Sunday, November 22

समाचार

गीतकार तथा मोडल प्रिन्स लियोको‘लेख्छ कसले मर्ने मिति’(भिडियो)
मनोरन्जन, समाचार

गीतकार तथा मोडल प्रिन्स लियोको‘लेख्छ कसले मर्ने मिति’(भिडियो)

काठमाडौँ । लोकप्रिय गायक शिव परियारको लेख्छ कसले मर्ने मिति बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । गीतकार तथा मोडल प्रिन्स लियोको शब्द सृजना रहेको गीतमा नेहर बुढाथोकीले संगीत भरेका छन् । पछिल्लो समय नेपाली समाजमा देखिएको सामाजिक विकृतिले विछोडिएको परिवारको कथालाई मोडलद्वय प्रिन्स लियो र विना राउतका माध्यमबाट देखाउन खोजिएको छ । प्रिन्स र विनासहित बालकलाकार आयुषा ढकाल र प्रशान्त डिसीको अभिनय भिडियोमा देख्न सकिन्छ छ । विशाल निरौलाको एरेन्ज रहेको गीतको भिडियोको सम्पादन र कलरिङ मिलन विश्वकर्माले गरेका हुन् भने भिडियोको छायांकन प्रकाश खड्काको टिमले गरेको हो । विक्रम चौहानको निर्देशन रहेको भिडियोको निर्माता समेत मोडल प्रिन्स लियो हुन् । प्रिन्सको शब्दमा प्रमोद खरेलको स्वरमा रहेको मलाई मारिदिनुको भिडियो बजारमा आएको थियो । प्रिन्स स्वयंकै अभिनय रहेको गीतमा नायिका शिल्पा पोखरेलको पनि अभिनय थ...
गीतकार रोशन भट्टराईको ‘फुल झैं कोमल तिमी’(भिडियो)
मनोरन्जन, समाचार

गीतकार रोशन भट्टराईको ‘फुल झैं कोमल तिमी’(भिडियो)

सुमन कुमार श्रेष्ठ र रोशन भट्टराईको निर्देशनमा ‘फुल झै कोमल तिमी’ सार्वजनिक वि.स. २०६२ सालदेखि निरन्तर गीत लेखनमा सक्रिय गीतकार रोशन भट्टराईको नयाँ गीत फुल झैँ कोमल तिमी सार्वजनिक भएको छ । नेपाली सांगितिक क्षेत्रमा मुख्यत: रोमान्टिक गायक, गजल सम्राटका रुपमा आफ्नो पहिचान बनाएका वरिष्ठ गायक आनन्द कार्कीको सुमधुर आवाजमा सजिएको गीतमा वरिष्ठ संगीतकार तारा प्रकाश लिम्बु र युमेशले संगीत भरेका छन भने संगीत संयोजन फणिन्द्र राईको रहेको छ । गीतकार रोशन भट्टराईको प्रस्तुति रहेको भिडियोलाई गायक तथा सञ्चारकर्मी सुमन कुमार श्रेष्ठ र गीतकार भट्टराईले संयुक्त रुपमा निर्देशन तथा परिकल्पनामा तयार पारिएको छ ।   नायिका नम्रता सापकोटा र मोडेल कमल सिंहको भरपुर रोमान्स तथा दमदार अभिनय रहेको भिडियोमा वरिष्ठ सिनेम्याटोग्राफर राजु केसिको छांयाकन, निराजन केसिको सम्पादन तथा मेकअप वरिष्ठ मेकअप आर्टिष्...
एनएफपीजेका अध्यक्ष वन्तले बंगलादेशमा सुनाए फोटो पत्रकारिताकाका विविध आयाम
राष्ट्र, समाचार, समाज

