Monday, November 23

समाचार

भारतमा कोरोना संक्रमण र मृत्यु दर घट्दै, एकैदिन ४१ हजार संक्रमित फेला
अन्तर्राष्ट्रिय, समाचार

भारतमा कोरोना संक्रमण र मृत्यु दर घट्दै, एकैदिन ४१ हजार संक्रमित फेला

भारतमा कोरोनाभाइरसको संक्रमण र मृत्यु दर घट्न थालेको छ । भारतमा कुनै समय दैनिक ४ लाख कोरोना संक्रमित फेला परेका थिए । तर पछिल्लो समय कोरोना संक्रमितको संख्या घट्दै गएको छ ।   भारतमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५ सय ८० जनाको मृत्यु भएको छ । यससँगै हालसम्म भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४ लाख १२ हजार १९ पुगेको छ ।   पछिल्लो २४ घण्टामा ४१ हजार ८५४ जनामा कोरोना संक्रमण देखिएको छ । यससँगै कोरोना संक्रमितको कुल संख्या ३ करोड ९ लाख ८६ हजार ८०३ जना पुगेको छ । यस्तै हालसम्म ३ करोड १ लाख ३६ हजार ४ सय ८३ कोरोना संक्रमित निको भइसकेका छन् ।  भारतको महाराष्ट्र, राजस्थान, तामिलनाडू, पन्जाब, मध्य प्रदेश, दिल्ली, गुजरात, कर्नाटक, हरियाणा लगायतका स्थानमा पछिल्लो समय कोरोनाको बढी प्रभाव रहेको छ ।...
कांग्रेसको पदाधिकारी बैठक स्थगित, अर्को बैठक शुक्रबार बस्ने
राजनीति, समाचार

कांग्रेसको पदाधिकारी बैठक स्थगित, अर्को बैठक शुक्रबार बस्ने

नेपाली कांग्रेसको पदाधिकारी बैठक सरेको छ । बिहिबार दिउँसो बस्ने भनिएको बैठक प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवाको व्यस्तताका कारण स्थगित गरिएको हो ।   अब अर्को बैठक शुक्रबार दिउँसो २ बजे बस्ने बताइएको छ । १४औँ महाधिवेशन, सरकारमा सहभागी हुने मन्त्रीहरूबारे छलफल गर्न सभापति शेरबहादुर देउवाले बैठक बोलाएका हुन् । यसअघि कांग्रेसबाट गृहमन्त्रीमा बालकृष्ण खाँण  र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीमा ज्ञानेन्द्रबहादुर कार्की नियुक्त भइसकेका छन् । यस्तै मन्त्री कार्कीले सरकारको प्रवक्ताको म्मिेवारी पनि पाइसकेका छन् ।  यस्तै शुक्रबारको बैठकमा महाधिवेशन नजिकिदै गर्दा कांग्रेसमा क्रियाशिल सदस्यताको विवादबारे पनि छलफल हुनेछ । १४औँ महाधिवेशन आउँदो १६ देखि १९ गतेसम्म काठमाडौंमा हुने भएको छ । ...
आज पनि भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
मौसम, समाचार

आज पनि भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

मौसम पूर्वानुमान महाशाखाले बिहीबार पनि देशका धेरै ठाउँमा भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्क रहन आग्रह गरेको छ। नियमित बुलेटिनमार्फत महाशाखाले देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको हो। महाशाखाका अनुसार बिहीबार दिउसो प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ। बुलेटिनमा भनिएको छ, ‘प्रदेश १ का एक दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित धेरै भारी वर्षाको सम्भावना रहेकोले पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन/यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ।’ प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानहरुम...
विद्यार्थी आन्दोलनको दबाबमा निगमले घटायो इन्धनको मूल्य
अर्थ/व्यापार, समाचार

विद्यार्थी आन्दोलनको दबाबमा निगमले घटायो इन्धनको मूल्य

विद्यार्थी संगठनको आन्दोलनको दबाबमा नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । निगमले लगातार मूल्यवृद्धि गरेपछि नेविसंघ, अनेरास्ववियु क्रान्तिकारी, अनेरास्ववियुलगायतका विद्यार्थी संगठनले आन्दोलन चर्काएपछि निगमले इन्धनको मूल्य एक रुपैयाँले घटाएको हो । निगमले जारी गरेको विज्ञप्तिअनुसार पेट्रोल, डिजेल र मट्टितेलको मूल्य एक रुपैयाँ घटाइएको छ । जसअनुसार पेट्रोल अब १२८ रुपैयाँ, डिजेल र मट्टितेलको १११ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।...
विश्व किर्तिमानी नेपाली पार्कर खेलाडी दिनेश सुनारद्वारा अमेरिकाबाट पाँचौँ विश्व किर्तिमान राख्दै गिनिज बुकमा नाम लेखाउन सफल
खेलकुद, समाचार

