Saturday, November 21

समाचार

भारतमा डा. पूनम कर्णलाई ‘महादेवी वर्मा स्मृति पुरस्कार’
अन्तर्राष्ट्रिय, समाचार

भारतमा डा. पूनम कर्णलाई ‘महादेवी वर्मा स्मृति पुरस्कार’

दिल्ली । महादेवी वर्मा स्मृति पुरस्कार डा. पूनम कर्णसहित नेपालका चारजना सेलिब्रेटीले पाएका छन् । जिकेसी नेपालकी अध्यक्ष डा. पूनम कर्णसहित नेपालका चार जना व्यक्तित्वहरुले भारतको नयाँ दिल्लीस्थित ग्लोबल कायस्थ सम्मेलनले आयोजना गरेको महादेवी वर्मा स्मृति सम्मान पुरस्कार प्राप्त गरेका हुन । नयाँ दिल्लीमा भएको ग्लोबल कायस्थ सम्मेलन (जिकेसी)ले महादेवी वर्मा स्मृति सम्मान–२०२३ बाट ३५ जना अन्य देशका प्रतिष्ठित व्यक्तित्वलाई समेत सम्मान गरेको थियो । भारत सरकारका पूर्व केन्द्रीय मन्त्री तथा सांसद शत्रुघन सिन्हाको प्रमुख आतिथ्यतमा आयोजित उक्त सम्मेलनमा उनले महादेवी वर्माको व्यक्तित्व र कार्यको चर्चा गर्दै कायस्थ समुदायले हरेक क्षेत्रमा अगुवाई गर्दै आएको तर आज यो समुदाय एकीकरण हुन नसक्दा धेरै घाटा बेहोर्नुपरेको बताए । आज कायस्थ राष्ट्रिय स्तरमा एकजुट हुनु आजको आवश्यकता भएको उनले भने । जीकेसीका व...
निर्देशनको यात्रामा चर्चा कमाउदै आयुष बिसि
मनोरन्जन, समाचार

निर्देशनको यात्रामा चर्चा कमाउदै आयुष बिसि

काठमाडौँ। रुकुम पश्चिममा ३१ बर्ष अघि जन्मेका यज्ञजंग बि.क. नेपाली चलचित्र क्षेत्रमा आयुष बिसिको नामले परिचित छन्। २०६८ सालमा अभिनयबाट आफ्नो करियर सुरु गरेका आयुष पछिल्लो समय सहायक निर्देशनमा व्यस्त छन्। ठुलो पर्दाको चलचित्र ‘द रिटर्न हिरो’, ‘लाटी’,’वृन्दावन’मा काम गरेको अनुभव संगै नयाँ चलचित्र ‘सायरा’मा अनुबन्ध भएका छन्। उनि पछिल्लो समय धेरै निर्देशकको रोजाइमा पर्न थालेका छन्। उनले थुप्रै भोजपुरी चलचित्रमा पनि सहायक निर्देशकको रुपमा काम गरी सकेका छन्। उनले काम गरेका भोजपुरी चलचित्र जय शम्भु,जान काहे बन गइलु,वन म्यान आर्मी हुन्। उनले दर्जन बढी शर्ट मुभीहरु निर्देशन गरी सकेका छन्। प्रतिभाका धनी यज्ञजंग बि.क. (आयुष बिसि) ले थुप्रै गीत पनी लेखेका छन्। उनले वेब सिरिज निल काँढा र प्रेमबाणी,रेडजोनको कथा पनी लेखेका छन्। उनले थुप्रै गीतमा शब्द कोरेका छन्। उनका थुप्रै गीतहरु रेकर्ड भएर सार्वजन...
महिला चेम्बर अफ कमर्श कास्कीको अध्यक्षमा सिमा कोईराला सर्वसम्मत
अर्थ/व्यापार, समाचार

