Saturday, November 21

समाचार

भारतमा एकैदिन थपिए १ लाख ६० हजार कोरोना संक्रमित
अन्तर्राष्ट्रिय, समाचार, स्वास्थ्य

भारतमा एकैदिन थपिए १ लाख ६० हजार कोरोना संक्रमित

भारतमा थप १ लाख ६० हजार जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप ‍१ लाख ६० हजार ६९४ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । यो वृद्धिसँगै त्यहाँ संक्रमितको संख्या १ करोड ३६ लाख ८६ हजार ७३ पुगेको छ । भारतमा हालसम्म १ करोड २२ लाख ५० हजार ४४० जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या १२ लाख ६४ हजार ५४४ छ । यस्तै भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ७१ हजार ८९ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप ८८० जनाको मृत्यु भएको छ ।...
कोरोनाले एकै दिन १३ जनाको मृत्यु
समाचार, स्वास्थ्य

कोरोनाले एकै दिन १३ जनाको मृत्यु

 पछिल्लो समय नेपालमा कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुने सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । सोमबार एकै दिन १३ जनाको मृत्यु भएको छ । केही समययता एकै दिन कोरोनाबाट यति धेरै मृत्यु भएको यो पहिलो पटक हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले पछिल्लो २४ घण्टामा १३ जना सङ्क्रमितको मृत्यु भएको जानकारी दिए । यसअघि दैनिक तीन–चार जना सङ्क्रमितको मात्र मृत्यु हुने गथ्र्यो भने कहिलेकाहीँ मृत्यु शून्य हुने गरेको थियो । यसअघि कात्तिकमा २० जना सङ्क्रमितको एकै दिन मृत्यु भएको थियो । नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या तीन हजार ५३ जना पुगेको छ । आइतबार एक कोरोना सङ्क्रमितको मृत्यु भएको थियो । गत जेठबाट कोरोना सङ्क्रमितको मृत्यु हुन थालेको हो । सिन्धुपाल्चोककी सुत्केरी महिलाको धुलिखेल अस्पतालमा पहिलो पटक मृत्यु भएको थियो ।...
नेपाली जनताले समानता चाहेका छन
राजनीति, समाचार

नेपाली जनताले समानता चाहेका छन

-डा.डिआर उपाध्याय, अहिले नेपाली जनता नांगो आङ र भोको पेट लिएर बाँच्न बिवश छन । नेपाली जनताले यस्तो व्यवस्था चाहेका छन् जुन प्रयोगले संसदीय व्यवस्थामा विकृति नआओस् । अहिले देशमा जुन किसिमको विकृति छाएको छ , यसले लोकतन्त्रको धज्जि उडाएको छ । लोकतन्त्रमा जनताले बोल्न , लेख्न , सभा सम्मेलन गर्न पाउँछन । यो जनताको अधिकारको कुरा हो । नेपाली जनताले समानता चाहेका छन । समानताका लागी नेपाली जनता धेरै बर्ष देखि लडदै आएका छन । यो कुरा सवैले बुझन जरुरी छ । अहिले नेपालको राजनीति तरल बनेको छ । वर्तमान राजनीतिक अवस्था त्यति सहज ढंगले अघि बढन सकेको छैन । यो नै समस्याको बिषय हो । देशलाई कुनै पनि नेताले बन्दी बनाउनु हुदैन । अहिले जे देखिएको छ , त्यो राम्रो संकेत होइन । अहिले देशमा राजनीतिक दलहरु गुटउपगुटमा बिभाजित छन । यसले मुलुकमा संकट निम्त्याएको छ । जनताको मतलाई दल र तिनका नेताहरुले अपमान गरेका छ...
अभद्र गतिविधि गरेको आरोपमा तीन जना पक्राउ
अपराध, समाचार

अभद्र गतिविधि गरेको आरोपमा तीन जना पक्राउ

काठमाडौंको गंगबुस्थित नयाँ बसपार्कमा हो–हल्ला तथा अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुरको छतिवन नगरपालिका–९ घर भई हाल बूढानीलकण्ठ बस्ने वर्ष ३४ को निमा लामा, नुवकोटको ताँदी गाउँपालिका–२ घर भएका वर्ष २८ को प्रकाश तामाङ र धादिङ्ग रोराङ नगरपालिका–२ घर भएका वर्ष ३१ को बिनोद लामा रहेका छन्। उनीहरुले हो–हल्ला गरी सबै साधारण मानिस, महिला तथा बालबालिकाहरुलाई अश्लिल गाली गलौज, डर त्रास, धाक धम्की दिई अभद्र व्यवहार गरेको प्रहरीले जनाएको छ। उनीहरु उपर अभद्र व्यवहार गर्न नहुने सम्बन्धी कसुर मुद्दामा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको छ।...
अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता हुदै, उद्घाटन प्रधानमन्त्रीबाट हुने
खेलकुद, समाचार

अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता हुदै, उद्घाटन प्रधानमन्त्रीबाट हुने

महिला रेस्लिङ फाउन्डेसनको आयोजनामा अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता राजधानीको भृकुटीमण्डपमा आगामी वैशाख ४ गतेबाट सञ्चालन हुने भएको छ । सो प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुहुनेछ । फाउन्डेसनले गर्न लागेको चौथो अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगितामा अमेरिका, जापान, अष्ट्रेलिया, भारत र पाकिस्तान लगायत विभिन्न देशबाट रेस्लरहरु आउनुहुने फाउन्डेसनको अध्यक्ष तथा नेपालकै पहिलो रेस्लर भगवति खड्का ‘युनिका’ ले जानकारी दिइन् । त्यस्तै रेस्लर तथा कलाकार अस्मिता जुरेलीले कोरोनाका कारण कार्यक्रममा असर नपर्ने बताउनुभयो । उहाँले भन्नुभयो,‘कोरोना भाइरस (कोभिड–१९) को महामारीले गर्दा कार्यक्रम गर्न केही असहज भएपनि स्वास्थ्य मापदण्ड अपनाएर सुरक्षा सामग्रीको उपयोग गरेर नै प्रतियोगिता सञ्चालन गर्दैछौं ।’...
नेपालमा थप १३ संक्रमितको मृत्यु, ४९६ थपिए
समाचार, स्वास्थ्य

नेपालमा थप १३ संक्रमितको मृत्यु, ४९६ थपिए

नेपालमा थप १३ कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ८ जना कोरोना संक्रमितको मृत्यु भएको हो भने विभिन्न समयमा कोरोनाले ज्यान गुमाएका ५ जनाको विवरण सोही अवधिमा प्राप्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । योसँगै हालससम्म नेपालमा ३ हजार ५३ कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा थप ४९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमतिको संख्या २ लाख ८० हजार ५२४ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १३८ जना कोरोनामुक्त भएका छन् । योसँगै हालसम्म २ लाख ७४ हजार १६५ जना कोरोनामुक्त भएका छन् । नेपालमा हाल सक्रिय संक्रमितको संख्या ३ हजार ३०६ रहेको मन्त्रालयले जनाएको छ । नेपालमा पछिल्लो एक साताको विवरण हेर्दा कोरोना संक्रमितको दर बढ्दो देखिएको छ । गत सोमबार चैत २३ गते नेपालमा...
आश्रुत्य घिमिरे र परिधी पाण्डेले हात पारे ‘फेस अफ स्मार्ट किड्स २०२१’ को उपाधी
मनोरन्जन, समाचार

आश्रुत्य घिमिरे र परिधी पाण्डेले हात पारे ‘फेस अफ स्मार्ट किड्स २०२१’ को उपाधी

राजधानीमा सम्पन्न फेस अफ स्मार्ट किड्स २०२१ को उपाधी आश्रुत्य घिमिरे र परिधी पाण्डेले हात पार्न सफल भएका छन । आईतवार सम्पन्न उक्त प्रतियोगितामा घिमिरेले मुख्य उपाधी सहित मल्टिमिडिया च्वाईस तथा पाण्डेले मुख्य उपाधी सहित भ्यूवर्स च्वाइस,मल्टिमिडिया, बेष्ट ड्रेस, मिस टैलेन्ट, मस्ट ईन्टलिजेन्टको सब टाईटल समेत हात पार्न सफल भए । त्यसै गरि गल्र्स तर्फ भने क्रिष्टल रुम्वाले फस्ट रनर अप सहित मस्ट ईन्नोसेन्ट र मस्ट क्यूट , अनिषा भट्ले मस्ट ईन्टलिजेन्ट र बेष्ट फोटोजेनीक तथा मेरिका राईले बेष्ट वाकको सबटाईटल हात पारेका थिए ।धिरज तण्डुकार, कला सुब्बा,राधा ढकाल र यम बरालको निर्णायक मण्डल रहेको प्रतियोगिता मा ब्वाइज तर्फ भने स्वराज सापकोटाले फस्ट रनर अप सहित भ्यूवर्स च्वाईस र आरनेश सिखंडाले बेष्ट फोटोजेनिक तथा बेष्ट ड्रेस हात पारेका थिए । युथ क्रियसन नेपालको आयोजनामा आयोजित उक्त प्रतियोगीतमा फेशन ...
विश्व हिन्दु महासंघको कार्यलयमा चोरी
अपराध, समाचार

