Sunday, November 22

समाचार

शंखरापुर न.पा.मा ३२९२ बिरुवा बृक्षारोपण गरिने
मनोरन्जन, समाचार

शंखरापुर न.पा.मा ३२९२ बिरुवा बृक्षारोपण गरिने

काठमाडौं, साउन २९ ग्यालेक्सी दैनिक शंखरापुर नगरपालिका रोटरी क्लब अफ सांखुको शनिबार बसेको बैठकले आफ्नो क्लबको मिडिया पार्ट्नर सारा संसार नेपाल मिडिया प्रा लि, लावण्ड्य सन्देश र शंखरापुर अनलाइनलाइ चुनेको छ । यसै क्लबको बोर्डको पुर्ण बैठकले शंखरापुर न.पा. भित्र आफ्नो क्लबको क्लब कोड ३२९२ लाई सम्मान गर्दै ३२९२ को संख्यामा फलफुल र वातावरणलाई स्वच्छ राख्ने बिरुवाको बृक्षारोपण गर्ने निर्णय गरेको छ । बृक्षारोपण प्रभावकारि र परिणाममुखी बनाइने कुरा क्लबका अध्यक्ष लकश श्रेष्ठले बताउनु भयो । बृक्षारोपण कार्यक्रमका सयोजक श्रीजन श्रेष्ठ का अनुसार ३२९२ को संख्यामा रहेको विभिन्न उपयोगी बिरुवाहरु नगर भित्र रहेका सम्पुर्ण बिध्यालय वडा कार्यालय सरकारी कार्यालय लगायतको स्थानमा गरिने कुरा जानकारी गराउनुभएको छ । पुर्व अध्यक्ष रुपेशलाल श्रेष्ठले उक्त बिरुवा उपलब्ध गराउन र उपयोगी बिरुवाहरुको बृक्षारो...
“लिटिल आइडल नेपाल २०२२”को चौथो संस्करणको ट्यालेण्ट राउण्ड सम्पन्न
मनोरन्जन, समाचार

“लिटिल आइडल नेपाल २०२२”को चौथो संस्करणको ट्यालेण्ट राउण्ड सम्पन्न

काठमाडौं, साउन २८ सारासंसार मिडिया ट्रेबल फेसन कन्सर्नको आयोजनमा भईरहेको लिटिल आइडल नेपाल २०२२ को चौथो संस्करणको ट्यालेण्ट राउण्ड आज सम्पन्न भएको छ । ट्रेबल फेसन कन्सर्न प्रा.लि.का सिईओ समेत रहेका शैलेन्द्र श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा निर्णायक मण्डलमा अभिनेता शितल के सि, रामेश्वर बुर्लाकोटी, फोटोग्राफर सन्देश प्रजापति र मोडेल निया तामाङ रहेका थिए । यही भाद्र ३ गते पिस ब्याङक्वेट जोरपाटीमा उक्त कार्यक्रमको ग्राण्ड फिनाले हुने तथा सो अवसरमा देशका प्रतिष्ठित गायक, कलाकार तथा पत्रकारलाई आफ्नो क्षेत्रमा पुर्‍याएको अतुलनीय योगदानका लागि सम्मान गरिने कुरा कार्यक्रम संयोजक सुमन कुमार श्रेष्ठले बताए । बिगत दुई दशकदेखी विभिन्न ब्युटी पेजेन्ट, फेशन शो लगायतका कार्यक्रम गरिरहेको ट्रेबल फेशन कन्सर्नले यस कार्यक्रममा बाल प्रतिभाको प्रतिभासंगै बौद्धिक बिकास, व्यक्तित...
अञ्जु पन्तको आवाजमा तीज गीत “दर्पर्ण छाँयाले” सार्वजनिक
मनोरन्जन, समाचार

