Saturday, November 21

समाचार

नारायणको “ओ लभ्ली” सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

नारायणको “ओ लभ्ली” सार्वजनिक(भिडियो)

नारायणले ल्याए “ओ लभ्ली” नारायणको “ओ लभ्ली” मा रोशन र सृष्टि काठमाडौं । गीत “ओ लभ्ली ” सार्वजनिक भएको छ । लामो समय देखि अमेरिका बस्दै आएका गितकार नारायण भारती को शब्द यो गीतमा रहेको छ । अमेरिका बसेर पनि उनी गीत संगीतलाई माया भने उस्तै गरिरहेका छन् । उनको शब्द रचनाको कयौं गितहरु नेपाली साङितिक आकाशमा चर्चित छन । त्यो मध्यको ‘ओह लभ्ली’ पनि एक बन्ने उनको बिश्वास छ । यस गीतमा रोशन श्रेष्ठले अभिनय गरेका छन । जसले नेपाली सिने क्षेत्रमा लामो समय देखि काम गर्दै आएका हुन । उनलाई अभिनयमा साथ दिएकी छिन चर्चित मोडेल तथा नायिका सृष्टि खड्काले । कृष्ण रसालले निर्देशन गरेमो भिडियो नारायण र इशा शर्मा भारती मिलेर बनाएका हुन् । सुनिल क्षेत्रीले संगीत गरेको गीतमा सुनिल राईले संगीत सम्योजन गरेका छन् । गीत करण राईले गाएका हुन । बिवेक सुनारले सम्पादन गरेको भिडियोमा कोरियोग्राफी रोशन बिश्वकर्माले गरेका छन...
सङ्गीतकार राजु सिंहलाई दीर्घसाधना सहित चार पत्रकारलाई सम्मान प्रदान गरिने
मनोरन्जन, समाचार

सङ्गीतकार राजु सिंहलाई दीर्घसाधना सहित चार पत्रकारलाई सम्मान प्रदान गरिने

वरिष्ठ सङ्गीतकार राजु सिंहलाई दीर्घसाधना सम्मान अर्पण गरिने भएको छ । जिनियस म्युजिक अवार्डको चौथो संस्करणमा उहाँलाई दीर्घसाधना सम्मान अर्पण गर्न लागिएको हो । आयोजकले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त कुराको जानकारी गराएको हो । यही २५ गते सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) जमलमा एक विशेष समारोहबीच सम्पन्न हुन गइरहेको कार्यक्रममा हिमालय टाइम्स दैनिकका उपसम्पादक कृष्ण भुसाल, रेडियो नेपालका राम थापा ‘अविरल’, लेन्स नेपालका विष्णु सुवेदी र ओएस नेपालका सुमन सापकोटालाई पत्रकारिता सम्मानले विभूषित गरिने जिनियस म्युजिक अवार्डका अध्यक्ष रमेश पाठकले जानकारी गराउनुभएको छ । ‘नेपाली कला, संस्कृति हाम्रो पहिचान, संरक्षण प्रबद्र्धन गर्ने हाम्रो अभियान’ भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै नेपाली कला, भाषा, संगीत क्षेत्रको विकास, विस्तार र प्रवद्र्धनका लागि क्रियाशील हुँदै कलाकर्मीलाई प्रोत्साह...
गौरी मल्लको ’धिन ताका नाका धिन’मा मिथिला शर्मा (भिडियो)
मनोरन्जन, समाचार

गौरी मल्लको ’धिन ताका नाका धिन’मा मिथिला शर्मा (भिडियो)

काठमाडौं । अभिनेत्री गौरी मल्लले आफ्नै संगीत, शब्द र स्वरमा गीत ल्याएकी छन् । उनको ‘धिन ताका नाका धिन’ गीतको भिडियोलाई उनकै अफिसियल युटुव च्यानल गौरी मल्ल च्यानलमा अपलोड गरिएको छ ।  तीजलाई लक्षित गर्दै ल्याइएको उक्त गीतमा उनी सहित अभिनेत्री मिथिला शर्मा, नीलम पौडेल, तेन्जु योञ्जन र समाइरा श्रेष्ठ फिचर्ड छन् । उत्सब दाहालले खिचेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन् । भिडियोको निर्देशन र कोरियोग्राफी सन्तोष राजबहाकको हो । मंगलबार प्रेसमिट गर्दै गौरी मल्लले आफ्नो भिडियो लोकार्पण गरेकी हुन् । समारोहमा उनकी आमा सहित मिथिला शर्मा, बसुन्धरा भूषाल, मदनकृष्ण श्रेष्ठ लगायत अन्य अतिथि उपस्थित थिए ।...
फुर्लिमा फाउन्डेसनद्वारा सिन्धुपाल्चोकको विद्यालयमा खेलकुद सामाग्री बितरण
शिक्षा, समाचार