महिला चेम्बर अफ कमर्श कास्कीको अध्यक्षमा सिमा कोईराला सर्वसम्मत

महिला चेम्बर अफ कमर्श कास्कीको दोस्रो अधिवेशन सम्पन्न भएको छ। गण्डकी प्रदेशकी आर्थिक मामिला मन्त्री माननिय सीता कुमारी सुन्दासको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। भेलाले महिला चेम्बर अफ कमर्स कास्कीको अध्यक्षमा सीमा कोइरालालाई सर्वसम्मत चयन गरेको हो ।संस्थाको उपाध्यक्षमा जमुना पौडेल आचार्य, सङ्गीता पाण्डे निर्वाचित भएका छन् । यस्तै, सचिवमा सरिता सुवेदी, कोषाध्यक्षमा ज्योती अधिकारी र सहसचिव सपना गिरी निर्वाचित भएका छन् । विभिन्न सामाजिक कार्यमा संलग्न हुँदै आएकी नवनिर्वाचित अध्यक्ष सिमा कोईरालाले आफुले पाएको जिम्मेवारीलाई कुशलता पुर्वक निर्वाह गर्ने प्रतिवद्धता जाहेर गरेकी छिन् ।...
शिवनको निर्देशनमा युवराजको पन्चेवाजा गीत “नाच्न मन लाउछ”(भिडियो)
मनोरन्जन, समाचार

शिवनको निर्देशनमा युवराजको पन्चेवाजा गीत “नाच्न मन लाउछ”(भिडियो)

काठमाडौं ।गायक युवराज छन्त्यालले नाच्न मन लाउँछ बोलको गीत सार्वजनिक गरेका छन्। उनले आफ्नै युट्युब च्यानलमार्फत् १२ मिनेट ४९ सेकेन्डको उक्त भिडियो सार्वजनिक गरेका हुन्। सात समुद्र तरेर आको धेरैपछि मायासँग भेट भाको नाच्न मन लाउँछ जस्ता शव्दले बुनिएको गीतले वैदेशिक रोजगारमा रहेकाको मर्म र भावनालाई समेटेको छ। छन्त्याल, जमुना राणा र सहिमा श्रेष्ठको स्वर रहेको गीतमा गीत तथा संगीत गायक छन्त्यालकै छ। भिडियोको निर्देशन तथा कोरियोग्राफी शिवन पोखरेलले गरेका हुन । गीतको भिडियोमा नवीनश्री, सञ्चिता बोलखे, अमृत श्रेष्ठ, मुना भुर्तेल र बिनो दमहतो एन्ड टिमले अभिनय गरेका छन्। बाग्लुङका लोक गायक छन्त्यालको यसअघि बाजा बजाउँदै,चाइनातिर जाम, लास्टै टेन्सन भो जस्ता सन्देशमूलक गीत सार्वजनिक भइसकेका छन्।...
मुक्ति नै जीवनको उद्देश्य हो : आचार्य प्रशान्त
अन्तर्राष्ट्रिय, समाचार

मुक्ति नै जीवनको उद्देश्य हो : आचार्य प्रशान्त

आचार्य प्रशान्तले  ऋषिकेशमा “काल” सम्बन्धी दुई दिने कार्यशालामा भक्तहरूले सोधेका प्रश्नहरूको जवाफ दिए। ऋषिकेशमा आयोजित दुईदिने कार्यशालामा प्रशान्त अद्वैत फाउन्डेसनका संस्थापक तथा पूर्व निजामती सेवा अधिकृत आचार्य प्रशान्तले ‘काल’ अर्थात् समयको वेदान्तिक व्याख्या दिएका थिए । उक्त कार्यशालामा भारतका विभिन्न राज्यका जिज्ञासुहरुको सहभागिता रहेको थियो । अनलाइन प्लेटफर्म मार्फत यस कार्यशालामा विश्वभरका धेरै खोजकर्ताहरूले भाग लिएका थिए। आचार्य प्रशान्तले समयको प्रवाहको विज्ञानलाई बुझ्नुपर्ने बताउनुभयो । सोच र समयको सम्बन्धलाई प्रष्ट देख्नुपर्छ, तब मात्र हामीले जीवनको सबैभन्दा बहुमूल्य स्रोत समयको सही सदुपयोग गर्न सक्नेछौं। आचार्य प्रशान्तले सही केन्द्रबाट उत्पन्न हुने कर्मलाई प्राथमिकता दिनु समयको व्यवस्थापनको निकै प्रभावकारी माध्यम भएको बताउनुभयो । उनले भने कि हामीसँग सीमित समय छ भनेर बिर्सन्...
ग्रीनल्याण्ड होटल प्रशिक्षण केन्द्रका  प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र वितरण
अर्थ/व्यापार, समाचार