अञ्जु पन्तको आवाजमा तीज गीत “दर्पर्ण छाँयाले” सार्वजनिक

काठमाडौं, साउन २८ ग्यालेक्सी दैनिक नारी पर्व नजिकिदै गर्दा एकपछि अर्को तीज गीतको भिडियो सार्वजनिक हुने क्रममा ‘दपर्ण छायाँ हेर त मायाँले’ बोलको तीज गीतको भिडियो सार्वजनिक भएको छ । लोकप्रिय गायिका अञ्जु पन्तको सुमधुर स्वर समेटिएको गीतमा नेत्र अर्यालको शब्द, चर्चित युवा संगीतकार राजेन्द्र बजगाईंको संगीत तथा एरेञ्ज र मनोज परियारको मिक्सिङ मास्टरिङ्ग रहेको छ । भिडियोमा नायिका उषा खनाल र राविभ जंग वस्नेत लगायतको अभिनय रहेको छ । साथै भिडियोमा सौरभ लामाको छायांकन, पदम सुवेदीको सम्पादन रहेको छ भने निर्देशन तथा कोरियोराफी शिव बिकको रहेको छ । भिडियो बुढासुब्बा डिजिटलको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ । https://www.youtube.com/watch?v=oJsaORsMFks&ab_channel=BudhaSubbaDigital...
मर्मस्पर्शी तीज गीत ‘बरि लै’ सावर्जनिक
मनोरन्जन, समाचार

मर्मस्पर्शी तीज गीत ‘बरि लै’ सावर्जनिक

काठमाडौं, साउन २८ ग्यालेक्सी दैनिक नारी पर्व तिज नजिकिँदै गर्दा तिज गीतको भिडियो सार्वजनिक हुने क्रम जारी छ । यसै क्रममा राजु परियार, सरस्वती उप्रेती, हिरा सुनार, मुना मगरको स्वरमा ‘बरि लै’ बोलको मर्मस्पर्शी तिज गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा राजु परियारको संगीत, राजु सापकोटाको शब्द, नारायण दङ्गालको एरेञ्ज रहेको छ । मिलन श्रेष्ठको निर्देशन रहेको भिडियोमा राजु सापकोटा, निहारिका थापा, लक्ष्मण बस्नेत, सिर्जना किराती, लिलाराम बानिया, रुपेश श्रेष्ठ, दिक्षा घिमिरे, रुपा तिमल्सिना, सुमन श्रेष्ठ फिर्चरिङ्ग छन । ओएस्आर डिजिटलको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको भिडियोलाई सन्तोष तिमल्सिनाले खिचेका हुन् । https://youtu.be/f77Jr5VMesw...
डिपी परिश्रमीको ‘माइतीको आँगनमा नाचम्ला’ले पायो मिलियन भ्यूज(भिडियो)
मनोरन्जन, समाचार

डिपी परिश्रमीको ‘माइतीको आँगनमा नाचम्ला’ले पायो मिलियन भ्यूज(भिडियो)

प्रत्येक वर्ष नेपाली हिन्दू महिलाहरुको महान पर्व तीजको अवसरमा सयौंको संख्यामा तिज गीत सार्वजनिक हुने गर्छ । त्यस मध्ये कमै गीत मात्र दर्शक श्रोताको रोजाईमा पर्छ । त्यही रोजाई र दर्शक श्रोताको मन जित्न सफल भएको तीज गीत हो , गीतकार डीपी दाहाल परिश्रमीको शव्दमा तयार भएको ‘माइतिको आँगनमा नाचम्ला’ । सार्वजनिक भएको छोटो समयमा गीतकार परिश्रमीको तीज गीत माइतिको आँगनमा नाचम्लाले १० लाखभन्दा बढी पटक हेरिएको गीतको रेकर्ड राखेको हो। अहिलेकी चर्चित गायिका शान्तिश्री परियारको स्वर तथा फिचरिङ रहेको गीतलाई संगीत पुरुषोतम न्यौपानेले दिएका हुन। भिडियोमा गायिका शान्तिश्री संगै मोडल अन्जली अधिकारी र मोडल नयन डिसी र रमा थपलियाको समेत अभिनय एवं नृत्य देख्न सकिन्छ । स्मृति तिमल्सिनाले निर्देशन गरेको भिडियोलाई भागिरथ गाह मगरले कोरियोग्राफी , रामशरण उप्रेतीले छायांकन र प्रकाश धमलाले सम्पादन गरेका छन । भि...
माधव निर्दोषको ‘पश्चाताप’ सार्वजनिक (भिडियो)
अन्तरवार्ता, मनोरन्जन, समाचार

