Saturday, November 21

समाचार

मुख्यमन्त्री राईले बोलाए सर्वदलीय बैठक
राजनीति, समाचार

मुख्यमन्त्री राईले बोलाए सर्वदलीय बैठक

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सर्वदलीय आज बैठक बोलाएका छन् । प्रदेशसभामा प्रतिपक्षी दलले गरेको अवरोध सामधानका लागि भन्दै मुख्यमन्त्री राईले आज सर्वदलीय बैठक बोलाएका हुन् । प्रदेश १ को प्रदेशसभाको सातौं अधिवेशनको बैठक प्रतिपक्षी दल नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाले अवरोध गरेपछि त्यसलाई हटाउने विषयमा छलफल गर्न मुख्यमन्त्री राईले सर्वदलीय बैठक डाकेका हुन् । चालु वर्षका लागि स्वीकृत कार्यक्रमहरु सूचारू गर्नुपर्ने, विकास आयोजनालाई निरन्तरता दिनुपर्ने, अलपत्र रहेका वहुवर्षे विकास आयोजनाको काम सूचारु गर्नुपर्ने माग राखेका विपक्षी दलहरूले बैठक अवरोध गर्दै आएका छन् । प्रदेश सभामा अवरोध कायम रहँदा आज दिउँसो १ बजे डाकिएको बैठक पनि अघि बढ्ने सम्भावना छैन । अवरोध हटाउने विषयमा  प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले बोलाएको बैठक निष्कर्षविहीन भएको थियो  ।...
भारतमा सोमबार १ लाख ६८ हजार संक्रमित थपिए
अन्तर्राष्ट्रिय, समाचार

भारतमा सोमबार १ लाख ६८ हजार संक्रमित थपिए

 भारतमा एकैदिन १ लाख ६८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार त्यहाँ सक्रिय संक्रमित संख्या १२ लाख १ हजार पुगेको छ । भारतमा कूल संक्रमित संख्या १ करोड २१ लाख नाघेको छ । मृत्यु संख्या १ लाख ७० हजार पुगेको छ । महाराष्ट्र, छत्तिसगढ, कर्नाटका, उत्तर प्रदेश र केरला कोभिडबाट सबैभन्दा बढी प्रभावित भएका छन् । यी राष्ट्रमा ८६ प्रतिशत कोभिडसँग सम्बन्धित मृत्यु भएको छ ।...
नयाँ  बसपार्कका टिकट काउण्टर बुधबारदेखि बन्द हुने
अर्थ/व्यापार, समाचार

नयाँ बसपार्कका टिकट काउण्टर बुधबारदेखि बन्द हुने

नेपालको राष्ट्रिय बसपार्कका रुपमा रहेको गोँगबुस्थित नयाँ बसपार्कका टिकट काउण्टर आगामी बुधबारदेखि बन्द हुने भएका छन्। बसपार्कका टिकट काउण्टरलाई अन्तर्राष्ट्रियस्तरको टिकट काउण्टरमा सञ्चालन गर्नका लागि आवश्यक पूर्वाधार निर्माण गर्नुपर्ने भएकाले हाल सञ्चालन हुँदै आएका काउण्टर वैशाख १ गते देखि केही समयका लागि बन्द हुने भएका हुन्। नयाँ बसपार्क सञ्चालन गरेको ल्होत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक सुनिल कुँवरले बसपार्कका काउण्टरलाई अन्तर्राष्ट्रिय मापदण्डबाट सञ्चालन गर्नका लागि टिकट काउण्टर केही दिनका लागि बन्द गर्न लागिएको जानकारी दिए। नयाँ बसपार्कभित्र हाल ३५ टिकट काउण्टर सञ्चालनमा छन् । प्रालिले टिकट काउण्टर मर्मत गर्न लागिएकाले केही समयका लागि आफ्नो व्यवस्थापनमा टिकट बिक्री वितरणको व्यवस्था मिलाउन यातायात कम्पनीलाई आग्रहसमेत गरेको छ। उक्त बसपार्कबाट हाल देशभरका ६५ भन्दा बढी ज...
अव सीमानाकाहरूमा कडाई गर्नु पर्छ
राजनीति, समाचार

