Sunday, November 22

समाचार

नेशनल किड्स अफ द ईयर बने सिनियर तर्फ अर्नब र सायरा, जुनियर तर्फ लक्ष्य र साम्राज्ञी
मनोरन्जन, समाचार

नेशनल किड्स अफ द ईयर बने सिनियर तर्फ अर्नब र सायरा, जुनियर तर्फ लक्ष्य र साम्राज्ञी

काठमाडौं । ‘चौथो नेशनल किड्स अफ द ईयर २०२२’ को उपाधि सिनियर तर्फ अर्नब श्रेष्ठ र सायरा भट्टले जितेका छन् । काठमाडौंमा सम्पन्न यो प्रतियोगितामा उनीहरुले उपाधि सहित जनही २५ हजार रुपैयाँ र सिँगापुरमा सम्पन्न हुने इन्टरन्यासनल किड्स अफ द ईयरमा नेपालबाट भागलिने अबसर पनि हाँसिल गरेको आयोजक धिरज तण्डुकारले जानकारी गराए । यसै गरी जुनियर तर्फ लक्ष्य जैन र साम्राज्ञी बुढाथोकीले ‘चौथो नेशनल किड्स अफ द ईयर २०२२’ उपाधि जितेका छन् । यी दुई पनि उपाधिसँगै जनही २५ हजार रुपैयाँ र अन्तराष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने अबसर हाँसिल गरेका छन् । इभेन्ट बेटर ग्यालेक्सीद्धारा आयोजित यो प्रतियोगितामा सिनियर तर्फबाट फस्ट रनर अपको उपाधि दिब्य रत्न डँगोल र निभिका दुवालले तथा सेकेन्ड रनर अपको उपाधि सुभान पुन र आश्रय भट्टराईले जितेका छन् । सोही कार्यक्रममा जुनियर तर्फ फस्ट रनरअपको उपाधि हिमाँसु क्षत...
भव्य रुपमा सम्पन्न भयो एघारौं संस्करणको ‘नेपाल किड्स आईकन’
मनोरन्जन, समाचार

भव्य रुपमा सम्पन्न भयो एघारौं संस्करणको ‘नेपाल किड्स आईकन’

एघारौं संस्करणको ‘नेपाल किड्स आईकन’  को अन्तिम स्पर्धा राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न भएको छ। एएनपी मिडिया हाउसद्वारा आयोजित उक्त प्रतियोगितामा ‘सिनियर गर्ल्स’, ‘व्वाइज ग्रुप’, ‘टीन गर्ल्स’ र ‘जुनियर गर्ल्स’ गरी चार समूहका मुख्य बिजेता घोषित भए । ‘सिनियर गर्ल्स’तर्फ स्वर्णिमा जोशी विजयी भएकी छिन । परिधी कंडेल फर्स्ट रनर अप , कृष्णा लामा सेकेन्ड रनर अप, सुनैना महर्जन थर्ड रनर अप, अश्मिन लामा पब्लिक चोईस घोषित हुँदा मस्ट पपुलर तर्फको अवार्ड आराध्य भट्टराईले जित्न सफल भईन। प्रतियोगिताको ‘व्वाइज ग्रुप’तर्फ मियोद महर्जनले शिर्ष उपाधी जितेका छन । त्यसैगरी सर्भिल शर्मा बोहोरा फष्ट रनर अप, राघव भट्ट सेकेण्ड रनरअप घोषित भए भने आर्यन बिष्ट पब्लिक चोईस अवार्ड र पृथ्वीराज थापा मस्ट पपुलर बन्न सफल भए। यस्तै ‘टीन गर्ल्स’तर्फ प्रसिद्दी जोशीले शिर्ष उपाधि जितेकी छिन। स्वस्तिका कार्क...
टोखाको ग्रीनलाइफ पोलिक्लिनिक हस्पिटलमा रुपान्तरण गरिने
समाचार, स्वास्थ्य

