मिलापको आयोजनामा बडा दशैँको शुभकामना आदान-प्रदान एवं स्रष्टा सम्मान
मिलापको आयोजनामा बडा दशैँ-२०८० शुभकामना आदान-प्रदान एवं स्रष्टा सम्मान समारोह आयोजना गरेको छ । मासिकले बिहीबार काठमाडौंमा एक विशेष समारोहको आयोजना गर्दै शुभकामना आदान-प्रदान एवं स्रष्टा सम्मान समारोह गरेको हो ।
नेपालीहरूको महान् पर्व बडादशैँको पूर्वसन्ध्यामा भएको समारोह प्रथम उपराष्ट्रपति परमानन्द झाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । विशिष्ठ कलाकार लय संग्रौला, साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, वरिष्ठ संगीतकार राजु सिंह, वरिष्ठ गायक सीताराम पोखरेल, कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठ, गायक शिशिर योगीलगायतकाको आतिथ्यता रहेको कार्यक्रममा कीर्तिमानी गीतकार डा.डीआर उपाध्यायलाई ‘टीका गोपाल गीतसंगीत विशेष सम्मान-२०८०’ प्रदान गरिएको थियो । यो पुरस्कार नेपाली गीतसंगीत क्षेत्रको प्रवद्र्धन र स्रष्टालाई प्रोत्साहन एवं सम्मान गर्ने उद्देश्यले गायक तथा संगीतकार कन्हैया सिंहले आ...