विश्व हिन्दु महासंघको कार्यलयमा चोरी

काठमाडौंको बाँसबारीस्थित विश्व हिन्दु महासंघको कार्यालयमा अज्ञात समहबाट कार्यलयको चाबी तोडफोड भएको छ। महाराजगञ्जका डीएसपी रोशन खड्काका अनुसार महासंघको कार्यालयमा ताला फुटाइएको र केही सामान हराएको पाइएको छ।
इन्डो–नेपाल खुला अन्तर्राष्ट्रिय तेक्वान्दोमा सरोजलाई दोहोरो स्वर्ण
खेलकुद, समाचार

इन्डो–नेपाल खुला अन्तर्राष्ट्रिय तेक्वान्दोमा सरोजलाई दोहोरो स्वर्ण

भारतका सरोज गुरुङले दोश्रो इन्डो–नेपाल खुला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा आइतबार दोहोरो स्वर्ण जितेका छन् । राष्ट्रिय तेक्वान्दो संघ नेपाल र अन्तर्राष्ट्रिय मार्सल आर्ट्स एकेडेमी नेपाल (इमान) द्वारा संयुक्त आयोजित प्रतियोगिताको पुरुष ३१ वर्षमाथि एकल पुम्से र सोही उमेरसमूहको टिम पुम्सेमा सरोजले स्वर्ण जिते । टिममा सरोजसहित त्रिलोक सुब्बा र राधाबहादुर तामाङ थिए । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा भएको प्रतियोगिताको पुम्सेतर्फनै महिला १८–३० वर्षमा बोधीसदन तेक्वान्दो डोजाङकी सविना भट्टराई, पुरुष ४१–५० वर्षमा टीसीएन तेक्वान्दो डोजाङका मानबहादुर वाइबा र पुरुष ५१ वर्षमाथि भारतका त्रिलोक सुब्बाले स्वर्ण जिते । प्रतियोगिताको उद्घाटन राखेपका सदस्य–सचिव रमेशकुमार सिलवालले एक कार्यक्रमबीच गरेका थिए । सदस्य–सचिव सिलवालले पहिलो दिनका विजेतालाई पुरस्कृत समेत प्रद...
काँग्रेस केन्द्रीय समिति बैठक स्थगित
राजनीति, समाचार

काँग्रेस केन्द्रीय समिति बैठक स्थगित

 प्रमुख प्रतिपक्षीदल नेपाली काँग्रेसको आज दिउँसो २ बजे बस्ने तय भएको केन्द्रीय समिति बैठक स्थगित भएको छ। नयाँ सत्ता समीकरणदेखि २०७८ भदौमा हुने कांग्रेस १४ औँ महाधिवेशनको विषयमा छलफल गर्न बैठक बोलाइएको थियो। तर वरिष्ठ नेता रामचन्द्र पौडेललाई भातृशोक परेपछि बैठक स्थगित भएको केन्द्रीय सदस्य एनपी साउदले बताए। नेता पौडेलले आज बिहान आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत भाइको निधन भएको जनाएका थिए। पौडेलले लेखेका छन्–मेरा प्यारो माइला भाइ गोविन्दराज पौडेलको असामहिक निधनको खबरले मर्माहत बनाएको छ। हाम्रो परिवार र गाउँ समाजकै भरोसाका रुपमा हेर्ने भाइ पछिल्लो समय चितवनको रत्ननगरमा बस्दै आएका थिए। प्रिय भाइ नाताले भाइ भए नि मेरो साथी जस्तै गरी सबै कुरामा सहयोगी थिए। मेरो राजनीति जीवनकालमा सधैं सहयोगी भूमिका निर्वाह गरेका भाइ गोविन्दको निधनले म आफूलाई एक्लो भएको महशुस गरेको छु । प्रिय भाइ गोबिन्...