Saturday, November 21

समाचार

विजेता कलाकारलाई नगद सहितको ‘राष्ट्रिय साधना म्यूजिक अवार्ड ‘रिवार्ड’
मनोरन्जन, समाचार

विजेता कलाकारलाई नगद सहितको ‘राष्ट्रिय साधना म्यूजिक अवार्ड ‘रिवार्ड’

काठमाडौं । राष्ट्रिय साधना म्यूजिक अवार्डको तेस्रो संस्करण ‘राष्ट्रिय साधना म्यूजिक अवार्ड ‘रिवार्ड’ –२०७९’ भव्यरुपमा सम्पन्न भएको छ । महाराजगन्जस्थित रोयल दरबार रेष्ट्रोको सभाहलमा असार ५ गते सम्पन्न कार्यक्रममा २६ विधाका कलाकारहरुले अवार्ड ‘रिवार्ड’ पाए । कार्यक्रममा पूर्वेली लोक संगीतका शिखर व्यक्तित्व वरिष्ठ गायक तथा संगीतकार जीतेन राईलाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ बाट सम्मानित गरियो । उनले आफ्ना गीत संगीतमा बिनायो, मुर्चुङ्गा, टुङ तथा यलम्बर बाजा लगायतका मौलिक लोकबाजाहरूको संरक्षण अभियान र प्रयोग एवं संयोजन गर्दै आएका छन् । त्यस्तै बरिष्ठ साहित्यकार नवराज लम्साललाई दिर्घ साहित्य सम्मान अर्पण गरियो भने बरिष्ठ गायिका देबिका बन्दनालाई ‘संगीत रत्न सम्मान’ बाट सम्मानित गरियो । त्यस्तै पत्रकार ध्रुबहरी अधिकारी र किरण अधिकारीलाई पत्रकारिता सम्मान अर्पण गरिएको थियो । विगतका वर्षमा उत्...
नेपाल भाषाको चलचित्र ‘इन्दिरा घिमे मैँचा’ को भक्तपुरको कमलविनायकमा शुभमुहूर्त
मनोरन्जन, समाचार

नेपाल भाषाको चलचित्र ‘इन्दिरा घिमे मैँचा’ को भक्तपुरको कमलविनायकमा शुभमुहूर्त

नेपाल भाषाको चलचित्र ‘इन्दिरा घिमे मैँचा’ को भक्तपुरको कमलविनायकमा शुभमुहूर्त गरिएको छ । ‘इन्दिरा घिमे मैँचा’ नेपालको पहिलो महिला धिमे बादक इन्दिरा लाछिमस्यूको जीवनीमा आधारित रहने चलचित्रको शुभमुहूर्त गरिएको हो । बिके फिल्मस्को ब्यानर निर्माण हुने चलचित्रमा सुरेन्द्र तुलाधरको लेखन तथा निर्देशन छ । गोपाल काजी कायस्थ प्रस्तुतकर्ता रहेको चलचित्रमा सुरेन्द्र शाक्य निर्माता हुनुहुन्छ । चलचित्र आगामी असोज १० गतेबाट छायांकनमा जाने बताइएको छ । चलचित्रको सह-निर्मातामा प्रकाश दिप श्रेष्ठ, गंगादेवी मानन्धर, सरिना बज्राचार्य, रजना जोशी र प्रबिन भाम हुनुहुन्छ । नेपालभाषाका ख्यातिप्राप्त एवम् लोकप्रिय निर्देशक सुरेन्द्र तुलाधरको लेखन तथा निर्देशन रहेको चलचित्रमा इन्दिरा लाछिमस्युकोसमेत अभिनय रहने छ । चलचित्रको मुख्य भूमिकामा गणेश राम लाक्षी, आशा काजि थकु, नगिना जोशी, रोजिना सुवाल, रुपेन श्रे...
लोकप्रिय बन्दै ‘एक्स गोर्खा खुकुरी हाउस’खुकुरी
अर्थ/व्यापार, समाचार

