Friday, November 20

राजनीति

मंसीर ९ देखि १३ सम्म केन्द्रीय महाधिवेशन गर्ने कांग्रेसको निर्णय
राजनीति, समाचार

मंसीर ९ देखि १३ सम्म केन्द्रीय महाधिवेशन गर्ने कांग्रेसको निर्णय

नेपाली कांग्रेसले आगामी मंसीरमा केन्द्रीय महाविधेन गर्ने निर्णय गरेको छ । आज बसेको केन्द्रीय समितिको बैठकले केन्द्रीय महाधिवेशन आगामी मंसीरमा गर्ने निर्णय गरेको हो । महामन्त्री पुर्णबहादुर खड्काका अनुसार भदौ १८ गते वडा अधिवेशन शुरु हुनेछ । ‘भदौको १८ गते वडा अधिवेशन शुरु गरेर मंसीर ९ देखि १३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने निर्णय भएको छ’, उनले भने । कांग्रेसको तीन दिनसम्म बसेको बैठक महाधिवेशनको नयाँ कार्यतालिका तोक्दै बैठक सकिएको छ । केन्द्रीय सदस्य प्रदीप पौडेलका अनुसार निर्णय सर्वसम्मत रुपमा भएको हो । पौडेलका अनुसार भदौ २ गतेभित्र क्रियाशिल सदस्यहरुको अन्तिम नामावली बुझाउने, भदौ १८ गते वडा अधिवेशन, भदौको २७ गते पालिका अधिवेशन, असोज ५ गते प्रतिनिधिसभा क्षेत्र अधिवेशन, असोज १० गते जिल्ला अधिवेशन, कार्तिक १०, ११ र १२ गते प्रदेश अधिवेशन र मंसीर ९ देखि १३ गते केन्द्रीय महाधिवेशनको नयाँ...
सरकारको प्रभावकारिता बढ्न सकेन
राजनीति, विशेष, समाचार

सरकारको प्रभावकारिता बढ्न सकेन

-डा.डिआर उपाध्याय, प्रधानमन्त्री शेरबहादुर देउवाले सबै राजनीतिक दलहरुलाई मिलाएर लैजान सक्ने बाटो तय गर्नु पर्छ । यसो गर्न सकेमा उनको कार्यकाल सफल हुन सक्छ । देउवाले जनतामा उत्साह भर्नका लागी लोकप्रिय कार्यक्रम ल्याउनु पर्छ । जनतामा शासकप्रति नकारात्मक भावना चुलिएको अवस्था छ । यसका लागि प्रधानमन्त्री र सत्ता गठबन्धन दलका सबै नेताले गम्भिरता पूर्वक सोच्नु पर्ने बेला भएको छ । नेपाल विद्युत् प्रधिकरणको कार्यकारी निर्देशकका रूपमा पुनः कुलमान घिसिङ आउनुले जनतामा उत्साह पैदा भएको छ । उनको नियुक्तिका बिषयलाई सकारात्मक रूपमा लिनुपर्छ । यो कार्यले हाम्रो मान्छे होइन, राम्रो मान्छे नियुक्ति भएको सन्देश गएको छ । कुलमानको नियुक्तिलाई सबैले स्वागत गरेका छन् । अब अन्य महत्वपूर्ण स्थानमा जिम्मेवारी दिँदा पनि यसरी नै हाम्रो मान्छे होइन, राम्रो मान्छेले स्थान पाउनु पर्छ । त्यसो भयो भने मात्र मुलुक बन्...
घरघरमै गएर कोरोना खोप लगाइदिन सर्वाेच्च अदालतको आदेश
राजनीति, समाचार

घरघरमै गएर कोरोना खोप लगाइदिन सर्वाेच्च अदालतको आदेश

सर्वोच्च अदालतले खोप केन्द्रसम्म जान नसक्ने जेष्ठ नागरिकसहितलाई घरघरमै गएर कोरोनाभाइरसविरुद्धको खोप लगाइदिन सरकारको नाममा अन्तरिम आदेश दिएको छ । अधिवक्ता प्रवेश केसीले दायर गरेको रिटमाथि शुक्रबार सुनुवाइ गर्दै न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले खोप केन्द्रसम्म जान असमर्थ जेष्ठ नागरिक, हिँडडुल गर्न नसक्ने, अस्पतालले पहिचान गरेका दीर्घरोगी तथा फरक क्षमता भएका दुवै आँखा नदेख्ने नागरिकहरुको लगत संकलन गर्न र घरघरमा पुगेर कोरोनाविरुद्धको खोप लगाउन सरकारको नाममा अन्तरिम आदेश दिएको हो ।...
आज पनि प्रतिनिधिसभा बैठक, यस्ता छन् कार्यसूची
राजनीति, समाचार