टोखाको ग्रीनलाइफ पोलिक्लिनिक हस्पिटलमा रुपान्तरण गरिने

काठमाडौं- काठमाडौंको टोखामा रहेको ग्रीनलाइफ पोलिक्लिनिकलाई हस्पिटलमा रुपान्तरण गरिने भएको छ । ग्रीनलाइफ हेल्थकेयर टोखा-७, तिलिङटार धापासीको आयोजनामा टोखा नगरपालिकामा बसेको स्थानीय चिकित्सकहरूको बैठकले पोलिक्लिनिकलाई हस्पिटलमा रुपान्तरण गर्ने निर्णय गरेको हो । स्थानीय चिकित्सक र स्थानीय समुदायको साझेदारीमा अस्पताल स्थापना गरिने भएको हो । ग्रीनलाइफ हेल्थकेयरका अध्यक्ष डा. रोशन भट्टराई, टोखा नगरपालिकाका नगरप्रमुख प्रकाश अधिकारी र नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की लगायत सहभागी बैठकले यस्तो निर्णय गरेको हो । त्यस्तैगरी टोखा नगरपालिका उपप्रमुख मुरारी तामाङ, नेपाल चिकित्सक संघका महासचिब डा. बद्री रिजाललगायत ६२ जना चिकित्सकले बैठकमा सहभागिता जनाएका थिए । अस्पताल स्थापनाको अवधारणा र भावी कार्ययोजनाका बारेमा डा. क्षितिज सापकोटाले बैठकमा जानकारी गराएका थिए ।...
नेपाल जेसीज क्षेत्र ‘ग’ को सम्मेलन हुदै
समाचार, समाज

नेपाल जेसीज क्षेत्र ‘ग’ को सम्मेलन हुदै

नेपाल जेसीज क्षेत्र ‘ग’ सम्मेलनको सम्पुर्ण तयारी पुरा भएको छ । काठमाडौ लेडी जेसीजको अतिथ्यतामा भाद्र ३१ र असोज १ गते दुइ दिनसम्म काठमाडौ नयांबजार स्थीत नेपा ब्याक्वेटमा हुने भएको छ । नेपाल जेसीज क्षेत्र ‘ग’ का निरुपीत राष्ट्रिय उपाधक्ष्य योगिराज अधिकारीले सम्मेलनले सम्पुर्ण जेसीज सदस्यहरुमा बन्धुत्वको भावना अभिवृद्धि गर्ने बताए  । सम्मेलनमा विभिन्न किसिका नेतृत्व र क्षमता बवकास केन्द्रीत तालिमहरुको व्यवस्था गरिएको उनले जानकारी बताए । क्षेत्रगत सम्मेलन जेसीज सदस्यहरुको लागि मात्र नभई समाजका हरेक तहका युवाहरुलाई एकताबद्ध गराउदै हरेक क्षेत्रमा लक्ष्य प्रापितकालागि महत्वपूर्ण भूमिका खेल्ने अधिकारीले बताए । त्यस्तै नेपाल जेसीज क्षेत्र ‘ग’ की निरुपीत कार्यकारीणि उपाध्यक्ष तथा क्षेत्र ‘ग’ सम्मेलन सभापतति रमा प्याकुरेलले क्षेत्रगत सम्मेलनमा नेपाल जेसीजका गतिविधिका बारे जानकारी दिदै देशभरी...
पिम नेपाल चौथो वर्षमा, विभिन्न व्यक्तित्वहरुलाई सम्मान
समाचार, समाज

पिम नेपाल चौथो वर्षमा, विभिन्न व्यक्तित्वहरुलाई सम्मान

काठमाण्डौ – पावर ईन्टरनेशनल मिडिया नेपाल (पिम नेपाल)ले आफ्नो स्थापनाको तेश्रो वर्ष पुरा गरेर चौथो वर्षमा प्रवेश गरेका छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठको प्रमुख आतिथ्यतामा भाद्र २५ गते राजधानीमा एक कार्यक्रमको आयोजना गरि पिम नेपालले आफ्नो स्थापनाको तेश्रोवर्षगाँठ भव्यरुपमा मनाएको हो । बरिष्ठ चलचित्र निर्देशक तथा कलाकार मोहन निरौलाको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा राष्ट्रिय गीतका रचनाकार व्याकुल माईला, बरिष्ठ संगीतकार राजु सिंह, बरिष्ठ पत्रकार विजयरत्न तुलाधर, बरिष्ठ पत्रकार एवं गीतकार शान्तिप्रिय, चर्चित संगीतकार सन्तोष श्रेष्ठ, गीतकार एवं सञ्चारकर्मी सुमन बैरागी, चलचित्र पत्रकार संघका उपाध्यक्ष जिवन पराजुली, चलचित्र पत्रकार एवं गीतकार डब्बु क्षेत्री, अभिनेता प्रवण भुषाल, संचारकर्मी सुर्य चन्द, चलचित्र पत्रकार गीता अधिकारी, डेल्फिन काउन्सिल नेपालका अ...
सान कलेजको कक्षा ११ को २२ औं अभिमुखिकरण कार्यक्रम सम्पन्न
शिक्षा, समाचार

