नवीन सन्देश मासिकको १९ वर्षे सफल ,अब २०औँ वर्ष
काठमाडौं । नवीन सन्देश मासिक ले सफलतापूर्वक १९ वर्ष पूरा गरी २० औँ वर्षमा प्रवेश गरेको सुखद् अवसरमा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूले पत्रिकाको योगदानको प्रशंसा गर्दै पत्रकारिताको जिम्मेवारी र व्यावसायिक वातावरणबारे महत्वपूर्ण धारणा व्यक्त गरेका छन्।
कार्यक्रममा पूर्व सभासद् कान्तिका सेजुवालले २० वर्षसम्म पत्रिका निरन्तर सञ्चालन गर्नु आफैंमा चुनौतीपूर्ण भएकाे उल्लेख गर्दै सम्पूर्ण टिमको मेहनत, समर्पण र दृढताले “सुन्दर गोरेटो” कोर्न सफल भएको बताइन्। उनले यतिका वर्षकाे निरन्तरता पत्रकारितामा उदाहरणीय रहेको धारणा राखिन्।
त्यसैगरी, मौरिससका महावाणिज्य दूत तथा इपानका अध्यक्ष गणेश कार्कीले २० औँ वर्षमा प्रवेश गरेको अवसरमा बधाई व्यक्त गर्दै पत्रकारिताको मूल मर्म जोगाउनुपर्नेमा जोड दिए। उनले समाचार लेखनमा केवल आकर्षक हेडलाइनमा मात्र केन्द्रित भई सामग्रीको सारलाई कम...









