Friday, November 20

समाज

बेसीगांउ नेवा: महिला समुहको शैक्षिक भ्रमण, हस्तकला प्रदर्शन अवलोकन
शिक्षा, समाचार, समाज

बेसीगांउ नेवा: महिला समुहको शैक्षिक भ्रमण, हस्तकला प्रदर्शन अवलोकन

काठमाण्डौ, मंसिर १९  ग्यालेक्सी दैनिक बेसीगांउ नेवा: महिला समुह गोकर्णेश्वर ८ को शैक्षिक भ्रमण अध्य्यन तथा अवलोकन भ्रमण कार्यक्रम सम्पन्न भएको छ । मंसिर १० गतेबाट नेपालका विभिन्न प्रमुख ठांउहरु सिन्धुलीगढी, बुढासुब्बा, भेडेटार, दन्तकाली, पिण्डेश्वर, बराह क्षेत्र, जनकपुरधाम लगायतमा ४ दिने उक्त भ्रमण सम्पन्न गरी महिला समुह काठमाण्डौ फर्किएको छ । समुहका अध्यक्ष सिम्रन श्रेष्ठ, बेसी गाँउ नेवा: समुहका सुजाता श्रेष्ठ, नेवा मिसा: दुवे धनकुटा तथा विभिन्न व्यक्तित्वहरुको उपस्थितिमा भएको समापन कार्यक्रममा विभिन्न व्यक्तित्वहरुलाई सम्मान तथा मायाको चिनो पनि वितरण गरिएको थियो । कार्यक्रममा समुहका महिलाले नै बनाएको हस्तकला निर्माण सामाग्रीहरुको प्रदर्शन अवलोकन पनि गरिएको थियो ।...
ओलिले घरमै गएर भेटे घलेलाई
राजनीति, समाचार, समाज

ओलिले घरमै गएर भेटे घलेलाई

काठमाण्डौ, मंसिर १८ सिनेकला संवाददाता केही दिन अघि सामाजिक सञ्जालमा एक वृद्ध भाइरल भनिन् । उनी थिईन् भद्र कुमारी घले । उनले राजा महेन्द्रपछि देशमा दुरदर्शी नेता र विकासप्रेमी नेता खोज्ने हो भने केपी ओली मात्रै देखिने बताएकी थिईन् । उनले देशमा समृद्ध नेपाल र सुखी नेपालीको नारालाई साकार पार्न सक्ने नेता केपी ओली मात्रै रहेको एक भिडियोमा बताएकी थिईन् । एमालेको १०औं महाधिवेशनबाट निर्वाचित भएर अध्यक्षमा केपी ओली आईसकेपछि उनी खुशी हुँदै बधाई दिएकी थिईन् । समृद्ध नेपाल र सुखी नेपालीको नारा साकार पार्न फेरि पनि केपी ओली नेतृत्वको नेकपा एमालेलाई दुई तिहाई बहुमत दिन घलेले सबैमा आग्रह गरेकी थिईन् । उनको उक्त भिडियो सञ्देश सामाजिक सञ्जालमा भाइरल भएपछि उनको ठेगाना खोज्दै पूर्व प्रधानमन्त्री एंव एमाले अध्यक्ष ओली उनकै निवास पुगेर उनीसँग भेट गरेका हुन् । भेटमा घलेले जनताको नेता केपी ओली मात्रै...
रक्षा मन्त्री डा.मिनेन्द्र रिजालको प्रमुख आतिथ्यतामा स्टार ईन्टरनेशनल अवार्डको दोश्रो संस्करण सम्पन्न
समाचार, समाज

रक्षा मन्त्री डा.मिनेन्द्र रिजालको प्रमुख आतिथ्यतामा स्टार ईन्टरनेशनल अवार्डको दोश्रो संस्करण सम्पन्न

