Saturday, November 21

मनोरन्जन

प्रमोद खरेलको स्वरको ‘उर्वशी’ फाल्गुन २ मा आउदै
मनोरन्जन, समाचार

प्रमोद खरेलको स्वरको ‘उर्वशी’ फाल्गुन २ मा आउदै

भक्तपुर । वरिष्ठ चलचित्र छायांकार राजु केसीको निर्देशनमा 'उर्वशी' बोलको गीतको भिडियो सार्वजनिक हुने तयारीमा रहेको छ । भक्तपुरमा हिजो आयोजित प्रिमियर कार्यक्रममा उक्त जानकारी दिईएको हो । भक्तपुर नगरपालिकाकी उपमेयर रजनी जोशीको प्रमुख आतिथ्यतामा आयोजित उक्त प्रिमियर समारोहमा पत्रकार,निर्माण युनीट लगायतको उपस्थिती रहेको थियो । संगीतकार शंकर थापाको कम्पोजमा तयार गीतलाई उदयराज पौडेलले एरेन्ज गरेका छन । सवित बज्राचार्यको शव्द रचना रहेको गीतको पोष्ट प्रडक्सन स्किमा टेक्नोलोजीमा गरिएको थियो । 'ओएसआर डिजिटल'बाट सार्वजनिक गरिने तयारीमा रहेको भिडियोमा नायिका नम्रता सापकोटा र सवित बज्राचार्यको अभिनय रहेको छ । रामशरण उफ्रेतीले छायांकन गरेको भिडियोलाई गौतम राज खड्काले सम्पादन गरेका छन । प्रमोद खरेलको स्वर रहेको  'उर्वशी' को भिडियोले 'माया भनेको सवल मान्छेको मात्र हुदैन 'भन्ने सन्देश दिएको र ...
प्राञ्जल पोखरेलको स्वरमा ‘समय’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

प्राञ्जल पोखरेलको स्वरमा ‘समय’ सार्वजनिक(भिडियो)

प्रेम दिवसको छेको पारेर प्राञ्जल पोखरेलको स्वरमा रहेको गीत ‘समय’ सार्वजनिक भएको छ । प्राञ्जलकै शब्द, संगीत, निर्देशन र कमल रानाको एरेञ्ज, मिक्सङ र माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । प्राञ्जललाई स्वरमा वेनिशा पौडेलले साथ दिनुभएको छ । योगेश शाक्यको छांयकन, सम्पादन र कलर रहेको गीतको भिडियोमा अनु आचार्य, अनेल पौडेल, आशिस कुमार केसी र प्राञ्जलको अभिनय रहेको छ । प्रेम दिवसमा आफ्नो प्रेमीलाई प्रोपज गर्न तयार भएको युवतीले अर्कै युवालाई प्रपोज गरेपछिको घटनाक्रम भिडियोको कथामा वस्तु उनिएको छ । यथर्था घटना के हो भन्ने विषयमा भने सस्पेन्स राखिएको भिडियो निकै राम्रो बनेको छ । बुटवल, भैरहवा र लुम्बिनीका रमणीय क्षेत्रमा छायाँकन गरिएको गीतको भिडियो उत्कृष्ट बनेको छ । ओएसआर डिजिटलमार्फत गीतको भिडियो सार्वजनिक गरिएको हो । रुपन्देहीको भैरहवमाका स्थायि बासिन्दा प्रञ्जलको यसअघि सार्वजनिक ग...
रानु ,किरण,श्रेय र साक्षीको ‘मोया पिडालु’मा सोनित राज ढुंगेल (भिडियो)
मनोरन्जन, समाचार

रानु ,किरण,श्रेय र साक्षीको ‘मोया पिडालु’मा सोनित राज ढुंगेल (भिडियो)

