Saturday, November 21

समाचार

मुख्यमन्त्री सहित चार विना विभागीय मन्त्रीले लिए शपथ
अन्तरवार्ता, राजनीति, समाचार

मुख्यमन्त्री सहित चार विना विभागीय मन्त्रीले लिए शपथ

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पद तथा गोपनीयताको शपथ लिएका छन्। शनिबार साँझ मुख्यमन्त्री नेपालीलाई प्रदेश प्रमुख सीताकुमारी पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन्।  गण्डकीमा मुख्यमन्त्री नेपालीसहित पाँच मन्त्रीले शपथ लिएका छन्। विना विभागीय मन्त्रीको रुपमा कांग्रेसका कुमार खड्का, माओवादीकी मधु अधिकारी, जसपाका हरिशरण आचार्य र स्वतन्त्र दीपक मनाङे ​उर्फ राजीव गुरुङले शपथ लिएका हुन्।  गुरुङ नै कांग्रेस संसदीय दलका नेता पोखरेल नेतृत्वको सरकार बनाउन आवश्यक ३१ मतका लागि निर्णायक बनेका थिए। उनीहरुलाई मन्त्रालय तोकिएको छैन। मुख्यमन्त्री नेपालीले बिना विभागीय मन्त्रीको रुपमा चार जनालाई मन्त्री बनाएका हुन्। संविधानको धारा १६८ को (५)  अनुसार बहुमतको दाबी गरेका नेपालीलाई मुख्यमन्त्री नियुक्त भएका हुन् । प्रदेश प्रमुख पौडेलको ...
अबको एक साता देशभर पानी पर्ने
मौसम, समाचार

अबको एक साता देशभर पानी पर्ने

अबको एक साता भित्र देशभर मनसुन सक्रिय हुने भएको छ । हाल नेपालमा बङ्गालको खाडीबाट भारत हुँदै पूर्वी भेगबाट नेपाल प्रवेश गरेको मनसुनी बादलले आकाश ढाकेका कारण अबको एक साता भित्र देशभर मनसुन सुरु हुने भएको हो । मौसम पूर्वानुमान महाशाखाका अनुसार ण्डकी तथा लुम्बिनी प्रदेशको पूर्वी भागमा शनिबारदेखि नै मनसुन प्रवेश गरिसेकेको छ । एक–दुई दिनभित्र देशव्यापी रूपमा मनसुनले प्रभाव जनाउने भएकाले पनि आकाश खुल्ने सम्भावना छैन। मनसुनको सक्रियता थप बढेमा अझै लामो समय निरन्तर वर्षा हुने सम्भावना बलियो रहेको जनाइएको छ । आइतबारदेखिको एक साता मनसुन तीव्र सक्रिय भएर देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा र केही स्थानमा भारी वर्षाका साथै थोरै स्थानमा अति भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभागले शनिबार प्रेस वक्तव्य जारी गर्दै शुक्रबारदेखि नेपाल प्रवेश...
काबुल विस्फोटमा पाँच व्यक्तिको मृत्यु
अन्तर्राष्ट्रिय, समाचार

काबुल विस्फोटमा पाँच व्यक्तिको मृत्यु

अफगानिस्तानको राजधानी काबुलको दुई फरक क्षेत्रमा भएको विस्फोटमा पाँच व्यक्तिको मृत्यु भएको छ । अफगानिस्तानको गृह मन्त्रालयका अनुसार  काबुलको दासत इ बार्ची क्षेत्रमा पहिलो विस्फोट भएको थियो । यसको करिब आधा घण्टापछि अलि जिनाह अस्पतालकोनजिकै अर्को विस्फोट भएको टोलो समाचार समितिले जनाएको छ । यस घटनामा परी अन्य केही व्यक्ति गम्भीर घाइते भएका हुनाले मृतकको संख्या बढ्न सक्ने समेत गृह मन्त्रालयले अनुमान गरेको छ । यसै महिनाको शुरुमा काबुलमा भएको यस्तै दुई ओटा विस्फोटमा परी १२ जना सर्वसाधारणको मृत्यु भएको थियो ।...
वाई वाई ग्लोकल टिन हिरोका लागि आवेदन खुला
मनोरन्जन, समाचार

