आफ्ना कार्यलाई उच्च प्राथमिकतामा राख्ने एआईजी सन्दीपका कारण प्रहरीको शीर सधै उच्चो
चारित्रिक चेतना हुनका लागि चरित्रशिल हुनुपर्दछ । एउटा कार्यक्षेत्रमा सफल हुनका लागि चरित्रनिर्माण पहिलो खुड्किलो हुनआउँछ । जसरी ठूला–ठूला भवन निर्माणका लागि मजबुत जग हुन अनिवार्य हुन्छ तयसरी नै आफ्नो क्षेत्रमा कुशल नेतृत्व र कार्यका लागि चरित्रनिर्माण मुख्य कुरा हो । यस्तै नेपाल प्रहरीमा एक चरित्रवान, सक्षम तथा कार्यकौशलमा निपुण नाम रहेको छ सन्दीप भण्डारी । संगठनले लामो समयसम्म भावी नेतृत्वको प्रवल दाबेदारको रुपमा प्रस्तुत गर्दै उनलाई लगेको थियो । प्रहरी निरीक्षेकदेखि वरिष्ठ प्रहरी उपरिक्षेक हुँदासम्म उनी कामकै बलमा आफ्नो समूहमा अग्रपंक्तिमा (अक्सर एक नम्बर) मै रहँदै आए । तर, नायव महानिरीक्षेक हुने बेलामा भने राजनीतिक प्रशासनिक शक्ति केन्द्रको रोजाइमा पर्न नसकेर अकल्पनीय ढंगले पछाडि पारिए । योग्यता, क्षमता लगनशीलतामा अब्बल सन्दीप भण्डारीमाथि भएको त्यो अन्यायले सिंगो संगठन नै दुःखी भयो । तर...