फुर्लिमा फाउन्डेसनद्वारा सिन्धुपाल्चोकको विद्यालयमा खेलकुद सामाग्री बितरण

काठमाडौं । फुर्लिमा फाउन्डेसनले आफनो बार्षिक उत्सव मनाउने क्रम मा सिन्धुपाल्चोक जिल्ला, जुगल गाउँपालिका ६, याङ्गलाकोट स्थित श्री जलदेवी माध्यमिक विद्यालयलाइ खेलकुद सामाग्री बितरण गरेको छ । आफ्नो दिबंगत आमा प्रति श्रध्दाञ्जलि स्वरूप स्थापित यो संस्था ले बाल बालिकाहरु को सर्वाङ्गीण विकास, नेतृत्व क्षमता विकास एवमं समाज योग्य चरित्रवान तथा नैतिकवान युवा तय गर्ने कुरा फुर्लिमा फाउन्डेसनका अध्यक्ष मिङ्मा शेर्पा बताउनु हुन्छ । यो कार्यक्रम स्थानिय लाई प्रोत्साहन गर्न तथा उनिहरु को क्षमता विकास मा सहयोग पुराउने लक्षयका साथ सम्पन भएको स्थानिय व्यक्तिहरु बताउँछन् । खेलकद सामग्रि बितरण कार्यक्रम मा श्री जलदेवी मा बिका प्रधानाध्यापक तथा कार्यक्रम का सभापति श्री धन राज तामाङ ले खेलकु सामग्रि बिद्यार्थी मा नया उर्जा थपिने तथ बाल बालिकाहरुको खेल प्रति दक्ष्यता बृद्धि हुने कुरा राख्नु भयो। कार्यक्र...
उचाइ र धूलो :युवराज अधिकारी
मनोरन्जन, समाचार

उचाइ र धूलो :युवराज अधिकारी

उचाइ र धूलो अर्कैको पर्खालमाथिको कुर्सीमा बसेर तल-तल हेर्दै ऊ बेस्सरी कुर्लियो म देखाइदिन्छु कि म को हुँ भनेर ! यो हैसियत र विराशत आदि-आदि ढल्नै लागेको पर्खाल हेर्दै स्रोताहरू भने किचिने भयले पर-पर सर्दै थिएँ निमेषमै गर्ल्याम्म आवाज आयो धूलो र धुवाले केही देखिएन स्रोताहरू खोज्दै थिए त्यही कतै भेटिन्छ कि भनेर र पनि केही भेडाहरू भने वहा अझै माथि नै हुनुहुन्छ भनेर माथि-माथि हेर्दै थिए तर अफसोस । ऊ टुप्पी पनि नदेखिने गरी पुरिएछ सायद, धरतीमा उचाइ र धूलोबीच गहिरो नाता रहेछ । – युवराज अधिकारी,कवि तथा गीतकार...
राज मेकअप स्टुडियोले तिजको अवसरमा शुक्रवार मनोरन्जनात्मक कार्यक्रम गर्दै
मनोरन्जन, समाचार

