अव नेकपा एमाले सच्चिने की सिद्धिने ?
डा.डिआर उपाध्याय,
नेपालको पछिल्लो राजनीति नराम्रो संग गोलचक्करमा फसिरहेको छ । नेपालको प्रमुख राजनीतिक दल नेकपा छिन्न भिन्न भएको छ । अहिलेको राजनीति गतिविधिले खासै राम्रो संकेत देखाइरहेको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते संसद् विघटन गरेयताको राजनीतिक घटनाक्रमले उतारचढाव ल्याएको छ ।
प्रधानमन्त्रीको संसद् विघटनको कदमलाई सर्वोच्च अदालतले फागुन ११ मा फैसला बदर गरेपछि राजनीतिक निकास निस्कने अपेक्षा गरिएको थियो । त्योअपेक्षा बमोजिम राजनीति चलेन । जसको कारण राजनीतिक संकट झन थपिदै छ । राजनीतिक दल र तिनका नेताहरूले जतिसुकै चर्को कुरा गदै हिडे पनि जनता भने मर्कामा छन । नाफाघाटाको राजनीतिले देशलाई कहाँ पुयाउने हो कुनै ठेगान छैन ।
देश र जनताको पक्षमा काम गर्ने दल र नेता नै नेपालमा देखिएनन् । यो बडो समस्याको कुरा छ । जनताले ठूलो आशा र भरोसा गरेर तत्कालिन एमाले र माओवादी केन्द्र...
