Saturday, November 21

मनोरन्जन

अरमान तामाङको र्‍याप गीत ‘भावना’ सार्वजनिक
मनोरन्जन, समाचार

अरमान तामाङको र्‍याप गीत ‘भावना’ सार्वजनिक

काठमाडौं, अरमान तामाङको र्‍याप गीत ‘भावना’ सार्वजनिक भएको छ । शुक्रबार काठमाडौंमा एक विशेष समारोहबीच विशिष्ट संगीतकार शम्भुजीत बास्कोटाको प्रमुख आतिथ्यतामा गीतको भिडियो सार्वजनिक गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि बास्कोटाले संगीतको प्रवाहलाई कसैले रोक्न नसक्ने सदाबहार हुने भन्दै पछिल्लो समय र्‍यापमा युवापुस्ता आउनु राम्रो रहेको बताउनुभयो । उहाँले अरमानको पहिलो प्रयास भए पनि निकै राम्रो भिडियो तथा गायन रहेकाले यसले सकारात्मक सन्देश दिएको जिकिर गर्नुभयो । यस्तै विशेष अतिथि सुशील नेपालले भिडियोको सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना दिँदै युवापुस्ताहरू गायनमा आउनु राम्रो रहेको बताउनुभयो । अरमानको स्वर रहेको भिडियोमा फिचर्ड र संगीत विनोद ढकालको छ भने शब्द अरमान र विनोदको छ । सोनाम पाख्रिनले निर्देशन गर्नुभएको भिडियोमा अरमानलाई रिया लामाले साथ दिनुभएको छ । दिनेश पराजुल...
सिजन मिडियाले नेपालमा अन्तर्राष्ट्रिय अवार्ड कार्यक्रम गर्दै
मनोरन्जन, रोचक

सिजन मिडियाले नेपालमा अन्तर्राष्ट्रिय अवार्ड कार्यक्रम गर्दै

काठमाडौँ । नेपालमा आफ्नो काम र लगनका कारण विशिष्ट संस्थाका रुपमा सिजन मिडियाले आफ्नो अहम भूमिका स्थापित गरेको तथ्य सुनाउन पाउँदा हामी गौरवान्दित छौ । लामो समयदेखि सामाजिक र सास्कृतिक क्षेत्रमा अग्रणी संस्थाको रुपमा काम गर्दै आएको सिजन मिडियाले व्यवसायीक, शैक्षिक ,सामाजिक, सास्कृतिक तथा राजनैतिक क्षेत्रमा क्रियाशिल विभिन्न व्यक्तित्व र संस्थालाई विभिन्न अवसरमा सम्मान र अवार्ड वितरण गर्दै आएको छ । यसबाट उनीहरुको मेहनत र उपलव्धीलाई थप हौसला प्रदान गर्दै आएको छ । सिजन मिडिया आफ्नो १५ औं स्थापना दिवस तथा संविधान दिवस २०८० को अवसर पारेर असोज १५ गते काठमाडौंमा एशियाली देशका सफल व्यवसायीक व्यक्तित्वहरुलाई ‘एशियन प्रोफेशनल अचिभमेन्ट अवार्ड २०२३’ चौथो संस्करण विषयक सम्मान तथा अवार्ड कार्यक्रम आयोजना गर्न लागेको सगौरव घोषणा गर्दछौ । सामाजिक, राजनीतिक , साँस्कृतिक ,शैक्षिक र व्यवसायीक क्षेत्रमा सफल त...
मञ्जु थापाको ‘यो तीजमा नजाने माइत’ सार्वजनिक
मनोरन्जन, समाचार

