Friday, November 20

समाचार

नेहा तथा विनिभ भए यस वर्षको  ‘मिष्टर एण्ड मिस प्लस टु आइकन’
मनोरन्जन, समाचार

नेहा तथा विनिभ भए यस वर्षको ‘मिष्टर एण्ड मिस प्लस टु आइकन’

एएनपी मिडिया हाउसद्वारा आयोजित “मिष्टर एण्ड मिस प्लस टु आइकन २०२१” राजधानीको जमल स्थित राष्ट्रिय नाचघरमा सम्पन्न भएको छ । सूचना तथा संचार पूर्व मन्त्री डा.मिनेन्द्र रिजालको प्रमुख आतिथ्यमा सम्पन्न प्रतियोगितामा मिस प्लस टु तर्फ नेहा कुमारी रायले उपाधी हात पारेकी थिईन भने उनले पव्लिक च्याईस, मोष्ट ट्यालेन्ट, मोष्ट पन्च्यूल तथा फेसबुक च्याईसको टाईटल समेत जितेकी थिईन भने फस्ट रनर अप तथा मिस फोटोजेनीक सदिक्षा श्रेष्ठले हात पारिन त्यसै गरि सेकेण्ड रनर अपमा सबि श्रेष्ठले बेष्ट र्याम्प वाक, आयुषा दाहाल, थर्ड रनर अप तथा बेष्ट स्पिचको टाईटल हात पार्न सफल भईन । प्रतियोगितामा हर्सना खतिवडा फोर्थ रनर अप, मोष्ट डिसिप्लेन तथा मोष्ट स्टाईलिस, सम्झना घले भ्युवर च्याईस तथा मिस कन्जुलारिटि,ईरिका श्रेष्ठ बेष्ट पर्सानिलिटी, आवृत्ति बैध मोष्ट चार्मिङ्ग, निरुता तामाङ्ग मोष्ट फ्रेण्डली, तथा काशिस कोईराला मोष्ट व...
महिला चेम्बर ट्रेड फेयरको दोस्रो दिन रक गायक बिनोद तथा चर्चित गीत ‘सोचे झै जिन्दगी रैनछ’.. की गायिका मधु क्षेत्री लगायतको प्रस्तुती रहने
अर्थ/व्यापार, मनोरन्जन, समाचार

महिला चेम्बर ट्रेड फेयरको दोस्रो दिन रक गायक बिनोद तथा चर्चित गीत ‘सोचे झै जिन्दगी रैनछ’.. की गायिका मधु क्षेत्री लगायतको प्रस्तुती रहने

काठमाडौं- नेपाल चेम्बर अफ कमर्सको ७० औँ वार्षिकोत्सव तथा १११ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर आयोजित तीन दिने महिला चेम्बर ट्रेड फेयरको दोस्रो दिन वित्त साक्षरता र कला प्रदर्शनी समेत हुदैछ ।मेलाको दोस्रो दिन अर्थात मार्च ९ तारिकमा कामना विकास बैंकले वित्त साक्षरता कार्यक्रम संचालन गर्दै छ भने नेपाली एवम् भारतिय कलाकारहरुले कला प्रदर्शन समेत गर्दैछन् । मंगलबार हुने कला प्रदर्शनीमा गायक गायिकाहरुले स्टेज पर्फर्मेन्स दिनेछन् । स्टेज पर्फर्मेन्स गर्ने कलाकारहरुमा रक गायक बिनोद ढकाल, गायिकाहरु मधु क्षत्री, मिनाक्षी जिएम र भारतिय कलाकार अनु सिहं छिन । मधु क्षेत्री चर्चित नेपाली गीत सोचे झै जिन्दगी रैनछ कि गायिका हुन भने बिनोद ढकाल नक्कले भिनाजु गीत र मिनाक्षी चल्तीकी दोहरी गायिका हुन । साथै कार्यक्रममा मिथिला आर्ट समेत प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।...
तीन दिने महिला चेम्बर ट्रेड फेयर  आजबाट शुरु
अर्थ/व्यापार, समाचार