स्टार ईन्टरनेशनल अवार्डको दोश्रो संस्करण होटल र्याडिसनमा भव्य रुपमा सम्पन्न भएको छ । । रक्षा मन्त्री डा.मिनेन्द्र रिजालको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त अवार्ड समारोहमा नेपालका ख्याती प्राप्त कलाकार,सौन्दर्यविद,खेलाडी,समाजसेवी लगायत करीब २ दर्जन सर्जक स्रष्टाहरु सम्मानित भएका थिए । सम्मानित हुनेमा नायक धिरेन शाक्य,खेलाडी तथा मोडल नन्दा बस्याल, नायक गजित विष्ट,अभिनेत्री विपना बस्नेत,संचारकर्मी कृष्ण भुसाल, ईभेन्ट अर्गनाईजर शान्ता कुमारी तामाङ्ग,कलाकार प्रेम पाण्डे,युवा व्यवसायी सन्दिप खनाल, कलाकार रमेश श्रेष्ठ तथा सुनिता गुरुङ्ग,संचारकर्मी माधव निर्दोश,गायक रामकृष्ण श्रेष्ठ ,ग्लोबल अनलाईन पेका डेविलसिंह राजपुत, सौन्दर्यविद मेनुका शिवाकोटी, छायांकार हर्कमान वाइबा(रिदम),निर्माता मदन दवाडी , हास्यकलाकार प्रमिला राई लगायत सम्मानित भएका थिए । यस अघि कतारको दोहामा नेपालबाट करिब ११० भन्दा बढि कलाक...
दसैमा खानपान र स्वास्थ्य मापदण्डमा ख्याल गरौं
समाचार, समाज

दसैमा खानपान र स्वास्थ्य मापदण्डमा ख्याल गरौं

-डा.डिआर उपाध्याय, दसै सुरक्षित भएर मनाऔं, खानपान र स्वास्थ्य मापदण्डमा ख्याल गरौं । आज भोली दसैं पर्वको चहलपल सुरु भएको छ। गत बर्ष कोरोना महामारीले दसैं खल्लो बनायो । यो वर्षको दसैं भने रमाइलो नै छ । दसै सुरक्षित भएर मनाऔं। खानपान र स्वास्थ्य मापदण्डमा ख्याल गरौं। कोरोना खोप धेरै नागरिकले पाइसकेका छन । अहिले देशमा लकडाउन छैन। स्वास्थ्य मापदण्ड अपनाएर हिडडुल गर्न पाइन्छ । तर ठूलो भिडभाडमा भने बस्नु हुदैन । हिजो सम्म यातायातका साधन निर्वाध रूपमा चलेका थिए । कोरोनाको कसैले ख्याल गरेको देखिदैन । कोरोना पूर्णरुपमा हटेको अवस्था अझै छैन। दैनिक संक्रमित भेटिएका छन्। कोरोनाकै कारण हुने मृत्युलाई शून्यमा झार्न सकिएको छैन। त्यसैले अझै स्वास्थ्य मापदण्डको पालना आवश्यक छ। स्वास्थ्य सुरक्षा प्राथमिक विषय हो। अघिल्लो वर्षको बडादसैंमा त्यस्तो रौनक थिएन । गत बर्ष दसैं घर परिवारमा मात्र सीमित बन्यो ।...
राष्ट्रीय जनगणना २०७८ को लागि झापामा सुपरिबेक्षहरुको तालिम
समाचार, समाज

राष्ट्रीय जनगणना २०७८ को लागि झापामा सुपरिबेक्षहरुको तालिम

नेपालमा राष्ट्रीय जनगणणा २०७८ शुरु गर्ने तयारी नेपाल सरकारले गरिरहेको छ । त्यस्का लागी आवश्यक जनशक्ती र प्रावधिक तयारी सकेर तथ्यांक सन्कलनका लागी नियुक्त गणकहाँरु आ–आफ्नो कार्यक्षेत्रमा परिचालन भईसकेको अवस्था रहेको छ ।नेपालमा हरेक १० बर्षमा जनगणना हुनेगरेकोछ । पछिल्लो गणना पछी हालसम्म आउँदा धेरै राष्ट्रीय योजनाका कार्यहाँरुमा धेरै नयाँ निती नियम र कानुन लागु अनि कार्यान्वयन भईसकेका छन । यसरि नै राष्ट्रीय जनगणना २०७८ लागी पनि आफ्नो हक र पहिचानका लागी नयाँ कानुनको ब्यवस्था भई कार्यान्वय भएको छ । जस अन्तर्गत यस पालिको जनगणनामा महिला पुरुष बाहेक आफुले अन्य लिंगिको रुपमा पहिचान बनाउन चाहनेको लागी पनि छुट्टै कोलमको ब्यबस्था २०७८ को जनगणनामा गरिएको छ । पछिल्लो जनगणनामा लिंग पहिचानको लागी महिला, पुरुष र अन्य भनिएर उल्लेख हुने र महिला पुरुष बाहेक अरु कुनै पहिचान खुलाउन चाहेमा अन्य लेखिएको बिकल्प रो...
फोहर नउठेपछि घरघरबाट वाग्मतीमा फालिँदै डङ्गुर
समाचार, समाज