माया कहिले दयालु हुन्छ त कहिले पिडालु अर्थात् पीडादायी पनि हुँदो रहेछ। ८० वर्षीय वृद्ध माता सीता देवी ढुंगेलको शब्द रचना साथै संगीतकार संकेत अगस्तीको संगीतमा रहेको यो गीतमा किरण भुजेल, रानु निरौला, श्रेय अगस्ती र साक्षी अगस्तीले स्वर दिएका छन्। सोनित राज ढुंगेल, अतीत निरौला, प्रिया गोले र निक्की शाहीको मुख्य भूमिका रहेको यो गीतको रेकर्डिङ फील स्टुडियोमा भएको छ र यस गीतको मिक्सिङ मास्टरिङ कुमार केसीले गरेका हुन्। यस म्युजिक भिडियोको सम्पादन निराजन केसी र छायांकन दिनेश पराजुलीको रहेको छ भने निशान एसकेले यो म्युजिक भिडियोको निर्देशन गरेका छन्। यो गीत प्रणय दिवसको अवसरमा हरेक मायाप्रेममा परेका जोडीलाइ एउटा उपहार स्वरूप पस्किने मोया पिँडालु टीमको भनाइ रहेको छ। यो गीत आज OSR Digital बाट रिलिज भएको छ। यो म्युजिक भिडियोलाइ धेरै श्रोतामाझ पुर्याउने अपेक्षा गरिएको छ।...
सरोज खनाल, सुनिल थापा स्टारर सिरिज ‘लाल बहादुर, द स्पार्क ‘को ट्रेलर सार्वजनिक
मनोरन्जन, समाचार

सरोज खनाल, सुनिल थापा स्टारर सिरिज ‘लाल बहादुर, द स्पार्क ‘को ट्रेलर सार्वजनिक

काठमाडौं । जी मिडिया कनेक्सन प्रा. ली.को ब्यानरमा निर्मित नेपाली सिरिज ‘लाल बहादुर, द स्पार्क ‘को ट्रेलर सार्वजनिक भएको छ । देवजंग थापाको लेखन तथा निर्देशन रहेको सिरिजमा लोकप्रिय कलाकारहरु सरोज खनाल, सुनिल थापा, कमेडियन खड्ग बहादुर पुन :(ख.ब.पु)को मुख्य भूमिका रहेको ट्रेलरमा देखाइएको छ । २०७२ सालको विनासकारी भुईचालो पछि पानीको मुहान सुकेको गाउँमा पानी ल्याउन गरेको प्रयासको कथा रहेको सिरिज चार सिजन गरी जम्मा ५२ एपिसोडको रहने र पहिलो सिजन १३ एपिसोडको रहेको निर्देशक थापाले जानकारी दिनु भयो । प्रकाश आङ्बुहाङ (हाङबारे) निर्माता रहेको ‘लाल बहादुर, द स्पार्क ‘मा सरिता राजोपाध्याय, लक्ष्मीनाथ तिमिल्सिना , गीता थापा पराजुली, रामबाबु रेग्मी , अनिता गिरी , जेनिस अधिकारी ,रविन विष्ट, विश्व मुखिया लगायत कलाकारको अभिनय रहेको छ । नविन डाँगी निर्माण नियन्त्रक रहेको सिरिजमा ,नरेन्द्र लामा र स्वस्तिमा ...
‘Dadasaheb Phalke Television Award’ to Media Person Raj Luitel in Mumbai
मनोरन्जन, समाचार

‘Dadasaheb Phalke Television Award’ to Media Person Raj Luitel in Mumbai

Mumbai. Nepali senior Media personality Rajendra Luitel (Raj) brought to India the Dadasaheb Phalke Indian Television Award in Mumbai. India’s Padmashree Award is considered to be the biggest award after the Indian eminent personality, who is known by the nickname of Bollywood of King, has been awarded the Dadasaheb Phalke Indian Television Award, Nepal’s Media Person Luitel has been honored. For the past two decades, Nepal-India, which has been a medium of various media for the expansion and development of India-India diplomatic relations, has been honored with the Dadasaheb Phalke Award 2023 by Indian news media as a mark of appreciation for the contribution of journalism. The above honor was given to Media Person Luitel in a grand ceremony held at Taj Hotel, Mumbai, India, on 5...
भावना कँडेलको “फेक स्माइल” सार्वजनिक
मनोरन्जन, समाचार

