Saturday, November 21

मनोरन्जन

बानिका प्रधानको स्वरमा भजन ‘कहाँ छन् प्रभु’सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

बानिका प्रधानको स्वरमा भजन ‘कहाँ छन् प्रभु’सार्वजनिक(भिडियो)

बानिका प्रधानको स्वरमा रहेको भजन ‘कहाँ छन् प्रभु…’ सार्वजनिक भएको छ । हरि उप्रेतिको शब्द, एमके गजमेरको सङ्गीत र अजनिश राईको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो । राधिका उप्रेतिको प्रस्तुति रहेको भजनको भिडियोमा विजय गुरूङ, समप्रिया खडका र मुना खडकाको साथमा पुनम गुरूङ र बालकलाकार त्रिबि गुरूङको अभिनय रहेको छ । विक्रम चौहानले निर्देशन गरेको भजनको भिडियोमा प्रकाश खडकाको छायाँकन र लक्षमण चौहानको सम्पादन छ । भजनको भिडियो हरि उप्रेति अफिसियल च्यानलमार्फत सार्वजनिक गरिएको छ ।...
माधवराज खरेल निर्देशित चलचित्र चिट्ठी’को छायांकन सम्पन्न
मनोरन्जन, समाचार

माधवराज खरेल निर्देशित चलचित्र चिट्ठी’को छायांकन सम्पन्न

काठमाण्डौ – नेपाली कथानक चलचित्र चिट्ठीको छायांकन सम्पन्न भएको छ । एरा प्रोडक्सन प्रा.लिको व्यानरमा निर्माण हुनलागेको चलचित्रको निर्देशन माधव राज खरेलको रहेको छ भने प्रमुख भुमिकामा नायक संञ्जित भण्डारी, कमेडि च्याम्पियनका सेकेण्ड रनअप खड्ग बहादुर पुनमगर (खवपु), गोपाल ढकाल (छन्दे), नबुजंग थापा, मुस्कान लामा, प्रवन भुषाल, कन्चन चालिसेका साथै शान्तिप्रिय, श्रीदेव भट्टराई, नम्रता खरेल पौडेल, मोहन निरौला, रश्मि भट्ट, उद्धव भट्टराइर्, कृष्ण भट्टराई, डेविल सिंह राजपुत, राजन थापा, पुरुषोत्तम सानु, पुर्ण राई, राजु कार्की, रज्जु गुरुङ,मुना निरौला, कविन्द्र त्रिपाठी लगायतका कलाकारहरुको अभिनय रहेको छ । जिवन पराजुलीको छायाँकन रहेको चलचित्र चिट्ठीमा नरेश खरेलको मेकअप रहेको छ । काठमाण्डौ, काभ्रपलाञ्चोक, ललितपुर लगायतका जिल्लाका विभिन्न रमणीय स्थलहरुमा सम्पन्न गरिएको चलचित्र चिट्ठी अहिलेको नेपाली बजारम...
‘यहि हो मेरो देश’सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

‘यहि हो मेरो देश’सार्वजनिक(भिडियो)

काठमाडौं । गीतकार धर्मेन्द्र खड्काको रचना रहेको ‘यहि हो मेरो देश’ बोलको राष्ट्रिय गीत सार्वजनिक भएको छ । चर्चित गायक शिब परियार र गायिका आनी छोइङ डोल्माको सुमधुर स्वरले सुसज्जीत गीतलाई शिब बराइलीको संगीत र संगीत संयोजन रहेको गीतको भिडियो यसै साता बजारमा आएको हो । होराइजन स्टुडियोमा रेकर्ड भएको गीतलाई प्रदिप जोशीले मिक्सिङ तथा मास्टरिङ गरेका हुन् । गीतका रेकर्डिस्ट रेशम गदाल हुन् । गीतको कोरस गायनमा संगीता रानापहेली, अप्सरा योगी, खुशी थुलुङ्ग राई, बिशालदेब श्रेष्ठ, युवराज घर्ती मगर र सगुन लिम्बुको स्वर सुन्न सकिन्छ । गीतमा नेपालका विभिन्न सम्पदा, संस्कृत र प्राकृतिक सुन्दताको वर्णन गरिएको छ । गीतको म्युजिक भिडियो बिकल रानापहेलीले गरेका हुन् । राना पहेलीले गीतको भिडियोमा देशभक्ति भावलाई निकै प्रभावशाली रुपमा समेटेका छन् । भिडियोलाई योगेश दाहालले छायाँकन र सम्पादन गरेका हुन् । ...
कीर्तिमानी डा. उपाध्यायको उपन्यास ‘भाइरस लभ’ तिलिचो हिमालमा लोकार्पण
मनोरन्जन, समाचार

