Friday, November 20

मनोरन्जन

लिला तिवारी पौडेलले जितिन् मिसेस नेपाल अष्ट्रेलिया २०२५ को ताज
मनोरन्जन, समाचार

लिला तिवारी पौडेलले जितिन् मिसेस नेपाल अष्ट्रेलिया २०२५ को ताज

मिसेस नेपाल अष्ट्रेलिया २०२५ को भव्य फाइनल २०२५ सेप्टेम्बर १३ मा अष्ट्रेलियाको मेलबर्नमा भव्यता, शालीनता र सांस्कृतिक गौरवका साथ सम्पन्न भयो। प्रतिष्ठित ताज लिला तिवारी पौडेलले आफ्नो आत्मविश्वास, आकर्षण र प्रेरणादायी उपस्थितिबाट निर्णायक तथा दर्शकलाई प्रभावित गर्दै जितिन्। ताजसँगै उनले “एलीगेन्ट वाक” उपाधि, १,००० अष्ट्रेलियन डलरको नगद पुरस्कार, लेट मी इन कोरियन हस्पिटल नेपालबाट ५०,००० रुपैयाँ बराबरको गिफ्ट ह्याम्पर तथा विभिन्न अन्य उपहारहरू प्राप्त गरिन्। पहिलो रनर–अपको उपाधि सिवानी कट्टेलले हात पारिन्, जसले “कन्फिडेन्स” (आत्मविश्वास) पुरस्कार समेत जितिन्। उनले ६०० अष्ट्रेलियन डलर नगद, ३०,००० रुपैयाँ बराबरको गिफ्ट ह्याम्पर तथा विभिन्न अन्य उपहारहरू प्राप्त गरिन्। दोस्रो रनर–अप आश्मा (एश) चालिसे घोषित भइन्, जसले “ग्रेसफुल डीभा” (शालीन सुन्दरी) उपाधि जितिन्। उनलाई ४०० अष्ट्रेलियन डलर, २०,...
अमेरिकामा दर खाने कार्यक्रम : तीज पर्वको सांस्कृतिक महत्त्वबारे मन्तव्य, सांस्कृतिक नृत्य प्रस्तुति
मनोरन्जन, समाचार

अमेरिकामा दर खाने कार्यक्रम : तीज पर्वको सांस्कृतिक महत्त्वबारे मन्तव्य, सांस्कृतिक नृत्य प्रस्तुति

न्यूयोर्क । नेपाली संस्कृति, सामाजिक एकता र सामुदायिक भावनाको अभिव्यक्तिका रूपमा लायन्स क्विन क्लबको आयोजनामा न्यूयोर्कमा तीज दार खाने कार्यक्रम भव्य र सभ्यतापूर्वक सम्पन्न भएको छ । कार्यक्रमका मुख्य अतिथि महावाणिज्यदूत दधिराम भण्डारी रहेका थिए । उपस्थित अतिथिहरूलाई लायन्स क्विन क्लबकी उपाध्यक्ष रूपा शाहले स्वागत मन्तव्य दिएकी थिइन् । सम्पूर्ण कार्यक्रमलाई आशा पाण्डे तथा लायन्स टोलीले संयोजन तथा सञ्चालन गरेका थिए । कार्यक्रमको सुरुवात नेपाल र अमेरिकाको राष्ट्रिय गानबाट भएको थियो । त्यसपछि विशेष अतिथिहरूको आसन ग्रहण तथा प्रमुख अतिथिद्वारा दियो प्रज्वलन गरी औपचारिक उद्घाटन गरिएको थियो । लायन्स क्लब विश्वकै सबैभन्दा ठूलो र सम्मानित सेवा संस्थामध्ये एक भएको स्मरण गर्दै स्वागत मन्तव्यमा यस संस्थाले स्वास्थ्य, शिक्षा, दृष्टि–संरक्षण, महिला तथा युवासशक्तीकरण, विपत् व्यवस्थापन र मानव सेवा...
‘मिस एण्ड मिसेस गुरुङ २०८२’को उपाधि सुप्रिया गुरुङ र माया गुरुङलाई
मनोरन्जन, समाचार