फोहर नउठेपछि घरघरबाट वाग्मतीमा फालिँदै डङ्गुर

डेढ महिनादेखि काठमाडौँ उपत्यकाबाट फोहर उठ्न नसक्दा घरघरबाट वाग्मती नदीमा फोहरको थुप्रो फाल्न थालेको भेटिएको छ । वाग्मती सफाइ महाअभियानको ४३३औँ हप्तामा काठमाडौँ महानगरपालिका– ११ स्थित थापाथलीको शिवमन्दिर क्षेत्रमा सफाइका क्रममा यस्तो भेटिएको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य एवं अभियानकर्मी डा माला खरेलले जानकारी दिए । करिब १५० जना अभियानकर्मीको सक्रियतामा भएको सफाइबाट जम्मा भएको फोहर नदी किनारमै थुपार्नुपरेको अभियानकर्मीले जनाएका छन् । डेढ महिनाअघिदेखि नै राजधानीको फोहर नउठ्दा सफाइ गरेर फोहर नदी किनारमै थुपार्न बाध्य हुनुपरेको हो । आजको सफाइमा पनि खोलबाट फोहर टिपेर किनारमा राखिएको हो । पानीले फेरि फोहर नदीमै लैजाने चिन्ता रहेको अभियानकर्मी खरेलले बताए । सफाइमा अधिकार सम्पन्न वाग्मती समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सिना, ११ नं वडा अध्यक्ष हीरालाल तण्...
काठमाडौँ महानगरभित्रको फोहोर अझै एक साता नउठ्ने
समाचार, समाज

काठमाडौँ महानगरभित्रको फोहोर अझै एक साता नउठ्ने

काठमाडौँ उपत्यकाका सडक छेऊ तथा चोकमा यतिबेला फोहोरका डंगुर थुप्रिन थालेका छन् । केही दिनदेखि काठमाडौँको फोहोर उठ्न नसक्दा फोहोर थुप्रिएका हुन् । फोहोर उठ्न नसक्दा काठमाडौँ दुर्गन्धित बन्दै गएको छ । त्यस्तै फोहोरका कारण मुख छोपेर हिड्नु पर्ने बाध्यता छ । काठमाडौँवासीका लागि यो समस्या नयाँ भने होइन । केही वर्षयता मनसुन शुरू भएपछि काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनमा समस्या हुने गरेको र मुश्किलले उठ्ने गरेको काठमाडौँ महानगरपालिकाले जनाएको छ । उपत्यकामा उत्सर्जित फोहोरमैलाको अन्तिम विर्सजनस्थल नुवाकोट जिल्लाको ककनी गाउँपालिका वडा नम्बर २ स्थित ल्याण्डफिल साइटमा विर्सजन गर्दै आइरहेको छ । तर हाल निरन्तरको वर्षाका कारण सडक बिग्रिएको र फोहोरका गाडी अन्तिम विर्सजन स्थलसम्म पुग्न समस्या भएको महानगरका प्रवक्ता इश्वरमान डंगोलले खबरहबलाई बताए । विगतमा पनि यो समस्या दोहोरिने गर्थ्य...
एकैदिन ३६ राष्ट्रिय दैनिकमा लेख प्रकाशित गरेर डा. उपाध्यायद्वारा गिनिज बुक अफ वल्र्ड रेकर्ड कायम
समाचार, समाज

एकैदिन ३६ राष्ट्रिय दैनिकमा लेख प्रकाशित गरेर डा. उपाध्यायद्वारा गिनिज बुक अफ वल्र्ड रेकर्ड कायम