भावना कँडेलको “फेक स्माइल” सार्वजनिक

काठमाडौं । भावना कँडेलले लेखेको उपन्यास “फेक स्माइल” आजबाट बजारमा आएको छ । काठमाडौँमा आयोजित एक कार्यक्रममा पुस्तकको विमोचन गरियो । यो उनको पहिलो उपन्यास हो । उपन्यासलाई शिखा बुक्सले प्रकाशन गरेको छ । कलिलै उमेरमा व्यवसायिक सफलताको स्वाद चाख्दै गरेकी २४ वर्षीया भावना कँडेले लकडाउनको फुर्सदमा किताव लेखेको सुनाइन । फेक स्माइल उपन्यास रहर मात्र नभएर लेखन यात्रामा निरन्तरताको शुभारम्भ भएको बताइन । विमोचन कार्यक्रममा पुगेकी नायिका रिमा विश्वकर्मा कलिलो उमेरमै पुस्तक लेख्ने भावना कँडेलबाट आँफु प्रभावित भएको बताइन । लेख्ने रहर भए पनि सामाजिक सञ्जालमा पोष्टबाहेक केही लेख्न नसकेको भन्दै उनले अब चाँडै पुस्तक लेख्ने सार्वजनिक गरिन । कार्यक्रममा पुस्तक समिक्षा गर्दै लेखक तथा समालोचक महेश क्षितिज कार्कीले फेक स्माइलले युवा पिँढीको मन जित्ने बताए । समिक्षाकै क्रममा लेखक क्रान्ति पराजुलीले उपन्यासम...
“मिस एण्ड मिसेस व्यूटिफुल नेपाल २०२३” का लागि आवेदन खुल्ला
मनोरन्जन, समाचार

“मिस एण्ड मिसेस व्यूटिफुल नेपाल २०२३” का लागि आवेदन खुल्ला

बिगत ८ बर्ष देखि लगातार आयोजना हुदै आएको “मिस एण्ड मिसेस व्यूटिफुल नेपाल २०२३ को छनौट प्रक्रियाको लागि पहिलो अडिसन माघ १४ गते नयां बानेश्वर स्थित होटेल रानी महल मा हुने भएको छ । नेपालमा सौन्दर्य प्रतियोगिताहरुको बढ्दो भिडमा आफुलाइ स्थापित गर्दै उत्कृष्ट कार्यक्रमहरु आयोजना र व्यबस्थापन गर्दै आईरहेको दक्ष इन्टरनेशनल प्रालिको “मिस एण्ड मिसेस व्युटिफुल’को पहिलो अडिसन हुन लागेको हो । नेपालका ख्याती प्राप्त व्यक्तित्वहरु निर्णायक मण्डल रहने छनौट प्रक्रियामा विवाहित तथा अविवाहित प्रतिस्पर्धि छनौट गरिने छ । उक्त प्रतियोगिताको बिजेताले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको प्रतियोगितामा भाग लिन पाउने सहित चलचित्र, म्युजिक भिडियो, मिडिया अन्तरबार्तामा समेत सहभागिता हुन पाउने जानकारी आयोजक तथा बरिष्ठ मेक अप आर्टिष्ट टेकराज पाण्डेले जानकारी दिए। प्रतियोगिताका लागि छनौट हुने प्रतियोगीहरुलाइ २५ दिनको व...
तेश्रो संस्करणको ‘लिटिल स्टार नेपाल’ को अन्तिम स्पर्धा सम्पन्न
मनोरन्जन, समाचार