राज मेकअप स्टुडियोले तिजको अवसरमा शुक्रवार मनोरन्जनात्मक कार्यक्रम गर्दै

काठमाडौं । हिन्दु महिलाहरुको महान चाड तिजको अवसरमा “राष्‍ट्रिय नारी सम्मान” कार्यक्रमको आयोजना हुने भएको छ । सौन्दर्य क्षेत्रमा लामो समयको अनुभव बटुलेको राज मेकअप स्टुडियोको आयोजनामा आउदो शुक्रवार अर्थात भाद्र २५ गते तिनकुनेस्थित रोयल बैंक्वेटमा आयोजना हुन लागेको उक्त कार्यक्रममा लामो समयदेखि आ- आफ्नो क्षेत्रमा योगदान दिने चर्चित सफल महिलाहरुलाई सम्मान गरिन लागेको आयोजक संस्थाका प्रमुख तथा वरिष्ठ सेलेब्रेटी मेकअप आर्टिष्ट टेकराज पाण्डेले जानकारी दिए । वरिष्ठ गायिका तारा थापा,वरिष्ठ अभिनेत्री वसुन्धारा भुुषाल,वरिष्ठ गायिका राधिका हमाल,चर्चित गायिका जुनुु रिजाल लगायत ख्याती प्राप्त महिलाकर्मीहरुलाई प्रतिनिधी सभाका उपसभामुख ईन्दिरा रानाको प्रमुख आतिथ्यतामा राष्‍ट्रिय नारी सम्मान प्रदान गरिन लागेको हो । लोकप्रिय कलाकारहरुको आकर्षक प्रस्तुती समेत रहने उक्त कार्यक्रममा विशेष मन...
फोन पे को ‘फोन पे डिरेक्ट : पैसा पठाऔँ ठाउँको ठाउँ’
अर्थ/व्यापार, समाचार

फोन पे को ‘फोन पे डिरेक्ट : पैसा पठाऔँ ठाउँको ठाउँ’

फोन पेले ‘फोन पे डिरेक्ट : पैसा पठाऔँ ठाउँको ठाउँ’ नामक अभियानको  घोषणा गरेको छ । यसको उद्देश्य एक बैंकबाट अर्को बैंकमा पैसा ट्रान्सफर गर्नका लागि मोबाइल नम्बर र बैंकको फोन-पे-को-फोन-पे-डिरेक्ट-पे नाम मात्रै भए पुग्ने विषयमा ग्राहकहरूलाई सचेत गराउनु रहेको कम्पनीले जनाएको छ । ‘मोबाइल नम्बर भए पुग्छ’ भन्ने ट्यागलाइनमा आधारित यस अभियानले आफ्नो  मोबाइलबाट पैसाको आदान प्रदान गर्दा उक्त कारोबार छिट्टो र सुरक्षित रहने कुरामा विशेष प्राथमिकता दिएको कम्पनीको भनाई छ । यस अभियानको मुख्य उद्देश्य ग्राहकहरूलाई कसरी फोन पे डिरेक्ट मार्फत एक बैंकबाट अर्को बैंकमा पैसा पठाउन सकिन्छ भन्ने बारे शिक्षित गर्नु हो । यसमा मोबाइल नम्बर, खाता नम्बर र व्यक्तिगत क्यूआरजस्ता तरिकाहरू रहेका छन् । भाद्र महिना भरि चलिरहने यस अभियानमा सहभागिता जनाउन ग्राहकहरू ले फोन पे को फोन पे  डिरेक्ट  सुविधा प्रयोग गर्नुपर्ने श...
‘मिसेस नेपाल वल्र्ड २०२३’को फिनालेमा ‘मिसेस वल्र्ड’ सरगम कौशल आउने
मनोरन्जन, समाचार

‘मिसेस नेपाल वल्र्ड २०२३’को फिनालेमा ‘मिसेस वल्र्ड’ सरगम कौशल आउने

काठमाडौं ।  ‘मिसेस नेपाल वल्र्ड २०२३’को फिनालेमा ‘मिसेस वल्र्ड २०२२’ सरगम कौशलले सहभागिता जनाउने पक्का भएको छ । आयोजक रिबन इन्टरटेनमेन्टले मिसेस वल्र्ड कौशलले सम्बोधन गरेको भिडियो सन्देश सार्वजनिक गर्दै उक्त कुराको जानकारी दिएको हो । कार्तिक पहिलो साता राजधानीमा आयोजना हुने फिनालेमा मिसेस वल्र्ड कौशलका अलवा नेपालका ख्यातिप्राप्त ब्यक्तित्वहरुको पनि उपस्थिति रहने आयोजक संस्थाका अध्यक्ष निशुकान्त झाले जानकारी गराएका छन् । विवाहित महिलाहरूबीचको सौन्दर्य प्रतियोगिता मिसेस नेपाल वल्र्डको विजेताले अमेरिकामा हुने मिसेस वल्र्डमा सहभागिता जनाउने अवसर प्राप्त गर्नेछिन् । यसका साथसाथै, सोही स्टेजमा मिसेस नेपाल इन्टरनेसनल र एमएस इन्टरनेसनल उपाधि विजेता पनि चयन गरिने अफिसियल कोरियोग्राफर अश्विनीकान्त झाले बताए । प्रतियोगिताका लागि आगामी भाद्र १६ गते नयाँ बानेश्वरस्थित अर्याल इन्टरनेसनल होटलमा ...
१२ औं संस्करणको ‘लिटिल आइकन नेपाल’ सम्पन्न
मनोरन्जन, समाचार

