Friday, November 20

मनोरन्जन

चलचित्र बिकास बोर्डको कार्यक्रममा आफ्नै गाउ इलाममा नायक श्रीदेव
मनोरन्जन, समाचार

चलचित्र बिकास बोर्डको कार्यक्रममा आफ्नै गाउ इलाममा नायक श्रीदेव

इलाम । ‘सेलिब्रेटीसँग बालबालिका’ अन्तर्गत चलचित्र बिकास बोर्डको कार्यक्रममा आफ्नै गाउ इलाममा आएर बालबालिकासँग चलचित्र सम्बन्धि खुला संवाद गर्न पाउदा आफुलाई निकै भाग्यमानी सम्झेको र कलाकार भएकोमा गर्व महशुस भएको कुरा नायक श्रीदेब भट्टराईले बताए ।  उनले उक्त कुरा चलचित्र विकास बोर्डको आयोजनामा इलाम नगरपालिकाको सहकार्य तथा कोशी प्रदेश र नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा आयोजित ‘बाल चलचित्र महोत्सव, इलाम’ कार्यक्रममा बताएका हुन । नायक भट्टराई, संगै सेलिब्रेटीसँग बालबालिका अन्तर्गत विशिष्ठ अभिनेत्री बसुन्धरा भुसाल, गौरी मल्ल, मोहन निरौला, सन्तोष लोहनी, मिलन चाम्स, प्रेमकुमार श्रेष्ठ, बालकृष्ण निरौला, दिनेश डिसी, जनकदीप पराजुली, पुनम क्षेत्रीलगायतले बालबालिकासँग खुला संवाद गर्नुभएको थियो । चलचित्र विकास बोर्डको आयोजनामा इलाम नगरपालिका सहकार्य तथा कोशी प्रदेश र नेपाल पर्यटन बोर्डको प्रवद्र्...
प्रतिक्षा काफ्ले अभिनित “दिल आफ्नै थियो” (भिडियो)
मनोरन्जन, समाचार

प्रतिक्षा काफ्ले अभिनित “दिल आफ्नै थियो” (भिडियो)

काठमाडौं ।  बिगत लामो समयदेखि अभिनयमा सक्रिय कलाकार प्रतिक्षा काफ्ले र प्रज्वल राज भट्टको अभिनय रहेको प्रेमभावयुक्त गीत “दिल आफ्नै थियो” हालै फाक्थुंगलुंग ईन्टरटेन्मेन्ट युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ। यो गीतमा गायक नारायण थापा र नित्याशिवाको सुमधुर स्वर सुन्न सकिन्छ। गीतका शब्द शंकर अधिकारी घायलले लेखेका हुन् भने संगीत बिकाश चौधरीले गरेका छन्। गोबिन्द सोनीले मिक्सिंग र मास्टरिङ गरेका छन्। भिडियो पक्षमा पनि उत्कृष्ट टिमको समावेश छ छायांकन सुबिन गोदार, सम्पादन राकेश दाहाल, श्रृंगार सबिना गुरुङ र निर्देशन प्रकाश धितालले गरेका हुन्। भिडियोमा “दिल आफ्नै भएपनि अरूका लागि मायामा धड्किने भावलाई कलात्मक र भावुक शैलीमा प्रस्तुत गरेको छन् निर्देशक प्रकाश धितालले । भिडियोमा देखाइएको समर्पण, प्रेम र भावनात्मक गहिराइले दर्शकको मन छुने अपेक्षा गरिएको छ I...
विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा.डीआर उपध्यायको उपन्यास ‘आसक्ति’ लोकार्पण
मनोरन्जन, समाचार

विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा.डीआर उपध्यायको उपन्यास ‘आसक्ति’ लोकार्पण

विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा.डी.आर उपध्याय खनालको उपन्यास ‘आसक्ति’ लोकार्पण गरिएको छ । काठमाडौंमा मंगलबार एक विशेष समारोहबीच उक्त कृतिको लोकार्पण गरिएको हो । साहित्यिक पत्रकार संघको आयोजनामा भएको समारोहमा प्रमुख अतिथि सांसद डा.अमरेशकुमार सिंह र मञ्चासिन अतिथिहरूले उक्त कृतिको लोकार्पण गर्नुभएको थियो । संघका अध्यक्ष राधेश्याम लेकालीको सभापत्विमा भएको समारोहमा महाकाव्यकार खेमनाथ दाहालले कृतिमाथि टिप्पणी गर्नुभएको थियो । उहाँले उपन्यासभित्रका पात्रका बारेमा क्रुरता र ममता दुबै भाव रहेको उल्लेख गर्दै एकातिर भौतिक सुख सुविधाको इच्छा र अर्कोतिर सत् पनि रहेको प्रसंग कोट्याउनुभएको थियो । विशिष्ठ कलाकार मदनदास श्रेष्ठ, उत्तम केसी, खनाल सेवा समाजका महासचिव माधव खनाल, गीतकार संघ नेपालका अध्यक्ष वसन्त वित्यासी थापा, गायक/संगीतकार सन्तोष श्रेष्ठलगायतले शुभकामना मन्तव्य राख्दै डा.उपाध्य...
गीतकार ज्ञानेन्द्र क्षेत्रीको शव्दमा ‘छ माया छपक्कै’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

गीतकार ज्ञानेन्द्र क्षेत्रीको शव्दमा ‘छ माया छपक्कै’ सार्वजनिक(भिडियो)

काठमाडौं ।  गायक रामकृष्ण ढकाल तथा गायिका तृप्ति खड्का गुरुङ्गको युगल स्वरमा ‘छ माया छपक्कै’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । दिपेन्द्र केशर पण्डित तथा शर्मिला पण्डितको निर्माणमा तयार भएको भिडियोको गीतको शव्द ज्ञानेन्द्र क्षेत्री तथा संगीत गायिका स्वयं तृप्तिले गरेकी हुन । सारेगम स्टुडियोमा तयार गरिएको गीतको एरेन्ज,मिक्सिङ्ग तथा मास्टरिङ्ग नरेश पाण्डेले गरेका थिए ।   विजय गुरुङ्गको निर्देशनमा तयार भएको भिडियोमा फिचर्ड स्वयं निर्देशक गुरुङ्ग र मोडल मिस पवि रहेका छन । कुलेखानीको रमणीय दृश्यहरु समेटिएको भिडियोलाई छायांकार प्रकाश खड्का तथा उनको टिमले छायांकन गरेका छन । भने भिडियो सम्पादन मिलन विश्वकर्माले गरेका हुन । गीतको भिडियो तृप्ति खड्का गुरुङ्गको आफ्नै युट्यूब च्यानलबाट सार्वजनिक गरिएको छ ।...
प्रधानमन्त्रीद्वारा बनेपामा ‘सिनेपाः’ फिल्म स्टुडियो निर्माणको घोषणा
मनोरन्जन, समाचार

प्रधानमन्त्रीद्वारा बनेपामा ‘सिनेपाः’ फिल्म स्टुडियो निर्माणको घोषणा

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार काभ्रेको बनेपामा ‘सिनेपाः’ नामक इन्डोर फिल्म स्टुडियो निर्माण सुरु भएको औपचारिक घोषणा गरे। प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा स्टुडियो निर्माणको शिलापत्र अनावरण गर्दै ओलीले ‘आजको दिन नेपाली सिनेमा क्षेत्रको युग परिवर्तनको संकेत’ भएको बताए। “अब हाम्रो सिनेमा घरभित्रै निर्माण हुन्छ, त्यो पनि अत्याधुनिक संरचनाभित्र,” उनले भने। बनेपा नगरपालिका–१० र १३ को ४१ रोपनी जग्गामा बन्ने स्टुडियो सन् २०२६ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। ३९ करोड रुपैयाँ अनुमानित लागतको यो परियोजनाले नेपाली फिल्म उद्योगलाई ‘सस्टेनेबल’ बनाउने अपेक्षा गरिएको छ। प्रधानमन्त्रीले डबिङ, गायन र प्रविधिसम्बन्धी अन्य युनिटहरू पनि स्टुडियोमा समेटिनुपर्ने सुझाव दिए। उनले अघिल्लो कार्यकालमा दोलखामा फिल्म नगरी र पालुङटारमा स्टुडियो निर्माणको प्रस्ताव गरे पनि ‘कलाकारकै...
तेस्रो संस्करणको राष्ट्रिय संगीत अवार्ड २०८२ भव्य रुपमा सम्पन्न
मनोरन्जन, समाचार

