Monday, November 23

समाचार

ट्रेबल फेशनले गर्‍यो लिटिल आईडल नेपालको सिजन-४ घोषणा
मनोरन्जन, समाचार

ट्रेबल फेशनले गर्‍यो लिटिल आईडल नेपालको सिजन-४ घोषणा

काठमाडौं, जेठ २२  ग्यालेक्सी दैनिक विगत दुईदशकदेखि विभिन्न शैक्षिक कार्यक्रम तथा सौन्दर्य प्रतियोगिता, बालबालिका सम्बन्धी शैक्षिक तथा बौद्धिक बिकास कार्यक्रमहरु सञ्चालन तथा आयोजना गरिरहेको ट्रेबल फेशन कन्सर्न प्रालिले लिटिल आईडल नेपाल २०२२ सिजन-४ हुने घोषणा गरेको छ । चरणबद्ध रुपमा छिट्टै नै अडिसन सुरु हुने भनिएको उक्त कार्यक्रममा काठमाण्डौमा अवस्थित विभिन्न विधालयमा अध्ययनरत छात्र छात्राहरुले जुनियरमा ३ देखि ५ र सिनियरमा ६ देखि ९ कक्षासम्मले भाग लिन पाउने कुरा आयोजक कम्पनीका सिईओ शैलेन्द्र श्रेष्ठले बताए । त्यस्तै, अडिसनबाट छनौट भएकाहरुका लागि १५-२० दिने विशेष तालिम, गायन, नृत्य, अभिनय कला तथा मोडलिङ लगायतका प्रशिक्षण, व्यक्तित्व बिकास, कौशल बिकास, आत्मबिश्वास बढाउने सम्बन्धी ज्ञान, ग्रुमिङ तयार हुने उचित वातावरण बनाउने उद्देश्य, विभिन्न क्षेत्रका सेलिब्रेटीहरुको साथमा मोटिभेसन क्ल...
किसानको मर्म बिपरित कामगर्ने कर्मचारीहरु सरुवा
समाचार

किसानको मर्म बिपरित कामगर्ने कर्मचारीहरु सरुवा

हेटौंडा, जेठ २२  ग्यालेक्सी संवाददाता शक्ति केन्द्रको आशिर्वादमा निजामति प्रशासनमा आचरण विपरित गतिबिधि हुने कुरा सामान्य जस्तो बनिसकेको छ । तल्लो कर्मचारीले माथिल्लोे तहका कर्मचारीको निर्देशन अटेर गर्ने, मनमौजी ढंगले कामहुँदै आएका छन् । निजामति प्रशासनमा देखिएको अराजकता र दादागीरीको पछिल्लो उदाहरण पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय बागमती प्रदेशमा देख्न पाइन्छ । कानुनको पालन गर्दै काम गर्नुपर्ने कर्मचारीहरु उत्छृखल गतिविधिमा संलग्नभई राजनीतिक आडमा ११ महिना सम्म कुनै पनि कार्यक्रम नगरी आफ्नो सेवा सुविधा मात्र लिई किसानको अहित हुनेगरी काम गरेको पाइएको छ । आफ्नो कार्यालयमा भएको गोप्य सूचना चुहाउनेदेखि लिएर मन्त्री र सचिवमा भएको छलफलमा अडियो रेकर्ड गरी सार्वजनिक गर्ने जस्ता अनुशासनहीन काम गर्दै आएका थिए । अवकास हुने बेला भएका पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका वरिष्ठ पशु विकास अ...
महिला लघुवित्तले गर्यो टाँडीमा महिलाहरु साक्षरता सम्बन्धि गोष्ठी
समाचार