तीन दिने महिला चेम्बर ट्रेड फेयर आजबाट शुरु

काठमाडौं, २४ फाल्गुण- महिला चेम्बर ट्रेड फेयर २०२१ आजबाट शुरु भएको छ । नेपाल चेम्बर अफ कमर्सको ७० औँ वार्षिकोत्सव तथा १११ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर आयोजित तीन दिने ट्रेड फेयरको उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुनले गरेका हुन । उपराष्ट्रपति पुनले महिला चेम्बर ट्रेड फेयर २०२१ साथै अन्तर्राष्ट्रिय नारी दिवस बिशेष समारोहको समेत उद्घाटन गरे । सो अवसरमा उपराष्ट्रपति पुनले काठमाडौंको होटल ¥याडिसनमा सोमबार आयोजित बिशेष समारोहलाई सम्बोधन गर्दै सामाजिक राजनीतिक रुपान्तरणमा महिलाहरूको महत्वपूर्ण भूमिका रहे पनि त्यो भूमिकाको बास्तविक सम्मान हुन नसकेको बताए । “संविधानले महिलाहरूलाई समान अधिकार दिएको छ, सामाजिक न्यायसहितको समानुपातिक सहभागिताले समाजका सबै क्षेत्रमा महिलाको प्रतिनिधित्व बढाएको छ”, उपराष्ट्रपति पुनले भने , “विश्वमै नेपाल उदाहरणीय बनेको छ । तर कानुनले दिएका अधिकारहरूको व...
‘मोडल सङ्ग्स अवार्ड’ को दोश्रो संस्करण भव्य समारोहका बिच सम्पन्न
मनोरन्जन, समाचार

‘मोडल सङ्ग्स अवार्ड’ को दोश्रो संस्करण भव्य समारोहका बिच सम्पन्न

काठमाडौ, फाल्गुण- शनिवार राजधानीमा मोडल सङ्ग्स नेपालको आयोजनामा ‘नेपाली कला, संस्कृति, सष्ट्रा तथा सर्जकको सम्मानमा समर्पित अन्तर्राष्ट्रिय अवार्ड’ ‘मोडल सङ्ग्स अवार्ड २०२०’ एक भव्य समारोहका बिच सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय स्तरमा सम्पन्न हुँदै आएको ‘मोडल सङ्ग्स अवार्ड’को दोश्रो संस्करण भने कोरोना संक्रमणको जोखिमका कारण यस वर्ष राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा बिभिन्न साँस्कृतिक प्रस्तुतिहरुसहित पूर्व सुचना तथा संचारमन्त्री तथा प्रतनिधी सभा सदस्य डा मिनेन्द्र रिजालको प्रमुख आतिथ्यतामा सु-सम्पन्न भएको हो। अवार्ड समारोहको समुद्घाटन प्रमुख अतिथि रिजाल,कार्यक्रम आयोजक डेभिल सिंह राजपुत, विशेष अतिथि नेपाल विद्यार्थी संघका महामन्त्री मनोज वैद्यले पानसमा दीप प्रज्ज्वलन गरी गरेका थिए । नेपालका चर्चित कलाकारहरु गायक बिनोद ढकाल, कमेडियन गोपाल ढकाल ‘छन्दे’, दिनेश गौतम लगायतको प्रस्तुतिसहित अव...
प्लस साईज मोडल नेपालको उपाधी सृष्टि उप्रेतीको हातमा
मनोरन्जन, समाचार

प्लस साईज मोडल नेपालको उपाधी सृष्टि उप्रेतीको हातमा

काठमाडौ, २३ फाल्गुण – राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न ‘सुपर प्लस साईज मोडल नेपाल,२०२० सिजन-३’ को ताज सृष्टि उप्रेतीले पहिरिन सफल भएकी छिन । ताजसँगै उनले उपहार स्वरूप बिभिन्न गिफ्ट ह्याम्पर सहित विजेताको अवार्ड हात पारिन। प्रतियोगितामा फर्स्ट रनर अप स्मृति अधिकारी भईन उनले रनर उपको उपाधीसंगै बिभिन्न गिफ्ट ह्याम्परहरु हात पार्न सफल भइन्। विधागत तर्फ मस्ट फोटोजेनिक सृष्टि उप्रेती, मस्ट ईन्थुजियास्टिक रोजिना राई, मस्ट स्मार्ट कृष्णा कोइराला, मस्ट इन्टेलिजेन्ट प्रेरना राजवंशी, मस्ट भिवर्स चोईस रोजिना राई, मस्ट चार्मिङ सृष्टि उप्रेती, मस्ट ट्यालेन्ट सृष्टि उप्रेती, मस्ट कन्फिडेन्ट स्मृती अधिकारी, बेस्ट पर्सनालिटी सृजना आले मगर, अडियन्स चोईस कृष्णा कोईराला साथै पब्लिक चोईस अवार्डको निमित्त ग्लोवल अनलाईन पे मार्फत गरिएको अनलाईन भोटिङ मार्फत सर्वाधिक भोट प्राप्त गरी कृष्णा कोईरालाले पब...
नेताहरु फुटेर होइन, जुटेर अघि बढ
राजनीति, समाचार