तेश्रो संस्करणको ‘लिटिल स्टार नेपाल’ को अन्तिम स्पर्धा सम्पन्न

तेश्रो संस्करणको ‘लिटिल स्टार नेपाल’ को अन्तिम स्पर्धा राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न भएको छ। एएनपी मिडिया हाउसद्वारा आयोजित उक्त प्रतियोगितामा ‘नृत्यु, ‘गायन’ र ‘अभिनय’ समूहका मुख्य बिजेता घोषित भए । ‘सिनियर डान्सतर्फ एन्जल देउला विजयी हुँदा स्विकार श्रेष्ठ फर्स्ट रनरअप, कृतिका खड्का सेकेन्ड रनर अप, सोफिया परियार थर्ड रनर अप, आर्या ब्यन्जनकार पब्लिक चोईस र आरएन सिंह मस्ट पपुलर अवार्ड विजेता घोषित भए। त्यसैगरी ‘जुनियर डान्सुतर्फ आर्या कुँवरले शिर्ष ताज पहिरिँदा परिधी कार्की फर्स्ट रनरअप, शहिन्सा चौधरी सेकेन्ड रनरअप, सुप्रेक्षा शाही थर्ड रनरअप, येस्मिन सापकोटा फोर्थ रनरअप, श्रीजिता चालिसे पब्लिक चोईस र बेबिका रोकयाले मस्ट पपुलर अवार्ड हात पारे। प्रतियोगिताको ‘गायन’तर्फ दिव्या पाण्डेले शिर्ष उपाधी आफ्नो हातमा परिन। फर्स्ट रनरअप उमेश मगर, सेकेन्ड रनरअप निदुङ हाङ राई, पब्ल...
सुरेन्द्र श्रेष्ठको संगीतमा अशोक पाटेकरको नयाँ गीत ‘यति धेरै माया मेरो ‘(भिडियो)
मनोरन्जन, समाचार

सुरेन्द्र श्रेष्ठको संगीतमा अशोक पाटेकरको नयाँ गीत ‘यति धेरै माया मेरो ‘(भिडियो)

अशोक पाटेकरको नयाँ गीत ‘यति धेरै माया मेरो ‘वोलको गीतको भिडियो सार्वजनिक भएको छ । । रोशन अनुराग राईको शब्द रहेको गीत लाई अहिलेका चर्चित संगीतकार सुरेन्द्र श्रेष्ठले कम्पोज गरेका छन । गीतको संगीत संयोजन भने जीवित जल्मीले गरेका छन। गीतको रेकर्डिङ सुर मेलोडी रेकर्डिङ स्टुडियोमा भएको हो। गीतको भिडियोमा अनुज शाक्य, मुस्कान राजभण्डारी, तथा रबिन श्रेष्ठको अभिनय देख्न सकिन्छ । गीतको परिकल्पना राज महर्जनको तथा सज्जा रोजा एण्ड ब्युटी स्टुडियो को रहेको छ। गीतको निर्देशन योवन शाक्य (14k) तथा पोस्ट प्रोडक्सन नेवा इन्टरटेनमेन्टको रहेको छ । गीतलाई संगीतकार सुरेन्द्र श्रेष्ठको युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ।...
चर्चित गायक ‘बोकेदाह्री’को ‘काका हरायो'(भिडियो)
मनोरन्जन, समाचार

चर्चित गायक ‘बोकेदाह्री’को ‘काका हरायो'(भिडियो)

चर्चित गायक श्रीकृष्ण लुइँटेल ‘बोकेदाह्री’ले सांगीतिक बजारमा नयाँ गीत ल्याएका छन्। बोकेदाह्रीले ‘काका हरायो’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरेका हुन्। उनले आफ्नै अफिसियल युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरेका हुन्। बोकेदाह्री र मनिषा पोखरेलको स्वरमा रहेको गीत अच्युत अधिकारी ‘ब्याए भुटान’ ले लेखेका हुन्। बालबालिकाका पहिलो शिक्षक अभिभावक रहेको र पहिलो विद्यालय घर भएकाले उनीहरूले घरबाटै संस्कार सिकाउने सन्देश दिनका लागि उक्त म्युजिक भिडियो तयार पारिएको गायक  लुइँटेलले बताए। उनले पछिल्लो समय संदेशमुलक गीत-दर्शक श्रोतामाझ ल्याइरहेका छन्। उनका ‘ए बा किन्देउ न भटभटे’, ‘बाँके बर्दिया’, ‘मुखमा हान्नु जस्तो’, ‘तेरो बाउ थोते’लगायतका दर्जनौँ गीत चर्चित छन्।...