प्रधानमन्त्री ओली र नेता माधवकुमार नेपालबीच भएको वार्तामा सहमति जुटेन
एमालेको आन्तरिक विवाद समाधानका लागि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच काठमाडौंस्थित होटल मेरियटमा भएको वार्तामा बुधबार सहमति जुटेन। तर वार्ता सकरात्मक रहेको वार्तामा सहभागी नेताहरुले प्रतिक्रिया दिएका छन्।
वार्तापछि प्रतिक्रिया दिँदै वरिष्ठ नेता नेपाल निकट नेता उपाध्यक्ष भीम रावलले फेरि वार्ता हुने जानकारी दिए। उनले सकरात्मक छलफल भएको भन्दै फेरि पनि वार्ता हुने जानकारी दिए। उनले जसरी पार्टीलाई एकतावद्ध बनाउन छलफल भइरहेको भन्दै गम्भीररुपमा छलफल भएको जानकारी दिए।
दुई शीर्ष नेताहरुबीच मेरियटमा वार्ता शुरु हुनुअघि कार्यदलमा रहेका नेताहरु उपाध्यक्ष भीम रावल, महासचिब ईश्वर पोखरेल, उपमहासचिब विष्णु पौडेल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेबीच छलफल भएको थियो। त्यसपछि ओली र नेपालबीच एक्लाएक्लै वार्ता भएको नेता पाण्डेले जानकारी दिए। उनले वार्ता ...