कीर्तिमानी डा. उपाध्यायको उपन्यास ‘भाइरस लभ’ तिलिचो हिमालमा लोकार्पण

काठमाडौं । विश्वकीर्तिमानी गीतकार तथा साहित्यकार डा. डीआर उपाध्यायको नयाँ उपन्यास ‘भाइरस लभ’ मनाङमा रहेको तिलिचो तालको उचाईमा लोकार्पण गरिएकोे छ । उपन्यास ‘भाइरस लभ’ नयाँ वर्षको दिन वैशाख १ मा तिलिचो तालसँगैको हिमालको पाँच हजार एकसय ६ मिटर उचाईमा लोकार्पण गरिएको हो । पुस्तकलाई पत्रकार कृष्ण भुसाल, निर्देशक माइकल चन्द, गायक तथा संगीतकार सागर अधिकारी ‘शरद’, छायाँकार उत्सब दाहाल, सुबिन गोदार, मेकअप आर्टिष्ट अनिता ग्वाछा, ध्वनी सम्पादक कुमार केसी फ्रान्सेली नागरिक क्यामिला लगायतले पाँच हजार एकसय ६ मिटर उचाईमा लोकार्पण गर्नुभएको थियो । १९२ पेजको उपन्यास चालिस भाग विभाजन गरिएको छ । संक्षिप्त कार्यक्रममा उतिथिहरूले उपन्यासका बारेमा आ–आफ्ना भनाइ राखेका थिए भने स्रष्टा उपाध्यायलाई बधाई तथा शुभकामना दिएका थिए । यो उचाईमा उपन्यास लोकार्पण गरिएको विश्वमा पहिलो पल्ट भएको उपन्यासकार डा. उपाध्या...
सुनिताको स्वरमा ‘जिन्दगीमा धेरै रोए’
मनोरन्जन, समाचार

सुनिताको स्वरमा ‘जिन्दगीमा धेरै रोए’

काठमाण्डौँ, वैशाख ४ । तेजनेपाल गायिका सुनिता थेगिमको स्वरमा सजिएको ‘जिन्दगीमा धेरै रोए’ बोलको लिरिकल भिडियोलाई पृथक रेकडसले सार्वजनिक गरेको छ । बन्दि बजराँठको शब्द, पारस मुकारुङको संगीत, दुर्गा बान्तवा राईको छायांकन रहेको भिडियोलाई मनोज राईले सम्पादन गरेका हुन् ।
सन्देशमुलक गीत ‘नयाँ इतिहास’को भिडियो सार्वजनिक
मनोरन्जन, समाचार

सन्देशमुलक गीत ‘नयाँ इतिहास’को भिडियो सार्वजनिक

काठमाण्डौँ, वैशाख ४  ग्यालेक्सी दैनिक 'नयाँ इतिहास' बोल रहेको गीतको भिडियो सार्वजनिक भएको छ । राजन कार्कीको स्वर रहेको उक्त गीतमा शव्द रोशन दासको रहेको छ भने संगीत अविनास राईको रहेको छ। रोशन दास र नम्रता अर्यालको मुख्य अभिनय रहेको उक्त गीतलाई रोशन दास स्वयमले निर्देशन गरेका हुन् । गीत नयाँ बर्षको अवसर परेर रेस इन्टरटेनमेन्ट (Rays intertainment) बाट सावर्जनिक गरिएको हो। हाम्रो समाजमा रहेको जातीय विभेद र छुवाछुतलाई गीतमा देख्न सकिन्छ। जातीय विभेदले गर्दा भोग्नु परेको समस्यालाई देखाई ,समाज बाट जातीय विभेद आन्त्य हुनुपर्छ भन्ने सन्देश उक्त गीतले दिएको छ । https://youtu.be/e9CVFpilAHw...
सौन्दर्यविद सुष्मा महरालाई ‘उत्कृष्ट व्यवसायी सम्मान’
मनोरन्जन, समाचार

सौन्दर्यविद सुष्मा महरालाई ‘उत्कृष्ट व्यवसायी सम्मान’

काठमाडौं । चन्द्रलोक प्रतिष्ठानले काठमाडौंको सुन्धारास्थित काठमाण्डू मलमा केन्द्रीय कार्यालय रहेको फेसियल हाउसकी प्रबन्ध निर्देशक एवम् सौन्दर्यविद सुष्मा महरालाई ‘उत्कृष्ट व्यवसायी सम्मान’ सम्मान प्रदान गरेको छ । नयाँ वर्ष २०७९ साल प्रवेशको पावन अवसरमा संस्थाले आयोजना गरेको शुभकामना आदान–प्रदान तथा समसामयिक विषयमा भएको अन्तरक्रिया कार्यक्रममा महरालाई उक्त सम्मान प्रदान गरिएको हो । सेवामुलक व्यावसायिक क्षेत्रबाट महरालाई सम्मान गरिएको चन्द्रलोक प्रतिष्ठानका अध्यक्ष सिताराम कार्कीले जानकारी दिए । फेसियल हाउस नेपालको नम्बर एक ब्युटी शैलुन भएको दाबी गरिएको छ । सामाजिक सेवामा क्रियाशील रहेर लगनशील, कर्तव्यनिष्ठ, विभिन्न क्षेत्र, वर्ग र समुदायका व्यक्तिहरूको सहभागितामा स्थापना भएको मुनाफारहित सामाजिक संस्था चन्द्रलोक प्रतिष्ठानले आयोजना गरेको उक्त राष्ट्रियस्तरको कार्यक्रममा उच्च सरकारी अधिकारीहर...
‘तिम्रै मनैमा’को भिडियो सार्वजनिक
मनोरन्जन, समाचार