नेताहरु फुटेर होइन, जुटेर अघि बढ

-डा.डिआर उपाध्याय, देशको राजनीति अहिले उतारचढावमा छ । मुलुकमा नयाँ किसिमको राजनीतिक धु्रवीकरण बढेर गएको छ । अब के हुन्छ, कसको सरकार बन्छ ? अहिले यी प्रश्न उठेका छन । अव नेपाली काँग्रेसकोे भूमिका के हुन्छ ? जनता समाजवादी पार्टीले के सोचेको छ ? नेकपाको आधिकारिकता विवादबारे सर्वोच्च अदालतले अन्तिम फैसला सुनाएको छ । नेकपाको आधिकारिकता ऋषि राम कटेलले पाएका छन । सरकार शान्ति, समृद्धि र स्थायित्व कायम गर्ने दिशाामा अघि बढिरहेको छ । पछिल्ल्लो दिनमा नेकपाको विप्लव समूहसँग वार्ताको पहल सफल भयो । प्रचण्ड–माधव समूहको असहयोगले प्रधानमन्त्री ओलीलाई तनाव छ । देशमा विकास निर्माणका कार्यले तीव्रता पाउनु पर्छ । नेपाली जनताले सोचेअनुरूपका विकास निर्माणकार्य अझै हुन सकिरहेका छैनन् । अहिले विगतमा जस्तै सरकार बनाउने र गिराउने फोहोरी खेल फेरि सुरु हुँदै छन । एक–अर्कालाई गालीगलौज गर्ने गलत परम्पराको अन्त्य ...
फेसियल हाउसललाई “नेपाल्स नम्बर वान ब्युटी सैलुन “अवार्ड प्रदान
अर्थ/व्यापार, समाचार

फेसियल हाउसललाई “नेपाल्स नम्बर वान ब्युटी सैलुन “अवार्ड प्रदान

फागुन २३,काठमाडौं । समय सान्धर्भिक रुपका फेशनलेबल डिजाईन मेकअप साथै सौन्दर्य क्षेत्रको अग्रणी व्यापारिक प्रतिष्ठान ब्यूटीसियन तथा हेयर डिज़ाइनरलाई हेयर स्टाईल सम्बन्धी एडभान्स सिप उपलब्ध गराउने प्रख्यात ब्यूटि सैलुन फेसियल हाउसलाई “नेपाल्स नम्बर वान ब्युटी सैलुन”अवार्ड प्रदान गरिएको छ । मोडल सङ्ग्स नेपालको आयोजनामा‘ नेपाली कला,संस्कृति,सष्ट्रा तथा सर्जकको सम्मानमा समर्पित अन्तर्राष्ट्रिय अवार्ड’मोडल सङ्ग्स अवार्ड दोश्रो संस्करण २०२०’एक भव्य समारोहका बिच फेसियल हाउसलाई अवार्ड प्रदान गरिएको हो। कार्यक्रममा फेसियल हाउसका प्रवन्ध निर्देशक सुषमा महराले उक्त अवार्ड लिएकी थिइन । फेसियल हाउसल अहिले काठमाडौंको काठमाडौं मल , सिटिसि मल र चावेल गणेश थान र पोखराको पोखरा ट्रेडमलमा सञ्चालीत छ । निर्देशक महराका अनुसार फेसियल हाउसको काठमाडौंमा थप एक र काठमाडौं वाहिर एक ब्रान्च थपको लागि काम भईरहेको जना...
किरण माईकल घिमिरेको शब्दमा “वर आउन माया’’को भिडियो सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

किरण माईकल घिमिरेको शब्दमा “वर आउन माया’’को भिडियो सार्वजनिक(भिडियो)

