गायक बिक्की परियारको ‘एकै नजरमा’ सार्वजनिक
काठमाण्डौ, पौष २२
ग्यालेक्सी दैनिक
गायक बिक्की परियारको सुमधुर स्वरमा सजिएको ‘एकै नजरमा’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
गीतमा शब्द बिष्णुबाबु देवकोटाको रहेको छ । टिका दाहालले संगीत तथा राहुल प्रधानको संगीत संयोजन रहेको छ ।
कालिञ्चोकको रमणीय ठांउहरुमा छायाँकन गरिएको यस भिडियोलाई बुद्ध थापाले खिचेका हुन् भने सम्पादन भिडियोमा दिन्सन शाहको रहेको छ ।
बिकाश लामिछाने र बिना राउतलाई भिडियोमा रोमान्टिक मुडमा देख्न सकिन्छ ।
एक युवाले सुन्दर युवती देखेपछि मनमा आएका भावलाई समेटिएको भिडियोलाई केशव राज भट्टले निर्देशनमा गरेका छन ।
संगीतकार दाहालको आधिकारिक च्यानल ‘टिका दाहाल म्युजिक’ मार्फत भिडियो सार्वजनिक भएको हो ।
भिडियोले दर्शकको मन जित्ने कुरामा निर्माण टिम आशावादी रहेको छ ।
https://youtu.be/JwekWGVrY_8...