सान कलेजको कक्षा ११ को २२ औं अभिमुखिकरण कार्यक्रम सम्पन्न

काठमाडौं -सान ईन्टरनेशनल कलेजको कक्षा ११ को २२ औं अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा कक्षा ११ का करिब ५०० विद्यार्थीहरुको सहभागिता रहेको थियो । कार्यक्रम संस्थाका अध्यक्ष डा.सुवास घिमिरेको अध्यक्षता तथा चर्चित नायक निखिल उफ्रेतीको विशेष आतिथ्यतामा भव्य रुपमा सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै अध्यक्ष डा.घिमिरेले सान कलेजले विद्यार्थीहरुको विशिष्ट क्षमताहरुको पहिचान गरी सोही अनुसार विद्यार्थीहरुको वृत्ति विकासको वातावरण तयार गरेको जानकारी दिनु भयो । कार्यक्रममका संस्थाका कार्यकारी निर्देशक गोपाल भण्डारीले आफ्ना पुर्व विद्यार्थीहरु कामनपाका उपमेयर सुनीता डंगोल,क्रिकेटर रोहित कुमार पौडेल, पाटन हस्पिटलका मेडिकल अन्कोलोजी डिपार्टमेन्ट प्रमुख डा.अरुण शाही लगायत थुप्रै सफल देशका गहनाहरु तयार गर्न संस्था व्यवस्थित कार्ययोजना सहित अगाडी बढेको बताउनु भयो । कार्यक्रममा नव आगन्...
नवौ बिश्व स्ट्रेन्थ लिफ्टिङ प्रतियोगितामा नेपाललाई १ स्वर्ण र ३ रजत
खेलकुद, समाचार

नवौ बिश्व स्ट्रेन्थ लिफ्टिङ प्रतियोगितामा नेपाललाई १ स्वर्ण र ३ रजत

नवौ बिश्व स्ट्रेन्थ लिफ्टिङ प्रतियोगितामा नेपाललाई १ स्वर्ण र ३ रजत: कुल १३ देशको सहभागिता रहेको हिजो किर्गिस्तानमा आयोजना भएको नवौ विश्व स्ट्रेन्थ लिफ्टिङ प्रतियोगितामा १०५ के.जि. भन्दा माथी को आई.बी.पी.सिनियर तौल समुहमा जीवन गिरी रज्त,७६ के.जी. आई.बी.पी. मस्टर २ तौल समुहमा केदारमान स्थापीत रजत र महिला तर्फ ७२ के.जी. भन्दा माथिको आई.बी.पी. तौल समुहमा दीपा बिष्ट स्वर्ण तथा सोही तौल समुहमा स्ट्रेन्थ लिफ्टिङ तर्फ पनि दीपा बिष्टले रजत पदक हासिल गरेका छन् । यसरी ३ खेलाडीले नेपालको लागि कुलमा ४ पदक दिलाएका छन् । अघिल्लो बर्षबाट नेपालमा भित्रिएको यो खेलले नेपालमा छोटो समयमा राम्रो लोकप्रियता हासिल गरेको छ । दुई महिना अघि यो खेलको राष्ट्रिय प्रतियोगिता पनि सम्पन्न भएको थियो ।...
निता आचार्यको स्वरमा ‘रङ्गीन संसार’ (भिडियोसहित)
मनोरन्जन, समाचार

निता आचार्यको स्वरमा ‘रङ्गीन संसार’ (भिडियोसहित)

