Friday, November 20

राजनीति

देउवा-दाहाल-नेपाल छलफलमा, मन्त्रिपरिषद् बिस्तारको तयारी
राजनीति, समाचार

देउवा-दाहाल-नेपाल छलफलमा, मन्त्रिपरिषद् बिस्तारको तयारी

प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रस्तावित नेकपा एमाले (समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल छलफलमा जुटेका छन् । देउवाले नेपाल पक्षले एमाले (समाजवादी) दल दर्ताका लागि निर्वाचन आयोगमा निवदेन दिएको भोलिपल्ट मन्त्रिपरिषद् विस्तारबारे छलफल थालेका हुन् । अहिले देउवा, दाहाल र नेपालबीच छलफल जारी रहेको छ । सरकार गठन भएको एक महिनाभन्दा बढी हुँदा पनि मन्त्रिपरिषद् विस्तार नगरेको भन्दै आलोचना भइरहँदा देउवाले सत्ता टिकाउन अध्यादेश ल्याएर एमाले  र जसपा फुटाउन मार्ग बनाइदिएका थिए । ती दल फुटेलगत्तै नेता त्रय मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे छलफलमा जुटेका हुन् । मन्त्रालय भागबण्डा मिले आजै मन्त्रिपरिद्ले पूर्णता पाउन सक्ने जनाइएको छ । तथापि नेपालको प्रस्तावित समाजवादी पार्टीले बैधता पाउन केही दिन लाग्ने भएकाले तत्काललाई माओवादी र जसपा...
पहिलो महिला मुख्यमन्त्री शाक्यले लिइन् पद तथा सपथ
राजनीति, समाचार

पहिलो महिला मुख्यमन्त्री शाक्यले लिइन् पद तथा सपथ

बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त भएकी अष्टलक्ष्मी शाक्यले पद तथा गोपनीयताको सपथ लिएकी छिन् । शाक्यले बुधबार प्रदेश प्रमुख  विष्णुप्रसाद प्रसाईँसँग शपथ लिएकी हुन् ।  नेकपा एमालेकी उपाध्यक्ष समेत रहेकी शाक्यलाई बुधबार नै प्रदेश प्रमुख प्रसाइँले संविधानको धारा १६८(१) अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । शाक्य पहिलो महिला मुख्यमन्त्री बनेकी छन् ।  यस अघि एमाले संसदीय दलका नेता डोरमणि पौडेलले राजीनामा दिएका थिए । पौडेलले राजीनामा दिएपछि शाक्यलाई संसदीय दलको नेता चयन गरिएको थियो।...
ठाकुर नेतृत्वको ‘जसपा लोकतान्त्रिक’ निर्वाचन आयोगमा दर्ता
राजनीति, समाचार

ठाकुर नेतृत्वको ‘जसपा लोकतान्त्रिक’ निर्वाचन आयोगमा दर्ता

जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजित भएको छ । महन्थ ठाकुरको अध्यक्षतामा जसपा नेपाल (लोकतान्त्रिक) पार्टी निर्वचन आयोगमा दर्ता भएको छ । महन्थ ठाकुर पक्षले बुधबार निर्वाचन आयोगमा जसपा नेपाल (लोकतान्त्रिक) दल दर्ता गराएका हुन् । जसको वरिष्ठ नेतामा राजेन्द्र महतो रहेका छन् । सरकारले संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पुर्‍याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याए लगत्तै ठाकुर पक्षले नयाँ दल दर्ता गरेको हो । ठाकुरको पार्टील चुनाव चिन्ह साइकल रोजेको जनाइएको छ । नव गठित पार्टीमा २४ सदस्यीय केन्द्रीय कार्यकारिणी समिति र १४ जना संघीय सांसद रहेको नेता लक्षमणलाल कर्णले जानकारी दिए । ‘अध्यक्षमा महन्थ ठाकुर हुनुहुन्छ अन्य पदाधिकारी तोकिएको छैन,’ उनले भने । जसपा (लोकतान्त्रिक)को केन्द्रीय कार्यकारिणी समिति २४ सदस्यीय रहेको छ । यसको चुनावचिन...
यस्तो छ राष्ट्रपतिले जारी गरेको राजनीतिक दल सम्बन्धी अध्यादेश (पूर्णपाठ)
राजनीति, समाचार

यस्तो छ राष्ट्रपतिले जारी गरेको राजनीतिक दल सम्बन्धी अध्यादेश (पूर्णपाठ)

राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल सम्बन्धी ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गरेकी छन् । मंगलबारको मन्त्रिपरिषद् बैठकले सिफारिस गरेको उक्त अध्यादेशले राजनीतिक दललाई फुटाउन सहज हुने व्यवस्था गरिएको छ । दल विभाजनलाई सजिलो बनाउने गरी सरकारले ल्याएको अध्यादेशमा प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिले २१ दिनसम्म विभाजनबाट बनेको दल रोज्न पाउने व्यवस्था राखिएको छ । ‘छुट्टै दल गठन भएमा त्यस्तो दल गन हुनुभन्दा तत्काल अघिको दलको तर्फबाट निर्वाचित प्रदेशसभा सदस्य वा स्थानीय तहका सदस्य त्यसरी नयाँ दल गठन भएको एक्काइस दिनभित्र त्यस्तो नयाँ दलमा प्रवेश गरेमा त्यस्ता सदस्यले दल त्याग गरेको मानिने छैन,’ दल दर्ता अध्यादेशको दफा ३३ को उपदफा २ मा थपिएको छ । यस्तो छ अध्यादेश...
अफगानिस्तानको घटनाले खिच्यो विश्वकै ध्यान
अन्तर्राष्ट्रिय, राजनीति, समाचार

अफगानिस्तानको घटनाले खिच्यो विश्वकै ध्यान

-डा.डिआर उपाध्याय, यतिखेर अफगानिस्तानको घटनाले विश्वकै ध्यान खिचेको छ । आज सबैले गम्भिर भएर यो बिषयमा सोच्नु पर्ने बेला भएको छ । दुई दशक लामो गृहयुद्धका क्रममा हजारौंहजार वृद्धवृद्धा, बालबालिका र युवाले अकालमा मृत्युवरण गरेको तीतो यथार्थ विश्वसामु छर्लंग छ । अफगानिस्तानका सबै भूभाग यतिखेर तालिबानी कब्जामा पुगेको छ । अहिले सबै अफगानिस्तानको घटनाले झस्किएका छन । नेपाली समाज पनि गरिबी र अभाबले जेलिएको समाज हो, बेरोजगारी समस्या पनि यथावत नै छ । अफगानिस्तानको त्यो घटनाले नेपाली जनतालाई पनि छोएको छ । अफगानिस्तानको त्यो घटनाले हामीलाई पनि राष्ट्रको बारेमा सोच्ने बनाएको छ । देशमा अशान्ति भयो भने के हुन्छ ? हामी कुनै अर्थमा अफगानिस्तानभन्दा भिन्न छैनौं । अब नेपाल पश्चिमी देशको राजनीतिको केन्द्र हुने खतरा छ । अफगानिस्तानमा अहिले तालिबानले अधिकांश भाग कब्जा गरेको दाबी गरेको छ भने राष्ट्रपति ...
कुलमान घिसिङको नियुक्तविरूद्धको मुद्दा न्यायाधीश रेग्मीको बेञ्चमा
राजनीति, समाचार

कुलमान घिसिङको नियुक्तविरूद्धको मुद्दा न्यायाधीश रेग्मीको बेञ्चमा

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको नियुक्तिविरूद्ध सर्वोच्च अदालतमा दायर रिट न्यायाधीश कुमार रेग्मीको इजलासमा परेको छ । घिसिङको नियुक्ती बदरको माग गर्दै सर्वोच्च पुगेका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको रिट न्यायाधीश कुमार रेग्मीको इजलासमा परेको हो । प्राधिकरणको कार्यकारी निर्देशक रहेकै बेला ऊर्जा आयोगको विशेष सदस्य बनाइएका शाक्यले आफूले सो पद स्वीकार नगरेको भन्दै कुलमान घिसिङको नियुक्ति बदरको माग गर्दै सोमबार रिट दायर गरेका थिए। शाक्यले आफ्नो सहमतिबिना प्राधिकरणबाहिर स्थानान्तरण गर्न नमिल्ने भन्दै उनले आफू सोही पदमा बहाल रहेको जिकिर गरेका छन् । आफूले राजीनामा दिएको वा प्रक्रिया पूरा गरी बीचमा हटाएको अवस्था बाहेक आफ्नो पदावधि २०८१ साल माघ २८ गतेसम्म रहने उनको जिकिर छ । ११ महिनाअघि कार्यकाल पूरा भएर बाहिरिएका घिसिङलाई मन्त्रिपरिषदको साउ...
एमालेले गर्‍यो माधव नेपालसहित १४ सांसदलाई कारबाही
राजनीति, समाचार

