फुलारा लगायत विभिन्न व्यक्तित्व ‘विशेष नागरिक पुरस्कार तथा सम्मान–२०७९’बाट सम्मानित
काठमाण्डौँ, साउन २
ग्यालेक्सी दैनिक
युवा साहित्यकार भिष्मराज फुलारा लगायत कला, साहित्य, सङ्गीत र पत्रकारिता विधामा विशेष योगदान पुर्याउने व्यक्तित्वहरुलाई 'विशेष नागरिक पुरस्कार तथा सम्मान–२०७९'बाट सम्मान गरिएको छ ।
सामाजिक रुपान्तरणका लागि नागरिक समाजले १६ औँ वार्षिकोत्सवका अवसरमा कला, साहित्य, सङ्गीत र पत्रकारिता विधामा विशेष योगदान पुर्याए बापत सो 'विशेष नागरिक पुरस्कार तथा सम्मान–२०७९' प्रदान गरेको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भवानी प्रसाद खापुङबाट सामाजिक रूपान्तरणमा विशेष योगदान पुर्याउने व्यक्तित्व तथा राष्ट्रव्यापी प्रतियोगितामा सहभागी हुने प्रतियोगिताका विजेतालाई सो सम्मान तथा पुरस्कार प्रदान गरिएको हो ।
कार्यक्रममा सामाजिक रूपान्तरणमा प्रतिबद्धता सहित नवीनतम र अद्वितीय योगदान दिने वरिष्ठ छाती रोग विशेषज्ञ तथा नेपाल सरकारका पूर्वसचिव डा ...










