Saturday, November 21

मनोरन्जन

वैशाख १ गते छैठौँ भक्तपुर औधीगिक व्यापार मेलामा राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
मनोरन्जन, समाचार

वैशाख १ गते छैठौँ भक्तपुर औधीगिक व्यापार मेलामा राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति

काठमाण्डौँ, चैत्र ३० ग्यालेक्सी दैनिक छैठौं भक्तपुर औधोगिक सांस्कृतिक, पर्यटन तथा व्यापार मेला २०७८/७९ को आठौँ दिन अर्थात बैसाख १ गते बिहिबार चर्चित गायकहरु महेश काफ्ले, मानसराज, शिब हमाल, द रोयल्स ब्याण्ड, बिनोद ढकाल, सुनिल थापा मगर, सुजना पाण्डे र सुमन कुमार श्रेष्ठ लगायत स्थानिय कलाकारहरुको बेजोड प्रस्तुति रहने भएको छ । त्यस्तै आज ३० गते बुधवार चर्चित गायक हरि कर्माचार्य(गुल्मी गाइज), गायक भोजराज काफ्ले, गायक महेश मुखिया, गायक सुमन कुमार श्रेष्ठ, गायिका सरिता भारती, हास्य कलाकार सुजित थापा(डेविड), डान्सर रेवान सापकोटा, मोडल अनिता गिरी लगायतका कलाकारहरुले भक्तपुरको पुरै माहोल उल्लासमय बनाएका थिए भने भोजपुरी स्टार निरहुवा र अमरपालीको विशेष उपस्थितिले पुरै भक्तपुर मेलाको माहोल तताएको थियो । लगभग १० दिन चल्ने मेलामा राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुतिसंगै भईरहेको खुल्ला नृत्य प्रत...
नयाँ वर्षलाई स्वागत गर्दै छैठौं भक्तपुर मेलामा राष्ट्रिय कलाकारको विशेष प्रस्तुति हुने
मनोरन्जन, समाचार

नयाँ वर्षलाई स्वागत गर्दै छैठौं भक्तपुर मेलामा राष्ट्रिय कलाकारको विशेष प्रस्तुति हुने

काठमाण्डौँ, चैत्र २९  ग्यालेक्सी दैनिक छैठौं भक्तपुर औधोगिक सांस्कृतिक, पर्यटन तथा व्यापार मेला २०७८/७९ को चैत्र ३० गते बुधबार चर्चित गायकहरु शिब परियार, हरि कर्माचार्य(गुल्मी गाइज) भोजराज काफ्ले, महेश मुखिया, हास्य कलाकार सुजित थापा(डेविड), गायिका सरिता भारती, डान्सर रेवान सापकोटा र गायक सुमन कुमार श्रेष्ठका स्थानिय कलाकारहरुको बेजोड प्रस्तुति रहने भएको छ । त्यस्तै आज २९ गते सोमबार चर्चित गायक रोज मोक्तान, गायक रवि रिमाल, गायिका एलिना चौहान , गायिका तथा कुशल उद्घोषिका राशी रिजाल, गायक सुमन कुमार श्रेष्ठ, र्‍यापर सरोज वाग्ले, आयुष अधिकारी, बाल र्‍यापर आश्रय रिमाल लगायतका कलाकारहरुले भक्तपुरको पुरै माहोल उल्लासमय बनाएका थिए । लगभग १० दिन चल्ने मेलामा राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुतिसंगै भईरहेको खुल्ला नृत्य प्रतियोगिता डान्स आईडलमा नकआउट राउण्ड सुरु भईसकेको छ भने...
चकलेटी नायक संजित भण्डारी फिचर्ड ‘माया छरेर’ को म्यूजिक भिडियो सार्वजनिक
मनोरन्जन, समाचार

