Saturday, November 21

समाचार

आर एण्ड बि शैलिकोगीत “म हेरिमा रहनेछु  “सार्बजनिक(भिडियो)
मनोरन्जन, समाचार

आर एण्ड बि शैलिकोगीत “म हेरिमा रहनेछु “सार्बजनिक(भिडियो)

नयाँ शैलिको संगित मन पर्नेले सुन्नै पर्ने गीत “म हेरिमा रहनेछु जब तिमी आकाशमा हुनेछौ “म हेरिमा रहनेछु जब तिमी आकाशमा हुनेछौ” अहिलेको समयमा युवा पुस्तामा रुचाइने संगित “आर एण्ड बि” शैलिको गीत हो । हालै मात्र सामाजिक सञ्जाल तथा युट्युब मा सार्बजनिक भएको लिरिकल भिडियो सहित संगितको नयाँ स्वाद पस्किने कोसिस इटहरी निवासी कवी राईले गरेका छन्, उन्लाई सार्बजनिक रुपमा भाईपरको उपनामले पनि चिन्ने गर्दछन । https://youtu.be/329Ux2ukdLw लामो समय देखी भाईपर मनोरञ्जन क्षेत्रमा आफ्नो पहिचान बनाउन संघर्षरत छन । गीत संगितसंगै भाईपर अरु धेरै प्रतिभाका पनि धनी छन ।उनी बिट बक्सिङ, लिरिकल हिप अप डान्स, बिबोईङ डान्समा नि निकै पोख्त छन । स्थानिय लगाएत देशका अन्य धेरै शहरहरुमा उनले आफ्नो प्रतिभा प्रदर्शन गरिसकेका छन भने उन्को प्रस्तुती धेरै रुचाईने पनि गरिएको छ । जस्को कारण उनि प्राय यस्ता कार्यक्रममा ...
देशभर निषेधाज्ञा खुकुुलो बनाउने तयारी, गृह मन्त्रालयले थाल्यो छलफल
समाचार

देशभर निषेधाज्ञा खुकुुलो बनाउने तयारी, गृह मन्त्रालयले थाल्यो छलफल

सरकारले मुलुकभर जारी गरिएको निषेधाज्ञा खुकुलो बनाउने तयारी थालेको छ । बाँकेमा गत वैशाख १३ गते र काठमाडौं उपत्यकामा वैशाख १६ गतेबाट जारी भएको निषेधाज्ञा ७५ वटा जिल्लामा कायम रहेको छ । जस कारण जनजीवन प्रभावित भइरहेको र कोरोना संक्रमण दर पनि घटिरहेका बेला सरकारले निषेधाज्ञा खुकुलो बनाउने तयारी थालेको हो ।  यसका लागि गृहमन्त्रालयले छलफल गर्न थालेको छ । निषेधाज्ञाको मोडालिटी परिवर्तन गर्न गृहले छलफल थालेको हो । मुलुकभरका जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर गृह मन्त्रालयले निषेधाज्ञ खुकुलो बनाउन लागेको हो । यसका लागि जिल्लाको अवस्थाबारे गृहले जानकारी मागिरहेको छ ।  अत्यावश्यकीयबाहेक सेवा अहिले रोकिएका छन् । अब केही क्षेत्रलाई जनस्वास्थ्यका मापदण्ड पालना गरेर निषेधाज्ञा खुकुलो बनाउने तयारी गरिएको हो । अधिकांश जिल्लामा जेठ मसान्तसम्म निषेधाज्ञा जारी गरिएको छ । ...
थप ४ हजार ४७२ जनामा संक्रमण, ६ हजार ९५१ जना निको
समाचार

थप ४ हजार ४७२ जनामा संक्रमण, ६ हजार ९५१ जना निको

गत २४ घण्टामा नेपालमा ४ हजार ४७२ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा ६ हजार ९ सय ५१ जना निको भएर घर फर्केका छन्। मन्त्रालयका अनुसार गत २४ घण्टामा १२ हजार २ पीसीआर परीक्षण गर्दा ३ हजार ३७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ५ हजार ९ सय १ परीक्षण गर्दा ११ सय २ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ। कोरोनाको दोश्रो लहर आएपछि नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या पछिल्ला केही दिन घट्दो क्रममा छ। गएको २४ घण्टामा ९२ जनाको कोरोनाका कारण ज्यान गएको छ।...
घट्यो सुनचाँदीको मूल्य
अर्थ/व्यापार, समाचार