सुदिप आत्रय र किरण माईकल घिमिरेको शब्दमा गायक निशान भट्टराई र एलिना चौहानको स्वरमा नँया गित वर आउन सार्वजनिक भएको छ । संगित किरण माईकल घिमिरेको, संगित संयोजन शैलेन्द्र म. प्रधानको छ ।  https://youtu.be/xJKsjklI7mM भिडियोमा सोनल तामाङ्ख र मलिका महत र बाल कलाकार सौगात अधिकारीको अभिनय रहेको छ । क्यामेरा अरोन अशो कुमार सिका, कोरियोग्राफर तुलसा पहाडी, सम्पादन पदम सुवेदी, कलर ग्रेडिगं मिलन बिश्वकर्माको रहेको छ सो भिडियोको निर्देशकको रुपमा लक्ष्मण सुनवारको रहेको छ । सो म्युजिक भिडियोलाई एसथ्रि ईन्टरटेन्मेट (S3K Entertainment) को Youtube Channel मा हेर्न सकिनेछ ।...
दलभित्रको आन्तरिक मतभेदले व्यवस्थाप्रति प्रहार नहोस्
राजनीति, समाचार

दलभित्रको आन्तरिक मतभेदले व्यवस्थाप्रति प्रहार नहोस्

डा.डिआर उपाध्याय, देश फेरि विधि र लयमा फर्किए पनि राजनीतिक अस्थिरता हुने संकेत देखिन्छ। राजनीतिमा दलीय स्वार्थ बढेर गएको छ । अप्रत्याशित रूपमा संसद बिघटन भएपछि नेकपा दुइ खेमामा बिभाजित भयो । अहिले संसद पुनस्थापना भएको छ । संसद पुनस्थापना भए पनि नेकपा एक हुन सकेको छैन । सरकार कामचलाउ हैसियतमा छ । प्रधानमन्त्री केपी ओलीका सामु अहिले पुनः विश्वासको मत लिने वा अर्को कदमको सामना गर्ने भन्ने चुनौती छ । अदालतले गरेको निर्णयले विधिको शासनको रक्षार्थ र संविधानवादको सुनिश्चितता गरे पनि अबको राजनीतिक परिणाम के हुने हो भन्ने चिन्ता छ । हाम्रो देश संक्रमणकालीन राजनीतिक उतारचढावबाट ग्रसित हुदै आएको छ । नेपालको राजनीतिक बदलिँदो परिवेशले फेरि पनि राजनीतिक संक्रमणको स्पष्ट संकेत देखाएको छ।नागरिकका चाहना विधिको शासन, विकास र राजनीतिक स्थिरता हो। दलीय स्वार्थले विधि र व्यवस्थाको दुर्घटना नहोस् भन्ने हो...
फरिता खड्का अभिनित ‘सल्लाघारी’ बोलको गीतको भिडियो सार्वजनिक (भिडियो)
मनोरन्जन, समाचार

फरिता खड्का अभिनित ‘सल्लाघारी’ बोलको गीतको भिडियो सार्वजनिक (भिडियो)

दर्जन म्युजिक भिडियोमा अभिनय गरिसकेकी फरिता खड्का अभिनित ‘सल्लाघारी’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । लोक लयमा आधारित गीतमा गायिका रानी शाक्यको स्वर रहेको छ भने राजेश शाक्यको शब्द तथा बिक्रम थापाको संगीत रहेको छ । https://www.youtube.com/watch?v=E8DFVXTJApw भिडियोमा फरितासंगै, जिबेश गुरुङको अभिनय रहेको छ भने निर्देशन देव धिमालको रहेको छ । जीवनमा केही गर्नुपर्छ भन्ने सोच लिएकी मोडल फरिता खड्का नेपाली सिने क्षेत्रकी आशालाग्दी मोडल हुन् । सानै उमेर देखि चलचित्रको नायिका बन्ने सपना देख्दै आईरहेकी फरिता खड्का अभिनयसंगै नृत्यमा पनि पारंगत छिन । उदयपुर, बेलका न.पा. ९ की स्थानीय बासिन्दा फरिता खड्का अभिनय क्षेत्रमा विगतका केही समयदेखि सकृय रुपले लागिपर्दै आईरहेकी छन् । म्युजिक भिडियोको मोडलिङसंगै उनि र्‍याम्प मोडलिङ र अन्य स्टेज कार्यक्रममा समेत सक्रिय रुपमा लागि...