वाई वाई ग्लोकल टिन हिरोका लागि आवेदन खुला

वाई वाई ग्लोकल टिन हिरोका लागि आवेदन खुला गरिएकाे छ । याे मञ्चमार्फत किशोर किशोरीहरूका कार्यहरूलाई पहिचान मात्र नगरी उनीहरूको प्रतिभा उजागर गर्न पनि मद्दत गरिन्छ । शुक्रबार पत्रकार सम्मेलन गरी साताैँ संस्करणकाे लागि आवेदन खुला गरिएकाे जनाइएकाे हाे । गत वर्षझै यस वर्षपनि ग्लोकल टिन हिरो नेपाल भर्चुअल रूपमा सेप्टेम्बर १, २०२१ मा हुने अन्लाईन अवार्ड महोत्सव र सम्मेलन मार्फत घोषणा गरिने जनाइएकाे छ । यस उपाधिको माध्यमबाट किशोरकिशोरीहरूमा उद्यमशील सोच विकास एवम् रचनात्मक सुरुवातको लागि थप उर्जा प्रदान गरिनेछ । नेपालबाट २०१५ मा सुरु भई, काठमाडौंका किशोर किशोरीहरूलाई मात्र लक्षित गरेर पछि २०१६ सम्ममा यसले नेपालका सबै किशोर किशोरीहरूको लागि राष्ट्रिय मञ्च उपलब्ध गराउन राष्ट्रव्यापी रूपमा आफ्नो कार्य विस्तार गरेको थियो । हालसम्म नेपालका ६ किशोर किशोरिहरूलाई ग्लोकल टिन हिरो नेपालका रूपम...
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त
राजनीति, समाचार

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस गण्डकी संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् ।  शनिबार प्रदेशसभामा प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८(५) बमोजिम प्रदेशसभामा बहुमत दावी गर्ने सदस्यको रुपमा पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेकी हुन्। बिहीबार प्रदेशसभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत नपाएपछि उनी पदमुक्त भए । त्यसपछि शुक्रबार दिउँसो २४ घण्टाको समय दिएर प्रदेश प्रमुख सीताकुमारी पौडेलले प्रदेश सभा सदस्यलाई नयाँ सरकारको दाबी गर्न समय दिएकी थिइन् । सोही अनुसार शुक्रबार नै विपक्षी गठबन्धनका तर्फबाट कांग्रेसका पोखरेलले ३१ जना सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।  यस्तै गुरुङले पनि शनिवार मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । तर प्रदेश प्रमुख पौडेलले गुरुङको दाबीलाई अस्वीकार गर्दै प्रदेशसभामा बह...
थप ३ हजार ३८४ जनामा संक्रमण, ६ हजार २९५ जना निको
समाचार, स्वास्थ्य

थप ३ हजार ३८४ जनामा संक्रमण, ६ हजार २९५ जना निको

गत २४ घण्टामा नेपालमा ३ हजार ३८४ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा ६ हजार २९५ जना निको भएर घर फर्केका छन्। मन्त्रालयका अनुसार गत २४ घण्टामा ८ हजार ५०६ पीसीआर परीक्षण गर्दा २ हजार ३८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ५ हजार ९८८ परीक्षण गर्दा १ हजार २ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ। गएको २४ घण्टामा ६१ जनाको कोरोनाका कारण ज्यान गएको छ। नेपालमा हाल ७१ हजार ३०१ जना आइसोलेसनमा रहेका छन् ।...
घरमै बसेर भारत अध्ययनबारे सम्पूर्ण जनकारी स्टडि इन इन्डिया एक्सपोमा
शिक्षा, समाचार