विश्व किर्तिमानी नेपाली पार्कर खेलाडी दिनेश सुनारद्वारा अमेरिकाबाट पाँचौँ विश्व किर्तिमान राख्दै गिनिज बुकमा नाम लेखाउन सफल

किर्तिमानी नेपाली पार्कर खेलाडी दिनेश सुनारले अमेरिकाबाट पाँचौँ पार्कर विश्व किर्तिमान राख्न सफल भएका छन् । खोटाङको अति विकट गाउँ खाम्तेल कामीडाँडामा जन्मेका दिनेश नेपालको नाम विश्वमा चिनाउँदै पार्कर खेलाडीको रूपमा आफ्नो र देशको नाम इतिहास रच्न सफल भएका छन। चार पटकको आफ्नै रेकर्ड तोड्दै पाँचौँ पटक ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’मा नाम लेखाउन सफल भएका छन् । सानैदेखि गाउँमा उफ्रिने उल्टीमार्ने गर्दै पछि पार्कर खेलाडीका रूपमा आफूलाई विश्वका सामु चिनाउनु सफल भएका हुन। ‘मस्ट ट्वि’स्टिङ ब्याक फिलिप्स अफ द वाल इन वन मिनट’ टाइटलमा पहिलोपटक गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम दर्ता गराएका दिनेशले गिनिज बुकमा नाम दर्ता गराउन ‘न्यूनतम १५ पटकसम्म गर्नुपर्ने उल्लेख थियो, तर उनले १८ पटकसम्म गरेको थिए। दिनेशले निरन्तरको रेकर्ड हासिल गर्दै पछिल्लोपटक जीपी फाउन्डेसन र ब्यालेन्स ग्रुप अफ कम्पनी अमेरिकाको सं...
युवा उद्यमशीलता तथा प्रशिक्षण समन्वय समितीको सदस्यमा  सन्जय सिलवाल मनोनित
राजनीति, समाचार

युवा उद्यमशीलता तथा प्रशिक्षण समन्वय समितीको सदस्यमा सन्जय सिलवाल मनोनित

बदलिएको राजनीतिक र सामाजिक परिवेशमा फेरी एउटा नयां यात्रा थाल्न नेपाली कांग्रेस पार्टीले युवाहरुलाई नविन श्रोतका रुपमा लिएको छ । नेपाली कांग्रेस धादिङ्ग तरुण दल जिल्ला सदस्य सन्जय सिलवाललाई नेपाली कांग्रेस तरुण विभाग युवा उद्यमशीलता तथा प्रशिक्षण समन्वय समितीको सदस्य मनोनित दिईएको छ । धादिङ्गमा आफ्नो छुटै पहिचान बनाउन सफल मिलनसार स्वभाव भएका सन्जय सिलवाललाई यो पद दिदा धादिङ्ग लगायत देशका युवाहरुको नयां जोश थपिएको छ ।  ‘कामको शुरुवात नेतृत्वबाटै हुनुपर्छ । ठुला ठुला राजनितिक परिवर्तनहरु युवाहरुबाट नै सम्भव भएको हुनाले मलाई विश्वास गरेर मलाई दिनुभएको जिम्मेवार मन वचन र कर्मले पुरा गर्ने प्रतिवद्धता व्यक्त गर्दै युवाहरुका सुखदुखको साथी बन्ने संकल्प गर्दछु’ उनी भन्छन ।...
झलनाथ–माधवले सरकारलाई जोगाउनु पर्छ
राजनीति, समाचार

झलनाथ–माधवले सरकारलाई जोगाउनु पर्छ

-डा.डिआर उपाध्याय, अवसर र चुनौती नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठन भएको छ । नयाँ सरकार गठन संगै देउवा सामु अवसर भन्दा चुनौति बढी तेर्सिएका छन । अव देउवाले चुनौतिलाई कसरी सामाना गरेर अघि बढछन त्यो भने हेर्न बाँकी छ । समय र परिस्थितिले देउवालाई प्रधानमन्त्री बनाइदियो । भाग्यमा भए पछि कस्को के लाग्छ र । नेपाली काँग्रेसले ५ वर्ष प्रतिपक्षमा बस्ने जनादेश पाएको हो । देउवाले पनि नसोचेको परिणाम हात परेको छ । अब, देउवाले सवैलाई मिलाएर लैजाने कौशलता देखाउनु पर्छ । परिस्थिति अनुसार उनले हिजो प्रधानमन्त्रीको शपथ लिएका छन । देउवाको सामु तेर्सिएको पहिलो चुनौती विश्वासको मत लिने हो । संविधानको धारा ७६ (५) बमोजिम उनले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने हुन्छ र त्यसका लागि एमालेभित्रको झलनाथ–माधव समूहको बिश्वास जित्नु पर्ने हुन्छ । त्यो नै महत्वपूर्ण कुरा हो । य...
देउवा आज प्रधानमन्त्रीमा नियुक्त हुँदै
राजनीति, समाचार

