Sunday, November 22

समाचार

कुण्ठा र अहंकारले कसैलाई फाइदा गर्दैन
राजनीति, विचार, समाचार

कुण्ठा र अहंकारले कसैलाई फाइदा गर्दैन

-डा.डिआर उपाध्याय, लामो समय देखि नेकपा एमालेमा देखिएको गतिरोध अझै अन्त्य हुन सकेको छैन । यो गतिरोध अन्त्य भएमा राजनीतिक निकास मुलुकले छिटो पाउने छ । एमालेका कारण मुलुक संकट तर्फ उन्मुख छ । यदि समयमा एमाले जुटेर जाने हो भने धेरैे समस्या समाधान हुने छ । एमाले मिल्नु पर्छ । मिलेर गए जस्तो राम्रो अरु हुदैन । तल्लो तहका नेता कार्यकर्ताहरु एमाले मिलेर गए हुन्थ्यो भनेका छन । एक आपसमा लडेर जादा बिरोधिलाई फाइदा हुने हो आफूलाई हुदैन । यो कुरा ओली , माधवले बुझनु पर्छ । यदि समय छदै कुरा नबुझे भोली पछुताउनु बाहेक अरु केहि हुने छैन । पाटी बिभाजनले कसैलाई फाइदा गरेको छैन । बिगतको इतिहासलाई केलाएर हेर्ने हो भने पाटी फुटेर भन्दा जुटेर फाइदा भएको छ । पाटीहरु जुटनाले गत निर्वाचनमा बहुमत आएको हो । यदि एमाले र माओवादी केन्द्र नमिलिकन चुनाव लडेको भए कसैको बहुमत आउने थिएन । कसैले घमण्ड नगरे हुन्छ । एमाले ए...
कोपा अमेरिका : ब्राजिल र पेरु सेमिफाइनलमा
खेलकुद, समाचार

कोपा अमेरिका : ब्राजिल र पेरु सेमिफाइनलमा

शनिवार बिहान कोपा अमेरिका अन्तर्गत भएको खेलमा ब्राजिलले सानदार जित निकालेको छ । निकै रोमान्चक बनेको उक्त खेलमा ब्राजिलले चिलीलाई १–० गोलले पराजित गरेको हो ।  उक्त खेलको पहिलो हाफभरी दुवै टिमबाट कुनै गोल हुन सकेन । उक्त खेलमा ब्राजिलका लुकास पाक्केटाले गरेको गोल नै निर्णायक बन्यो । उनले दोस्रो हाफको पहिलो मिनेटमा नै गोल गरे ।  खेलको ५० औं मिनेटमा ग्याब्रियल जिसस रातो कार्ड खाँएपछि मैदान बाहिर गएका थिए । ब्राजिल १० खेलाडीमा सिमित भएपनि चिलीले गोल गर्न सकेन । जितसँगै ब्राजिल सेमिफाइनलमा प्रबेश गरेको छ ।  अब ब्राजिलले सेमिफाइनलमा पेरुसँग खेल्नेछ । आज बिहान भएको अर्को खेलमा पेरुले जित निकालेको छ ।  पेरुले पाराग्बेलाई पेनाल्टी सुटआउटमा ४–३ गोलले पराजित भएको हो ।  ...
नारायणगढ–मुग्लिन सडकमा तीन दिन देखि पहिरै पहिरो
समाचार

नारायणगढ–मुग्लिन सडकमा तीन दिन देखि पहिरै पहिरो

निरन्तरको वर्षासँगै पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक खण्ड तीन दिनदेखि अवरुद्ध हुँदै आएको छ । बिहिबार र शुक्रबार केही समय सडक खुलाउन सकिएपनि अन्य समय पहिराले सडक अवरुद्ध रहेको हो । डिभिजन सडक कार्यालय चितवनका सूचना अधिकारी इञ्जिनीयर शिव खनालका अनुसार सडकको सेती दोभान, चारकिलो र पाँचकिलोमा ठूलो पहिरो खसेको छ । शुक्रबार साँझ चारकिलो र पाँचकिलोमा खसेको पहिरो पन्छाएर सडक सञ्चालन गरिएको दुईघण्टा नपुग्दै सेती दोभानमा ठूलो पहिरो खसेको उनले जानकारी दिए । त्यस पछि पुनः चारकिलो र पाँचकिलोमा पनि पहिरो खसेको हो । नारायणगढबाट २० किलोमिटर मुग्लिनतर्फ पर्ने सेती दोभानमा पछिल्ला वर्षहरुमा पहिलोपटक पहिरो खसेको हो । उनले भने, “मैले यो सडकमा काम गरेको ६ वर्ष भयो । पहिलो पटक यहाँ पहिरो खसेको हो ।” सडकको भित्तातर्फ ५० मिटर भन्दा माथिबाट पहिरो झरिरहेकाले सफा गर्न कठिन भएको छ । पहिरो रोकीएमा ५ द...
यूरोपेली च्याम्पियनसिप : जित निकाल्दै स्पेन सेमिफाइनलमा
खेलकुद, समाचार

