Friday, November 20

अर्थ/व्यापार

खुल्यो न्यादी हाइड्रोपावरको आईपीओ, कति कित्ता भर्ने ?
अर्थ/व्यापार, समाचार

खुल्यो न्यादी हाइड्रोपावरको आईपीओ, कति कित्ता भर्ने ?

न्यादी हाइड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि साधारण सेयर बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा रु २२ करोड ५० लाख बराबरको २२ लाख ५० हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) निष्काशनमा ल्याएको हो । कम्पनीले निष्काशन गर्ने साधारण सेयरमध्ये पाँच प्रतिशत अर्थात् एक लाख १२ हजार ५०० कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँट गरेको र दुई प्रतिशत अर्थात् ४५ हजार कित्ता सेयर कर्मचारीलाई सुरक्षित गरिएको छ । बाँकी रहने २० लाख ९२ हजार ५०० कित्ता सेयर खरिदका लागि सर्वसाधारणले आज बैंकिङ समयदेखि आवेदन दिन पाउनेछन् । निष्काशन गरेका सेयरमा सर्वसाधारणले यही असोज १९ गतेसम्म न्यूनतम १० देखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । सो अवधिसम्म माग गरिएबमोजिम आवेदन नआए असोज ३१ सम्म निष्काशन खुला हुने विवरणपत्रमा उल्लेख छ । कम्पनीले हाल लमजुङको मस्र्याङ...
नेपाल महिला चेम्बरको आयोजनामा बुधबारबाट  दसैं–तिहार व्यापार मेला–२०२१ सुरु
अर्थ/व्यापार, समाचार

नेपाल महिला चेम्बरको आयोजनामा बुधबारबाट दसैं–तिहार व्यापार मेला–२०२१ सुरु

नेपाल चेम्बर अफ कमर्सअन्तर्गत नेपाल महिला चेम्बरको आयोजनामा बुधबारबाट काठमाडौंमा दसैं–तिहार व्यापार मेला–२०२१ सुरु भएको छ । नेपालमा उत्पादन भएका अग्र्यानिक कृषि उत्पादनलगायत अन्य उपभोग्य वस्तुहरु प्रवर्द्धनका लागि कमलपोखरीस्थित सिटी सेन्टरमा मेला आयोजना गरिएको महिला चेम्वरले जनाएको छ । मेलामा घरेलु उत्पादनका बस्तुलाई प्राथमिकताका साथ राखिएको छ । चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले  मेलाको उद्घाटन गर्नुभयो । मल्लले देशमा स्वरोजगार बढाउन मेलाले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । त्यस्तै उहाले गाँउ गाउमा महिलाले उत्पादन गरेको बस्ुतलाई बजारसम्म ल्याउन चेम्वरले सहयोग गर्ने धारणा राख्नुभयो । त्यस्तै नेपाली महिला उद्यमीहरुको प्रवर्द्धनका लागि गठन भएको नेपाल महिला चेम्बरकी सचिव लीमा अधिकारीले मेलाबाट नेपालमा उत्पादन भएका कृषियोग्य अर्ग्यानिक तथा अन्य उपभोग्य वस्तुहरुको प्रवर्द्धनमा महत्वपूर्ण...
नेप्सेमा दोहोरो अंकको सुधार
अर्थ/व्यापार, समाचार

नेप्सेमा दोहोरो अंकको सुधार

मंगलबार शेयर कारोबार परिसूचक नेप्सेमा दोहोरो अंकको सुधार भएको छ । सोमबार एक सय १४ अंकले घटेको नेप्सेमा मंगलबार दोहोरो अंकको सुधार देखिएको हो ।नेप्से परिसूचक १३ दशमलव ८३ अंकले बढेर २ हजार सात सय १२ दशमलव ०७ अंकमा पुगेको छ । एक पटक ६४ अंकले परिसूचक बढे पनि अन्त्यमा १३ अंकले बढेर कारोबार बन्द भएको छ ।मंगलबार ७ अर्ब ३६ करोड ४७ लाख ९८ हजार ६ सय ५२ रुपैयाँको कारोबार भएको छ । सोमबार साढे आठ अर्ब रुपैयाँको शेयर कारोबार भएको थियो । मंगलबार सबैभन्दा धेरै कमाउनेमा मनकामना स्मार्ट लघुवित्त कम्पनीका लगानीकर्ताहरू छन् । जसको शेयर मूल्य ९८ दशमलव ९० रुपैयाँले बढेको छ । त्यस्तै दोस्रोमा रूरू हाइड्रोपवरको शेयर मूल्य ६७ रुपैयाँले बढेर १ हजार २ सय २७ रुपैयाँ पुगेको छ । तेस्रोमा नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयर मूल्य १७ रुपैयाँले बढेर तीन सय ८२ रुपैयाँ पुगेको छ । निफ्राले मंगलबार नै ८ दशमलव ५ प्रतिशत नगद ...
बढ्यो अमेरिकी डलरसहित अन्य देशको विनिमयदर
अर्थ/व्यापार, समाचार