‘मिस एण्ड मिसेस गुरुङ २०८२’को उपाधि सुप्रिया गुरुङ र माया गुरुङलाई

काठमाडौं, भदौ १० । ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को उपाधि सुप्रिया गुरुङ र माया गुरुङले चुम्नु भएको छ । सोमबार नेपाल पुलिस क्लवमा भएको अन्तिम प्रतिस्पर्धामा उहाँहरूले उपाधि आफ्नो पोल्टामा पार्न सफल हुनुभएको हो । पूर्व अर्थ तथा परराष्ट्रमन्त्री मन्त्री एवम् नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतको प्रमुख आतिथ्यतामा भएको समारोहमा मिसेसतर्फ फष्ट रनरअप मायादेवी गुरुङ, सेकेण्ड रनरअप गंगा गुरुङ, थर्ड रनरअप पूर्णिमा गुरुङ र फोर्थ रनरअप मुना घले हुनुभयो । त्यस्तै मिसेस पब्लिक च्वाइस मिसेसमा मुना घले र पब्लिक च्वाइसको उपविजेतामा नन्द गुरुङ हुनुभयो । मिसेस भ्युअर च्वाइसमा कुमारी गुरुङ, मिसेस अग्रेनाइजर च्वाइसमा मेलिना गुरुङ, मिसेस फोटोजेनिकमा मेलिना गुरुङ, मिसेस प्रतिभामा मीना गुरुङ, मिसेस अनुशासन हेमा गुरुङ, मिसेस व्यक्तित्वमा माया गुरुङ, मिसेस आत्मविश्वासीमा कुमारी गुरुङ, मिसेस इन्टिलिजेन्समा गं...
१२ औं छायाँछवी तिज म्युजिक अवार्ड सम्पन्न
मनोरन्जन, समाचार

१२ औं छायाँछवी तिज म्युजिक अवार्ड सम्पन्न

छायाँछवि तीज म्यूजिक अवार्डको १२ औं संस्करण सम्पन्न रेखा शाह र जुनु गौतम उत्कृष्ट गायिका÷ गायकमा रामचन्द्र काफ्ले छायाँछवि क्रियशनको आयोजनामा हरेक वर्ष गरिने छायाँछवि तीज म्यूजिक अवार्डको १२ औं संस्करण सम्पन्न भएको छ । लोकसंस्कृति तथा संगीतको पर्वका रुपमा चिनिने एवं महिलाहरुको महान चाँड हरितालिका तीजका अवसरमा प्रकाशित गीतहरुलाई लिएर आयोजना गरिने छायाँछवि तीज म्युजिक अवार्डमा १८ अवार्ड तथा ६ सम्मान एवं १ पुरस्कार प्रदान गरी सम्पन्न भएको छ । सुकेधारा स्थित लेभीज गार्डेनमा सम्पन्न भएको छायाँछवि तीज म्युजिक अवार्डमा गत वर्ष स्थापना गरिएको छायाँछवि दिपाशा स्मृति पुरस्कार यस वर्ष मोडल कलाकार सञ्चिता शाहिलाई प्रदान गरिएको छ । रु ११०००÷– राशि सहितको यो पुरस्कार गत वर्ष भने मोडेल कलाकार अञ्जु निरौलालाई प्रदान गरिएको थियो । यस्तै तीजका अवसरमा आयोजना गरिदै आएको छायाँछवि तीज म्युजिक अवार्डमा ६ जना ...
‘चौथो म्युजिक खबर तीज अवार्ड’: लक्ष्मी गिरीलाई विशिष्ट नारी सम्मान,२१ विधामा अवार्ड प्रदान
मनोरन्जन, समाचार

‘चौथो म्युजिक खबर तीज अवार्ड’: लक्ष्मी गिरीलाई विशिष्ट नारी सम्मान,२१ विधामा अवार्ड प्रदान

