गर्ने भएको छ। तत्कालीन अवस्थामा बढ्दो कोरोना सङ्कमणका कारण भौतिक उपस्थितमा परीक्षा सञ्चालन गर्नसक्ने अवस्था नरहेका कारण पालिकाभरका विद्यालयमा चालू शैक्षिकसत्रको कक्षा १ देखि ९ सम्मका विद्यार्थीको नतिजा आन्तरिक मूल्याङ्कनमार्फत परीक्षाफल प्रकाशित गर्ने भएको हो। शिक्षा समिति संयोजकसमेत रहेका नगरप्रमुख ममताप्रसाद चौधरीको अध्यक्षतामा बसेको बैठकले सबै सामुदायिक तथा संस्थागत विद्यालयले जेठ मसान्तभित्र एकसाथ आन्तरिक मूल्याङ्कनमार्फत परीक्षाफल प्रकाशन गर्ने निर्णय गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत उमेशराज रेग्मीले जानकारी दिए। पाठ्यक्रमले तोकेअनुसार निरन्तर विद्यार्थीको मूल्याङ्कन आवधिक परीक्षा, त्रैमासिक, अर्धवार्षिक परीक्षामा विद्यार्थ...
बाँकेका अस्पतालमा ह्वात्तै घट्यो मृत्युदर
समाचार, स्वास्थ्य

बाँकेका अस्पतालमा ह्वात्तै घट्यो मृत्युदर

कोरोना सङ्क्रमित बिरामीको उपचार हुँदै आएको बाँकेका अस्पतालमा मृत्युदर ह्वात्तै घटेको छ। दैनिक १५ देखि १७ जनाको मृत्यु हुने गरेकामा अहिले ह्वात्तै घटेको छ। गएरातिदेखि आज बिहानसम्म चार जनाको मृत्यु भएको छ। मृत्यु हुने सबै बाहिरी जिल्लाका रहनुभएको छ भने पछिल्लो २४ घण्टामा बाँकेका बिरामीको मृत्यु शुन्य रहेको छ। अस्पतालमा अहिले भर्ना हुने बिरामी र मृत्यु हुने अधिकांश बाहिरी जिल्लाका सङ्क्रमित रहेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए। उनका अनुसार कोरोना सङ्क्रमणबाट हालसम्म बाँकेका २८८ को मृत्यु भएको छ भने विभिन्न बाहिरी जिल्लाबाट यहाँका अस्पतालमा उपचारका लागि आएका २७९ को उपचारका क्रममा मृत्यु भएको छ। पछिल्लो पटक गएरातिदेखि आज बिहानसम्म यहाँका अस्पतालमा भर्ना भएका दाङ, बर्दिया र सल्यानका चार कोरोना सङ्क्रमितको मृत्यु भएको छ। शिक्षण अस्पताल कोहल...
खोपका लागि सहयोग गर्न अनुरोध गर्दै राष्ट्रपतिद्वारा अमेरिकी राष्ट्रपतिलाई पत्राचार
समाचार

खोपका लागि सहयोग गर्न अनुरोध गर्दै राष्ट्रपतिद्वारा अमेरिकी राष्ट्रपतिलाई पत्राचार

राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी समकक्षी राष्ट्रपति जोसेफ आर वाइडेनलाई पत्र लेखी कोरोना भाइरस विरुद्धको खोप नेपाललाई सहयोग गर्न अनुरोध गरेकी छन्। राष्ट्रपति भण्डारीको पत्र शुक्रबार अमेरिकाका लागि नेपालका राजदूत डा युवराज खतिवडाले डिसीस्थित स्टेट डिपार्टमेन्टका वरिष्ठ सल्लाहकार इर्भिन मासिंगालाई हस्तान्तरण गरेका छन्। पत्र हस्तान्तरण गर्दै राजदूत खतिवडाले नेपालको पछिल्लो अवस्था र खोप योजनाका बारेमा विस्तृतमा जानकारी गराएकाे बताए। राजदूत खतिवडाले अमेरिकी सरकारसँग नेपालले अष्ट्राजेनिका खोप अधिकतम प्राप्त गर्ने अपेक्षा राखेको समेत मासिंगालाई बताएका थिए। अमेरिका र नेपालबीच लामो समयदेखि द्विपक्षीय सम्बन्ध रहेको स्मरण गर्दै उनले कोरोना भाइरस विरुद्धको लडाइँमा पनि अमेरिकाको महत्वपूर्ण सहयोगको अपेक्षा नेपालले गरेको बताए। साथै उनले नेपाल सरकारले जोन्सन एण्ड जोन्सनको खोप जानसिन इन्फ...
नेपाल इराकसँग ६–२ ले पराजित
खेलकुद, समाचार