माधव निर्दोषको ‘पश्चाताप’ सार्वजनिक (भिडियो)

‘पश्चाताप’ म्युजिक भिडियो सार्वजनिक भएको छ । गायिका अन्जना गुरुङद्धारा गायन यस गीतमा सङ्गीतकार सन्तोष श्रेष्ठ र गीतकार तथा निर्देशक माधव निर्दाेषद्धारा निर्देशित एवम् लिखित गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो । साउन २५ गते बुधबार एक समारोहका बिचमा उक्त गीतका गीतकार माधव निर्दाेष, मोडल विकास लामिछाने र सन्दिपा बाटा श्रेष्ठको सहभागितामा उक्त गीत माइक्रो टि.भी नेपाल युटुब च्यानलमार्फत सार्वजनिक भएको छ । समारोहमा बोल्दै गीतकार माधव निर्दाेष भन्नुहुन्छ,“यो गीत वियोगान्त गीत हो तर संयोगान्तमा टुंगिएको छ । सुन्दा पनि धेरै राम्रो छ साथै अभिनय पनि राम्रो रहेको छ । यसमा एकजना विश्वास गरेको पात्रलाई गुमाउँदा हुने उतारचढावको बारेमा देखाउन खोजिएको छ ।” त्यस्तै मोडल विकास लामिछाने भन्नुहुन्छ,“यो गीत दुःखमा आधारित गीत हो । गीत सुन्दा राम्रो अनुभव हुन्छ ।”भन्दै उहाँले सबैलाई यस गीतलाई माया गरि...
ज्ञानेन्द्र शाही आउने चुनावमा जुम्लाबाट उठने
राजनीति, समाचार

ज्ञानेन्द्र शाही आउने चुनावमा जुम्लाबाट उठने

काठमाडौँ, साउन २४ ग्यालेक्सी दैनिक राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले आगामी प्रतिनिधिसभा चुनावमा जुम्लाबाट उठ्ने घोषणा गरेका छन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच शाहीले जुम्लाबाट प्रतिनिधिसभा सदस्यमा उठ्ने घोषणा गरेका हुन् । पार्टीका नेता कार्यकर्ताले आफूलाई देशका विभिन्न क्षेत्रबाट चुनाव लड्न आग्रह गरे पनि आफूले जन्मथलो जुम्ला रोजेको उनले बताए । काठमाडौं, चितवन, रुपन्देही, झापा, कैलालीबाट चुनाव लड्न आग्रह आए पनि आफूले जुम्ला रोजेको शाहीले बताएका छन् । कुनै पनि दलविरुद्ध आफ्नो उम्मेदवारी नभई जुम्लाको आर्थिक स्तर उकास्नका लागि भएको शाहीको दाबी छ । प्रतिनिधिसभामा एउटा मात्र छेत्र रहेको जुम्लामा यसअघि माओवादीबाट २२ हजार १ सय ७३ मत ल्याएर गजेन्द्रबहादुर महत विजयी भएका थिए । वाम गठबन्धनबाट उम्मेदवार बनेका उनले कांग्रेसका देवेन्द्रबहादुर शाहीलाई ८ ह...
राजदिपको ‘मेरो मन चोरेर’ सार्बजनिक(भिडियो)
मनोरन्जन, समाचार

राजदिपको ‘मेरो मन चोरेर’ सार्बजनिक(भिडियो)

गायक तथा मोडेल दिपक बिडारी राजदिपले गाएको आधुनिक गित चट्ट कपाल कोरेर को म्युजिक भिडियो सार्बजनिक भएको छ। गायक राजदिप लाई उक्त गितमा निकिता थापाले गायनमा साथ दिएकी छिन। सो गित मा बृजेश श्रेष्ठ को एरेन्ज र आशिष् प्रजापतिको सब्द रहेको , भिडियो आर्या इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भयको हो।उक्त गितको भिडियोलाइ कपिल कार्कीको निर्देसन र अर्जुन सिलवालको कोरियोग्राफी रहेको छ। करिब एक दर्जन म्युजिक भिडियोमा मोडलिङ गरिसकेका राजदिप संगै आलिसा बास्तोलाले मोडलिङ गरेको यो भिडियोलाइ बालकुमार मगर ले खिचेका हुन। भक्तपुर जिल्लाको विभिन्न रमणीय स्थलहरुमा छायांकन गरिएको उक्त भिडियो उत्कृष्ट बनेको निर्देसक कपिल कार्किले बताए। साइराम पिक्चर्स युटुब च्यानल बाट सार्वजनिक भयको यो गितलाइ आज कागेश्वोरी मनोहरा महोत्सवमा विभिन्न चर्चित कलाकारहरुको हातबाट बिमोचन गरिएको थियो भने पत्रकार तथा कार्यक्रम प्रस्तोता स...
नेपाल–भारत सम्बन्धका विभिन्न विषयमा छलफल
राजनीति, समाचार