गायिका निता आचार्यको नयाँ गीत ‘रङ्गीन संसार’ सार्वजनिक भएको छ । राजकुमार बगरको शब्द/सङ्गीत, कमल सौरागको एरेञ्ज रहेको गीत ‘रङ्गीन संसार’को भिडियो सार्वजनिक भएको हो । प्रकाश धितालको निर्देशन रहेको गीतको भिडियोमा रुविना थापा र कुन्साङ बोमजनलाई फिचरिङ गरिएको छ । निकै सुन्दर र आकर्षक देखिएको गीतको भिडियोमा उत्सव दाहालको छायाँकन र विकास दाहालको सम्पादन छ । यसअघि निताका ‘यादहरू’, ‘भाग्य मेरो’ जस्ता गीत श्रोता/दर्शकमाझ लोकप्रिय छन् । पोखरामा जन्मिनुभएकी निता विदेशी भूमिमा रहेर नेपाली कला संस्कृति र गीतसङ्गीतलाई अत्यन्तै माया गर्दै यही क्षेत्रमा समर्पित भएर लागि पर्नुभएको छ । सानै उमेरदेखि गायनमा रुचि राख्नुभएकी निता अमेरिकामा बस्दै आउनुभएको छ । स्कुलमा पढ्दा प्रेमध्वज प्रधानको गीत गाएर साथीहरूलाई सुनाएपछि उहाँको प्रतिभा बाहिर आयो र विद्यालयका विभिन्न सांस्कृतिक कार्यक्रममा सहभागिता जनाउन ...
सङ्गीतकार दीपक शर्माद्वारा आफ्नो जन्मदिनमा वृक्षरोपण
मनोरन्जन, समाचार

सङ्गीतकार दीपक शर्माद्वारा आफ्नो जन्मदिनमा वृक्षरोपण

सङ्गीतकार दीपक शर्माले आफ्नो जन्मदिनमा वृक्षरोपण गर्नुभएको छ । उहाँले मंगलबार भक्तपुरको चाँगु नारायण नगरपालिकास्थित नागडोलको छालाङस्थित ब्रहृमकुमारी ओम शान्ति प्रतिष्ठानको प्रांगणमा वृक्षरोपण गरेर आफ्नो जन्मदिन मनाउनुभएको हो । उहाँले त्यहाँ कपुर, ओखर, तेजपत्ता, पैयुँ, समीसहित विभिन्न प्रजातिका वृक्षरोपण गर्नुभएको छ । ‘औषधीजन्य वनस्पति, सुगन्धित वनस्पति र अन्य वनस्पतिका बिरुवा रोप्ने काम भयो । यो बिरुवालाई बेला बेलामा गोडमेला गर्न म त्यहाँ पुग्नेछु’, शर्माले भन्नुभयो । ती बिरुवाहरू संरक्षण गर्दै हुर्काउन एकजनालाई जिम्मासमेत दिएको उहाँले सुनाउनुभयो । एक हजारभन्दा बढी गीतमा संगीत गर्नुभएका शर्माका धेरै गीत श्रोता र दर्शकमाझ लोकप्रिय छन् । आफू पछिल्लो समय चलचित्र ‘छक्का पञ्जा(४’ लगायत चलचित्रका गीतको संगीत सिर्जनामा व्यस्त रहेको सुनाउनुभयो ।...
गीतकार अंमगाई समानुपातिकमा सिफारिस
मनोरन्जन, समाचार

गीतकार अंमगाई समानुपातिकमा सिफारिस

पछिल्लो समय गीत सङ्गीतको क्षेत्रमा गीतकारको रुपमा चर्चाको शिखरमा पुग्न सफल भएका गीतकार ध्रुव प्रसाद अंम्गाईको २०७९ मा हुन गईरहेको आमनिर्वाचनमा गोरखा जिल्लाबाट ने क पा एमालेको तर्फ बाट समानुपातिक सांसद पदका लागि सिफारिसमा पर्नु भएको खबर हामीलाई प्राप्त भएको छ । १८ वर्षको कलिलो उमेर देखि गोरखा बाट अनेरास्ववियु पाचौबाट औपचारिक रुपमा राजनीति यात्रा सुरुवात गरेका अंम्गाई एक साहासी खरो स्वभाव भएका कुशल वक्ता समाजसेवी एवम मेहनती व्यक्तित्व भएको कुरा जानकारहरु बताउछ्न। २०४९ सालमा अनेरास्ववियु पांच औं जिल्ला कमिटी सदस्य र २०६२ काठमाडौ गोरखा सम्पर्क मञ्च को सद्स्य हुँदै हाल प्रवासी मन्च मकाउ को सल्लाहकार छ्न । गोरखा हाल गण्डकीगाउँपालिका फुजेल जन्मथलो भएका अंम्गाईले आफ्नो गाउँ ठाउँमा विकासनिर्माण लगायत उच्च मा वि स्थापना देखि मठ मन्दिर निर्माण सामुदायिक वन पालन सिंचाइ का लागि नगर निर्माण जस्ता थुप्...