समाजवाद र साम्यवादका कुरा
डा.डिआर उपाध्याय,
अहिले हाम्रो देश नेपाल संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थामा छ । यो व्यवस्था आइसके पछि देशको बिकास र समृद्धिमा जाने लक्ष्य सरकारले सूरु देखि नै लिएको छ । तर कार्यान्वयनको कुरा भने हुन सकेको छैन । बिकास र समृद्धिमा जान समय लाग्ने होला । देश समाजवाद हुदै साम्यवाद सम्म पुग्ने जुन कुरा गरिएको छ त्यो यो तरिकाले पुग्न सकिदैन । आज कम्युनिष्टहरु जसरी साम्यवादीका कुरा गर्छन , ती सवै झुटका कुरा मात्र हुन ।
देश काल परिस्थिती अझै त्यस्तो बनिसकेको छैन । कम्युनिष्टहरुले चर्को कुरा गरेर मात्र देशमा साम्यवाद आउन सक्दैन । साम्यवाद ल्याउन सवै भन्दा पहिला कम्युनिष्टका नेताहरुले आफनो ब्यक्तिगत स्वार्थ त्याग्नु पर्छ । नेताहरुले ब्यक्तिगत स्वार्थ नत्यागे सम्म कसरी देशमा समाजवाद हुदै साम्यवाद आउछ ? झुटको राजनीतिले मुलुकलाई अघि बढाउन सकिदैन । जनताको पसिनामा पालिएकाहरुले नै जनताको कुनै ...