ग्रीनल्याण्ड होटल प्रशिक्षण केन्द्रका प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र वितरण

काठमाडौं । राजधानीको एक कार्यक्रममा व्यबसायिक तालिम पश्चात प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र वितरण गरिएको छ । बौद्धको टुसालमा रहेको ग्रीनल्याण्ड होटल टे«निङ्ग सेन्टर तथा एसोसियट नेपाल सिनर्जीको संयुक्त आयोजनामा नेपाल सरकारको प्राविधिक तथा व्यवसायीक शिक्षा परिषद (सिटीभिटी)को नेपाल सरकार इभेन्ट परियोजना दोश्रो अन्र्तगतको कन्टिनेन्टल कुकीङ्ग लेभल १ को करिव ६० जना प्रशिक्षार्थीलाई प्रमाण पत्र प्रदान गरिएको हो । बौद्ध स्थित होटल यांग्रीमा आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथी संचारकर्मी तथा कार्यक्रम व्यबस्थापन संघका उपाध्यक्ष राज लुईटेल, ग्रीनल्याण्ड होटल टे«निङ्गका तालिम निर्देशक गोपाल तिमल्सिना,एसोसियट नेपाल सिनर्जीका प्रमुख दिपक राज भाट तथा ग्रीनल्याण्ड होटल टे«निङ्गकी प्रबन्ध निर्देशक निता केसी तथा प्रशिक्षक लोकमान तामाङ्गले प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र वितरण गर्नु भएको थियो । सं...
सुनिल गुरुङको ‘अ कम्प्लिट गितारकर्ड बुक’ लोकार्पण
समाचार, समाज

सुनिल गुरुङको ‘अ कम्प्लिट गितारकर्ड बुक’ लोकार्पण

गितारिस्ट एवम् गायक सुनिल गुरुङको पुस्तक ‘अ कम्प्लिट गितारकर्ड बुक’ लोकार्पण गरिएको छ । शुक्रबार ठमेलमा एक विशेष समारोहबीच वरिष्ठ सङ्गीतकार किशोर गुरुङको प्रमुख आतिथ्यतामा उक्त पुस्तक लोकार्पण गरिएको हो । पुस्तकका लेखक सुनिल गुरुङ, ज्योति घिमिरे, एम शाही, गौरव शर्मा, ओम शाही, विक्रम थापालगायतले पुस्तकको लोकार्पण गर्नुभएको हो । यो पुस्तक गितार सिक्न चाहनेका लागि एकदमै उपयोगी रहेको प्रमुख अतिथिहरूले बताउनुभयो । उहाँहरूले गितार सिक्न चाहनेका लागि यस्तो खालको पुस्तक नेपाली पाठकमाझ नआएकाले यो धेरै उपयोगी हुने बताउनुभयो । सुनिल गुरुङ पुरानो पुस्ताको गायक तथा गितारिस्ट हुनुहुन्छ । उहाँले सन् १९८२ मा स्ट्रिङ्गस ब्याण्ड खोल्नुभएको थियो । यो ब्याण्डमा उहाँसँगै सुमन लामा, सुदेश देवान, निर्मल देवान, गौरव शर्मा र तिलक थापा मगर रहनुभएको थियो । यो ब्याण्डले थुप्रै गीत(संगीत बजारमा ल्याएको छ । ठमेलमा ल...
सेलिब्रेटी मेकअप आर्टिष्ट टेकराज पाण्डे सम्मानित
समाचार, समाज