एनएफपीजेका अध्यक्ष वन्तले बंगलादेशमा सुनाए फोटो पत्रकारिताकाका विविध आयाम

नेपालका अग्रज फोटो पत्रकार, राष्ट्रिय फोटो पत्रकार समुह नेपाल (एनएफपीजे) का अध्यक्ष प्रदीपराज वन्तले बंगलादेशमा पुगेर फोटो पत्रकारिताकाका विविध आयाम र चुनौतीका बारेमा आफ्ना अनुभव सुनाउनुभएको छ । बंगलादेशस्थित जहाँगिरनगर विश्वविद्यालयको ​​पत्रकारिता तथा सञ्चार अध्ययन विभागद्धारा ढाकामा आयोजित फोटो पत्रकारिताका सम्बन्धमा विशेष अन्तक्रिया कार्यक्रममा उहाँले विश्व र नेपालको फोटो पत्रकारिताको अबस्था, कोभिड १९ तथा यस्ता महामारीका विषयमा फत्रकारले भोग्नुपरेका चुनौती र फोटो पत्रकारको भूमिकाका विषयमा जानकारी दिनुभएको थियो । विश्वविद्यालयको पत्रकारिता तथा मिडिया अध्ययन विभागको कक्षमा आज आइतबार आयोजना गरिएको उक्त गोष्ठीका प्रमुख वक्ताका रुपमा कार्यक्रममा सहभगि एनएफपीजेका अध्यक्ष वन्तले पत्रकारले कठिन समयमा कसरी सङ्घर्षका साथ काम गर्नुपर्छ भन्ने बारेमा अनुभव सुनाउनुभएको थियो । कोभिड-१९ मात्र होइन, ...
फेरी नेपालका कम्युनिस्ट पार्टी एकीकरण हुने हल्ला
विचार, समाचार

फेरी नेपालका कम्युनिस्ट पार्टी एकीकरण हुने हल्ला

-डा.डिआर उपाध्याय, काठमाडौं । फेरी नेपालका कम्युनिस्ट पार्टी एकीकरण हुने हल्ला चलेको छ । बास्तबिकता के हो बिस्तारै खुल्दै जाला । पार्टीहरु फुटनु भन्दा जुटनु नै राम्रो हो तर स्वार्थका लागी पार्टी जुटे पनि फेरी फुटने खतरा छ । नेपालका कम्युनिष्ट पार्टी धेरै पटक फुटे धेरै पटक जुटे । कम्युनिष्टहरु फुटने र जुटने श्रृखला लामो छ । कम्युनिष्टहरु एक आपसमा मिल्न सक्दैनन् । सबै भन्दा ठूलो समस्या यो हो । नेपालका सबै कम्युनिष्टहरु मिलेर एउटै पार्टी बनाउने हो भने दुई तिहाइ भन्दा धेरै जनमत छ । यो कुरालाई सबैले स्वीकार्न सक्नु पर्छ । कम्युनिष्ट नेताहरुमा शव्द जाल फाल्ने क्षमता छ । त्यो क्षमताले कार्यकर्ताहरु अडिएका छन । पार्टी भित्र आफना कार्यकर्ताहरु अडाउन भए पनि दर्शन र शिद्धान्तका कुरा बढी मात्रमा हुने गर्दछन । यति बेला संचारमाध्यममा नेपालका कम्युनिस्ट पार्टी मिल्ने चर्चाले राम्रै ठाउँ लिएको छ । न...
गोल्डेन गेटमा ब्युटीसियन पढाइ हुने, फेसियल हाउससँग भयो सम्झौता
अर्थ/व्यापार, समाचार

गोल्डेन गेटमा ब्युटीसियन पढाइ हुने, फेसियल हाउससँग भयो सम्झौता

काठमाडौँ । गोल्डेन गेट कलेज र फेसियल हाउसको संयुक्त आयोजनामा ब्युटी एण्ड हेयर विषयमा अध्यापन हुने सम्झौता भएको छ । शुक्रबार एक कार्यक्रमबीच फेसियल हाउसको तर्फबाट प्रबन्ध निर्देशक सुस्मा महरा शाह र कलेजको तर्फबाट अध्यक्ष रमेश कुमार सिलवालले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । गोल्डेन गेटका ११ र १२ कक्षाका विद्यार्थीहरूले मानविकी र व्यवस्थापन अन्तर्गत ऐच्छिक शिक्षाका रुपमा ब्युटिसियन र हेयर ड्रेसिङ फेसियल हाउसमा अध्यापन गर्न पाउने सम्झौता पत्रमा उल्लेख गरिएको छ। राष्ट्रिय परीक्षा बोर्डले ब्युटी एण्ड हेयरलाई पनि प्लस टु मा ऐच्छिक विषयका रुपमा समावेश गरेसँगै कलेज र फेसियल हाउसले यस विषयमा अध्यापन गराउने भएका हुन् । कलेजका अध्यक्ष सिलवालले सम्झौतापश्चात विद्यार्थीलाई आत्मनिर्भर बनाउने बताएका छन् । उनले भने, ‘यो सम्झौता गर्दा विद्यार्थीले पढदै काम गर्दै आत्मनिर्भर बन्ने प्रोडक्ट हो, यो...
‘गाएर नाचेर टोलै थर्काउने’ भन्दै आईन सुजाता केसी सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