यूरोपेली च्याम्पियनसिप : जित निकाल्दै स्पेन सेमिफाइनलमा

गए राति यूरोपेली च्याम्पियनसिप अन्तर्गत भएको खेलमा स्पेनले सानदार जित निकालेको छ ।  निकै रोमान्चक बनेको उक्त खेलमा स्पेनले स्विट्जरल्यान्डलाई पेनाल्टी शुटआउटमा पराजित गरेको हो । जितसँगै स्पेन युरो कपको सेमिफाइनलमा प्रवेश गरेको छ । उक्त खेलको आठौं मिनेटमा स्पेनले नै अग्रता पाएको थियो ।  त्यसपछि खेलको ६८ औँ मिनेटमा स्विट्जरल्यान्डले गोल गरी बराबरीमा पुर्याएका थियो । उक्त खेलको १ सय २० मिनेटसम्म पनि कुनै टिमले थप गोल गर्न नसकेपछि खेल पेनाल्टी शुटआउटमा पुगेको थियो।  ...
भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउने संख्या ४ लाख नाघ्यो
अन्तर्राष्ट्रिय, समाचार

भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउने संख्या ४ लाख नाघ्यो

भारतमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण र मृत्यु दर घट्दै गइरहेको छ। कुनै समय दैनिक ४ लाख कोरोना संक्रमित फेला परेको भारतमा दैनिक ५० हजार भन्दा कम संक्रमित फेला परिरहेका छन् । अहिले भारतमा नागरिकलाई खोप धमाधम लगाउन थलिएको छ ।  भारतमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ७९७ जनाको मृत्यु भएको छ । यससँगै हालसम्म भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४ लाख १ हजार ६८ पुगेको छ ।   पछिल्लो २४ घण्टामा ४७ हजार २५२ जनामा कोरोना संक्रमण देखिएको छ । यससँगै कोरोना संक्रमितको कुल संख्या ३ करोड ५ लाख १ हजार १८९ जना पुगेको छ । हालसम्म २ करोड ९५ लाख ९७ हजार ७ सय ३८ कोरोना संक्रमित निको भइसकेका छन् ।  भारतको महाराष्ट्र, राजस्थान, तामिलनाडू, पन्जाब, मध्य प्रदेश, दिल्ली, गुजरात, कर्नाटक, हरियाणा लगायतका स्थानमा पछिल्लो समय कोरोनाको बढी प्रभाव रहेको छ ।...
यूरोपेली च्याम्पियनसिप : बेल्जियमलाई पराजित गर्दै इटाली सेमीफाइनलमा
खेलकुद, समाचार

यूरोपेली च्याम्पियनसिप : बेल्जियमलाई पराजित गर्दै इटाली सेमीफाइनलमा

गए राति यूरोपेली च्याम्पियनसिप अन्तर्गत भएको खेलमा इटालीले सानदार जित निकालेको छ । निकै रोमान्चक बनेको उक्त खेलमा इटालीले बेल्जियमलाई २-१ गोलले पराजित गरेको हो ।  उक्त खेलमा इटालीका लागि निकोला बेरेल्ला र लोरेन्जो इनसिनिआईले एक एक गोल गरे । यस्तै  बेल्जियमका लागि रोमेलु लुकाकुले गोल गरे । खेलको ३१ औं मिनेटमा निको बरेल्लाले गोल गरी इटालीलाई अग्रता दिलाए ।  त्यसपछि खेलको ४४ औं मिनेटमा इटालीका लोरेन्जो गोल गरी टिमलाई अग्रता दोब्बर पारे । त्यसपछि खेलको अन्तिम समयमा बेल्जियमका लागि रोमेलु लुकाकुले गोल गरे । जितसँगै इटाली सेमीफाइनलमा प्रबेश गरेको हो । ...
देशका यी स्थानमा आज ठुलो पानी पर्ने, सतर्कता अपनाउन आग्रह
मौसम, समाचार

