Saturday, November 21

समाचार

राष्ट्रपतिद्वारा नागरिकतासम्बन्धी अध्यादेश जारी
राजनीति, समाचार

राष्ट्रपतिद्वारा नागरिकतासम्बन्धी अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकतासम्बन्धी अध्यादेश जारी गरेकी छिन् । सरकारको सिफारिसमा संविधानको धारा ११४ को उपधारा १ बमोजिम आइतबार राष्ट्रपति भण्डारीले नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश २०७८ जारी गरेकी हुन् ।
स्वास्थ्य सङ्कटकालबीचमा पनि टोकियो ओलम्पिकको तयारी तीब्र
खेलकुद, समाचार

स्वास्थ्य सङ्कटकालबीचमा पनि टोकियो ओलम्पिकको तयारी तीब्र

जापानको राजधानी टोकियोमा हुने तय भएको ओलम्पिक प्रतियोगिताको तयारी तीव्ररूपमा भइरहेको छ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिका पूर्व उपाध्यक्ष तथा टोकियो ओलम्पिकका इन्चार्ज जोन कोट्सले जापानका धेरै ठाउँमा सङ्कटकाल लागु भएको भएपनि ओलम्पिक प्रतियोगिताको तयारी तीव्र रुपमा भइरहेको शुक्रबार जानकारी दिएका हुन् । अघिल्लो बर्षका लागि तय गरिएको टोकियो ओलम्पिक कोरोनाभाइरसको महामारीका कारण एक बर्ष पछाडि सारिएको हो । प्रतियोगिता एक बर्ष पछाडि सार्दा समेत महामारी कायमै रहेपनि प्रतियोगिता सञ्चालन गर्नेगरी अहिले तयारी भइरहेको हो । प्रतियोगिताको उद्घाटन हुन अब दुई महिना मात्रै बाँकी रहँदा पनि जापानका धेरै ठाउँमा कोरोनाभाइरस नियन्त्रणका लागि सङ्कटकाल लगाइएको छ । जापानमा अहिले पनि कोरोनाभाइरसबाट मृत्यु भएका र सङ्क्रमित भएकाहरुको सङ्ख्यामा बृद्धि हुदै आएको अधिकारीहरुले जनाएका छन् । अष्ट्रेलिया ओलम...
नारेश्वर युवा समाजद्वारा स्थानीयलाई स्वास्थ्य सामग्री तथा खाद्यन्न सहयोग
समाचार, समाज

नारेश्वर युवा समाजद्वारा स्थानीयलाई स्वास्थ्य सामग्री तथा खाद्यन्न सहयोग

गोरखा । मुलुकमा कोरोना महामारीले गर्दा लकडाउनमा परेर पीडा भोगिरहेका स्थानीय बासिन्दाहरुलाई नारेश्वर युवा समाजले सहयोग हस्तान्तरण गरेको छ । गोरखा नगरपालिका वडा नं. ३ नारेश्वरको कार्यालयमा समाजले सहयोग जुटाएर स्वास्थ्य सामग्री तथा खाद्यन्न सहयोग हस्तान्तरण गरेको हो । गायक तथा संचारकर्मी एवम् संस्थाकाे सल्लाहकार लवकुमार भट्टको अगुवाई नारेश्वर युवा समाजले देशविदेशबाट सहयोग जुटाएर लकडाउनको मारमा परेका गरीब, असहाय, अपाङ्ग र एकल महिलाहरुलाई सहयोग गरेको हो । समाजले काठमाडौंदेखि गोरखा नारेश्वरमा पुगेर जेठ ८ गते शनिबार उक्त सहयोग हस्तान्तरण गरेको हो । सहयोग लिएर काठमाडौंदेखि गायक तथा संचारकर्मी लवकुमार भट्ट, रुपेश विश्वकर्मा, सुवास थापा र पत्रकार सुमन पण्डित लगायतको टोली गोरखा नारेश्वर पुगेको थियो । गारेखा नारेश्वरको शान युव जनशक्तिको अभियान भन्ने नाराका साथ ‘अहिले नगरे कहिले गर्ने हामीले नगरे...
निर्वाचन अगाडि सबैलाई खोप लगाइने छःप्रधानमंत्री
राजनीति, समाचार