‘गाएर नाचेर टोलै थर्काउने’ भन्दै आईन सुजाता केसी सार्वजनिक(भिडियो)

हिन्दु नारीहरूको आउदै गरेको महान् पर्व हरितालिका तिजको शुभकामना सहित अर्जुन पोखरेलको शब्द संगित र  गायिका सुजाता केसीको स्वरमा’गाएर नाचेर टोलै थर्काउने’गायिका सुजाता केसीको आफ्नै युटुब च्यानलबाट सार्वजनिक भएको छ । गित संगीतमा निकै नै रुचि राख्ने सुजाता केसीले अत्यन्तै मिठो अनि मौलिक रहेको भाका रहेको तिज गित सार्वजनिक गरिसके पछी ६० हजार भन्दा माथि दर्शक स्रोताको नजरमा पुगिसकेको छ । तीज गीतको नाममा पछिल्लो समय धेरै तीजका गितहरु दोहोरी गीत जस्तै बनेर ,अलिक भड्किला शब्दहरु प्रयोग गरेर आइरहेका छन् उसो त मौलिक तिज गितहरु लोप हुन थाले भन्ने जस्ता जनगुनासाहरु आइरहेको अवस्थामा सुजाता केसीले भने मौलिक सृजनालाई अलि बढी महत्व राख्ने गायिका तथा सर्जक हुन् । गीतको भाव अनुसार म्युजिक भिडियो पनि उत्तिकै मिठासपूर्ण ढंगले तयार पारिएको छ । भिडियोमा लोकप्रिय मोडल उषा उप्रेती,लोशिना लामिछाने,आभा थाप...
राजधानीमा ग्लोबल कायस्थको पहिलो क्रस बोर्डर अन्तरक्रिया
राजनीति, समाचार

राजधानीमा ग्लोबल कायस्थको पहिलो क्रस बोर्डर अन्तरक्रिया

ग्लोबल कायस्थ सम्मेलन नेपालले  राजधानीमा पहिलो क्रस बोर्डर अन्तरक्रिया गरेको छ । ग्लोबल कायस्थका अध्यक्ष राजीव रञ्जनको प्रमुख अतिथिको रूपमा उपस्थित रहेको थियो। कार्यक्रमको अध्यक्षता ग्लोबल कायस्थ नेपालका अध्यक्ष डा. पुनम कर्णले गर्नुभएको थियो । यसैक्रममा ग्लोबल कायस्थ सम्मेलनका प्रवक्ता मितेश कर्णले यस सम्मेलनले नेपाल र भारतबीचको मित्रतालाई अझ प्रगाढ बनाउने बताउनु भयो। नेपालमा पहिलो पटक आयोजना हुन लागेको र भारतबाट ३० भन्दा बढी सहभागीहरुको सहभागिता रहेको मितेशले जानकारी दिनुभयो । कार्यक्रममा नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले विश्व कायस्थ सम्मेलन नेपालमा हुनु गौरवको विषय भएको बताउनुभयो । नेपाली कांग्रेसका तर्फबाट नेता निधिले सबैलाई बधाई तथा स्वागत गर्नुभएको थियो । उनले राजीव रञ्जनलाई राजनीतिक रूपमा नेपाल आउन निम्तो पनि दिनुभयो। सो अवसरमा नेपाल चित्रगुप्त समाजका अध्यक्ष रतिशचन्द्र ल...
साधना म्युजिक अवार्ड (रिवार्ड)का उत्कृष्ट पाँचलाई प्रमाणपत्र प्रदान
मनोरन्जन, समाचार