यो वर्ष तीजको अवसरमा बजारमा आएका १५० भन्दा बढी गीतलाई समेटेर बिहीबार काठमाडौंमा ‘चौथो म्युजिक खबर तीज म्युजिक अवार्ड २०८२’ आयोजना गरिएको छ । समारोहमा विभिन्न २१ विधामा अवार्ड प्रदान गरिएको थियो । सोही समारोहमा वरिष्ठ अभिनेत्री लक्ष्मी गिरीलाई म्युजिक खबर विशिष्ट नारी सम्मान प्रदान गरिएको थियो । त्यस्तै लोकप्रिय अभिनेत्री दीपाश्री निरौला र वरिष्ठ गायिकाद्वय मन्जु थापा र हरिमाया गुरुङलाई नारीरत्न सम्मान प्रदान गरिएको थियो । त्यस्तै, राधिका अधिकारी, विनिता कुँवर क्षेत्री र सम्झना धमलालाई म्युजिक खबर  कला पत्रकारिता सम्मान प्रदान गरिएको थियो । त्यस्तै सौन्दर्यकर्मी सानु थापा, निकिता पाण्डे, करुणा श्रेष्ठलाई म्युजिक खबर सौन्दर्यकर्मी सम्मान प्रदान गरियो भने मन्जु सिंह र गंगा पन्थलाई समाजिक सेवा सम्मान प्रदान गरिएको थियो । त्यस्तै, मनुकुमारी पन्तलाई संगीत व्यवसायी सम्मान प्रदान गरियो भने ...
भोली १२ औं संस्करणको छायाँछबि तीज म्युजिक अवार्डमा ‘तीज नारी सम्मान’हुने
मनोरन्जन, समाचार

भोली १२ औं संस्करणको छायाँछबि तीज म्युजिक अवार्डमा ‘तीज नारी सम्मान’हुने

छायाँछबि क्रियशनद्धारा आयोजित १२ औं संस्करणको छायाँछबि तीज म्युजिक अवार्ड २०८२ को अवसरमा गत वर्ष नै चर्चित मोडल स्व. दिपाशा बि.सी.को स्मृतिमा स्थापना गरिएको दिपाशा स्मृति पुरस्कार यस वर्षका लागी पनि घोषणा गरिएको छ । एघार हजार एक रुपैयाको नगद राशी, सम्मान पत्र, दोसल्ला सहितको छाँयाछवि दिपाशा स्मृति पुरस्कार यस बर्ष चर्चित मोडल तथा म्यूजिक भिडियो कलाकार सञ्चिता शाहिलाई प्रदान गरिने भएको हो । यो पुरस्कार गत वर्ष चर्चित मोडल तथा कलाकार अञ्जु निरौलालाई प्रदान गरिएको थियो । त्यसैगरी १२ औं छायाँछबि तीज म्युजिक अवार्ड २०८१ मा गायिका गीता भट्टराई, गायिका तथा अभिनेत्री सारीका घिमिरे, गायिका अञ्जु श्रेष्ठ, सौन्दयकर्मी संगीता राना मगर एवं अप्सना नेवा हायुलाई छायाँछबि तीज नारी सम्मान प्रदान गरनिने भएको छ । साथै यसै पटक तीज नारी डायस्पोरा सम्मान समेत प्रदान गरीने भएको छ । यस पटक यो सम्मान बाट ...
ईनोभ गुरुङ र नमिक्षा मगरको म्युजिक भिडियो ” रोधीघर” सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

ईनोभ गुरुङ र नमिक्षा मगरको म्युजिक भिडियो ” रोधीघर” सार्वजनिक(भिडियो)

ब्लक ब्लस्टर चलचित्र ” एन्जिला” का यी दुई बालकलाकार ईनोभ गुरुङ र नमिक्षा मगरको भर्खरै मात्र “रोधीघर” म्युजिक भिडियो सार्वजनिक भएको छ। चलचित्र एन्जिलामा यी बालकलाकारहरूको उत्कृष्ट अभिनय देख्न सकिन्छ। चलचित्र क्षेत्रमा निकै नै सम्भावना बोकेको यी दुई बाल कलाकारले आफ्नो गुरुङ र मगर समुदायको भेषभुषामा सजिएर कौडा नृत्य रोधी घरको भाकामा आफ्नो नृत्य प्रस्तुत गरेका छन्। बाल कलाकार ईनोभ गुरुङले नृत्य प्रशिक्षण कार्टुन क्रुज बाट लिएका हुन् भने एक्टिङमा गिरिराज घिमिरेलाई आफ्नो गुरुको रुपमा लिन्छन् उनी। पढाइमा पनि उनी जेहेनदार विद्यार्थीको रूपमा चिनिन्छ । उनी भन्छन् – पढाइ सँगसँगै नाटक गर्ने, भ्रमण गर्ने, नाटक हेर्न जाने, किताब पढ्ने र नृत्य गर्न मनपर्छ । उनी भन्छन्- मलाई भविष्यमा एउटा कुशल कलाकार बन्न मन छ। ईनोभ गुरुङले हालसम्म थुप्रै टिभिसी, लघु चलचित्र, स्टेज पर्फमेन्स र चलचित्रहरूमा आबद्ध हुँ...
गायिका तृप्ति खड्का गुरुङको नयाँ गीत “आजको वेला”(भिडियो)
मनोरन्जन, समाचार