महिला लघुवित्तले गर्यो टाँडीमा महिलाहरु साक्षरता सम्बन्धि गोष्ठी

चितवन,  जेठ २२  ग्यालेक्सी संवाददाता महिला लघुवित्तको महिलाहरु साक्षरता सम्बन्धि गोष्ठी सञ्चालन गरेको छ । चितवनको टाँडीमा शुक्रबार महिला लधुवित्त वित्तिय संस्था लि.मा वित्तिय साक्षयरता तथा केन्द्र प्रमुख गोष्ठी महिला लधुवित्त वित्तिय संस्था लि.को शाखा कार्यलय टाँडीमा आबद्ध महिलाहरुको वित्तिय शाक्षरता तथा केन्द्र प्रमुखहरुको कार्याशाला गोष्ठी गरेको हो । कार्यक्रममा २६ जना केन्द्र प्रमुखहरु सहभागी रहेका थिए भने प्रमुख अथितिका रुपमा रत्न नगरपालीका वर्डा न. १ का वर्डा अध्यक्ष श्री कुल प्रसाद सापकोटा रहेका थिए । उनले महिला सशक्तिकरण तथा गरिबी निवारणमा लघुवित्रले सहयोग पु¥याएको बताए । कार्यक्रममा बोल्दै उनले भने,‘ विना धितो कर्जा लगानी गरी स्वारोजगार तथा उद्यमी बन्न प्रोशान भइ नागरीकमा वचत गर्ने बानीको बिकासमा समेत लघु वित्तीत्तले टेवा पुगेको छ।’ वित्तीय संस्थाले कृषि,पशुपालन, ब्यापार तथा ब...
मेघ पौडेलले ल्याए ‘मनै त हो नि’ (भिडियो सहित)
मनोरन्जन, समाचार

मेघ पौडेलले ल्याए ‘मनै त हो नि’ (भिडियो सहित)

काठमाडौं, जेठ २२  ग्यालेक्सी संवाददाता गायक मेघ पौडेलले आफ्नो नयाँ गीत‘मनै त हो’को भिडियो सार्वजनिक गरेका छन । सारिका घिमिरेको शब्द, योगेश काजीको सङ्गीत तथा सङ्गीत संयोजन र पवन विश्वकर्माको मिक्सिङ तथा माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । प्रकाश धितालको निर्देशन रहेको गीतको भिडियोमा कमल सिंह र ललना चिमोरियालाई फिचरिङ गरिएको छ । उत्सव दाहालको छायाँकन रहेको भिडियोमा विकास दाहालको सम्पादन छ । गीतको भिडियो एसएमएस एचडी युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो । https://youtu.be/1SGMhn2fvRA...
दीर्घराज जोशी अमेरिकन अवार्ड २०२२ बाट सम्मानित
समाचार

दीर्घराज जोशी अमेरिकन अवार्ड २०२२ बाट सम्मानित

काठमाडौं, जेठ २१  “उनिहरु कहाँ छन् ?” नामको वेपत्ता नागरिक खोजी अभियानबाट मानवअधिकारको यात्रामा लागेका अधिकारकर्मी हुन् दिर्घराज जोशी । मानवअधिकारको क्षेत्रमा सक्रिय रहि विभिन्न देशहरुमा गएर मानवअधिकार सम्वन्धि तालिम लिने र दिने दुवै कार्यमा उक्तिकै अब्बल देखिएका जोशीले गत मे २, २०२२ मा अमेरिका आयोजना भएको अमेरिकन अवार्ड (फेष्टिवल) मा “अमेरिकन आउटस्टाण्डिङ सोसियल वर्कर एण्ड ट्रेनर अवार्ड २०२२” प्राप्त गरेका छन् । शो समारोहमा जोशी लगायत नेपालवाट स्पेशल केयर फाउनडेशनकी कविता शर्मा, रेडियोलोजिष्ट डा. अरुण कुमार यादव ले विभिन्न विधाका अवार्डहरु प्राप्त गरेका छन्, भच्र्यूअल प्रविधिवाट अवार्ड कार्यक्रमको आयोजना सम्पन्न भएको थियो ।तत्कालिन जनयुद्ध तथा राज्य तथा तत्कालिन विद्रोही पक्षबाट वेपत्ता पारिएका मान्छेहरुलाई तत्काल सार्वजनिक गर भन्दै आन्दोलनमा उत्रिएका जोशीले राज्य पक्षबाट विविध किसिमक...
सज्जा चौलागाईंको ‘आँखैमा लाउने गाजलु’
मनोरन्जन, समाचार

सज्जा चौलागाईंको ‘आँखैमा लाउने गाजलु’