निर्वाचन अगाडि सबैलाई खोप लगाइने छःप्रधानमंत्री

चुनावका लागि सरकारमा आउन आव्हान प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनभन्दा अगाडि सबैलाई कोराना भाइरसविरुद्धको खोप लगाइने बताएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित पत्रकारसँंगको अन्तरक्रियामा उनले निर्वाचन अगाडि सबैलाई खोप लगाउने प्रयासमा सरकार जुटेको जानकारी दिए । उनका अनुसार खोप ल्याउनका लागि विभिन्न देश र खोप उत्पादकसंँग छलफल भइरहेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिशमा आगामी कात्तिक २६ र मङ्सिर ३ गते प्रतिनिधिसभाको मध्यावधि निर्वाचन तोकिसकेकी छन् । नेपालमा कोभिड–१९ विरुद्धको कोभिशिल्ड र भेरोसेल खोप लगाइएका छन् । अहिलेसम्म २१ लाख १३ हजार ८० जनाले खोपको दोस्रो र पाँच लाख १४ हजार २५३ जनाले पहिलो मात्रा लगाएका छन् । चुनावका लागि सरकारमा आउन प्रधानमन्त्रीको आव्हान प्रधानमन्त्री र्मा ओलीले सबै दलको सहभागितामा चुनावी सरकार गठन गठन गर्न सकिने स्प...
दश दिनसम्म पनि आएन पीसीआर रिपोर्ट
समाचार, स्वास्थ्य

दश दिनसम्म पनि आएन पीसीआर रिपोर्ट

यहाँबाट कोरोना आशङ्कामा परीक्षणका लागि पठाएका स्वाबको नतिजा लामो समयसम्म नआउँदा समस्या हुन थालेको छ । जिल्लाबाट पठाइएका करीब २५० को सङ्ख्याका स्वाबको नतिजा आउन बाँकी छ । गत वैशाख २८ गतेदेखि यताका स्वाबको नतिजा नआउँदा जाँच गराएका व्यक्ति अन्योलमा परेका छन् भने व्यवस्थापकीय जिम्मेवारीमा रहेका निकाय पनि अन्योलमा छन् । कुश्मा नगरपालिकाका स्वास्थ्य संयोजक उमाकान्त सापकोटाका अनुसार एक हप्तादेखि १० दिनसम्मका रिपोर्ट अझै आएका छैनन् । उनले कुनै उपाय नदेखेपछि फेसबुकमार्फत सरकारलाई ध्यानाकर्षण गराएका छन् । सङ्क्रमितको आशङ्कामा परीक्षण गरिएको रिपोर्टको नतिजा ढिलो आउँदा आफूहरु अन्योलमा रहेको सापकोटाले बताए । प्रयोगशालाले ढिलो रिपोर्ट दिँदा कन्ट्याक्ट ट्रेसिङको कुनै अर्थ नरहने सापकोटाको गुनासो छ । सङ्क्रमणको आशङ्का गरिएकाहरु समुदायमा घुलमिल भइसके । अलिअलि रुघाखोकी लागेका पनि निको भइसकेका छन् । ...
थप ७ हजार ९१४ जनामा कोरोना पुष्टि, १९३ जना मृतक थपिए
समाचार, स्वास्थ्य

थप ७ हजार ९१४ जनामा कोरोना पुष्टि, १९३ जना मृतक थपिए

आइतबार नेपालमा ७ हजार ९१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख १३ हजार ५५७ पुगेको छ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेमा १९३ जना थपिएका छन् । हालसम्म कोरोनाको कारण ६ हजार ३४६ जनाको मृत्यु भएको छ ।
आइतबार १३१ भन्दा बढीले गरे सगरमाथाको आरोहण
अर्थ/व्यापार, समाचार

आइतबार १३१ भन्दा बढीले गरे सगरमाथाको आरोहण

सगरमाथा एकैदिनमा एक सय ३१ जनाभन्दा बढीले सफलतापूर्वक आरोहण गरेका छन्। पर्यटन विभागकी निर्देशक मीरा आचार्यका अनुसार मौसममा सुधार भएसँगै आइतबारको दिन एक सय ३१ भन्दा बढी आरोहीहरु सगरमाथाको चुचुरोमा पुगेका हुन्। त्यस्तै, एजेन्सीहरुले पर्यटन विभागलाई दिएको जानकारी अनुसार बियुलका २२, सातोरीका ७, हिमालयन गाइटका ३८, पाइनरका १४, ह्यापी फिट्का ३, समिट क्लबका १५, ग्याएसर हिमालय एसेटका ११, हिमालय यज्सेन्टका ११, ट्याग नेपालका ७, सेभेन समिट ट्रेक्सका ३ जनाले सफल आरोहण गरेका हुन्। त्यस्तै, आजै(आइतबार) ल्होत्से हिमाल(८५१६ मिटर) तीन भारतीयसहित ७ आरोहीले सफल आरोहण गरेको सेभेन समिट ट्रेक्सले आफ्नो फेस्बुक पेज मार्फत जानकारी गराएको छ।...
कांग्रेसलाई प्रधानमन्त्री ओलीको प्रश्न : प्रचण्डलाई गुरु मानेर प्रचण्डपथलाई स्वीकार गरेको हो?
राजनीति, समाचार

कांग्रेसलाई प्रधानमन्त्री ओलीको प्रश्न : प्रचण्डलाई गुरु मानेर प्रचण्डपथलाई स्वीकार गरेको हो?