लोकप्रिय बन्दै ‘एक्स गोर्खा खुकुरी हाउस’खुकुरी

तीन दाजुभाईको खुकुरी यति बेला बिश्वभर चर्चामा रहेको छ । एक्स गोर्खा खुकुरी हाउसले बिश्वका धेरै देशमा लामो समय देखि खुकुरी बेच्ने काम गरिरहेको छ । एक्स गोर्खा नाम राखेर तीन दाजुभाइले यति नेपाल नेपालमा बिभिन्न ब्यसाय संचाल गरिहेका छन् । तीन दाजुभाई मध्येका जेठा बिमल गिरी अन्र्तर्राष्ट्रिय खेलाडी पनि हुन । माइला हिमाल र कान्छा इश्वर गिरी हुन । केहि दिन अघि मात्र एक्स गोर्खा नाममा कृषि पनि सुरु भएको छ, बिशेष आर्गनिक लाई प्राथमिकतामा राखेर सुरु भएको कृषि फाममा बिभिन्न प्रजातीका लोककल कुखुरा,कालिज,हाँस लगायत छन भने एक बर्ष अघि बाट लिक्वर सप पनि संचाल गर्दै आएका छन् । केहि दिन अघि मात्र युवा नेता हिमाल शर्माले रिवन काटेर सुन पसलको उद्घाटन गरे । नेपालमा मात्र होइन बिश्वमा नै एक्स गोर्खाका सबै ब्यवासायलाई पुर्याउने बिमल गिरीले बताएका छन् । एक्स गोर्खामा २० जना भन्दा बढी कर्मचारी रहेका छन् । ए...
युवाशक्ति कमजोर हुँदा देश कमजोर बनेको छ
राजनीति, विचार, समाचार

युवाशक्ति कमजोर हुँदा देश कमजोर बनेको छ

डा.डिआर उपाध्याय, काठमाडौं । आज युवाहरु राजनीतिमा सक्रिय हुदै छन । देशको अबस्था नाजुक छ । यो कुरा बुझेर पनि युवाहरु सक्रिय हुनु स्वभाविक हो । देश र जनताको भाग्य र भबिश्य निर्माणका लागी युवाहरु जुटनु आजको आवश्यकता हो । युवाहरु जुटनै पर्छ । देश बनाउनका लागी आगामी निर्वाचनमा युवाले जितेर आउनु पर्छ । यो अहिलेको समयको माग हो । पुराना नेताहरुलाई मतदाताले स सम्मान बिदाई गर्नु पर्छ । पुराना नेताबाट अब मुलुकले निकास पाउदैन । यो कुरा सबैले बुझि सकेका छन । राष्ट्रको भविष्य निर्माण गर्ने भनेको अब युवाहरुले हो । युवा बिना अब मुलुक बन्दैन । युवा नेताहरु अब अग्रसर हुनु पर्छ । आज देश बर्वादीको दिशा तर्फ उन्मुख छ । यो देशलाई बचाउँन युवाहरु अघि सर्नु पर्छ । बिभिन्न राजनीतिक दलका युवा नेताहरु अघि नबढे सम्म देश बन्दैन । यो कुरा सबैले बुझन जरुरी छ । आज देशमा राजनीतिक बातावरण बिग्रदै गएको अबस्था छ । देशको...
नेपाल जेसीज क्षेत्र ‘ग’ सम्मेलन सम्पन्न
समाचार, समाज

नेपाल जेसीज क्षेत्र ‘ग’ सम्मेलन सम्पन्न

नेपाल जेसीज क्षेत्र ‘ग’ सम्मेलन सम्पन्न भएको छ । जेसीजमा आवद्ध युवाहरुलाई अन्तरनिहीत क्षमता बिकास गरी सामाजिक, ब्यवसायिक, आर्थिक, अन्तराष्ट्रियक्षेत्रमा पहुँच बिस्तार गर्न नेपाल जेसीजले हरेक बर्ष क्षेत्र क, ख, ग र घ मा क्षेत्रगत सम्मेलन गर्ने सिलसिलमा भाद्र ३१ र असोज १ गते क्षेत्र ‘ग’ सम्मेलन काठमाडौमा भएको हो । सम्मेलनको काठमाडौ लेडि जेसीजको अतिथ्यता भएको उक्त सम्मेलनको समुद्घाटन समारोहका प्रमुख अतिथीका बाग्मती प्रदेश प्रमुख राजेन्द« पाण्डेले युवाहरुलाई देशमै रोजगारीको अवस्था श्रीजना गर्न बाग्मती प्रदेश सरकारले बजेट बिनियोजन गरेको जानकारी दिनुभयो । त्यस्तै नेपाल जेसीज २०२२ का अध्यक्ष जेसीआई सिनेटर लालमणि भण्डारीले नेपाल जेसीजले युवाहरुलाई परिचालन गरी स्थानीय सरकार र केन्द्रीय सरकार संग सहकार्य गरेर अघि बढन तयार रहेको बताउनुभयो । नेपाल जेसीजका कार्यकारीणि उपाधक्ष्य तथा सम्मेलन सभापती रम...
डिपी परिश्रमीको “मेरो माया लाग्छ कि लाग्दैन”(भिडियो) सार्वजनिक
मनोरन्जन, समाचार