नेपाल इराकसँग ६–२ ले पराजित

इराकको बसरामा शनिबार राति भएको मैत्रिपूर्ण खेलमा नेपाल इराकसँग ६–२ ले पराजित भएको छ । इराकको बसरास्थित अल फेहा अन्तराष्ट्रिय मैदानमा भएको मैत्रिपूर्ण खेलको छैटौं मिनेटमा इराकले अग्रता लिएको थियो । त्यसको एक मिनेटमै इराकी खेलाडी हमद इब्राहिम खलाफको आत्मघाती गोलमा नेपालले बराबरी गरेको थियो । २८ औं मिनेटमा मनीष डाँगीको गोलले नेपाल २–१ को स्थितिमा पुग्यो । नेपाललाई दुई गोलमै रोक्दै इराकले लगातार तीन गोल थप्यो । र, पहिलो हाफ अगाडि ४–२ बनायो । दोस्रो हाफमा नेपाल गोलको अवसरबाट चुक्दा इराकले अरु दुई गोल थपेर ६–२ मा खेल टुंग्यायो ।...
विद्युतीय सवारी सस्तो हुने
अर्थ/व्यापार, समाचार

विद्युतीय सवारी सस्तो हुने

सरकारले २०८८ सालभित्र पेट्रोलियम पद्धार्थबाट सञ्चालन हुने सवारीसाधन विस्थापनको महत्वाकांक्षी योजना ल्याएको छ । आज बजेट भाषणमा अर्थमन्त्री विष्णु पौडेलले योजना सार्वजनिक गरेका हुन् । पेट्रोलियम पद्धार्थबाट सञ्चालन हुने सवारीसाधनको ठाउँमा विद्युतीय सवारीलाई प्रोत्साहन गर्ने योजना समेत ल्याइएको छ । त्यसका लागि विद्युतीय सवारीसाधानलाई सहुलियत दिने घोषणा भएको छ । विद्युतीय सवारी साधान प्रोत्साहन गर्न पाँच वर्षसम्म नवीकरण शुल्क र सडक दस्तुत छुट दिने बजेट भाषणमार्फत् सार्वजनिक गरेको छ । विद्युतीय सवारीमा लाग्ने भन्सार शुल्क पनि उल्लेख्य मात्रामा घटाएको अर्थमन्त्री पौडेलले बताए । अन्तशुल्क खारेज गरेको बताए । विद्युतीय उपकरणको भन्सार दर पनि घटाएको उल्लेख गरे । योसँगै विद्युतीय सवारी सस्तो हुने भएको छ ।...
कोरोनाको नयाँ भेरियन्ट : हावाबाट छिटो फैलिने
अन्तर्राष्ट्रिय, समाचार

कोरोनाको नयाँ भेरियन्ट : हावाबाट छिटो फैलिने

हावाबाट छिटो फैलिने कोरोनाको नयाँ भेरियन्ट भियतनाममा फेला परेको छ । यो भेरियन्ट बेलायत र भारतमा भेटिएको भेरियन्ट समिश्रण भएर अझै बढी संक्रमक र सरुवा भएको विज्ञहरुले बताएका छन् । भियतनामा भेटिएको भेरियन्ट हावाबाट छिट्टै फैलिन सक्ने अधिकारीहरुले बताएका छन् । भाइरसहरु जुनसुकै बेला रुप परिवर्तन गरिरहने र कतिपय अवस्थामा रुप परिवर्तन भएर कमजोर हुने र हराएर जाने समेत हुन्छ । तर कतिपय भाइरसहरु भने रुप परिवर्तन भएर बलियो र बढी संक्रामक हुने गरेको अध्ययनहरुले देखाएका छन् । सन् २०१९ को डिसेम्बरमा कोभिड(१९ फेला परेको केही समयपछि नै सन् २०२० को जनवरी महिना मा नै यसका हजारौं परिवर्तित रुपहरु फेला परेका थिए । भियतनामा बेलायत र भारतको भेरियन्ट समिश्रण भएर बनेको नयाँ हाइब्रिड भेरियन्टका विषयमा सार्वजनिक रुपमै जानकारी दिएको जनाइएको छ । नयाँ भेयिन्ट हावाबाटै फैलिनै भएकाले बढी जोखिमपूर्ण रहेको छ । को...
कर्मचारीको तलब बढ्यो
अर्थ/व्यापार, समाचार