प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई लोकतान्त्रिक दल भन्ने नेपाली कांग्रेसले प्रचण्डलाई गुरु मानेर प्रचण्डपथमा हिँडेको आरोप लगाएका छन्। आइतबार दिउँसो प्रेस चौतारीआवद्ध पत्रकारहरुसँगको अन्तरक्रियामा प्रधानमन्त्री ओलीले आफूलाई लोकतान्त्रिक भन्ने पार्टी कांग्रेसले प्रचण्डलाई गुरु मानेर पचण्डपथमा हिँडेको टिप्पणी गरेका हुन्। उनले सरकार गठन गरेदेखि नै सरकार संचालनमा अवरोध गरेको र त्यो अवरोध गतवर्षदेखि तीव्र भएको भन्दै सरकारले गरेको राम्रो कामको पनि कामै गरेन भनेर कुप्रचार भएको बताए। उनले कांग्रेसका नेताहरुले केपी ओलीले गराउने निर्वाचनमा भाग नलिने भनेको कुरा आफूले सुनेको भन्दै आपत्ति जनाए। ‘जनताबाट अत्याधिक मतले विजयी भएको प्रधानमन्त्रीले गराएको चुनावमा भाग नलिने भन्ने कस्तो लोकतान्त्रिक चरित्र हो,’ उनले भने, ‘कांग्रेस नेतृत्वले गराएको चुनावमा २३ सिटमा झर...
प्रतिव्यक्ति आयमा बंगलादेशले भारतलाई उछिन्यो
अन्तर्राष्ट्रिय, समाचार

प्रतिव्यक्ति आयमा बंगलादेशले भारतलाई उछिन्यो

बंगलादेशले प्रतिव्यक्ति आयमा छिमेकी देश भारतलाई उछिनेको छ । आर्थिक वर्ष २०२०–२१ मा बंगलादेशको प्रतिव्यक्ति आय २ हजार २२७ पुगेको छ । जबकि यही आथिृक वर्षमा भारतको प्रतिव्यक्ति आय १ हजार ९४७ मात्रै छ । बंगलादेशका योजनामन्त्री एमए मननले देशको प्रतिव्यक्ति आय वृद्धि भएको जानकारी दिएका हुन् । यससँगै बंगलादेशको प्रतिव्यक्ति आय भारतको भन्दा २८० डलर बढी भएको छ । ‘आर्थिक वर्ष २०२०–२१ मा हाम्रो प्रतिव्यक्ति आय २,२२० डलर पुगेको छ । अघिल्लो आर्थिक वर्षमा यो २,०६४ डलर थियो । जसअनुसार हाम्रो आर्थिक वृद्धिदर ९ प्रतिशत छ’ बंगलादेशका क्याबिनेट सचिव खन्डकर कनवरुल इस्लामले एक प्रेस ब्रिफिङमा भने । विश्वका अत्याधिक जनघनत्व भएका देशहरुमध्येको एक बंगलादेशले करिब ५ दशकसम्म गरिबी र विकासको कमीसँग संघर्ष गरेको थियो । सन् २००७ मा बंगलादेशको प्रतिव्यक्ति आय भारतको भन्दा आधा थियो । यदि अन्तर्राष्ट्रिय मुद्रा कोष...
भारतमा एकै दिनमा झण्डै साढे दुई लाख सङ्क्रमित, ३७ सयको मृत्यु
अन्तर्राष्ट्रिय, समाचार

भारतमा एकै दिनमा झण्डै साढे दुई लाख सङ्क्रमित, ३७ सयको मृत्यु

भारतमा कोरोनाभाइरसबाट एकै दिन झण्डै साढे दुई लाख नयाँ सङ्क्रमित थपिएका छन् । सरकारी अधिकारीहरुले आइतबार बिहान दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा दुई लाख ४० हजार ८४२ जना नयाँ सङ्क्रमित थपिएका हुन् । त्यसैगरी सोही अवधिमा अरु तीन हजार ७४१ जनाको कोरोनाभाइरसको संक्रमणका कारण मृत्यु भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । पछिल्लो एक दिनमा भारतमा तीन लाख ५५ हजार १०२ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएको पनि मन्त्रालयको तथ्याङ्क छ । मन्त्रालयको विवरण अनुसार नयाँ सङ्क्रमितको सङ्ख्या भन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या एक लाखभन्दा बढी रहेको छ । भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या दुइ करोड ६५ लाख ३० हजार १३२ रहेको छ जसमध्ये २८ लाख पाँच हजार ३९९ जना अहिले पनि सङ्क्रमित अवस्थामै रहेका छन् । भारतमा कोरोनाभाइरसका कारण अहिलेसम्म कुल मृतकको सङ्ख्या दुई लाख...