प्रेम गुरुङको “शैलुर्बे ङोल्स्यो” बोलको गुरुङ भाषाको गीतको छायांकन सम्पन्न,बुद्ध जयन्तीमा सार्वजनिक गरिने
गीतकार तथा कलाकार प्रेम गुरुङको “शैलुर्बे ङोल्स्यो” अर्थात शैलुङ्को सोल्टिनी बोलको गुरुङ भाषाको गीतको छायांकन सम्पन्न भएको छ । आउदो बुद्ध जयन्तीको दिनको उक्त गीतको म्यूजिक भिडियो सार्वजनिक हुने भएको छ । आफ्नो जन्म दिन तथा बुद्ध जयन्तीको अवसर पारेर सार्वजनिक गरिन लागेको उक्त भिडियो औपचारिक रुपमा कार्यक्रम गरेर सार्वजनिक गरिने तयारी भए पनि कोराना महामारीका कारण उक्त कार्यक्रमलाई रद्द गरेर बिमोचन कार्यक्रम र जन्म दिनमा खर्चिने खर्च काठमाण्डू स्थित CWEAF Nepal बाल आश्रम लाई सहयोग गरिने गीतकार गुरुङ्गले जानकारी दिए । गायक मनोज गुरुङ्गको स्वर रहेको गीतको भिडियो नेपालको सुन्दर गाउँ शैलुङ्ग लम्जुङ तथा अमेरिकामा समेत छायांकन गरिएको छ ।
तेजेन्द्र गुरुङले संगीत र एरेन्ज गरेको भिडियो चक्र पुलामी मगर र मणि कुमार राईको कोरियोग्राफी रहेको छ । ग्लोबल नेपाल इन्टरटेन्टमेन्टल...