एमालेले गर्‍यो माधव नेपालसहित १४ सांसदलाई कारबाही

नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपालसहित १४ सांसदलाई कारबाही गरेको छ । सरकारले संसदीय दल वा केन्द्रीय कमिटीको २० प्रतिशत पुर्‍याएर दल विभाजन गर्न सक्ने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याए लगत्तै ओली पक्षले नेपाल समूहका १४ जनालाई कारबाही गरेको हो । राजनीतिक दलसम्बन्धी ऐन दफा २८ (१) बमोजिम कार्य नगरी दलको ह्वीप उल्लंघन गरेको भन्दै कारबाही गरिएको एक नेताले बताए । कारबाहीमा पर्ने सांसदहरुमा वरिष्ठ नेता नेपालसँगै मुकुन्द न्यौपाने, जीवनराम श्रेष्ठ, रामकुमारी झाँक्री, विरोध खतिवडा, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, निरादेवी जैरु, पुष्पाकुमारी कर्ण, सरलाकुमारी यादव, कलिला खातुन, कृष्णलाल महर्जन, भवानी खापुङ र मेटमणि चौधरी छन् ।...
नेकपा एमालेको स्थायी कमिटी र संसदीय दलको बैठक बस्दै
राजनीति, समाचार

नेकपा एमालेको स्थायी कमिटी र संसदीय दलको बैठक बस्दै

नेकपा एमालेको स्थायी कमिटी र संसदीय दलको बैठक मंगलबार बस्ने भएको छ ।  शेर बहादुर देउवा नेतृत्वको सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने तयारी गरिरहदा एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी र संसदीय दलको बैठक बोलाएका हुन्।  ओलीले पार्टीलाई फुटबाट जोगाउन अन्तिम कसरतको लागि संसदीय दल र स्थायी कमिटी बैठक बोलाएका हुन् ।  आज बिहान ११ बजे स्थायी कमिटी च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बस्नेछ भने संसदीय दलको बैठक ३ बजे  संसद भवन बानेश्वरमा बस्नेछ । सोमबार राति वक्तव्य जारी गर्दै  अध्यक्ष ओलीले पार्टी विभाजन गर्ने षड्‍यन्त्र भएको भन्दै यस्ता प्रयासहरुविरुद्ध उभिन अपिल गरेका थिए । ...
प्रतिनिधिसभाको बैठक बस्दै
राजनीति, समाचार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधि सभाको बैठक आज बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा ‘रेल्वे विधेयक, २०७६’ र ‘प्रत्यायन विधेयक, २०७६ प्रस्तुत हुने सम्भावित कार्यसूची रहेको छ । प्रतिनिधसभा पुनर्स्थापित भइसक्दा पनि संसदले बिजनेस नपाएको भनेर सरकारको आलोचना भइरहँदा आज दुई विधेयक प्रस्तुत हुन लागेको हो ।
सरकारले अझै पाउन सकेन पूर्णता
राजनीति, समाचार

सरकारले अझै पाउन सकेन पूर्णता

-डा.डिआर उपाध्याय, गठबन्धनको चर्को आलोचना प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वमा सानो आकारको सरकार गठन भएको एक महिना बितिसकेको छ । तर, एक महिना बितिसक्दा पनि मन्त्रिमण्डल विस्तार हुन भने सकेको छैन । मन्त्रिमण्डल विस्तार हुन नसक्दा प्रशासनिक काम कारवाही अघि बढन सकिरहेका छैन । मन्त्री मण्डल बिस्तार गर्न देउवालाई केले छेकिरहेको छ, यो जनतालाई अवगत गराउनु पर्छ । अब यो देशलाई गतिका साथ अघि बढाउने हो भने सत्तागठबन्धन दल एक आपसमा मिलेर जानु पर्छ । आउँदो चुनाव सम्म मिलेर जादा देशलाई फाइदा नै हुने छ । नेकपा एमाले सहितका बिपक्षी दलहरुलाई समेत साथमा लिएर जादा सरकार थप बलियो हुन सक्छ । यो बिषयमा चिन्तन मनन् गर्न जरुरी छ । यत्रो दिन बित्दा पनि सरकारले पूर्णता नपाएको विषयलाई लिएर सबै तिर यतिबेला गठबन्धनको चर्को आलोचना भइरहेको छ। ‘एक महिनाको अवधिमा सरकारलाई नै पूर्णता दिन नसक्ने यो कस्तो पारा हो । ...