बादललाई कहाँ व्यवस्थापन गर्ने ?
सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकीकरण बदर गर्दै दुवै पार्टीलाई पूर्वावस्थामा फर्कादिएपछि दुवै पार्टीका सांसदहरु आ–आफ्नो पार्टीतिर लागे।
नेकपा एमालेका केही सांसदहरु प्रधानमन्त्री केपी ओलीको पक्षमा रहन नचाहेको भए पनि उनीहरुले आफ्नो पार्टी भने छाडेका छैनन्। भलै उनीहरु प्रधानमन्त्रीको विपक्षमा उभिँदै आएका छन् तर उनहिरुको पार्टी भने नेकपा एमाले नै हो र प्रतिनिधिसभा विघटन हुनुअघि उनीहरु एमालेकै सांसद थिए। माओवादीका भने केही सांसद पार्टी नै परित्याग गरेर एमालेमा आए । यसका लागि उनीहरुले सांसद पद नै परित्याग गरे।
माओवादीका राष्ट्रिय सभा सांसद रामबहादुर थापा बादल, प्रतिनिधि सभा सांसदहरु लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशंकर चौधरीले सांसद पद नै त्याग गरेर एमालेतिर आए। यसरी आएका सांसदलाई व्यवस्थापन गर्ने जिम्मेवारी प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी श...