तेस्रो संस्करणको राष्ट्रिय संगीत अवार्ड २०८२ भव्य रुपमा सम्पन्न

काठमाडौं । तेस्रो संस्करणको राष्ट्रिय संगीत अवार्ड २०८२ भव्य रुपमा सम्पन्न भएको छ । कास्की खबर प्रा.लि को आयोजनामा बैशाख २९ गते सोमबार काठमाण्डौको कमलादीस्थित प्रज्ञा प्रतिष्ठामा सम्पन्न भएको उक्त अवार्ड समापन समारोहमा नेपाल को पहिलो महिला मुख्य मन्त्री अष्टलक्ष्मी शाक्य को प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा कास्की खवर प्रालिका अध्यक्ष ऋषि दाहाल सभापति रहेका थिए । कार्यक्रममा सांस्कृतिक अध्ययन अनुसन्धान प्रतिष्ठानका अध्यक्ष बरिस्ठ गायक बम बहादुर कार्की, प्रतिष्ठानकै सचिव लोकप्रिय गायक बैकुण्ठ महत, वरिष्ठ सङ्गीतकार राजु सिंह, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका उपाध्यक्ष राधिका हमाल, बरिस्ठ पत्रकार शान्तिप्रिय, सुमन बैरागी, राष्ट्रिय संगीतकर्मी संघका अध्यक्ष प्रकाश कटुवाल, सांस्कृतिक समाज नेपालका अध्यक्ष रामप्रसाद अवस्थी, डब्बु क्षत्री, लोकराज अधिकारी, गायिका एवं सञ्चारकर...
रमेश पाठकको ‘जे गर्नु पैसाले गर्‍यो’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

रमेश पाठकको ‘जे गर्नु पैसाले गर्‍यो’ सार्वजनिक(भिडियो)

रमेश पाठकको स्वरमा रहेको गीत ‘जे गर्नु पैसाले गर्‍यो’ सार्वजनिक भएको छ । रमेशकै शब्द रचना एवम् सङ्गीत, दिनेश न्यौपानेको सङ्गीत संयोजन र मनोज परियारको मिक्सिङ/माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । केशव कोइरालाको निर्देशन/कोरियोग्राफ रहेको गीतको भिडियोमा कृष्ण रसाल, शिला गजुरेल, गोविन्द प्रभात, केशव कोइराला लगायतको नृत्य एवम् अभिनय रहेको छ । योगेश दाहालको छायांकन रहेको गीतको भिडियोमा रमेशकै दृश्य सम्पादन र ओम प्रसाईंको कलर रहेको छ । गीतमा पैशाका कारण समाजमा देखिने प्रवृतिलाई उजागर गरिएको छ । पाठकले यस गीतमार्फत गरिबीका कारण झेल्नुपर्ने दुःख पीडाहरू व्यक्त गर्नुभएको छ । गीत जति राम्रो छ भिडियो पनि उत्कृष्ट बनेको छ । ‘हामी सबैको मिहिनेतबाट एउटा उत्कृष्ट गीत पस्किएका छौ, सबैको साथ सहयोग पाउनेमा आशावादी छौ’ गायक पाठकले भन्नुभयो, ‘मानव जीवन भनेको कुमालेको चक्र जस्तै हो, बाँच्न...
अमर बान्तुको संगीत, एपसी कोइलाको शब्द रचनामा ‘सम्बन्ध’(भिडियो)
मनोरन्जन, समाचार

अमर बान्तुको संगीत, एपसी कोइलाको शब्द रचनामा ‘सम्बन्ध’(भिडियो)

गीतकारका रूपमा ख्याति कमाउनुभएका अमर बान्तु संगीतकारमा रूपमा आफ्नो पहिचना स्थापित गरिरहनुभएको छ । उहाँको संगीत रहेको पछिल्लो गीत ‘सम्बन्ध’ श्रोता/दर्शकमाझ आएको छ । एपसी कोइलाको शब्द रचना रहेको गीतमा प्रताप दासको स्वर छ भने बाबुल गिरीको संगीत संयोजन रहेको छ । शान थापाको निर्देशन रहेको गीतको भिडियोमा सागर खनाल र गुँरास ढकाललाई फिचरिङ गरिएको छ । बुद्ध थापाको सिनेमेटोग्राफी रहेको गीतको भिडियोमा विविक सुनुवारको दृश्य सम्पादन रहेको छ । जीवनकै कथा प्रस्तुत गरिएको गीतमा सम्बन्ध बनेको सम्हाल्नलाई हो बिग्रानका लागि होइन, संसार शृंगार्नका लागि माया प्रेम बनेको हो भन्ने भाव व्यक्त गरिएको छ । जीवन भोगाइका यर्थाथ प्रस्तुत गरिएको गीतको शब्द रचना जति सशक्त छ त्यतिनै मधुर संगीत सिर्जना भएको छ भने भिडियो पनि उत्कृष्ट बनेको छ । स्रष्टा अमर बान्तुका हालै एकसाथ पाँच गीतका भिडियो सार्वजनिक गरिएको थियो...
चलचित्र कल्याणकारी कोषबाट बिरामी चलचित्रकर्मी र मृतकका परिवारलाई आर्थीक सहयोग
मनोरन्जन, समाचार