घरमै बसेर भारत अध्ययनबारे सम्पूर्ण जनकारी स्टडि इन इन्डिया एक्सपोमा

काठमाडौं –भारत अध्ययन विशेष स्टडि ईन ईन्डिया भर्चुअल एक्सपोले विद्यार्थीलाई भारतमा हुने विभिन्न विषयको अध्ययनको विषयमा अन्तर्राष्ट्रिय विद्यार्थीलाई सम्पूर्ण जानकारी प्रदान गर्ने भएको छ । आयोजक संस्था अफेयर्स एक्जिविसन एण्ड मिडियाले एक्सपो विश्वका ४५ राष्ट्रका विद्यार्थीलाई भारतको शिक्षा प्रणाली, अध्यापन हुने विषय, विश्वविद्यालयले प्रदान गर्ने छात्रवृत्ति, भौतिक शैक्षिक वातावरणको विषयमा जनकारी दिने उद्देश्यले शुक्रवार देखी ५ दिन सम्म भर्चुअल रुपमा सञ्चालन भईरहेको आयोजकले जनाएको हो । एक्सपोमा ४० भन्दा बढि विश्वविद्यालय, २ सय भन्दा बढि विषय र सत प्रतिशत सम्म छात्रवृत्ति पाउने व्यवस्था गरिएको छ ।यो एक्सपोले विद्यार्थीलाई भारतमा अध्ययनको विषयमा एउटा माइन्डसेट तयार गर्न सहयोग पुग्ने र विद्यार्थीले विश्वविद्यालयकै प्रतिनिधीबाट घरमै बसेर आवश्यक सम्पूर्ण जानकारी प्राप्त गर्न सक्ने भएकाले यो एक्सपो...
प्रजातन्त्र, बहुदल, लोकतन्त्र गणतन्त्र जे भने पनि जनताका दुःख ज्युँकात्युँ
राजनीति, समाचार

प्रजातन्त्र, बहुदल, लोकतन्त्र गणतन्त्र जे भने पनि जनताका दुःख ज्युँकात्युँ

-डा.डिआर उपाध्याय, एमाले एकताका लागि अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको ६ बुँदे आह्वानले केही दिन नेपाली राजनीतिमा नयाँ तरंग ल्यायो । यो तरंग अझै सेलाएको छैन । खासगरी २०७५ जेठ ३ भन्दा पहिलाको स्थितिमा पार्टीलाई पु¥याउनुपर्ने माधव नेपाल–झलनाथ खनाल पक्षको माग हो । अन्ततः यही आह्वानमार्फत अध्यक्ष ओलीले स्वीकारेका छन्। अब माधव पक्ष एकताका लागी गम्भिर हुने हो भने गाँठो फुकेको छ । पटक पटक भएका परिवर्तन पछि कुनै पनि सरकार पूरा कार्यकाल टिक्न सकेनन्। संविधानसँगै भएको पहिलो संसदीय निर्वाचनमा वाम गठबन्धनले बहुमत ल्यायो। पछि दुई दल (नेकपा) एमाले र माओवादी केन्द्रबीच एकीकरण भयो। त्यसबाट झन्डै दुईतिहाई बहुमतको सरकार बन्यो। पाँच वर्ष मुलुकले स्थिरता पाउँछ भन्नेमा आम नागरिक विश्वस्त थिए । तर, आन्तरिक र बाह्य चलखेलबाट स्थिरताको सपना पुरा हुन सकेन । पार्टीभित्रै विविध चलखेल भए । पार्टी फुट...
काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा थप्ने तयारी
समाचार

काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा थप्ने तयारी

काठमाडौं उपत्यकामा थप एक हप्ता निषेधाज्ञा थप्ने तयारी गरिएको छ । कोरोनाभाइरस संक्रमण नियन्त्रणका लागि भन्दै गत वैशाख १६गतेदेखि जारी गरिएको निषेधाज्ञा यही जेठ ३१ गतेसम्म रहेको छ । तर, स्थानीय प्रशासनले थप एक हप्ता निषेधाज्ञा लम्ब्याउने तयारी गरेको छ ।  कोरोना संक्रमण दर अझै  उल्लेखनीयरुपमा नघटेको निष्कर्ष निकाल्दै काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुबीच थप एक हप्ता निषेधाज्ञा थप्ने अनौपचारिक सहमति भएको हो ।  तर, अब थपिने निषेधाज्ञा केही खुकुुलो बनाइने भएको छ । खेतीपातीको मौसम भएकाले कृषि कार्य तथा निर्माण व्यवसायको कामलाई खुकुलो बनाउने तयारी गरिएको छ । ...
थप ३७५० जनामा संक्रमण, ५२२५ जना निको
समाचार

थप ३७५० जनामा संक्रमण, ५२२५ जना निको

गत २४ घण्टामा नेपालमा ३ हजार ७५० जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा ५ हजार २२५ जना निको भएर घर फर्केका छन्। मन्त्रालयका अनुसार गत २४ घण्टामा ९ हजार ५९८ पीसीआर परीक्षण गर्दा २ हजार ७०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ५ हजार ५८४ परीक्षण गर्दा १ हजार ४१ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ। गएको २४ घण्टामा ६७ जनाको कोरोनाका कारण ज्यान गएको छ। नेपालमा हाल ७५ हजार २७५ जना आइसोलेसनमा रहेका छन् ।...