डा. डीआर उपाध्यायले एकैदिन ३६ राष्ट्रिय दैनिकमा लेख प्रकाशित गरेर गिनिज बुक अफ वल्र्ड रकर्डमा रेकर्ड दर्ता गराउनुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार डा. उपाध्यायलाई यो रेकर्ड हस्तान्तरण गर्नुभएको हो । प्रधानमन्त्री निवास बालुवाटरमा गरिएको संक्षिप्त कार्यक्रममा डा. उपाध्यायलाई प्रधानमन्त्री देउवाले विश्व रकेर्ड हस्तान्तरण गर्नुभएको थियो । सो अवसरमा गिनिजबुकको मिडिया कोर्डिनेरको प्रमाणपत्र हिमालय टाइम्सका उपसम्पादक कृष्ण भुसाल, प्राइम टेलिभिजनका नरेश भट्टराई, राजधानी दैनिकका डब्बु क्षेत्री, मिलाप मासिककी कार्यकारी सम्पादक गीता अधिकारी र राष्ट्र खबरका राज लुईंटेललाई प्रधानमन्त्री देउवाले प्रदान गर्नुभएको थियो । विश्वकीर्तिमानी डा. उपाध्यायका बारेमा सञ्चारकर्मी नरेश भट्टराईले संक्षिप्त जानकारी प्रधानमन्त्री समक्ष राख्नुभएको थियो । प्रधानमन्त्री देउवाले डा. उपाध्यायको यस कार्यका ...
बिश्व रेकर्ड राखेका राजन खरेललाई पुर्व उपराष्ट्रपती झाद्वारा सम्मान
समाचार, समाज

बिश्व रेकर्ड राखेका राजन खरेललाई पुर्व उपराष्ट्रपती झाद्वारा सम्मान

काभ्रे जिल्लामा जन्मिएका राजन खरेल सानै उमेरदेखि काठमाडौ हुर्की काठमाडौ लाईनै आफ्नो कर्म थलो बनायक छन् । उनले आफ्नो शीक्षा अरुणिमा उच्च मा.वि. बाट गरेका हुन् भने पढाई संगसंगै आफ्नो कामलाई पनि अगाडी बढाउँदै आएका थिय, सानै उमेर देखि ब्यबसाय र कला क्षेत्रलाइ मन पराउने राजनले आफ्नो कर्म थलो पनि यसैलाई बनाएका छन् । २०७० सालबाट कला र ब्यापार दुवै समायोजन हुनेगरि ‘‘स्माइल कला केन्द्र एंड फिट्नेस सेन्टर” खोलि आफ्ने कदम अगाडी बढाएका थिए, पछि पढाईले उनको कला यात्रा रोकिन पुग्यो समय संगै कला भन्दा ब्यबसाय तर्फ अगाडी बढ्न थाले र बुटिक ब्यबसाय गर्न लागे उनि ब्यबसाय मात्र सिमित नरही फेरी कला पनि अगाडी बुढाउने हेतुले फेरी मिडिया संग नजिक हुन थाले तर खेल्नु भन्दा पनि उनि प्राबिधिक हुन थाले। मिडिया एंड ईन्टरटेनमेन्ट प्रा.ली. बाट छायांकन र सम्पादन सिकेर सोहि अनुरुप काम गर्दै आयका उनि नेपाल हुने राष्ट्...
आज मूलढोकामा नागको तस्वीर टाँसेर नागपञ्चमी मनाइँदै
समाचार, समाज

आज मूलढोकामा नागको तस्वीर टाँसेर नागपञ्चमी मनाइँदै

श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नाग पञ्चमी आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा नागको तस्वीर टाँसेर मनाइँदैछ । नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छी लगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ । नाग पूजाको प्रचलन वैदिककालदेखि नै शुरु भएको हो । वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुसी पार्न पूजा गर्ने परम्परा बसेको हो । आज काठमाडौको नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरी लगायत देशभरका नागदह, कुण्ड, र नाग स्थानमा नागको पूजाआजा गरिन्छ । तर यसबर्ष पनि कोरोना संक्रमणको जोखिम भएकाले सकेसम्म सवै धार्मिक अनुष्ठान र पुजा पाठ घरमै गर्न सरकारले अनुरोध गरेको छ ।...