डिपी परिश्रमीको “मेरो माया लाग्छ कि लाग्दैन”(भिडियो) सार्वजनिक

काठमाडौ । डिलाईटेड नेपाल युट्युव च्यानलमार्फत नयाँ गीत “मेरो माया लाग्छ कि लाग्दैन…” को म्युजिक भिडियो बजारमा आएको छ । आधुनिक गीतहरुको लहरमा थपिएको यस नयाँ गीतभित्र “मेरो माया लाग्छ कि लाग्दैन…” भन्दै एउटी युवतीले आफूले मन पराएको केटालाई सोधिरहेकी छिन् । बाँकी अरु त भिडियो हेरेपछि थप प्रष्ट हुन्छ नै । गीतमा गीतकार डी पी दाहाल परिश्रमीको रचना, मनोहर सुनामको संगीत र रचना रिमालको श्वर रहेको छ भने गीत प्रश्तुतकर्तामा रिता सिम्खडा दाहाल रहेका छन् । भिडियोमा कमल सिंह र पुजन घिमिरेको अतुलनिय अभिनय रहेको छ । यस गीतलाई साउण्ड डिजाईन स्टुडियोमा रेकर्ड गरिएको हो । “मेरो माया लाग्छ कि लाग्दैन…” म्युजिक भिडियोलाई डिलाईटेड म्युजिक ईष्डष्ट्रीज प्रा.लि.ले उत्पादन तथा वितरण गरेको यो गीत अत्यन्तै सुन्नलायक मीठो श्रृजना बनेको छ । गुरुआमा फिल्मस् प्रा.लि.को उत्पादन सहयोग रहेको यस गीतको भिडि...
लायन्स क्लब अफ काठमाडौं एपेक्सले भोली रक्तदान कार्यक्रम गर्दै
समाचार, समाज

लायन्स क्लब अफ काठमाडौं एपेक्सले भोली रक्तदान कार्यक्रम गर्दै

काठमाडौं – लायन्स क्लब अफ काठमाडौं एपेक्सले कान्तिपुर मलमा रक्तदान कार्यक्रम गर्ने भएको छ। एपेक्सले भोलि असोज तीन गते नयाँ बसपार्क,गोङ्गबु स्थित कान्तिपुर मलमा बिहान ९ बजे देखि रक्तदान कार्यक्रम गर्न लागिरहेको छ। सामाजिक उत्तरदायित्वको भावनाले गर्न लागिएको रक्तदान कार्यक्रममा कान्तिपुर मलले सहयोग गर्न लागेको लायन्स क्लब अफ काठमाडौं एपेक्सका अध्यक्ष लायन गणेश बजगाईले बताउनुभयो । साथै, पायक पर्ने सबैलाई यस कार्यमा जोडिन आग्रह गर्नुभएको छ। “रगत कुनै वस्तु जस्तो उत्पादन गर्न नसकिने चिज रहेको तर एकले अर्कालाई दिन मिल्ने हुँदा सामाजिक उत्तरदायित्वको भावना र मर्म अनुरुप यस पुण्यकार्यमा सहभागी भईदिनुहुन कान्तिपुर मलका महाप्रबन्धक अमर निरौलाले अपिल गर्नुभएको छ।सामाजिक कार्यमा कान्तिपुर मल सदैव अग्रसर हुने निरौला अगाडि थप्नुहुन्छ। रक्तदान कार्यको रुपरेखा आयोजक: लायन्स क्लब अफ काठमाडौं सहयोग...
चलचित्र ‘अन्तिम संस्कार’को मुस्ताङ बाट छायांकन सुरु
मनोरन्जन, समाचार