घट्यो सुनचाँदीको मूल्य

सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । आइतबार सुनको मूल्य बढेको थियो तर आज तोलामा ३ सय रुपैयाले घटेको छ ।   आइतबार तोलाको ९४ हजार १ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज घटेर  ९३ हजार ८ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।   त्यस्तै आज तेजावी सुनको मूल्य पनि प्रतितोला ९३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य पनि घटेर तोलाको १ हजार ३ सय ५० रुपैयामा नै कारोबार भइरहेको महासंघले जनाएको छ ।  ...
स्वास्थ्यकर्मीको आत्मबल बढाउँदै अध्यादेश
समाचार

स्वास्थ्यकर्मीको आत्मबल बढाउँदै अध्यादेश

सरकारले जारी गरेको अध्यादेशले आफूहरुको आत्मबल बढाएको यहाँका स्वास्थ्यकर्मीले प्रतिक्रिया दिएका छन्। अध्यादेशले भौतिक आक्रमणलाई निरुत्साहित गरेको र काम गर्ने वातावरण बनेको उनीहरुको भनाइ छ। नेपाल नर्सिङ सङ्घ चितवनका सचिव विष्णुमाया अधिकारी अध्यादेश पूर्णरूपमा कार्यान्वयनमा आउनेमा विश्वस्त रहँदै आफूहरुको आत्मबल बढेको बताउँछिन्। स्वास्थ्यकर्मीहरुले पनि आफू कर्तव्यबाट कत्ति पनि विचलित हुन नहुने भन्दै उनले इमान्दारीपूर्वक काम गर्नुपर्ने बताइन् उनले भनिन्, “यो अध्यादेशले हामीलाई ऊर्जा थपेको छ ।” स्वास्थ्यकर्मीहरुमाथि जिम्मेवारी थपिएको पनि उनले बताइन्। विगतमा भएका घटनामा कतिपयमा स्वास्थ्यकर्मीहरु पनि दोषी भएको भन्दै उनले यस्ता घटनाप्रति सचेत हुनुपर्ने धारणा राखिन्। चिकित्सक सङ्घ चितवनका अध्यक्ष डा लोकबहादुर सेढाईंले अध्यादेशलाई ऐनमा ल्याएर पूर्णरूपमा कार्यान्वयनमा ल्याउनुपर्ने बताए। उनले भने...
विश्वकप छनौट : नेपालले आज जोर्डनसँग प्रतिस्पर्धा गर्दै
खेलकुद, समाचार

विश्वकप छनौट : नेपालले आज जोर्डनसँग प्रतिस्पर्धा गर्दै

फिफा विश्वकप-२०२२ तथा एसियन कप-२०२३ छनोट अन्तर्गत नेपालले सोमबार जोर्डनसँग खेल्दैछ ।  कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा हुने उक्त खेलमा जोर्डनलाई पराजित गर्ने दाउमा नेपाल छ । खेल सोमबार राति पौने १० बजे शुरू हुनेछ ।  यसअघि नेपालले चाईनिज ताईपेलाई २-० गोलले पराजित गरेको थियो । नेपाल अहिले ६ खेलमा ६ अंकसहित चौथो स्थानमा रहेको छ । भने आज प्रतिस्पर्धा  गर्ने टिम जोर्डन ५ खेलमा १० अंकसहित तेस्रो स्थानमा रहेको छ । ...
कोभिशील्ड खोपको दोस्रो मात्रामा एस्ट्राजेनेका खोप दिने
समाचार

कोभिशील्ड खोपको दोस्रो मात्रामा एस्ट्राजेनेका खोप दिने

सरकारले कोभिशील्ड खोपको पहिलो मात्रा लगाएका मानिसका लागि दोस्रो खोप अनिश्चित देखिएपछि एस्ट्राजेनेका खोप दिने भएको छ । अक्सफर्डरआस्ट्राजेनेकाले विकास गरेर सीरम इन्स्टिट्यूट अफ इन्डियाले उत्पादन गरेको खोपको झण्डै १४ लाखले पहिलो मात्रा मात्र लिएको सरकारी विवरण छ। नेपाल सरकारले भारतस्थित सीरम इन्स्टिट्यूट अफ इन्डियासँग अग्रिम भुक्तानी गरेको कोरोनोभाइरसविरुद्ध प्रयोग हुने कोभिशील्ड खोप भारतको निर्यातसम्बन्धी निर्णयले अनिश्चित देखिएपछि उक्त खोपको विकल्पमा उस्तै प्रकृतिको एस्ट्राजेनेका खोप दिने भएको हो ।...
महन्थ ठाकुर समूहका चार मन्त्री बर्खास्त
राजनीति, समाचार