काठमाडौं, जेठ २१  सज्जा चौलागाईंको स्वरमा रहेको गीत ‘आँखैमा लाउने गाजलु’ सार्वजनिक भएको छ । शुक्रबार काठमाडौंको मैतिदेवीस्थित डोरी रेस्टुरेन्टमा पत्रकार भेटघाटबीच गीतको भिडियो सार्वजनिक भएको हो । चौलागाईंको पहिलो एल्बम ‘भिक्टोरी’ मा रहेको यो गीतको भिडियो साइराम पिक्चर्स युटुब च्यानलमार्फत् ल्याइएको छ । रामकृष्ण महराको शब्द, शंकर थापा स्माइलको संगीत, सञ्जीव सुब्बाको एरेन्ज रहेको गीतमा अशोक महर्जनको मिक्सिङ तथा मास्टरिङ रहेको छ । जीवन शाहीको निर्देशन तथा राहुल बराइलीको कोरियोग्राफी रहेको गीतको भिडियोमा विना राउत र सरोज प्रजाको अभिनय छ । भिडियोमा ज्ञानेन्द्र शर्माको छायाँकन र ओरिन्ट बिसुन्केको कलर करेक्सन र सम्पादन रहेको छ । गीतको भिडियो सार्वजनिक कार्यक्रममा अतिथिहरूले शुभकामना तथा बधाई दिएका थिए भने गीतसंग सम्बिन्धित स्रष्टाले आ-आफ्ना राख्नुभएको थियो । ‘सबैको मिहिनेतबाट एउटा रा...
मुलुकको नेतृत्व अब युवा पुस्तामा हस्तान्तरित हुने संकेत
राजनीति, विचार, समाचार

मुलुकको नेतृत्व अब युवा पुस्तामा हस्तान्तरित हुने संकेत

-डा.डिआर उपाध्याय, काठमाडौं ।  स्थानीय तहको निर्वाचन परिणामले नयाँ खालको सन्देश दिएको छ । यो निर्वाचन मत परिणामले राजनीतिक दल र तिनका नेताहरुलाई सुर्धने मौका दिएको छ । अब दलहरुले योग्य उम्मेदवार नउठाउँने हो भने यस्तै स्थिती दोहोरीन सक्छ । निर्वाचन परिणामले मतदातालाई उत्साहित बनाएको छ । मुलुकको नेतृत्व अब युवा पुस्तामा हस्तान्तरित हुने संकेत देखा पदैछ । यो अहिलेको आवश्यकता पनि हो ।स्थानीय तहको निर्वाचन सबैभन्दा महत्वपूर्ण मानिन्छ । किनकि, देश विकासको जग बसाल्ने भनेको नै स्थानयि तहबाट हो । स्थानीय तहको विकास नभए देशको विकास हुँदैन । स्थानीय तहका नेता सक्षम, दक्ष, इमानदार हुन जरुरी छ । जनताको जीवनस्तर माथि उठाउन नेतृत्वको ठूलो भूमिका रहन्छ । अब राजनीतिक वातावरण स्वच्छ र पारदर्शी हुन जरुरी छ । नेताहरु स्वार्थी हुनाले राज्यले निकास पाएको छैन । आज तमाम नागरिकले समस्या झेल्नु परेको छ । न...
सर्लाहीका विद्यार्थीमाझ ‘नालापानी’
मनोरन्जन, समाचार

सर्लाहीका विद्यार्थीमाझ ‘नालापानी’

वीर बलभद्र कुँवरसहित नेपाली फौजले नालापानीमा देखाएको विरतालाई समेटेर तयार गरिएको चलचित्र ‘नालापानी’ सर्लाहीका विभिन्न विद्यालयमा अध्ययनरत बालबालिका माझ देखाइएको छ । नेपाली वीरताको गाथा संसारभरका मानिसहरूले थाहा पाउन भन्ने उद्देश्यले तयार गरिएको सो चलचित्र मंगलवार जिल्लाको हरिवन स्थित सम्राट होटलमा सर्लाही एम्वीसन र मनकामना ईंङ्लिस बोर्डिङ स्कुलका विद्यार्थीहरूलाई देखाइएको हो । यस्तै चलचित्र बुधबार पनि देखाईएको छ । बुधबार हरिवन स्थित सगुन शिक्षा सहकारी, ज्ञानज्योती इंलिस बोडिङ स्कुल र डनिङ्ग फ्यूचर ईङलिस बोर्डिङ स्कुलका विद्यार्थीहरूमाझ देखाईएको छ । रिमेश अधिकारी फिल्म प्रोडक्सनले निर्माण गरेको चलचित्र नेपाली सेनाको ईतिहास, वीर बलभद्र कुँवर र नालापानीका नायक वीर बलभद्र कुँवर नामक पुस्तकका आधारमा निर्माण गरिएको हो । नेपाल चलचित्र विकास बोर्डबाट ‘विशेष चलचित्र २०२०’ स्पेशल अवार्ड पाए...
गजित बिष्टले जिते उत्कृष्ट अभिनेताको अवार्ड
मनोरन्जन, समाचार

