संघीय सरकारको बजेट आज आउँदै
संघीय सरकारको आगामी आर्थिक वर्ष २०७८÷०७९ को बजेट (शनिबार) आज आउँदै छ। जेठ १५ गते बजेट ल्याउने संवैधानिक मान्यता अनुसार आज बजेट आउन लागेको हो।
संसद नभएकोले केपी शर्मा ओली नेतृत्वको कामचलाउ सरकारले आगामी आर्थिक वर्षको बजेट अध्यादेशमार्फत ल्याउन लागेको छ।
स्रोतका अनुसार अर्थमन्त्रालयले पूर्ण आकारको बजेट ल्याउने छ। उक्त बजेट चालु आर्थिक वर्षको भन्दा केही ठूलो हुने अर्थमन्त्रालय स्रोतले जानकारी दिएको छ। चालु आर्थिक वर्ष २०७७÷०७८ मा १४ खर्ब ७४ अर्ब रूपैयाँको बजेट विनियोजन भएको थियो। यस अनुसार करिब १५ खर्बको आसपासमा बजेट आउन सक्ने अनुमान गरिएको छ।
जसमा अधिकांश कार्यक्रम कोभिडकेन्द्रित हुनेछन्। विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोभिड १९ को समस्यालाई केन्द्रमा राखी बजेट ल्याउन लागिएको अर्थमन्त्रालयले बताएको छ।
आगामी आर्थिक वर्षमा सरकारलाई कोभिड १९ को महामारी, प्रतिनिधिसभा निर्...