महन्थ ठाकुर समूहका चार मन्त्री बर्खास्त

 प्रदेश २  सरकारबाट चार मन्त्रीलाई बर्खास्त गरिएको छ । भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल, समाजिक विकास राज्यमन्त्री अभिराम शर्मा, भौतिक पूर्वाधार विकास राज्यमन्त्री डिम्पल झा र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डललाई बर्खास्त गरिएको हो । मुख्यमन्त्री लालबाबु राउतले जसपाको ठाकुर–महतो समूहमा रहेका सोनल, शर्मा, झा र मण्डललाई हटाइएको पत्र आइतवार अबेर राति प्रदेश प्रमुख डा राजेश झाको सचिवालयमा दर्ता गराएका छन् । प्रदेश प्रमुख झाले मुख्यमन्त्री कार्यालयबाट मन्त्रिमण्डलमा हेरफेर गरिएको पत्र प्राप्त भएको पुष्टि गरेका छन् । प्रदेश प्रमुखको सचिवालयले राति नै जारी गरेको विज्ञप्तिअनुसार मुख्यमन्त्री लालबाबु राउतलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको सम्हाल्ने गरी जिम्मेवारी तोकिएको छ । विजयकुमार यादवलाई पूर्ववत् नै आर्थिक मामिला तथा योजना मन्त्रालय, ज्ञान...
राष्ट्रपतिद्वारा स्वास्थ्यकर्मीमाथि हुने कुटपिटलाई नियन्त्रण गर्न ल्याइएको अध्यादेशमा के छ
समाचार

राष्ट्रपतिद्वारा स्वास्थ्यकर्मीमाथि हुने कुटपिटलाई नियन्त्रण गर्न ल्याइएको अध्यादेशमा के छ

अस्पतालमा उपचाररत विरामीको मृत्यु भएपछि मृतकका आफन्तहरुले स्वास्थ्यकर्मीमाथि कुटपिट गर्ने तथा अस्पतालहरुमा तोडफोड गर्ने घटना बढेपछि त्यसलाई कारबाहीको दायरामा ल्याउन सरकारले अध्यादेशमार्फत कानुन ल्याएको छ। आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश जारी गरेसँगै नेपाल राजपत्रमा प्रकाशित भएर लागुसमेत भएको छ। यो अध्यादेशले स्वास्थ्यकर्मीमाथि कुटपिट गर्नेलाई तीन वर्षसम्म कैद र तीन लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था गरेको छ। यस्तै स्वास्थय संस्थामा आन्दोलन गर्नेमाथि पनि कारबाही हुने भएको छ। अध्यादेशले स्वास्थ्य संस्था घेराउ गरे एक वर्षसम्म कैद सजाय हुने व्यवस्था गरेको छ। कोरोना संक्रमितको उपचारका लागि खटिएका नेपालगञ्जको भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि आक्रमण भएलगत्तै सरकारले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको अध्यादेश ल्याएको हो। ...
असार १ गतेदेखि नयाँ भर्ना शुरु गराउँदै शिक्षा मन्त्रालय
शिक्षा, समाचार

असार १ गतेदेखि नयाँ भर्ना शुरु गराउँदै शिक्षा मन्त्रालय

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले आउँदो असार १ गतेदेखि वैकल्पिक माध्यमबाट नयाँ शैक्षिकसत्र शुरु निर्देशन दिएका छन् भने विद्यालय शिक्षाको एक मुख्य पक्ष शिक्षक समुदायले हतार नगर्न आग्रह गरेको छ । शिक्षामन्त्री श्रेष्ठले असार १ गतेबाट नयाँ भर्ना प्रक्रिया र कक्षा सञ्चालन गर्न आग्रह गर्दै त्यसका लागि कार्यक्रम तर्जुमा गर्न आज मन्त्रालयका उच्च कर्मचारीलाई निर्देशन दिएका हुन् । कोभिड–१९ का कारण चालु शैक्षिकसत्र जेठसम्म लम्ब्याइएपछि नयाँ सत्र असार १ गतेदेखि हुने पूर्व निर्धारण गरिएकामा यस वर्षको दोस्रो लहरको कोरोना रोकथामका लागि अधिकांश जिल्लामा निषेधाज्ञा जारी छ । वैकल्पिक माध्यमबाट सम्भव नभएका स्थानमा कसरी कक्षा सञ्चालन गर्ने भन्ने अन्योल भने कायमै छ । विद्यालय शिक्षा सञ्चालनको अधिकार स्थानीय तहको भएकाले कक्षा सञ्चालनको मिति आफू अनुकूल हुन सक्ने भएपनि राष्ट्रियरुपमा ...