सेलिब्रेटी मेकअप आर्टिष्ट टेकराज पाण्डे सम्मानित

काठमाडौं । मण्डला ईन्टरटेनमेन्टको आयोजनामा हालै सम्पन्न भएको सुपर मोडल ईन्टरनेशनल नेपालको ग्राण्ड फिनालेको भव्य समारोहमा राज मेक अप स्टुडियोका प्रमुख टेकराज पाण्डेलाई सम्मानित गरिएको छ । राज मेकअप स्टुडियोका प्रमुख तथा चर्चित मेकअप आर्टिष्ट पाण्डेलाई नेपाली सौन्दर्य प्रतियोगीताहरुको विकास र प्रवद्र्धन तथा नेपाली कला संस्कृतिको क्षेत्रमा उत्कृष्ट योगदान दिए वापत उक्त सम्मान प्रदान गरिएको हो । प्रतिनिधि सभाका सांसद तथा पूर्व मन्त्री एवं कार्यक्रमका विशेष अतिथी भगवती चौधरीले पाण्डेलाई सम्मान प्रदान गरेकी थिईन । सोही समारोहमा अर्थविद् तथा साहित्यकार माधव निर्दोशलाई समेत सम्मान गरिएको थियो । आयोजक संस्थाकी कार्यकारी प्रमुख सजिना तामागंको अध्यक्षता रहेको थियो भने पूर्व संस्कृति तथा पर्यटन मन्त्री जीवनराम श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । करिव एक दशक भन्दा लामो समयदेखि मेक अप आर्टिष...
मिस टिन इन्टरनेशनल नेपाल २०२३ को उपाधि अनमोललाई
मनोरन्जन, समाचार

मिस टिन इन्टरनेशनल नेपाल २०२३ को उपाधि अनमोललाई

काठमाडौं। एभरेष्ट इभेण्टसद्वारा आयोजित मिस टिन इन्टरनेशनल नेपाल २०२३ को उपाधि अनमोल शर्माले जितेकी छिन् । शर्माले शिर्ष उपाधीको ताज पहिरिदा प्रतियोगिता अन्तर्गत एन्जेल मगरले फर्स्ट रनर अप, आरोही बस्नेतले सेकेण्ड रनर अप, समृद्धी छेत्री अर्गनाइजर च्वाइस, सिम्रन परियार ब्राण्ड एम्बासडर र मेघा बिष्टले व्युटि विथ ब्रेनको उपाधी जित्न सफल रहे । आयोजकका अनुसार विजेताले २५ हजार नगदसहित एभरेष्ट फिल्म एकेडेमीबाट १ लाख बराबरको छात्रब्रित्ती, नेपाल एअर होटेज एकेडेमीमा १५ हजार बराबरको ट्रेनिङ सुविधा प्राप्त गर्नेछिन् भने फर्स्ट र सेकेण्ड रनर अपले १०/१० हजार, इडिआई ग्लोबल कन्सल्टेन्सीबाट ५० हजार र २५/ २५ हजारको छात्राब्रित्ती प्राप्त गर्नेछन् । साथै, फेसन ई कमर्स शुट, मोडलिङ कन्ट्रयाक्ट, म्युजिक भिडियो र प्रडक्ट शुट र मुख्य विजेताले कम्बोडियामा हुन गईरहेको मिस टिन इन्टरनेशनल अन्तरराष्ट्रिय मंचमा प्रतिस्प...
सत्ताको गोलचक्कर
राजनीति, विचार, समाचार

सत्ताको गोलचक्कर

-डा.डिआर उपाध्याय, प्रधानमन्त्री पुष्पकमल दाहालले संसदबाट बिश्वासको  मत लिएका छन् । अब सरकार बिस्तार गर्ने कुरामा उनको ध्यान केन्द्रित हुने छ । आज देश सत्ताको गोलचक्करमा घुमिरहेको छ। देशको उन्नति प्रगति गर्ने कुरामा राजनीतिक दल र तिनका नेताहरुको पटक्कै ध्यान गएको देखिदैन । आज देशको राजनीति सहि बाटोमा जान नसक्दा अनेक खालका समस्या आउने सम्भावना देखिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय सहमतीको कुरा उठाइरहेका छन् । यता एमालेका नेताहरुले एमाले बिना कस्तो राष्ट्रिय सहमती बनाउन खोजेको भनेर प्रश्न उठाइरहेको छ । आज दलहरु आ आफनो स्वार्थमा लिप्त छन् । राष्ट्रिय सहमतीको नाममा राजनीतिक दल र तिनका नेताहरुले मुलुक लुटने काम गर्दै आएका छन् । आलोपालो सत्तामा जानेहरुले देशको ढुकुटी सिध्याएर मुलुक थप संकटमा पर्दैछ । अब देशको बारेमा चिन्ता गर्ने राजनेताको खाँचो छ । अहिलेका ...