अव सीमानाकाहरूमा कडाई गर्नु पर्छ

डा.डिआर उपाध्याय, मुलुकमा कोरोना भाइरसको संक्रमण दर पुनः उकालो लाग्ने संकेत देखिन थालेको छ । फेरि जनतामा एक खालको त्रास उत्पन्न भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार अहिले दिनहुँ ३ सय जना हाराहारी नयाँ संक्रमित थपिन थालेका छन । यो बडो चिन्ताको बिषय हो । अव हामी सवै नागरिक हरु सचेत बन्नु पर्ने बेला फेरि आएको छ । कोही पनि यो रोग संग हेलचेक्राइ गरेर बस्नु हुदैन । कोरोना संक्रमण भनेको महामारी हो । यो संग डराउनुका साथै सचेत हुनु पर्छ । सवै भन्दा पहिला आफू सचेत भएर अरुलाई सचेत गराउनु पर्छ । अहिले विश्वभर जुन किसिमले पुनः संक्रमण दर बढिरहेको छ, त्यस हिसाबले यहाँको थोरै मात्राकै संख्यात्मक वृद्धिलाई पनि खतराको सूचकका रूपमा लिनुपर्छ । अव ढिला नगरी कोरोनालाई नियन्त्रणमा ल्याउनका लागि सरकार अग्रसर हुनुपर्छ । पूर्व तयारीका साथ सरकार बस्नु पर्छ । रोगले माहामारी लिए पछि गरिएको तयारीले कुनै अर्थ...
टस हारेर हैदरावादविरुद्ध पहिले व्याटिङ गर्दै कोलकात्ता
खेलकुद, समाचार

टस हारेर हैदरावादविरुद्ध पहिले व्याटिङ गर्दै कोलकात्ता

चौधौँ संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकट अन्तर्गत आज कोलकात्ता नाइट राइडर्स र सनराइजर्स हैदरावादबीच प्रतिस्पर्धा हुँदैछ। खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे चेन्नईमा सुरु हुनेछ। हैदरावादले टस जितेर फिल्डिङ रोजेपछि कोलकात्ता पहिले व्याटिङ गर्दैछ। कोलकात्ता इयोन मोर्गनको कप्तानीमा छ भने हैदरावादको कप्तान डेविड वार्नर छन्। जारी संस्करणको पहिलो खेलमा शुक्रबार विराट कोहलीको कप्तानीमा रहेको रोयल च्यालेन्जर्स बैंग्लोरले रोहित शर्माको मुम्बई इण्डियन्सलाई हराएको थियो। यस्तै शनिबारको खेलमा महेन्द्र सिंह धोनीको चेन्नई सुपर किङ्स ऋषभ पन्तको दिल्ली क्यापिटल्ससँग पराजित भएको थियो।...
सागर अधिकारीको संगीतमा ‘दिलमा सर्किट बनेर’(भिडियो)
मनोरन्जन, समाचार

सागर अधिकारीको संगीतमा ‘दिलमा सर्किट बनेर’(भिडियो)

प्राञ्जल पोखरेलको स्वरमा रहेको गीत ‘दिलमा सर्किट बनेर’ सार्वजनिक भएको छ । प्राञ्जल र एलिना चौहानको स्वर रहेको गीतको भिडियो सार्वजनिक भएको हो । भीम विसिको शब्द, सागर अधिकारी ‘शरद’को सङ्गीत, उदयराज पौडेलको एरेञ्ज र अशोक महर्जनको मिक्सिङ तथा माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । https://youtu.be/CggmDpoEykM ‘दिलमा सर्किट बनेर आइदेउनचंचले मनको हर्टबीट बडाइदेउन’ गीतको भिडियोमा गायकद्वय प्रञ्जल र एलिनासँगै दमोन क्षेत्री, उषा उप्रेतीलाई फिचरिङ गरिएको छ । सुरेन्द्र वसेलको निर्देशन रहेको भिडियोमा रामकुमार केसीको छायाँकन रहेको छ भने नवीन निरौलाको सम्पादन रहेको छ । गीतको भिडियो मायालु इन्टरटेन्मेन्टमार्फत सार्वजनिक गरिएको छ । रुपन्देहीको भैरहवमाका स्थायि बासिन्दा प्रञ्जल छिट्टै नै सोलो एल्बम स्रोता/दर्शकमाझ ल्याउने तयारीमा हुनुहुन्छ । आफ्ना अन्य गीत जस्तै यो गीतले पनि दर्शक/स्...
सिरहाको मालपोत कार्यालयमा बम विस्फोटमा संलग्न थप एक पक्राउ
अपराध, समाचार