गायिका तृप्ति खड्का गुरुङको नयाँ गीत “आजको वेला”(भिडियो)

बसन्त रायाक्षेत्रीको शव्द, विजय गुरुङको निर्देशन र मोडल पबि–स्मारिकाको अभिनयले सजिएको म्युजिक भिडियो काठमाडौं — हिन्दु नारीहरूको महान चाड हरितालिका तीज नजिकिँदै गर्दा नेपाली सांगीतिक बजारमा नयाँ–नयाँ तीज गीतहरूको लहर जारी छ। यसै क्रममा गायिका तृप्ति खड्का गुरुङ र गायक विजय गुरुङको स्वरमा नयाँ तीज गीत “आजको वेला” सार्वजनिक भएको छ। गीतका शव्द बसन्त रायाक्षेत्रीले लेखेका हुन् भने संगीत संयोजन नरेश पाण्डेले गरेका छन्। सारेगम स्टुडियोमा तयार गरिएको यस गीतको भिडियो निर्देशन स्वयं गायक विजय गुरुङले गरेका छन्। भिडियोमा विजय गुरुङसँगै मोडल मिस पबि र स्मारिका ढकालले दमदार अभिनय प्रस्तुत गरेका छन्। प्रकाश खड्का टिमको छायांकन, मिलन विश्वकर्माको सम्पादन तथा कलरले भिडियोमा थप आकर्षण दिएको छ। गीतबारे बोल्दै गायिका तृप्ति खड्काले यस अघिका आफ्ना गीतझैँ “आजको वेला” ले पनि दर्शक–श्रोताबाट धेरै मा...
सुष्मा महराको ‘आयो तिज’ सार्वजनिक (भिडिओ)
भिडीयाे, मनोरन्जन, समाचार

सुष्मा महराको ‘आयो तिज’ सार्वजनिक (भिडिओ)

चर्चित गायिकाद्वय समीक्षा अधिकारी र रचना रिमालको स्वरमा सुष्मा महराको शब्द, पुरुषोत्तम न्यौपानेको संगीत र केशव बाबुको एरेञ्जमा तयार तीज गीत ‘आयो तीज’ राजधानीमा सार्वजनिक भएको छ। शक्ति प्रज्वल घिमिरेको निर्देशन, रोहिया महर्जनको कोरियोग्राफी तथा चक्रबहादर बरालको छायाङ्कन र सतीश श्रेष्ठको सम्पादन रहेको भिडिओमा गीतकार महरा र प्यारीको अभिनय देखिन्छ। https://youtu.be/KZuW8ORHVj0 म्युजिक नेपालको युट्युब च्यानलमार्फत सार्वजनिक भिडिओलाई महराले आफ्नो जीवनका भाव झल्किने बताएकी छन् भने न्यौपाने र घिमिरेले गीतलाई मौलिक र सांस्कृतिक शैलीमा प्रस्तुत गरेको बताएका छन्।...
खुमन र शिलुको “यहीँ हो मेरो”तिज गीत सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

खुमन र शिलुको “यहीँ हो मेरो”तिज गीत सार्वजनिक(भिडियो)

काठमाडौं । नेपाली नारीहरुको महान चाड तीज नजिकिदै गर्दा बजारमा थुप्रै तीज गीतहरु आईरहेका छन् । यस्तै क्रममा गायिका शिलु भट्टराईको ‘यहीँ हो मेरो थुतुनो‘ तिज गीत सार्वजनिक भएको छ । बाबुराम बिस्वकर्माको शब्द खुमन अधिकारीको लय सिर्जना रहेको यश गीतमा शिलु लाई खुमन अधिकारीले साथ दिएका छ्न् । शिलु भट्टराई अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको यश गीतको म्युजिक भिडियो जेरि भन्डारीले निर्देशन कोरियोग्राफी गरेका छ्न् । भिडियोमा खुमन अधिकारी, शिलु भट्टराई , जेरि भण्डारी , जुनु एस डि, श्री पोखरेल ,सरोज पुर्जा लगायतको अभिनय देख्न सकिन्छ। रमाइलो र ठट्यौली शब्द मा तयार भएको यश गीतलाई करन चैसिरले खिचेका हुन भने सुजन कोइरालाले सम्पादन गरेका छ्न ।...