मञ्जु थापाको ‘यो तीजमा नजाने माइत’ सार्वजनिक

काठमाडौं, साउन १८ । गायिका मञ्जु थापाको तीज गीत ‘यो तीजमा नजाने माइत’ सार्वजनिक भएको छ । बिहीबार काठमाडौंमा एक विशेष समारोहबीच गीतको भिडियो सार्वजनिक गरिएको हो । विशिष्ठ संगीतकार शम्भुजित बास्कोटाको रचना र संगीत रहेको गीतमा चाद सिंहको एरेञ्ज छ । गम्भीर विष्टको निर्देशन/कोरियोग्राफ रहेकोे गीतको भिडियोमा शर्मिला मल्ल, दीपाश्री निरौला, रेजिना उप्रेती, निता ढुंगाना, मञ्जु थापा, कल्पना थापा, प्रमिला कार्की, गोमा केसी, शिला गजुरेल, मीना लामा राकेश खड्कालगायतको अभिनय छ ।  टिमको मिहिनेतका कारण गीत र भिडियो राम्रो बनेको बताउँदै उहाँले सम्पूर्ण टिमलाई धन्यवाद दिनुभएको थियो । यस्तै, दीपाश्रीले यो गीतमार्फत यस वर्षको तीज आएको जस्तो आभास आफूले पाएको सुनाउनुभयो । तीजको गीत भन्नासाथ आफू फुरुङ भएर नाच्न जाने गरेको समेत बताउनुभयो । शम्भुजित बास्कोटासँग करिब आधा दशक चलचित्रमा काम गरेको अनुभवको कारण एकै प...
गायक सुदेश शर्माको चर्चित गीत ‘हामी नदीका दुई किनारा’लाई पून: गाए सुरेन्द्र श्रेष्ठले (भिडियो)
मनोरन्जन, समाचार

गायक सुदेश शर्माको चर्चित गीत ‘हामी नदीका दुई किनारा’लाई पून: गाए सुरेन्द्र श्रेष्ठले (भिडियो)

काठमाडौं । गायक तथा संगीतकार सुरेन्द्र श्रेष्ठको नयाँ भिडियो सार्वजनिक भएको छ। यसपालि उनले पुरानो सदाबहार गीत ‘हामी नदीका दुई किनारा’को कभर भर्सन गाएका छन्। पुराना वरिष्ठ संगीतकार चन्द्र राज शर्माद्वारा संगीतबद्ध उक्त गीतका रचनाकार सुर्य राज शर्मा हुन् भने वरिष्ठ गायक सुदेश शर्माले originally उक्त गीत गाउनु भएको थियो, भने गायक सुरेन्द्र श्रेष्ठले आफ्नै पनमा यस गीत लाई गाएका छन्। गीतको भिडियो पनि सुन्दर रहेको छ। भिडियोमा रुपेन्द्र श्रेष्ठ तथा भिन्तुना जोशी, उजय शाही तथा मथुरा महर्जनले अभिनय गरेका छन् भने छायांकन तथा सम्पादन योवन शाक्य तथा रङ्ग संयोजन आकृष्ट शाक्यले गरेका हुन् भने सज्जा स्वेता शाक्य को रहेको उक्त भिडियो को कथा लेखन तथा निर्देशन विश्वास बज्राचार्यले गर्नु भएको छ। भिडियोको प्रस्तुति सुरमेलोडी रेकर्डिङ स्टुडियो तथा ज्योति music kovraheko छ। उक्त गीत गायक सुरेन्द्र श्रेष्...
कोरियोग्राफर सन्दिप भुजेललाई ‘मण्डला रास्ट्रिय प्रतिभा सम्मान’
मनोरन्जन, समाचार

कोरियोग्राफर सन्दिप भुजेललाई ‘मण्डला रास्ट्रिय प्रतिभा सम्मान’