सिरहाको मालपोत कार्यालयमा बम विस्फोटमा संलग्न थप एक पक्राउ

सिरहाको लहानस्थित मालपोत कार्यालयमा बम विस्फोट गराएको आरोपमा सिरहा प्रहरीले आज बिहान थप एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहा लक्ष्मीपुर पतारी गाउँपालिका–३ लवकाटोल निवासी २० वर्षीय गुडु भन्ने रामजतन मुखिया रहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय लहानबाट खटिएको टोलीले लहान–१ लोकतन्त्रचोकबाट मुखियालाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक तपनकुमार दाहालले जानकारी दिए । एक कर्मचारीसहित आठ घाइते हुने गरी यही चैत १ गते भएको प्रेसर कुकर बम विस्फोटमा संलग्न रहेको आरोपमा सिरहाको सुखीपुर नगरपालिका–५ निवासी २५ वर्षीय रामरिझन यादव र लक्ष्मीपुर निवासी २६ वर्षीय अभिमन्यू गिरीलाई पक्राउ गरेको थियो । बम विस्फोटको जिम्मा घटनाकै दिन तराई जनतान्त्रिक मुक्तिमोर्चा गोइत समूहले लिएको थियो ।...
२४ घण्टामा थप ३०३ कोरोना संक्रमित थपिए, एकको मृत्यु
समाचार, स्वास्थ्य

२४ घण्टामा थप ३०३ कोरोना संक्रमित थपिए, एकको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप ३०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमतिको संख्या २ लाख ८० हजार २८ पुगेको छ । त्यस्तै कोरोनाका कारण सोही अवधिमा थप १ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालससम्म नेपालमा ३ हजार ४० कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १४१ जना कोरोनामुक्त भएका छन्  । योसँगै हालसम्म २ लाख ७४ हजार २७ जना कोरोनामुक्त भएका छन् । नेपालमा हाल २ हजार ९६१ जना आइशोलेशन र ८३ जना क्वारेन्टिनमा रहेका छन् । त्यस्तै नेपालमा हालसम्म २३ लाख १२ हजार ९०१ जनाको पीसीआर परीक्षण भएको छ।...
शिवपुरी राष्ट्रिय निकुञ्जकाे जंगलमा आगलागी
समाचार, समाज

शिवपुरी राष्ट्रिय निकुञ्जकाे जंगलमा आगलागी

काठमाडौंकाे बुढानिलकण्ठस्थित शिवपुरी राष्ट्रिय निकुञ्जकाे जंगलमा आगलागी भएको छ। आइतबार बिहान करिब १० बजेदेखि शुरु भएको आगलागी फैलिँदै गएको प्रहरीले जनाएको छ। बिहान १० बजदेखि सुरु भएको आगो अहिलेसम्म नियन्त्रणमा आएको छैन। निभाउनका लागि दमकल परिचालन गरिएको छ। हेलिकोप्टरबाट पनि पानी हालेर निभाउने प्रयास भइरहेको छ। प्रहरीका अनुसार अहिलेसम्म आगो के कारणले लगोको पत्ता लागेको छैन। आगो नियन्त्रणमा लिन नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले प्रयास गरिरहेका छन्। आगलागी नियन्त्रणका लागि हेलिकप्टरबाट पानी खसाल्ने तयारी भइरहेकाे छ।...
रामबाबु र गीताको अभियनमा ‘बैगुनी’सार्वजनिक (भिडियो)
मनोरन्जन, समाचार

रामबाबु र गीताको अभियनमा ‘बैगुनी’सार्वजनिक (भिडियो)

अञ्जु पन्तको स्वरमा रहेको गीत ‘बैगुनी’ सार्वजनिक भएको छ । सभैलोको शब्द, लालकुमार बरालको सङ्गीत, विशाल निरौलाको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो । देवेन्द्र पाण्डेको निर्देशन रहेको गीतको भिडियोमा रामबाबु र गीता ढुंगानाको अभिनय रहेको छ । https://youtu.be/kx4EVRgPoEY जितु तामाङको छायाँकन रहेको भिडियोमा विकास दुलालको सम्पादन छ । चलचित्रमा अभिनयबाट दर्शकको माया बटुल्न सफल रामबाबु पछिल्लो समय बाक्लै म्युजिक भिडियोमा देखिने गर्नुभएको छ । हामी सबैको मिहिनेतले एउटा राम्रो गीतको भिडियो स्रोता/दर्शकमाझ आएको छ सबैले मन पराइदिनुहुने छ भन्नेमा आशावादी रहेको उहाँले बताउनुभयो ।...