दक्षिण काेरिया नेपाल पत्रकार महासंघ अध्यक्षमा सविनाको उम्मेदवारी
काठमाण्डौँ, असार २४
ग्यालेक्सी दैनिक
नेपाल पत्रकार महासंघ दक्षिण काेरिया शाखाकाे अधिवेशन घोषणा भएको छ । आगामी जुलाई १७ तारिख नेपाल पत्रकार महासंघ दक्षिण काेरिया शाखाको ७ औँ अधिवेशन हुने निश्चित भएको हो । अधिवेशन घोषणा भएसँगै अध्यक्ष पदमा पत्रकार सविना कार्कीले उम्मेदवारी दिने भएकी छिन् । कार्कीले आफ्नो फेसबुक एकाउन्ट मार्फत एक स्टाटस लेख्दै अध्यक्ष पदमा उम्मेदवारी दिने जनाएकी हुन् ।
पत्रकार कार्कीले आफू निर्वाचित भए महासंघ काेरिया शाखालाई अबको कार्यकालमा उदाहरणीय काम गर्ने बताएकी छन् । काेरियामा रहेर पत्रकारिता गर्दै आएकी कार्कीले अब पत्रकार महासंघकाे काेरिया शाखामा गएर शाखाको गरिमालाई उच्चता दिँदै पत्रकारहरूको हकहितका लागि काम गर्ने बताएकी छन् ।
अबकाे दिनमा पत्रकार महासंघ काेरिया शाखाले प्रत्येक वर्ष उत्कृष्ट पत्रकारलाई सम्मान गर्नु राम्रो हुने र आफू अध्यक्ष पदमा निर्वाचित भए याे ...