चकलेटी नायक संजित भण्डारी फिचर्ड ‘माया छरेर’ को म्यूजिक भिडियो सार्वजनिक

काठमाडौं । चकलेटी नायक तथा मोडल संजित भण्डारी फिचर्ड ‘माया छरेर’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ । गीतकार रामचन्द्र ढकालको शव्दमा तयार गीतलाई प्रविशा अधिकारीको स्वरमा सार्वजनिक भएको म्युजिक भिडियो ‘माया छरेर’ ले छोटै समयमा धेरैको मन जित्न सफल भएको छ । गजल शैलीको यो गीतको भिडियो सामना म्यूजिक क्रियशनको यूट्यूब च्यानलबाट सार्वजनिक भएको थियो । गायिका प्रविशाको कर्णप्रिय स्वर रहेको गीतको भिडियोमा मोडल भण्डारीलाई निरुता शाही र अन्जली श्रेष्ठले अभिनयमा साथ दिएका छन । गीतको मर्म अनुरुप छायाङ्कन गरिएको कथावस्तु र यसका पात्रले गीति एल्बममा सुनमा सुगन्ध थपेको छ । हेमन्त शिशिरको संगीत रहेको उक्त म्युजिक भिडियोलाई ऋषि बरालले निर्देशन गरेका हुन् भने सन्तोष तिमल्सिनाको छायांकन र अमृत चापागाईको सम्पादन रहेको छ । सामना म्युजिक क्रियसनले बजारमा ल्याएको उक्त म्युजिक भिडियो थोरै समयमा नै सवैले ...
छैठौं भक्तपुर मेलामा चैत्र २९ गते गायक रोज मोक्तान, रबि रिमाल र एलिना चौहान लगायतको प्रस्तुति हुने
मनोरन्जन, समाचार

छैठौं भक्तपुर मेलामा चैत्र २९ गते गायक रोज मोक्तान, रबि रिमाल र एलिना चौहान लगायतको प्रस्तुति हुने

काठमाण्डौ, चैत्र २९| तेजनेपाल छैठौं भक्तपुर औधोगिक सांस्कृतिक, पर्यटन तथा व्यापार मेला २०७८/७९ को छैठौ दिन अर्थात चैत्र २९ गते मंगलबार चर्चित गायक रोज मोक्तान, गायक रबि रिमाल, चर्चित गायिका एलिना चौहान, गायक सुमन कुमार श्रेष्ठ, गायक अशिम कटुवाल, गायक र्‍यापर शेखर वाग्ले, गायिका राशि रिजाल, जादुगर गणेश केसी, र्‍यापर आयुष अधिकारी र बाल र्‍यापर आश्रय रिमालका स्थानिय कलाकारहरुको बेजोड प्रस्तुति रहने भएको छ । त्यस्तै आज २८ गते सोमबार चर्चित गायक सुगम पोखरेल, चर्चित गायिका रचना रिमाल, गायिका श्रुति सिंह, गायक रुद्रसेन बिश्वकर्मा, डान्सर रिया श्रेष्ठ, बिन्दु पारीयारले, अर्जुन मिश्र, गायिका सुजाता केसी, सागर, गायक सुमन कुमार श्रेष्ठ र ब्रम्हास्त्र ब्याण्ड लगायतका कलाकारहरुले भक्तपुरको पुरै माहोल उल्लासमय बनाएका थिए । लगभग १० दिन चल्ने मेलामा राष्ट्रिय कलाकारहरुको बेज...
मिस नेवा: नेपालका प्रशिक्षार्थीहरुलाई आत्मविश्वास अभिवृद्धि तथा संस्कृति संरक्षण प्रशिक्षण प्रदान गरिँदै
मनोरन्जन, समाचार

मिस नेवा: नेपालका प्रशिक्षार्थीहरुलाई आत्मविश्वास अभिवृद्धि तथा संस्कृति संरक्षण प्रशिक्षण प्रदान गरिँदै

काठमाडौ – चैत २०७८ । नेप्लिज फेसन हाेमकाे आयाेजनामा संचालन भईरहेकाे मिस नेवाः नेपालकाे १६ औं संस्करण अन्तर्गत नेवार कला संस्कृति अनुसार कसरी पुजा गर्ने भन्ने तालिम पुर्व मिस नेवा:सुनिता डंगाेलद्वारा सिकाईयाे । त्यसैगरी दाेस्राे चरणमा क्यालिजात्रा संस्थाद्वारा नेपाल भाषाकाे रंजना लिपि सम्बन्धि तालिम दिईयाे भने तेस्रो चरणमा घरेलु हिंसा तथा बलात्कार जस्ताे जघन्य अपराधकाे विरुद्दमा जनचेतना जगाउनका लागि मिस नेवा:नेपाल २०२१ मा सहभागी नेवार सुन्दरीहरुलाई नेपाल क्याेकुशिन सेईसिन काईकान कराँते संघका अध्यक्ष, नेपाल ब्रान्चचिफ तथा विश्व क्याेकुशिन काई कराँते महासंघका उपाध्यक्ष शिहान अशाेक कुमार श्रेष्ठद्वारा आत्मरक्षाका कला सिकाउनु भएकाे आयोजक हेमा मानन्धरले जनाउनुभयो । नेपाल क्याेकुशिन सेईसिन काईकान कराँते संघकाे सह-आयाेजना तथा नेपाल टेलिकमकाे मुख्य प्रायाेजनमा आयाेजना हुन गईरहेकाे याे १६ औं संस्करण...
‘टेन टु फाइभ’, ‘डन्ट माईन्ड’का निर्देशक कमल मैनाली नयाँ सिरियल लिएर आउने
मनोरन्जन, समाचार