साधना म्युजिक अवार्ड (रिवार्ड)का उत्कृष्ट पाँचलाई प्रमाणपत्र प्रदान

साधना म्युजिक अवार्ड (रिवार्ड)का उत्कृष्ट पाँचलाई प्रमाणपत्र प्रदान गरिएको छ । सोमबार राजधानीमा एक कार्यक्रमबीच उत्कृष्ट पाँचलाई प्रमाणपत्र वितरण गरिएको हो । तीन वर्षदेखि राष्ट्रिय साधना अवार्ड कार्यक्रम गर्दै आएको सामना म्युजिक क्रियसनले यसपटक रिवार्ड गर्न लागेको हो । अर्थात् अवार्डसँगै नगद प्रदान पनि गर्ने कार्यको सुरुवात गर्न लागेको छ । नेपालमा अवार्ड वितरण आयोजकले गर्न लागेको सम्भवतः यो नै पहिलो रिवार्ड भएको आयोजकको दाबी छ । जसअन्तर्ग सोमबार विभिन्न २१ विधाका उत्कृष्ट पाँच कलाकार/सर्जक/स्रष्टालाई मनोनयनको प्रमाणपत्र वितरण गरिएको छ । चाडै नै एक विशेष कार्यक्रमको आयोजन गरेर अवार्ड (रिवार्ड) प्रदान गरिने सामना म्युजिक क्रियसनकी अध्यक्ष सामना शाहले जानकारी गराउनुभयो । अवार्डका नाममा विकृति बढेको र अवार्ड किनबेच हुने गरेको भनेर आलोचना भइरहेका बेला आफूहरूले नयाँ प्रयोग गर्न खोजेको प्र...
जनजीविकाका सवालमा केही कुरा
विचार, समाचार

जनजीविकाका सवालमा केही कुरा

-डा.डी.आर.उपाध्याय खनाल, काठमाडौं । जनजीविकाका सवालमा केही कुरा लेख्ने मन लाग्यो । सबैलाई चित्त बुझुस या नबुझुस केही छैन । तर केही न केही त लेख्छु लेख्छु । आज नेपाली जनता सबै भन्दा बढी महँगीको समस्यामा परेका छन । यो समस्या झन बढदै छ । आम नागरिक महँगीको मारमा यसरी पिरोलिएका छन् की त्यो भनी साध्य छैन । बजारमा सबै चिज महँगीएको छ । सर्बसाधरण नागरिकको त चुलो समेत बल्न सकेको छैन । भोकाएको मान्छेले राम्रो संग खान पाएका छैनन् । मान्छेको सबै भन्दा ठूलो समस्या भोक हो । मान्छे खाली पेट भर्नका लागी रात दिन काम गरेका हुन्छन । तर पनि श्रम गरे अनुसार खान पाएका छैनन् । जीवन चलाउन धेरै मान्छेलाई समस्या नै छ । त्यसैले सबैभन्दा पहिले मान्छेलाई साँझ बिहानको छाक टार्ने व्यवस्था हुनुपर्छ । यो कुरामा सरकार गम्भिर बन्नु पर्ने आबश्यकता देखिएको छ । अब राजनीतिक दल र तिनका नेताहरुले गफ मात्र गर्ने होइन, ब्यवहार...
अभिनेत्री आशालाई ‘विशेष नागरिक पुरस्कार तथा सम्मान–२०७९’
मनोरन्जन, समाचार

अभिनेत्री आशालाई ‘विशेष नागरिक पुरस्कार तथा सम्मान–२०७९’

काठमाण्डौँ, साउन ३ ग्यालेक्सी दैनिक अभिनेत्री आशा भुषाल नेपाली सामाजिक तथा कलात्मक चलचित्रमा अभिनय गर्न पाउने सौभाग्यशाली अभिनेत्री हुन् । चलचित्र सुनपानी, लभ इज लाइफ, समर्पण, दुश्मनी, दोबाटो झिंगे दाउ र भोजपुरी फिल्म अबिरो बाप नाचली लगायत एक दर्जन भन्दा बढी चलचित्रमा अभिनय गरिसकेकी छन् । चलचित्रका अलवा समाजसेवा र मानविय सेवामा समेत सक्रिय रुपमा प्रस्तुत हुने उनको स्वभावले नेपालमा उनको लोकप्रियता बढ्दो छ । महाभुकम्पको समयमा होस या कोभिड १९ को तेश्रो भेरियन्टसम्म उनको सक्रियताले संकटमा परेका मानिसहरुलाई ठुलो राहत मिलेको थियो । आफ्नो क्षमताले भ्याएसम्म सामाजिक सेवामा समर्पित अभिनेत्री आशा भुषालको सदासयता एवं सक्रियताले नेपाली चलचित्र क्षेत्र र जनसमुदायमा ठुलो प्रभाव परेको छ । जीवनलाई सार्थक बनाउन तल्लिन कुशल अभिनेत्री आशा भुषाल नेपाली चलचित्र क्षेत्रको सर्वाधिक रुचाईने अभिनेत्री समे...