रमा खड्का पौडेलले जितिन ‘द मम – व्युटी कन्टेस्ट’ को शिर्ष उपाधी
सौन्दर्य प्रतियोगिताहरु आयोजनामा आफ्नो बेग्लै छबि बनाएको मोडल सङ्ग्स नेपालले आफ्नो आयोजनामा नेपालमै पहिलोपटक आमा भै सकेका नारी लक्षित मोडलिङ सम्बन्धी प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘द मम – व्युटी कन्टेस्ट ’ को अन्तिम प्रतिस्पर्धा एक भव्य कार्यक्रमका विच सम्पन्न गरेको छ । शनिबार राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न ‘द मम – व्युटी कन्टेस्ट’ को शिर्ष उपाधी रमा खड्का पौडेलले जितेकी छिन ।
उनले बिजेताको ताजसँगै बिधागत तर्फको ‘मस्ट पपुलर’ अवार्ड समेत हात परिन । बिजेता बनेसँगै उनले नगद रू. २५,०००/- र अन्य विभिन्न गिफ्ट ह्याम्पर समेत प्राप्त गरिन ।प्रतियोगिताको भोटिङ पार्टनरको रुपमा रहेको ग्लोबल अनलाइन पे को मुख्य प्रायोजनमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा पूर्व सुचना तथा प्रविधि एवम् उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री राजकिशोर यादवको उपस्थिति रहेको थियो ।
कार्यक्रममा न...