‘तिम्रै मनैमा’को भिडियो सार्वजनिक

काठमाण्डौँ, वैशाख ३ ग्यालेक्सी दैनिक गायक कुलेन्द्र बिश्वकर्मा र शान्तिश्री परियारको स्वर रहेको ‘तिम्रै मनैमा’ बोलको मर्मस्पर्शी गीतको भिडियो सार्वजनिक भएको छ । वसन्त बिश्वकर्माको शब्द, प्रकाश दुतराजको संगीत रहेको भिडियोका निर्देशक दुर्गा पौडेल हुन् । पछिल्लो समयकी ब्यस्त मोडल उषा सुवेदीको साथमा प्रकाशदुतराज, रविन देवकोटा आदिको अभिनय रहेको भिडियोको सम्पादन नविन घर्ति मगरले गरेका हुन् । https://youtu.be/8WZe9nsKEZo...
मिसेस नोवेल नेपालको दोस्रो संस्करणमा शर्मीला थापा बिजेता
मनोरन्जन, समाचार

मिसेस नोवेल नेपालको दोस्रो संस्करणमा शर्मीला थापा बिजेता

ललितपुर -मिसेस नोवेल नेपालको दोस्रो संस्करण बुधबार राजधानीको म्युजीक सिटी स्टुडियोमा सम्पन्न भएको छ । हिमालयन मुभिज् द्वारा आयोजित सो कार्यक्रममा बुढानिलकण्ठकी शर्मीला थापा बिजेता भईन् भने सम्झना खड्का फस्ट रनरअप र निरु भट्टराई सेकेन्ड रनरअप घोषित भएका छन् । त्यसैगरी सव टाईटल अवार्ड तर्फ बिजेता शर्मीला थापाले मोस्ट कन्फिडेन्ट र मोस्ट पपुलर भिडियो अवार्ड, सम्झना खड्का मोस्ट एक्टिभ, निरु भट्टराई बेस्ट फोटो जेनिक र बेस्ट ड्रेस, सबिना मगर मोस्ट चार्मिङ, रिमा गुरुङ मोस्ट स्मार्ट, सपना तामाङ बेस्ट स्माईल, लक्ष्मी सिंगार बेस्ट डिसिप्लिन, सर्मिला श्रेष्ठ बेस्ट पर्सोनालिटी, बबी मिश्रा बेस्ट कम्प्लेक्सन,र माया सेन्चुरी मोस्ट डिलिजेन्ट का साथै मोस्ट पपुलर को उपाधी पाप्त गर्न सफल भएका छन् । बेस्ट फेसन कोरियोग्राफर विजेता चर्चित कोरियोग्राफर हिमानी सुब्बाको आकर्षक कोरियोग्राफी रहेको कार्यक्रममा प्र...
दाङमा ऐतिहासिक थारु मादल‘मन्ड्रा’ प्रशिक्षण सम्पन्न
मनोरन्जन, समाचार

दाङमा ऐतिहासिक थारु मादल‘मन्ड्रा’ प्रशिक्षण सम्पन्न

काठमाण्डौँ, वैशाख २  ग्यालेक्सी दैनिक लुम्बिनी प्रदेश स्तरीय मौलिक नेपाली लोकबाजा थारु मदल ‘मन्ड्रा’दाङ घोराही उपमहानगरपालिका गुलरीयामा संचालन भएको प्रशिक्षण कार्यक्रम बैशाख १ गतेऔपचारिक रुपमा समापन भएको छ । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजना तथा थारु कल्याणकारी सभा दाङको स्थानीय ब्यवस्थापनमा संचालित उक्त कार्यक्रम चैत २२ बाट सुरु भएको थियोे । लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका २८ जना थारु समुदायका महिला तथा पुरुष सहभागी प्रशिक्षार्थीलाई प्रशिक्षक बरिष्ठ तालबादक खड्ग बुडा मगरले सैद्धान्तिक तथा ब्यावहारिक ज्ञानको तालिम दिनु भएको थियोे । समापन समारोह प्रतिष्ठानका संगीत बिभाग प्रमुख तथा कार्यक्रम संयोजक अशोक कुमार राईको सभापतित्व तथा राष्ट्रिय नाचघर काठमाडौंका अध्यक्ष प्रेमनाथ अधिकारीको प्रमुख आथित्यतामा भएको थियो । समापन समारोहमा प्रशिक्षार्थीहरुले तालिममा सिकेका त्...