‘टेन टु फाइभ’, ‘डन्ट माईन्ड’का निर्देशक कमल मैनाली नयाँ सिरियल लिएर आउने

काठमाण्डौ, चैत्र २६ ग्यालेक्सी दैनिक नेपाली सिने जगतका चर्चित बरिष्ठ हास्य कलाकार तथा निर्देशक कमल मैनालीले नयाँ सिरियल लिएर आउने भएका छन् । नयाँ बर्षकाे अवसर पारेर कलाकार मैनालीले आफुले समसमायिक घटनामा आधारित सामाजिक सिरियल लिएर आउने घोषणा गरेका हुन् । पछिल्लाे समय 'टेन टु फाइभ', 'डन्ट माईन्ड' जस्ता चर्चित हास्यब्यङ्ग टेलीसिरियल निर्देशन सँगसँगै अभिनय गर्दै आएका मैनालीले अब भने विशुद्ध सामाजिक सिरियल लिएर आउने भएका हुन् । अहिले कथा र स्क्रिप्टकाे काम भइरहेकाे छ । नयाँ पुराना सबै कलाकारलाई आफ्नो सिरियलमा अभिनय गराउने र अलि फरक शैलिमा निर्माण गर्ने याेजना रहेको कलाकार तथा निर्देशक मैनालीकले बताए । केही राष्ट्रिय टेलिभिजनसँग कुरा भईरहेकाे र युट्युब अधिकार आफ्नै च्यानलमा राख्ने उनले घाेषणा गरिसकेका छन् । अहिले युट्युबमा आउने थुप्रै सिरियलले दर्शकको राम्राे साथ पाएका छन् भने कमाई ...
भक्तपुर मेलामा चैत्र २७ गते हेमन्त शर्मा, प्रमोद निर्वाण, रमेश श्रेष्ठ मेलोडी, सुमन कु, श्रेष्ठ लगायतको बेजोड प्रस्तुति हुने
मनोरन्जन, समाचार

भक्तपुर मेलामा चैत्र २७ गते हेमन्त शर्मा, प्रमोद निर्वाण, रमेश श्रेष्ठ मेलोडी, सुमन कु, श्रेष्ठ लगायतको बेजोड प्रस्तुति हुने

काठमाण्डौ, चैत्र २६ | तेजनेपाल छैठौं भक्तपुर औधोगिक सांस्कृतिक, पर्यटन तथा व्यापार मेला २०७८/७९ को तेस्रो दिन अर्थात चैत्र २७ गते आइतबार राष्ट्रिय कलाकारहरु चर्चित गायक हेमन्त शर्मा, गायक प्रमोद निर्वाण, गायक रमेश श्रेष्ठ मेलोडी, गायिका ऋतु कंडेल, डान्सर रोमा न्यौपाने, गायक सुमन कुमार श्रेष्ठ, हास्य कलाकार राजन चौलागाईं खैराते , गायक एरिक बिश्वकर्मा लगायत स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने भएको छ । राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती संगै भईरहेको खुल्ला नृत्य प्रतियोगिता डान्स आईडलमा प्रमुख निर्णायकको रुपमा गायक, सञ्चारकर्मी, कोरियोग्राफर तथा निर्देशक सुमन कुमार श्रेष्ठ तथा सञ्चारकर्मी तथा कोरियोग्राफर ईन्द्र बिशंखे रहेका छन । जसको अन्तिम निर्णय भने महोत्सवको अन्तिम दिन हुने जानकारी आयोजकले गराए । “नयाँ बर्ष नया सोच, युवाहरुको लागि छ प्रगतिको श्रोत” भन्ने मूल नाराका साथ नेप...
नायक गजित विष्टलाई बिराटनगर महानगरको सम्मान
मनोरन्जन, समाचार