बढ्यो अमेरिकी डलरसहित अन्य देशको विनिमयदर

मंगलबार अमेरिकी डलरसहित अन्य देशको विनिमयदर बढेको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १७ रुपैयाँ ६८ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १८ रुपैयाँ २८ पैसा तोकिएको छ । त्यस्तै एक कुवेती दिनारको खरिददर ३ सय ९० रुपैयाँ ९६ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ९२ रुपैयाँ ९६ पैसा तोकिएको छ । त्यस्तै एक बहराईन दिनारको खरिददर ३ सय १२ रुपैयाँ ७ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १३ रुपैयाँ ६६ पैसा तोकिएको छ । एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६१ रुपैयाँ १० पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६१ रुपैयाँ ९३ पैसा  तोकिएको छ। त्यस्तै कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ९२० पैसा तोकिएको छ भने बिक्रीदर ९ रुपैयाँ ९५ पैसा तोकिएको छ एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ३८ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ५४ पैसा तोकिएको छ । एक कतारी रियालको खरिददर ३२ रुपैय...
‘किनबेचबिजनेश डटकम’डिजिटल प्ल्याटफर्ममार्फत नेपाली सामाग्री विश्वबजारमा पुर्याउने अभियान
अर्थ/व्यापार, समाचार

‘किनबेचबिजनेश डटकम’डिजिटल प्ल्याटफर्ममार्फत नेपाली सामाग्री विश्वबजारमा पुर्याउने अभियान

किनबेच विजनेस डटकमले डिजिटल प्ल्याटफर्ममार्फत नेपाली सामाग्रीहरुलाई विश्वबजारमा पुर्याउने अभियानको शुभारम्भ गरेको छ । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयेजना गरेर किनबेच विजेनस डटकमको औपचारिक उद्घाटन गरिएको हो ।उक्त प्ल्याटफर्मले ‘एक घर, एक उद्योग’ मिशनका साथ नेपाली युवाहरुलाई रोजगरी तथा विजनेस गर्न प्रेरित गर्नुको साथै मार्गदर्शनसमेत दिने भएको कम्पनीका सिइओ विश्वास बडुले जानकारी दिए । उनकाअनुसार प्रत्येक दिन पन्ध्र सयभन्दा बढिको संख्यामा विदेशिन बाध्य भएका युवाहरुलाई नेपालमै उद्योग सञ्चालन गर्न प्रेरित गर्ने कम्पनीले लक्ष्य बोकेको छ । उक्त प्ल्याटफर्ममार्फत प्रत्येक नेपालीको आयस्रोतमा वृद्धि हुने र नेपाल समृद्व हुनेपनि दाबी गरिएको छ ।कार्यक्रममा किनबेच विजनेस डटकमका सिइओ तथा संस्थापक विश्वास बडुले उक्त प्ल्याटफर्मलाई अन्र्राष्ट्रियकरण गर्न आफूहरु लागिपरेको बताए । उनले...
लिमा अधिकारी मनमाेहन प्राविधिक विश्वविद्यालयको सिनेट मेम्बरमा मनोनित
अर्थ/व्यापार, समाचार

लिमा अधिकारी मनमाेहन प्राविधिक विश्वविद्यालयको सिनेट मेम्बरमा मनोनित

मनमाेहन प्राविधिक विश्वविद्यालयले लिमा अधिकारीलाई सिनेट मेम्बर मनोनयन गरेको छ । विश्वविद्यालयले उनलाई व्यवसायी महिलाको कोटा अन्तर्गत सिनेटरमा मनोनयन गरेको हो । प्रदेश १ सरकारको छनौट पस्चात विश्वविद्यालयका उपकुलपति डा. शुभाष श्री पाेखरेलले उनलाई सिनेटर अर्थात विश्वविद्यालय सभा सदस्यमा नियुक्त गरेका हुन । मनमोहन प्राविधिक विश्वविद्यालय ऐन २०७६ को दफा ७ को उपदफा २, खण्ड २ बमोजिम उनलाई उक्त पदमा मनोनयन गरिएको हो । प्रदेश १ काे शैक्षिक धराेहरको रुपमा रहेको मनमाेहन प्राविधिक विश्वविद्यालय राष्ट्रकै प्रथम प्राविधिक विश्वविद्यालय हो । अधिकारी नेपाल चेम्बर अफ कमर्शकी कार्य समिति सदस्य तथा नेपाल महिला चेम्बरकी महासचिव हुन । ....
शेयर बजारमा पहिरो, सबै सूचांक राताम्मे
अर्थ/व्यापार, समाचार