कोरियोग्राफर तथा नृत्य निर्देशक सन्दिप भुजेल ‘मण्डला रास्ट्रिय प्रतिभा सम्मान-२०८०’  बाट सम्मानित भएका छन । राजधानीमा सम्पन्न ‘मण्डला रास्ट्रिय प्रतिभा सम्मानूकार्यक्रममा उनलाई उक्त सम्मानबाट सम्मानित गरिएको हो । मनोरन्जनको हरेक विधाका कार्यक्रमहरु, म्युजिक, भिडियो, सांस्कृतिक कार्यक्रम, चलचित्र निर्माण साथै कला साहित्य, भाषा लगायत विभिन्न विधाको प्रर्वद्धन र विकासका लागि काम गर्दै आएको मण्डला ईन्टरटेनमेनट द्वाराआयोजित ‘मण्डला रास्ट्रिय प्रतिभा सम्मान’मा उनले उक्त सम्मान पाएका हुन । समारोहका प्रमुख अतिथी प्रतिनिधि सभाका उप सभामुख इन्दिरा राना मगर , समारोहका विशिष्ट अतिथीहरु प्रतिनिधि सभाका साँसद रेशम लाल चौधरी ,किरण कुमार शाह ,रेखा यादवको हात बाट कोरियोग्राफर भुजेललाई सम्मान प्रदान गरिएको थियो । डेढ दशक भन्दा लामो समय देखि नृत्य मार्फत आफ्नो छुट्टै पहिचान बनाउन सफल साथै आफनो कलाले दर...
प्रिन्स अभिनित ‘अदृश्य’श्रावण १९ बाट प्रदर्शनमा आउने
मनोरन्जन, समाचार

प्रिन्स अभिनित ‘अदृश्य’श्रावण १९ बाट प्रदर्शनमा आउने

आउँदो शुक्रबार अर्थात् साउन १९ गतेदेखि ‘सस्पेन्स थ्रिलर’ कथामा आधारित चलचित्र ‘अदृश्य’ प्रदर्शनमा आउने भएको छ । चलचित्र ‘अदृश्य’ निर्माण समूहद्वारा आज आयोजित पत्रकार भेटघाटमा निर्देशक प्रहाल्द काफ्ले, अभिनेता प्रमोद अग्रहरी, रवी गिरी, रिस्ता बस्नेत, प्रविन खतिवडा र प्रिन्स प्रसिद सिंहले चलचित्रको विषयमा जानकारी गराउनुभयो । अभिनेता अग्रहरीले चलचित्रको छायाङ्कन कोरोना महामारीकै समयमा गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामी कहाँ सस्पेन्स र थ्रिलर कथामा कमै चलचित्र बन्ने गरेका छन् । एकै किसिमको भन्दा फरक प्रस्तुतीकरण दर्शकले पाउनुहुनेछ । मैले पनि चलचित्रको विधाअनुसार आफ्नो स्वरूप तयार गरेको छु ।” यसै चलचित्रमार्फत निर्देशन यात्राको प्रारम्भ गर्नुभएका निर्देशक काफ्लेले सामाजिक विषयवस्तुमा थ्रिलर प्रस्तुती दिएको बताउनुभयो । “हामीले राम्रो चलचित्र बनाउन सक्दो कोसिस गरेका छौँ । हा...
सराना श्रेष्ठ निर्देशित बृत्तचित्र ‘पूर्नजन्म’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

सराना श्रेष्ठ निर्देशित बृत्तचित्र ‘पूर्नजन्म’ सार्वजनिक(भिडियो)

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले निर्माण गरेको अंगदान र अंग प्रत्यारोपण सम्बन्धि चेतनामूलक बृत्तचित्र ‘पुनर्जन्म’ प्रदर्शन गरिएको छ । शुक्रबार राजधानीको कुमारी हलमा आयोजित एक समारोहबिच स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतको उपस्थितिमा उक्त वृतचित्र प्रदर्शन गरिएको हो । १५ मिनेट लामो उक्त वृत चित्रको निर्देशन सराना श्रेष्ठले गरेकी हुन । सराना वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठकी सुपुत्री हुन । समारोहमा स्वास्थ्य तथा जनसंख्या मन्त्री बस्नेतले स्वस्थ्य समाज निर्माणका लागि उपचारात्मक सेवाले मात्र संभव नहुने भएकाले रोग लाग्नै नदिन यस किसिमका जनचेतना जगाउने वृत चित्रहरुले पनि ठूलो भूमिका खेल्ने बताए । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले प्रत्यारोपणको क्षेत्रमा उल्लेखनिय काम गरिरहेको स्मरण गर्दै यसको सेवा देश भरि बिस्तार गर्न र तत्काल विरामीको चापको आधारम...
सारिका घिमिरेको ‘कलियुग कि राधा’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