चलचित्र कल्याणकारी कोषबाट बिरामी चलचित्रकर्मी र मृतकका परिवारलाई आर्थीक सहयोग

काठमाडाैँ – चलचित्र विकास बोर्ड अन्तर्गतको चलचित्र कल्याण कोषले बिरामी चलचित्रकर्मी र अकालमा मृत्यु भएका चलचित्रकर्मीका परिवारलाई आर्थीक रुपमा सहयोग गरेको छ। नेपालको चलचित्र क्षेत्रमा योगदान पुर्याएका चलचित्रकर्मीहरुलाई चलचित्र कल्याण कोषले बैशाख १९ गते घर घरमा गएर सहयोग गरेको हो। चलचित्र कलाकार गोकुल सुवेदीलाई ४० हजार, चलचित्र प्राविधिक कृष्ण प्रसाद तिमल्सिनाको परिवारलाई ५० हजार, चलचित्र प्राविधिक तथा छायांकार उमेश श्रेष्ठ र चलचित्र निर्देशक सन्तोष ढकाललाई १ लाँख रुपैँया सहयोग गरेको चलचित्र विकास बोर्डका अध्ययक्ष दिनेश डि.सीले जानकारी दिए। उनका अनुसार मृतक चलचित्र प्राविधिक कृष्ण प्रसाद तिमल्सिनाको परिवारलाई काजक्रिया खर्च घरमा गई हस्तान्तरण गरेको हो। उनले भने,’ हामीले चलचित्र प्राविधिक तथा छायांकार उमेश श्रेष्ठलाई पनि घरमा नै गएर दियौँ र उपचारको क्रममा रहनुभएका चलचित्र निर्देशक स...
फिल्ममा पनि अभिनय गर्ने औधी रुचि छ :मोडल तथा डान्सर श्री स्वस्थानी
अन्तरवार्ता, मनोरन्जन, समाचार

फिल्ममा पनि अभिनय गर्ने औधी रुचि छ :मोडल तथा डान्सर श्री स्वस्थानी

काठमाडौं ।  पछिल्लो समयमा  मोडल तथा डान्सर श्री स्वस्थानी तामाङ यतिबेला चर्चाको शिखरमा पुगेकी छिन। उनी उमेरमा २१ वर्ष मात्र भइन्। तर छोटो समयमै निकै नै रुचाएकी उनी आज सबैको प्यारो बन्न पुगेकी छिन्। सानैदेखि डान्स गर्दै आएकी उनी सबैको मनमा बस्न चाहन्छिन्। घरको जेठी छोरी भएको कारणले उनी माथि जिम्मेवारी झन् थपिएको थियो। १५ वर्ष उमेरदेखि काम गर्न थालेकी थिइन्। जसले गर्दा घरको अवस्थालाई बिस्तारै समाधान गर्दै थिइन्। आर्थिक अवस्था कमजोर भएको कारणले उनी अगाडि बढ्न निकै नै कठिन भइरहेको थियो। स्कुलको प्रिन्सिपल घनेन्द्र भट्टराई सरले रियालिटी शोमा जान प्रोत्साहन गर्नुभयो। अभिनेत्री मिथिला शर्मा र महेश गोदार सरको देखाउनुभएको बाटोमा हिँड्दैछु। प्रतिभाको आँगनमा उनले सर्वोकृष्ट डान्सरको प्रथम श्रेणीको उपाधि हासिल गरिन्। एसी डान्स च्याम्पियनमा उनले छात्रावृत्ति पाएर कक्षा ११/ १२ र स्नातकमा पढ्दै छिन्। ...