आज पनि प्रतिनिधिसभा बैठक, यस्ता छन् कार्यसूची

प्रतिनिधि सभा बैठक आज पनि बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ। संसद सचिवालयका अनुसार आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले “विनियोजन अध्यादेश, २०७८ लाई स्वीकृत गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । यसैगरी अर्थमन्त्री शर्माले “आर्थिक अध्यादेश, २०७८ लाई स्वीकृत गर्ने प्रस्ताव र “राष्ट्र ऋण उठाउने अध्यादेश, २०७८ लाई स्वीकृत गर्ने प्रस्ताव पनि पेश कार्यसूची छ । यस्तै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले “बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) अध्यादेश, २०७७ लाई स्वीकृत गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नेछन्। यस्तै सांसद प्रेम सुवालले “बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) अध्यादेश, २०७७ लाई अस्वीकार गरियोस्” भन्ने सूचना प्रस्तुत...
महाधिवेशनबारे छलफल गर्न आज कांग्रेस केन्द्रीय समिति बस्दै
राजनीति, समाचार

महाधिवेशनबारे छलफल गर्न आज कांग्रेस केन्द्रीय समिति बस्दै

सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बोलाइएको छ । बैठक बिहान ११ बजेलाई बोलाइएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । प्रधानमन्त्री शेरबहादुर देउवा निवास बूढानिलकण्ठमा बस्ने बैठक १४औं महाधिवेशनका विषयमा केन्द्रित रहनेछ। बैठकले क्रियाशील सदस्य विवाद हल गर्दै अघि बढ्ने बारे निर्णय लिने शर्माले बताए । यसअघि बिहीबारको बैठकमा उपसभापति विमलेन्द्र निधिले समायोजन, महामन्त्री पूर्णबहादुर खड्काले निर्वाचन निर्देशिका र रमेश लेखकले क्रियाशील सदस्यता छानविन प्रतिवेदन छलफलका लागि पेश गरेका थिए। बैठकमा समितिका सदस्य आनन्दप्रसाद ढुङ्गाना, जीवन परियार, प्रदीप पौडेल, कल्याणकुमार गुरुङ र योगेन्द्र चौधरीले आफ्नो धारणा राखेका थिए। समितिले यही साउन १२ गते पार्टी पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा केही विवाद बाँकीसहितको क्रियाशील सदस्यतासम्बन्धी प्रतिवेदन बुझाएको थियो । प्रत...
लुम्बिनी प्रदेशका मुख्यमन्त्री केसीले लिए शपथ
राजनीति, समाचार

लुम्बिनी प्रदेशका मुख्यमन्त्री केसीले लिए शपथ

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहिबार मुख्यमन्त्रीमा नियुक्त भएका केसीलाई प्रदेश प्रमुख अमिक शेरचनले सपथग्रहण गराएका हुन् ।  बिहिबार नै नेकपा माओवादी केन्द्रका नेता केसीलाई प्रदेश प्रमुख शेरचनले नेपालको संविधानको धारा १८८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।   उनी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका ४१ सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका हुन्। नेता केसी २०७४ सालको चुनावमा रोल्पाको निर्वाचन क्षेत्र १ को (क) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । ...
सरकारको न्यूनतम साझा कार्यक्रम, कार्यान्वयनमा छिटो आओस्
राजनीति, विचार, समाचार

सरकारको न्यूनतम साझा कार्यक्रम, कार्यान्वयनमा छिटो आओस्

-डा.डिआर उपाध्याय, अब मुलुकलाई सहि बाटोमा र बिकासको गतिमा अघि बढाउने हो भने राजनीतिक दलहरुले राष्ट्रिय सहमतिमा जोड दिनु आबश्यक छ । एकले अर्को दललाई सिध्याउने जुन किसिमका खेलहरु भइरहेका छन् ति खेलहरु देशको हितमा छैनन् । अब राजनीतिक दलहरु गम्भिर भएर मुलुकको हितमा लाग्नु पर्ने देखिन्छ । देशको लागी सबै दलले सोच्नु पर्छ । ब्यक्तिगत स्वार्थमा अल्झिएर मुलुकलाई बर्वाद पारिनु हुदैन । जनताले दुख्ख पाइरहेका छन । जनताका आबश्यकताहरु दिन प्रतिदिन बढदै गएका छन । जनताका समस्यामा राजनीतिक दल र सरकार गम्भिर बन्नु पर्छ । मैले पटक पटक जनताका पक्षमा कलम चलाउदै आएको छु । तर पनि कसैले सुनेको पाइदैन । सुने पनि नसुने जस्तो गर्छन । समस्या हरेक ठाउँमा हुन्छ, समस्यालाई कसरी चिर्ने भन्ने ठूलो कुरा हो । वर्तमान सरकारको न्यूनतम साझा कार्यक्रम पनि सार्वजनिक भएको छ । यो न्यूनतम साझा कार्यक्रम कार्यान्वयनका लागि पनि ...
लुम्बिनी प्रदेशका मुख्यमन्त्रीविरूद्धको अविश्वास प्रस्तावमा आज छलफल हुँदै
राजनीति, समाचार