चलचित्र ‘अन्तिम संस्कार’को मुस्ताङ बाट छायांकन सुरु

काठमाडौँ। चलचित्र ‘अन्तिम संस्कार’को हिमाली जिल्ला मुस्ताङ बाट छायांकन सुरु भएको छ। शाही प्रोडक्सन नेपाल प्रालिको ब्यानरमा निर्माण हुन लागेको चलचित्र ‘अन्तिम संस्कार’ को शुक्रबार मुक्तिनाथ मन्दिरमा शुभ मुहर्त गरेर छायांकन सुरु गरिएको हो। सांस्कृतिक तथा सामाजिक कथा वस्तु समेटिएको ‘अन्तिम संस्कार’को छायांकन गर्न अंग्रज कलाकार विजय लामासहितको चलचित्र युनिट मुस्ताङ पुगेका हुन्। चलचित्र युनिटले मुस्ताङमा करिब ४० प्रतिशत छायांकन सक्काएर बाँकी छायांकन काठमाडौंमा गर्ने बताएको छ। मुस्ताङको जोमसोम, मार्फा, कागबेनी र मुक्तिनाथ क्षेत्रमा चलचित्र ‘अन्तिम संस्कारको छायांकन गरिने चलचित्र निर्माता विनोद सुवेदी खत्री (टाटेमित)ले जानकारी दिए। चलचित्र ‘अन्तिम संस्कार’को निर्माता विनोद सुवेदी हुन् भने चलचित्रको निर्देशन प्रदीप शाहीले गर्नेछन्। प्रेम खड्का र बोधराज पौडेलले मुस्ताङको छायाँकनको ब्यबस्थापन गर्...
‘राष्ट्रिय व्यक्तित्व सम्मान तथा विविध सांस्कृतिक कार्यक्रम २०७९’ भव्य रुपमा सम्पन्न
समाचार

‘राष्ट्रिय व्यक्तित्व सम्मान तथा विविध सांस्कृतिक कार्यक्रम २०७९’ भव्य रुपमा सम्पन्न

राजधानीमा ‘राष्ट्रिय व्यक्तित्व सम्मान तथा विविध सांस्कृतिक कार्यक्रम’को आयोजना भएको छ । मनोरन्जनको हरेक विधाका कार्यक्रमहरु, म्युजिक, भिडियो, सांस्कृतिक कार्यक्रम, चलचित्र निर्माण साथै कला साहित्य, भाषा लगायत विभिन्न विधाको प्रर्वद्धन र विकासका लागि काम गर्दै आएको एभरग्रीन वल्र्डवाइड ईन्टरटेनमेन्टको दशौं वर्ष प्रवेशको अवसरमा आयोजित संस्थाको वार्षिकोत्सव पारेर ‘राष्ट्रिय व्यक्तित्व सम्मान तथा विविध सांस्कृतिक कार्यक्रम २०७९’ भव्य रुपमा सम्पन्न भएको हो । चलचित्र विकास बोर्डको हलमा सम्पन्न आयोजित कार्यक्रममा प्राज्ञ तथा विशिष्ठ चलचित्रकर्मी निर शाह प्रमुख अतिथी तथा चलचित्र विकास बोर्डका अध्यक्ष एवं अभिनेता भुवन केसी विशिष्ठ अतिथी रहेका थिए भने, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, विशिष्ठ चलचित्रकर्मी मोहन निरौला, नेपाल चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्का,चलचित्र विकास बो...
नेपालमा माटो जोगाउन “निती परिवर्तन”आवश्यक :योगी सद्गुरु
समाचार, समाज

नेपालमा माटो जोगाउन “निती परिवर्तन”आवश्यक :योगी सद्गुरु

काठमाडौँ। योगी, दुरदर्शी एवम् ईशा फाउण्डेशनका संस्थापक सद्गुरुले नेपाली संस्कृतिमा शुद्धता र मिठास भएकोले यो भूमीले एसियाको स्विट्जरल्याण्ड हुने सम्भावना बोकेको बताउनुभयो । काठमाडौँ बत्तिसपुतलीस्थित द्वारिका होटलमा आयोजित एक कार्यक्रमा विभिन्न सञ्चार गृहका प्रतिनिधि तथा व्यवसायीहरुलाई सम्बोधन गर्ने क्रममा उहाँले सो कुरा बताउनुभएको हो । राष्ट्र निर्माणका लागि सबै एकजुट हुनुपर्ने कुरा उल्लेख गर्दै सदगुरुले भन्नुभयो, “कुनै पनि मुलुक अविकसित हुनु भनेको एउटा अवसर हो ताकि हामी आफूले चाहेको जस्तो राष्ट्र बनाउन सकौँ ।” उहाँले विषेशगरी युवा तथा व्यवसायीहरुलाई एकजुट भएर राष्ट्रको हितको लागि भिजन निर्माण गर्न साथै आगामी निर्वाचनअघि राष्ट्रको भविष्य तय गर्न नेताहरूसमक्ष सो भिजन प्रस्तुत गर्न आग्रह गर्नुभयो । राजनीति विभेदको खेल नभएर राष्ट्रको हितका लागि नीति बनाउने माध्यम भएकोले सबै एकजुट भएर अगाडि...