नेपाल–भारत सम्बन्धका विभिन्न विषयमा छलफल

जनकपुरधाम । बदलिदो परिवेशमा नेपाल भारतको सम्बन्धका विषयमा जनकपुरधाममा गहन छलफल गरिएको छ । नेपाल भारत खुल्ला सिमा सम्वाद समुह केन्द्रिय समितिको आयोजनामा जनकपुरधाममा आयोजित छलफलमा वक्ताहरुले विगतमा भएका दुईवटा सन्धीहरु पश्चात नेपाल भारतको सम्बन्ध कमजोर हुदै गएको बताए । कार्यक्रममा नेपाल भारतका जानकार कुशेश्वर झाले राजा महेन्द्रको पाला देखि नेपालमा भारत विरोधी गतिविधी सुरु हुन थालेको बताए । जनकपुरधामको प्रमुखमा उम्मेदवार बनेकी तमलोपा नेतृ विभा ठाकुरले आफु २०४४ सालमा विवाह गरेर नेपाल आएकोबेला नागरिकता लिन कुनै पनि अप्ठेरो नभएको बताउदै अहिले हुन थालेको जालझेल प्रति आपती जनाइन् । उनले भारतबाट विवाह गरेर नेपालकी बुहारी भएकी महिला माथी बिश्वास नभएको खण्डामा सबैलाई र्फिता पठाईदिनु पर्ने सम्मको अभिव्यक्ति दिइन । कार्यक्रममा नेपाल भारत खुल्ला सिमा सम्वाद समुहका केन्द्रिय अध्यक्ष राजिव झाले खुल्...
डा.भोला रिजाललाई जिनियस म्युजिक दिर्घ साधना सम्मान
मनोरन्जन, समाचार

डा.भोला रिजाललाई जिनियस म्युजिक दिर्घ साधना सम्मान

काठमाडौ ।‘नेपाली कला संस्कृति हाम्रो पहिचान, संरक्षण प्रबर्धन गर्ने हाम्रो अभियान’ भन्ने मुल नाराका साथ दोश्रो र तेश्रो संस्करणको जिनियस म्युजिक अवार्ड २०७८ सम्पन्न भएको छ । संस्कृति, पर्यटन तथा उड्ययन मन्त्री  जीवनराम श्रेष्ठको प्रमुख आतिथ्य तथा बरिष्ठ संगीतकार शम्भुजीत बास्कोटाको विशिष्ठ आतिथ्यमा सम्पन्न ‘जिनियस म्युजिक अवार्ड २०७८’मा गीतकार तथा बरिष्ठ स्त्री रोग बिशेषज्ञ डा. भोला रिजाललाई पच्चिस हजार नगद सहित दिर्घ साधना सम्मान प्रदान गरिएको छ भने वरिष्ठ तबला वादक कुमार महाराज थापालाई रजत सम्मान प्रदान गरिएको थियो । सञ्चारकर्मीव्दय सानुकाजी श्रेष्ठ र राजेन्द्र लुईटेललाई जनही पन्ध्र हजार नगद सहित पत्रकारिता सम्मान प्रदान गरिएको थियो । समारोहमा वरिष्ठ समाजसेवी एवं राजनीतिज्ञ गोपाल न्यौपाने,वरिष्ठ संगितकार राजु सिंह,वरिष्ठ संगितकार वसन्त सापकोटा, राजनीतिज्ञ सरिता दाहाल,गीतकार शान्ति ...