देशका यी स्थानमा आज ठुलो पानी पर्ने, सतर्कता अपनाउन आग्रह

शनिबार देशभर सामान्य देखि पूर्ण बदली रहेको छ। अहिले प्रदेश  १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्य देखि पूर्ण बदली तथा बाँकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरु र बाँकी प्रदेशका पानी परिरहेको छ ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर मनसुनी वायुको सक्रिय प्रभाव रहेको छ । हाल देशको तराई भू-भाग नजिक मनसुनी न्युन चापिय रेखा रहेको देखिन्छ ।  आज दिउँसो प्रदेश  १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्य देखि पूर्ण बदली तथा कर्णाली तथा सुदुर पश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश  १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा तथा कर्णाली र सुदूरपश्चिम  प्रदेशका थोरै स्थानहरुमा हल्का देख...
चीनबाट कोरोना विरुद्वको खोप ल्याईने
समाचार

चीनबाट कोरोना विरुद्वको खोप ल्याईने

चीनबाट अवदेखि निरन्तर कोरोना विरुद्वको खोप ल्याउने तयारी भएको छ । नेपाल सरकार र चीनको सिनोफार्म कम्पनी बीच खोप खरिदको सम्झौता भएको छ । उक्त सम्झौता अनुसार चीनबाट खोप आयात हुने भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै उक्त खोप खरिद बारे सम्झौता भएको कुराको जानकारी गराएको छ । सम्झौता अनुसार असार २४ गते बाट खोप आपूर्ति सुरु भइ तत्पश्चात साप्ताहिक रुपमा विभिन्न चरण मार्फत खोप आपूर्ति गर्ने तयारी भएको मन्त्रालयले जनाएको छ ।खोपको निरन्तर आपूर्तिबाट कोभिड विरुद्वको खोप अभियान सुचारु हुने गरि व्यावस्था मिलाइएको मन्त्रालयले बताएको छ ।...
असहायसँगै पत्रकार बजगाईको जन्मदिन
राष्ट्र, समाचार

असहायसँगै पत्रकार बजगाईको जन्मदिन

नव क्षितिज साप्ताहिकका प्रकाशक÷प्रधान सम्पादक, राम्रो सन्देश डट कमका प्रधान सम्पादक एवं अग्रज पत्रकार नवराज बजगाईले बिगतमा जस्तै यो बर्ष पनि आफ्नो जन्मदिन असाहयलाई सहयोग गरेर मनाएका छन । उनले शुक्रबार आफ्नो जन्म दिन काभ्रेको धुलिखेलमा रहेको मानव कल्याण समाज (सेवा घर) को शाखा कार्यालयमा रहेका बृद्धबृद्धा र असहायसँगै रहेर मनाएका हुन । सेवा घरमा रहेका ३३ जना असहायलाई खाना खुवाएर शुरु गरिएको कार्यक्रममा बजगाईले कोभिड–१९ का कारण सबै क्षेत्र मारमा परेकाले यस्ता सेवा घरहरुमा आउने सहयोगी पनि कम हुने हुदाँ यहाँ रहेकाहरुमा समस्या नहोस भनेर थोरै भएपनि सहयोग गरेको बताए । यो देखेर अरुपनि सहयोगीहरु आउन सक्छन भन्दै आफुले प्रत्येक जन्मोत्सव र एनिभर्सरी यसरी नै सामाजिक कार्य गरी मनाउने गरेको बताए । आफुलाई जन्मदिने बुबा आमा नभएपनि सेवा घरमा रहेका बृद्धबृद्धालाई भेट्दा बुबा आमाको न्यास्रो मेटिनुका साथै मा...
थप २२९९ मा कोरोना संक्रमण, ३४५१ निको
विशेष, समाचार

थप २२९९ मा कोरोना संक्रमण, ३४५१ निको

गत २४ घण्टामा नेपालमा २ हजार २९९ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा ३ हजार ४५१ जना निको भएर घर फर्केका छन्। मन्त्रालयका अनुसार गत २४ घण्टामा ६ हजार ५६६ पीसीआर परीक्षण गर्दा १ हजार ३९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ४ हजार ३० परीक्षण गर्दा ९०८ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ। गएको २४ घण्टामा ३४ जनाको कोरोनाका कारण ज्यान गएको छ। मन्त्रालयका अनुसार सोमबारसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार १७९ पुगेको छ । नेपालमा हाल कुल संक्रमितको ४.५६ प्रतिशत सक्रिय संक्रमित रहेका छन् ।...