कर्मचारीको तलब बढ्यो

सरकारले राष्ट्र सेवक कर्मचारीको तलब बढाएको छ। बजेटमार्फत तलब बढाएको हो। २ हजार मासिक तलब बढाइएको छ। साउनदेखि लागू हुनेगरी तलब बढाइएको हो। तलब बढाउने अवस्था नभए पनि कर्मचारीको मनोबल बढाउन तलब बढाइएको अर्थमन्त्रीले बजेट भाषणका क्रममा भनेका छन्। महंगी भत्तालाई यथावत राखिएको छ। बीमा पनि गरिने भएको छ।
निषेधाज्ञा उल्लंघन गर्ने ५८० सवारी साधन प्रहरी नियन्त्रणमा
समाचार

निषेधाज्ञा उल्लंघन गर्ने ५८० सवारी साधन प्रहरी नियन्त्रणमा

विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको शिलशिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने ५ सय ८० वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तीमध्ये २ सय २ वटा गाडी र ३ सय ७८ वटा मोटरसाइकल रहेका छन् । नियन्त्रणमा लिएका सवारी साधनहरुलाई आवश्यक सोधपुछ पश्चात छोडिने गरिएको छ । साथै नयाँ भेरियन्ट सहितको कोभिड १९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा ८ सय ३५ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ । कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा तोकिएको मापदण्ड उल्लंघन गर्ने २ सय १७ जनालाई संक्रामक रोग ऐन, २०२० बमोजिम २२ हजार ३ सय रुपैयाँ जरिवाना गरिएको छ । साथै १ हजार ४ सय ८४ जनालाई रोकी सम्झाई बुझाई छाडिएको छ । साथै देशभर सञ्चालित ८८ ...
गणतन्त्र दिवसको अवसरमा शुभकामना :डा.डिआर उपाध्याय
राजनीति, समाचार

गणतन्त्र दिवसको अवसरमा शुभकामना :डा.डिआर उपाध्याय

आज गणतन्त्र ल्याएको दिन । गणतन्त्र दिवस यो ऐतिहासिक आजको दिनमा सवै गणतन्त्रवादी शक्तिहरु खुसि हुने दिन हो । संविधानसभाको पहिलो बैठकबाट राजतन्त्र फालेर गणतान्त्रिक अभ्यासमा मुलुक प्रवेश गरेको १३ वर्ष पूरा गरेर १४ बर्षमा प्रवेश भएको छ । यो गणतन्त्र २०६२, ०६३ को जनआन्दोलन २ को बलमा आएको हो । गणतन्त्र ल्याउन नेपाली जनताको ठूलो त्याग , तपस्या र बलिदानी भएको छ । यो गणतन्त्र त्यसै आएको होइन , अहिले गणतन्त्र माथि खेलवाड गर्ने तत्वहरु पनि छन । प्रतिगामी तत्वहरु पनि यो गणतन्त्र असफल बनाउने खेलमा लामो समय देखि लागिरहेका छन । तर उनीहरुको प्रयास असफल हुदै आएको छ । नेपाली जनताले यो गणतन्त्र ल्याउन ज्यानको बाँजी थापेका थिए । जनआन्दोलनको जगमा आएको गणतन्त्र यति बेला कमजोर भएको होकी जस्तो देखिएको छ । अहिले संसद बिघटन भएको अवस्थामा छ । त्यसैले मुलुकमा जे पनि हुन सक्छ भन्ने पनि छ । संघीय लोकतान्त्रिक गणतन्...
विद्यार्थीलाई ल्यापटप किन्न ८० हजार कर्जा, सिमकार्ड निःशुल्क
अर्थ/व्यापार, समाचार

विद्यार्थीलाई ल्यापटप किन्न ८० हजार कर्जा, सिमकार्ड निःशुल्क

सरकारले विद्यार्थीहरुलाई ल्यापटप खरिदका लागि ८० हजार रुपैयाँसम्मको कर्जा १ प्रतिशत ब्याजदरमा उपलब्ध गराउने भएको छ। १६ वर्ष उमेरसम्मका विद्यार्थीका लागि एकथान सिम निःशुल्क दिने व्यवस्था मिलाएको छ ।अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट अध्यादेशमार्फत् सार्वजनिक गर्दैै यस्तो जानकारी दिए।...