२५ विधामा ५० देश सहभागी ‘नेपाल कल्चरल ईन्टरनेशनल फिल्म फेस्टिवल’ काठमाडौंमा सम्पन्न
नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिवलको तेश्रो संस्करण राजधानी काठमाण्डौमा भव्य रुपमा सम्पन्न भएको छ । नेपाली चलचित्र जगतलाई अन्तराष्ट्रिय चलचित्र क्षेत्रसंग जोड्ने एवं नेपाली चलचित्र, कला र संस्कृतिलाई विश्वसामु चिनाउने उदेश्यले आयोजना गरिएको उक्त चलचित्र महोत्सवमा विभिन्न ५० देशका १०७ वटा चलचित्र, वृत्तचित्र एवं एनिमेशन, लघुचलचित्रहरुले प्रतिस्पर्धाका लागि
सहभागीता जनाएका थिए ।
नेपाल कल्चरल फिल्मी सेन्टरको आयोजनामा मंसीर १५ देखी १७ गते सम्म तीन दिन नेपाल पर्यटन विकास वोर्ड र चलचित्र विकास बोर्डमा संचालन भएको कार्यक्रममा सहभागीता जनाएका विभिन्न चलचित्रहरुको प्रर्दशनी गरिएको नेपाल कल्चरल फिल्मी सेन्टरका अध्यक्ष एवं फेष्टिवलका निर्देशक सन्तोष सुवेदीले वताएका थिए ।
महोत्सवको पहिलो दिन गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेको प्रमुख आतिथ्यतामा तथा संस्थाका संरक्षक नेपाल आर्मीका पूर्व ...