शेयर बजारमा पहिरो, सबै सूचांक राताम्मे

शेयर बजारमा कारोबार हुने साताको अन्तिम दिन बिहीबार बजार खुलेदेखि बजार लगातार घटिरहेको छ । बजार मापक परिसूचक नेप्से दिउँसो साढे एक बजेसम्म ८८ अंकले घटिसकेको छ । यो समाचार तया पार्दा १ बजेर ३० मिनेटमा नेप्से ८८.१४ ले घटेर बजार २८००.९० को बिन्दुमा झरेको छ । बजार अझै घटिरहेको छ । बिहीबार यो समाचार तयार पार्दासम्म १३ वटै उपसमूहका परिसूचक घटेका छन् । बजार राताम्मे भएको छ । अघिल्लो साता नेप्सेमा ५ प्रतिशतको गिरावट आएपछि सर्किट ब्रेकर लागेको थियो । त्यसपछि सम्हालिएको शेयर बजार गत मंगलबारदेखि घटिरहेको छ ।...
नेपाललाई विश्व बैंकको ५ अर्ब ८७ करोड सहयोग
अर्थ/व्यापार, समाचार

नेपाललाई विश्व बैंकको ५ अर्ब ८७ करोड सहयोग

विश्व बैंकले नेपालको विद्यालय क्षेत्र सुधार र स्वास्थ्य क्षेत्रको सुदृढिकरणका लागि रु ५ अर्ब ८७ करोड उपलब्ध गराउने भएको छ। अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासीनी र नेपालका लागि बैंकका राष्ट्रिय निर्देशक फेरिस हदाद जार्वोसबीच त्यस सम्वन्धी दुई अलग अतिरिक्त वित्तीय सम्झौतापत्रमा बुधबार हस्ताक्षर भएको छ । सरकारको प्राथमिकतामा रहेको विद्यालय क्षेत्र विकास कार्यक्रम तथा स्वास्थ्य क्षेत्रमा सार्वजनिक व्यवस्थापन सुधार कार्यक्रम कार्यान्वयनमा सघाउनका लागि वैंकले उक्त रकम उपलब्ध गराएको हो । कार्यक्रममा अर्थ सचिव मरासीनीले कोभिड–१९बाट प्रभावित शिक्षा तथा स्वास्थ्य प्रणालीको उत्थानशील पुनर्निर्माण गर्न आवश्यक रहेको बताए । उनले भने, “नतिजा सूचकमा आधारित नेपाल स्वास्थ्य क्षेत्र कार्यक्रमबाट मुलुकमा दक्ष, प्रभावकारी, पारदर्शी र उत्तरदायी स्वास्थ्य प्रणाली निर्माण गर्न महत्वपूर्ण हुनेछ ।” बैंकका...
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
अर्थ/व्यापार, समाचार

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ५९ पैसा र बिक्रीदर ११८ रुपैयाँ १९ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १३८ रुपैयाँ ८१ पैसा र बिक्रीदर १३९ रुपैयाँ ५२ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १६३ रुपैयाँ ०९ पैसा र बिक्रीदर १६३ रुपैयाँ ९२ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ३० पैसा र बिक्रीदर ३२ रुपैयाँ ४६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । कुन देशको मुद्राको दर कति ?...
नेपाल महिला चेम्बरकी सल्लाहकार ताम्राकार बनिन् योजना आयोगको सदस्य
अर्थ/व्यापार, समाचार

नेपाल महिला चेम्बरकी सल्लाहकार ताम्राकार बनिन् योजना आयोगको सदस्य

नेपाल महिला चेम्बरकी सल्लाहकार निलम ताम्राकार बागमती प्रदेशको नीति तथा योजना आयोगको सदस्य पदमा मनोनयन हुनु भएको छ ।ताम्राकार सहीत उपाध्यक्ष र सदस्यहरुको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले सपथग्रहण गराउनु भएको हो ।आयोगका उपाध्यक्षमा मेलम्ची–६ बस्ने डाक्टर जगत बहादुर बस्नेत यस्तै सदस्यहरुमा रामेछाप भीरपानी–६ का ज्ञानु कुमार श्रेष्ठ, काठमाण्डौ–४ वालुवाटारका निलम ताम्राकार र नुवाकोट विदुर–१० का रामशरण प्याकुरेल रहेकाछन् ।कार्यक्रमलाई संबोधन गर्दै मुख्यमन्त्री शाक्यले आयोगको कामलाई दु्रतगतिमा अगाडी बढाउनका लागि आफुहरुले आयोगलाई पूर्णता दिएको वताईन् ।साथै महिला चेम्बरका सभापति तथा नेपाल चेम्बर अफ कर्मसको उपाध्यक्ष उर्मिला श्रेष्ठले आफ्नो चेम्बरका सल्हाकार उच्च स्थानमा पुग्नु भएकोमा बधाई ताथा सफल कार्यकालका लागि शुभकामना समेत दिएका छन् ।...