नायक गजित विष्टलाई बिराटनगर महानगरको सम्मान

नायक गजित विष्ट विराटनगर महानगरपालिकाबाट सम्मानित भएका छन् । विराटनगर महानगरपालिकाको साँस्कृतिक सल्लाहकारमा रहेर नरक्षेत्रबाट नेपाली चलचित्र, गीत संगीतको श्रीबृद्धिमा खेलको भूमिकाको मूल्याङकन गर्दै उनलाई सम्मान दिइएको हो । विराटनगर महानगरपालिकाका नगर प्रमुख भीम पराजुलीले आफ्नो कार्यकक्षमा आयोजित एक समारोहका बीच बिष्टलाई खादा, फूलमाला सहित सम्मान पत्र प्रदान गरे । विष्ट लामो समयदेखि चलचित्र निर्माण, अभिनय र मोडलिङमा क्रियासिल रहँदै आएका छन् । विष्ट नयाँ फिल्म निर्माणको तयारीमा समेत लागेका छन् । उनी केहि रियालीटी शोहरुमा समेत आवद्ध छन ।...
प्रतिष्ठित गायक सीताराम पोखरेल रेडियो प्रसार सेवा विकास समितिको सदस्यमा नियुक्त
मनोरन्जन, समाचार

प्रतिष्ठित गायक सीताराम पोखरेल रेडियो प्रसार सेवा विकास समितिको सदस्यमा नियुक्त

वरिष्ठ गायक सीताराम पोखरेल रेडियो प्रसार सेवा विकास समितिको सदस्यमा नियुक्त हुनुभएको छ । उहाँलाई सञ्चार तथा सूचना प्रविधि मन्त्री स्तरिय निर्णयबाट दुई वर्षका लागि सदस्यमा नियुक्त गरिएको हो । सदस्य नियुक्त भएपछि पोखरेलले रेडियो प्रसार सेवा विकास समितिमा रहेर रेडियो नेपालको विकास र विस्तारमा सक्दो योगदान दिने बताउनुभएको छ । २०४४ मा ‘सजाइदियौ जिन्दगी मेरो’ बोलको गीतबाट साङ्गीतिक यात्रा शुरु गर्नुभएका पोखरेलका एक दर्जन जति एल्बमका दुई सयभन्दा बढी गीत सार्वजनिक भएका छन् । उहाँ आफ्ना गीत आफैँ मोडलिङमा पनि देखिनुहुन्छ भने ठूला तथा सानापर्दाका चलचित्रमा अभिनयसमेत गर्दै आउनुभएको छ । कार्यक्रम व्यबस्थापन संघका वरिष्ठ सल्लाहकार समेत रहनुभएका पोखरेल विभिन्न संघ संस्थामा आवद्ध हुनुहुन्छ । देश तथा विदेशका थुप्रै अवार्डबाट सम्मानित पोखरेलका भिडियोहरुको चर्चा सधै हुने गर्छ ।...
३६ वर्ष अगाडी लेखीएको गीतकार सरलाको गीत ‘तिमीलाई जब गुमाए’मदनकृष्ण श्रेष्ठले गाए (भिडियो)
मनोरन्जन, समाचार

३६ वर्ष अगाडी लेखीएको गीतकार सरलाको गीत ‘तिमीलाई जब गुमाए’मदनकृष्ण श्रेष्ठले गाए (भिडियो)

काठमाडौं – गीतकार सरला श्रेष्ठले ३६ वर्ष अगाडी रचना गरेको गीत ‘तिमीलाई जब गुमाए’ले स्वर पाएको छ । लामो समयदेखि अमेरिकामा रहेर गीत संगीत क्षेत्रमा सक्रिय गीतकार श्रेष्ठले ३६ वर्ष अगाडी चर्चित अभिनेता तथा गायक मदनकृष्ण श्रेष्ठलाई आफुले तयार पारेको उक्त गीत गाउन दिने आफ्नो सपना साकार पारेकी छिन । निकै मार्मिक रहेको उनको शव्दलाई गायक मदनकृष्ण श्रेष्ठले सोही अनुसारको स्वर दिएर गीतलाई न्याय दिएका छन, भने अभिनेता श्रेष्ठकै आफ्नै सुपुत्री गायिका तथा निर्देशक सराना श्रेष्ठले निर्देशन गरेकी भिडियो हेर्दा लाग्छ, हामी कुनै चलचित्र हेर्दैं छौं र त्यसको कथा वरिपरी डुल्न थाल्छौ । गीतको शव्द अनुसार तयार भएको गीत र भिडियो हेरेर भावुक नहुने कमै हुन्छन । गीत जति मार्मिक छ त्यति नै भिडियो उत्कृष्ट बनेको छ । भिडियो हेर्दा चलचित्र हेरेर विगत सम्झेको प्रतिक्रिया उपस्थित व्यक्तित्वहरुले दिएका थिए । गैरीधारा...