१२ औं संस्करणको ‘लिटिल आइकन नेपाल’ सम्पन्न

ए.एन.पी. मिडिया हाउसद्वारा आयोजित १२ औं संस्करणको ‘लिटिल आइकन नेपाल, २०२३’ को अन्तिम स्पर्धा सम्पन्न भएको छ। राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न  बालबालिकाहरुको सौन्दर्य तथा प्रतिभा प्रस्फुटन सम्बद्द सौन्दर्य प्रतियोगितामा तनुजा चौधरी, काब्या श्रेष्ठ, सामिक महर्जन र मुस्कान कटुवालले क्रमशः जुनियर गर्ल्स, सिनियर गर्ल्स, बोईज ग्रुप र टिन गर्ल्स तर्फको शिर्ष उपाधी हात पारे। शिर्ष ताजसंगै बिजेता चौधरीले मेनेजमेन्ट च्वाइस, श्रेष्ठले पब्लिक चोईस वीनर, मस्ट ट्यालेन्ट र मस्ट कन्फिडेन्ट, महर्जनले फेसबुक चोईस र बेस्ट सिङ्गर तथा कटुवालले बेस्ट डान्सतर्फको अवार्ड समेत हात पार्न सफल रहे। सुमी बानियाको कोरियोग्राफी रहेको कार्यक्रमलाई रोजिन शाक्यले संचालन गरेका थिए । शम्भु प्रसाद रेग्मी संयोजक रहेको उक्त प्रतियोगितामा शिक्षाविद डा. लाक्पा शेर्पा, शिक्षाविद दायाराम दाहाल, प्रिन्सीपल संगिता ...
एनआरएनएको महिला उपाध्यक्षमा यासमीनले पुनः उम्मेदवारी दिदै
अर्थ/व्यापार, समाचार

एनआरएनएको महिला उपाध्यक्षमा यासमीनले पुनः उम्मेदवारी दिदै

गैरआवासीय नेपाली संघ (एनआरएनए) को महिला उपाध्यक्षमा यासमीन बेगम सैयदले पुनः उम्मेदवारी दिने भएकी छन् । संघको आगामी अक्टोवर दोस्रो साता काठमाण्डौंमा हुने ११ औं महाधिवेसनमा उनले पुनः उम्मेदवारी दिने भएकी हुन् । उनी वर्तमान कार्यसमितिमा समेत महिला उपाध्यक्ष हुन । संघको आगामी महाधिवेसनमा क्षेत्रीय संयोजक र सहसंयोजक सहित ५ दर्जन पदमा निर्वाचन हुने भएको छ । संघले सो निर्वाचन सम्पन्न गर्न ७ सदस्य निर्वाचन समिति गठन गरेको छ । स्याङ्गजा घर भई हाल साऊदी अरब रहेर विभिन्न व्यबसाय गर्दै आईरहनु भएकी बेगमले उपाध्यक्षमा पुन उम्मेदवारी दिने इच्छा ब्यक्त गर्नु भएको छ । लामो समयदेखि सामाजिक क्षेत्रमा सक्रिय बेगमले आफ्नो कार्यकालमा गरेको विभिन्न कामको प्रशंसा हुदै आएको छ । गैर आवासीय नेपाली अभियानमा लामो समयदेखि क्रियाशील रहँदै आउनु भएकी बेगमले संघको आगामी अक्टोवर दोस्रो साता काठमाण्डौंमा हुने ११ औ अन्...