देउवा आज प्रधानमन्त्रीमा नियुक्त हुँदै

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज प्रधानमन्त्री नियुक्त हुँदैछन्। सर्वाेच्च अदालतको आदेशअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले आज देउवालाई प्रधानमन्त्री पदमा नियुक्ति गर्ने भएकी हुन्। देउवाले आजै सानो मन्त्रिपरिषद्को विस्तार गर्ने भएका छन्। सर्वोच्च अदालतको निर्णय अनुसार प्रधानमन्त्री बन्न लाग्नुभएका देउवाले सानो मन्त्रिपरिषद् विस्तार गर्ने भएका हुन्। सर्वोच्च अदालतले मंगलबार साँझ ५ बजेभित्र देउवालाई प्रधानमन्त्रीको सपथ गराउन सोमबार आदेश दिएलगतै बसेको विपक्षी गठबन्धनको बैठकले सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने समझदारी बनाएको हो। विपक्षी गठबन्धनको मंगलबार बिहान बस्ने बैठकले सरकारमा सहभागी हुने नेताहरुको नाम तय गर्ने भएको छ। संविधान रक्षाका लागि सबै पक्षलाई समेटेर सरकार गठनको पहल गर्ने समझदारी गरेको गठबन्धनले त्यसकै आधारमा मन्त्रिपरिषद् विस्तार गर्दै जाने तयारी गरेको छ।...
आजदेखि कोरोना भाइरसविरुद्धको खोप लगाइँदै
विशेष, समाचार

आजदेखि कोरोना भाइरसविरुद्धको खोप लगाइँदै

सरकारले आजदेखि कोरोना भाइरसविरुद्धको खोपको पहिलो मात्रा लगाउने भएको छ। चीनबाट आएको भेरोसेल र अमेरिकाबाट आएको जोन्सन एन्ड जोन्सनको खोप आजदेखि ७७ वटै जिल्लामा लगाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले जानकारी दिए। विभागले भेरोसेल र जोन्सन एन्ड जोन्सनको खोपको लक्षित समूह छुट्याएको छ। उनका अनुसार भेरोसेल ५५ वर्ष र सो माथिका उमेर समूहका कोभिडविरुद्ध सबै नागरिकलाई लगाइने छ। यस्तै भेरोसेल विश्वविद्यालय, विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारीहरु, सार्वजनिक यातायातमा कार्यरत चालक र सहचालकलाई पनि लगाइने छ। नेपाल सरकारले तोकेका अत्यावश्यक सेवामा संलग्न खोप लगाउन बाँकी व्यक्तिहरु, खोप अनिवार्य गरेका देशमा जाने नेपाली नागरिकलाई पनि भेरोसेल लगाइने छ। यसैगरी हिजै आएको १५ लाख जोन्सन एन्ड जोन्सन खोप ५० देखि ५४ वर्ष उमेर समूहका सबै नागरिक...
भारतमा कोरोना संक्रमण दर घट्दै, एकैदिन २७००० संक्रमित फेला
अन्तर्राष्ट्रिय, समाचार

भारतमा कोरोना संक्रमण दर घट्दै, एकैदिन २७००० संक्रमित फेला

भारतमा कोरोनाभाइरसको संक्रमण र मृत्यु दर घट्न थालेको छ । कुनै समय दैनिक ४ लाख कोरोना संक्रमित फेला परेको भारतमा पछिल्लो समय कम संक्रमित फेला परेका छन् ।   भारतमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४ सय ९५ जनाको मृत्यु भएको छ । यससँगै हालसम्म भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४ लाख ९ हजार २८७ पुगेको छ ।   पछिल्लो २४ घण्टामा २७ हजार ४०४ जनामा कोरोना संक्रमण देखिएको छ । यससँगै कोरोना संक्रमितको कुल संख्या ३ करोड ९ लाख १ हजार ३११ जना पुगेको छ । यस्तै सक्रिय संक्रमित ४ लाख ३९ हजार ५६३ रहेका छन् । यस्तै हालसम्म ३ करोड ५६ हजार १ सय ३० कोरोना संक्रमित निको भइसकेका छन् ।  भारतको महाराष्ट्र, राजस्थान, तामिलनाडू, पन्जाब, मध्य प्रदेश, दिल्ली, गुजरात, कर्नाटक, हरियाणा लगायतका स्थानमा पछिल्लो समय कोरोनाको बढी प्रभाव रहेको छ ।...