गजित बिष्टले जिते उत्कृष्ट अभिनेताको अवार्ड

काठमाडौं- १० औं नेपाल अफ्रिका फिल्म फेस्टिबल २०२२ मा अन्तराष्ट्रिय विधा तर्फ करिम ताजोआउट निर्देशित मोरक्कोको फिल्म ‘घोष्ट अफ स्पेशटाईम’ले उत्कृष्ट लघू चलचित्रको अवार्ड र सेकोउ त्राओरी निर्देशित बुर्किना फोसोको फिल्म ‘आई अफ द स्ट्रोम’ले उत्कृष्ट चलचित्रको अवार्ड जितेको छ । सो अवार्ड प्रदान गर्दै तीन दिने महोत्सब सकिएको छ । यस्तै राष्ट्रिय तर्फ कृषा चौलागाईंको चलचित्र ‘ऐना’ले उत्कृष्ट लघु चलचित्र र माधवराज खरेलको चलचित्र ‘कुइनेटो’ले उत्कृष्ट चलचित्रको अवार्ड जितेको छ । कुईनेटोबाटै अभिनेता श्रीदेव भट्टराईले जुरी तर्फको अवार्ड र जीवन पराजुलीले उत्कृष्ट छायाँकारको अवार्ड हाँसिल गरेका छन् । महोत्सबमा लघू चलचित्र ऐनाबाट कृषाले क्रिटिक्स तर्फको उत्कृट निर्देशक अवार्ड र ऐनाबाटै भुपेन्द्र अधिकारीले उत्कृष्ट सम्पादकको अवार्ड जितेका छन् । महोत्सबमा उत्कृष्ट निर्देशकको अवार्ड सर्टफिल्म  राईजबाट ...
‘ऐना’ उत्कृष्ट लघु चलचित्र र ‘कुइनेटो’ उत्कृष्ट चलचित्र
मनोरन्जन, समाचार

‘ऐना’ उत्कृष्ट लघु चलचित्र र ‘कुइनेटो’ उत्कृष्ट चलचित्र

काठमाडौं- १० औं नेपाल अफ्रिका फिल्म फेस्टिबल २०२२ मा अन्तराष्ट्रिय विधा तर्फ करिम ताजोआउट निर्देशित मोरक्कोको फिल्म ‘घोष्ट अफ स्पेशटाईम’ले उत्कृष्ट लघू चलचित्रको अवार्ड र सेकोउ त्राओरी निर्देशित बुर्किना फोसोको फिल्म ‘आई अफ द स्ट्रोम’ले उत्कृष्ट चलचित्रको अवार्ड जितेको छ । सो अवार्ड प्रदान गर्दै तीन दिने महोत्सब सकिएको छ । यस्तै राष्ट्रिय तर्फ कृषा चौलागाईंको चलचित्र ‘ऐना’ले उत्कृष्ट लघु चलचित्र र माधवराज खरेलको चलचित्र ‘कुइनेटो’ले उत्कृष्ट चलचित्रको अवार्ड जितेको छ । कुईनेटोबाटै अभिनेता श्रीदेव भट्टराईले जुरी तर्फको अवार्ड र जीवन पराजुलीले उत्कृष्ट छायाँकारको अवार्ड हाँसिल गरेका छन् । महोत्सबमा लघू चलचित्र ऐनाबाट कृषाले क्रिटिक्स तर्फको उत्कृट निर्देशक अवार्ड र ऐनाबाटै भुपेन्द्र अधिकारीले उत्कृष्ट सम्पादकको अवार्ड जितेका छन् । महोत्सबमा उत्कृष्ट निर्देशकको अवार्ड सर्टफिल्म  राईजबाट ...