सारिका घिमिरेको ‘कलियुग कि राधा’ सार्वजनिक(भिडियो)

सारिका घिमिरेको स्वरमा रहेको गीत ‘कलियुग कि राधा’ सार्वजनिक भएको छ । सारिकाकै शब्द, योगेशकाजी शाहको सङ्गीत/एरेञ्ज रहेको ‘कलियुग कि राधा’ गीतको भिडियो सार्वजनिक भएको हो । गम्भिर विष्टको निर्देशन रहेको गीतको भिडियोमा सारिकालाई नै फिचरिङ गरिएको छ । भिडियोमा दिनेश पराजुलीको छायांकन र अनिता ग्वाचाको श्रृङ्गार छ । गीतको भिडियो सारिकाकै अफिसियल युट्युव च्यानलमार्फ सार्वजनिक गरिएको हो । नायिका तथा गायिका सारिकाले पछिल्लो समय गायनमार्फत चर्चा बटुल्न सफल हुनुभएको छ । उहाँका केही गीत करोडौं क्लबमा समेत पर्न सफल भएका छन् ।...
केही फरक बबिना भट्टराईको  ‘बालापनको तीज’ (भिडियो)
मनोरन्जन, समाचार

केही फरक बबिना भट्टराईको ‘बालापनको तीज’ (भिडियो)

काठमाडौं यस वर्षका तीजका लागि भनेर गायक गायिकाले आफ्ना सिर्जनाहरु दर्शकमाझ पस्किरहेका छन्। तीज आउन डेढ महिना बाँकी रहदा गायक गायिकाहरु तीजका लागि युट्युबमार्फत सार्वजनिक गरिरहेको अवस्थामा गायका बबिना भट्टराईले पनि नयाँ गीत लिएर स्रोता तथा दर्शकमाझ आएकी छन्। भीष्ममणि पाण्डेको शब्द रचनामा ‘बालापनको तिज’ नामक गीत बबिना भट्टराईको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ। गीतलाई बबिनाकै संगीत सुन्न सकिन्छ। सार्वजनिक गीतमा बाल्यकालको तीजलाई भावनामा व्यक्त गरिएको छ। ‘बालापनको तीज’ गीतमार्फत बालबालिकाहरुमा समर्पित रहेको छ। सांस्कृतिक सम्पतीको रुपमा सिर्जना गरिएको तीजको कोशेली साना साना नानीहरुको लागी सांस्कृतिक मनोरञ्जन प्रदान गर्नको लागी यो गीत तयार पारिएको गायिका भट्टराईले बताईन् । केशब राज भट्टले निर्देशन तथा कोरियोग्राफी गरेको भिडियोलाई बुद्ध थापाले खिचेका हुन । यस गीतको भिडियोलाई ब...
‘माइत जाने हो’ भन्दै आए प्रताप र रिज्योना (भिडियो)
मनोरन्जन, समाचार

‘माइत जाने हो’ भन्दै आए प्रताप र रिज्योना (भिडियो)

काठमाडौं । तीज नजिकिदै गर्दा सामाजिक सञ्जालमा तीजका गीत बज्न थालेका छन्। यहीबीचमा प्रताप दास र रिज्योना कार्कीको स्वरमा तीज गीत ‘माइत जाने हो’ सार्वजनिक भएको छ । निर्माण टिमले मंगलबार गीतको भिडियो युटुबमार्फत सार्वजनिक गरेको हो। मित्र केसीले लेखेको गीतमा बिष्णु तामाङको संगीत तथा संगीत सम्योजन रहेको छ । गीतमा माया प्रेमका प्रेमिल भाव प्रस्तुत गरिएको छ। विजय गुरुङ निर्देशन गरेको भिडियोमा सुबोध श्रेष्ठ, बिजय गुरुङ, विना राउत र आभा थापाले नाचेका छन्। उनीहरुको नाचलाई दर्शकले रुचाएका छन्। प्रकाश थापाले खिचेको भिडियो मिलन विश्वकर्माले सम्पादन गरेका छन ।...