लुम्बिनी प्रदेशका मुख्यमन्त्रीविरूद्धको अविश्वास प्रस्तावमा आज छलफल हुँदै

लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन बैठक आज बस्दैछ । साउन १९ गते विपक्षी गठबन्धनका ३४ सांसदको समावेदनका आधारमा प्रदेश प्रमुख अमिक शेरचनले आज दिंउसो १ बजेका लागि प्रदेशसभाको विशेष अधिवेशन आह्वान गरेका हुन् । प्रतिपक्ष ४ दलले संसदमा तेस्रो पटक मुख्यमन्त्री शंकर पोखरेलविरूद्व अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । आजको विशेष अधिवेशनमार्फत मुख्यमन्त्री पोखरेलविरुद्ध पेश भएको अविश्वासको प्रस्तावमाथि छलफल हुनेछ । प्रदेशसभामा बैशाखमै अल्पमतमा रहेका मुख्यमन्त्री पोखरेलले विभिन्न बहानमा सरकार टिकाइरहेका छन् । सरकारसँग ३८ मत मात्र रहेको प्रदेशसभामा विपक्षीले सभामुखसहित ४२ मत रहेको दाबी गर्दै आएका छन । प्रदेश सभामा अहिले ८० सांसद कायम छन् । ८७ सदस्य रहेको लुम्बिनी प्रदेशमा कारबाही र राजीनामा प्रकरणपछि ८० सदस्यमात्र छन् । विपक्षी गठबन्धनमा कांग्रेसका १९, माओवादीका सभामुखसहित १९, जनता स...
हामी विदेशीलाई सस्तो कामदार उपलब्ध गराउने कारखाना बन्दैछौ
राजनीति, समाचार

हामी विदेशीलाई सस्तो कामदार उपलब्ध गराउने कारखाना बन्दैछौ

-डा.डिआर उपाध्याय, आजको यो अवस्थामा राजनीतिक दलहरूबीच सहकार्य गरेर देश बिकासको खाका कोर्नु पर्ने आबश्यकता देखिएको छ । दलहरु मिल्नु बाहेक अर्को बिकल्प छैन । आन्तरिक खिचातानीमा मुलुकको भबिश्य बर्बाद गरिनु हुदैन । मुलुकको भबिश्यका लागी दल र तिनका नेताहरु गम्भिर बन्नु पर्छ । अब कुराले मात्र मुलुक बन्दैन । मुलुक बनाउन काम गर्नु पर्छ । अहिले दलहरु बीचमा जुन किसिमको रस्साकस्सी छ त्यो मुलुकका हितमा छैन । अहिले मुलुकमा नयाँ सरकार निर्माण भएको छ । यो सरकार मुलुकको हितमा अघि बढनु पर्छ । अहिलेको आवश्यकता भनेको देश बनाउने हो । देश नबने सम्म मुलुकले दुख्ख पाउछ । राजनीति बिषयमा सहि विश्लेषण गर्नु पर्ने आबश्यकता छ । हावादारी कुराले जनतामा अन्योलता हुन्छ । राजनीतिलाई गिजोल्नु हितकर र शोभनीय दुवै हुदैन। सरकार पनि त्यतातर्फ लाग्ने प्राथमिकतामा देखिँदैन । आमनागरिकको चाहना चाहिँ यो छ कि पछिल्लो अभ्यास...
प्रतिनिधिसभा बैठक आज
राजनीति, समाचार

प्रतिनिधिसभा बैठक आज

 प्रतिनिधिसभाको बैठक आज बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा राष्ट्रियसभाबाट उत्पति भएका विधेयक टेबल गर्ने सम्भावित कार्यसूची छ । आजको बैठकमा राष्ट्रिय सभामा उत्पति भएका नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६ र नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६ बारे राष्ट्रिय सभाबाट प्राप्त सन्देश टेबुल गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।...