Friday, November 20

विचार

नेपाल र चीनबीचको सम्बन्ध
राजनीति, विचार, समाचार

नेपाल र चीनबीचको सम्बन्ध

-डा.डिआर उपाध्याय, चीनका विदेशमन्त्री वाङ यी शुक्रबार नेपालको तीन दिने औपचारिक भ्रमणमा आएका छन । दुई देशबीचको सौहार्दपूर्ण मित्रतालाई अझ सुमधुर बनाउनु पर्ने आबश्यकता देखिएको छ । आपसी मित्रता, समझदारी र विश्वासको आधारलाई फराकिलो बनाउन यो भ्रमणले मद्दत पुग्ने देखिन्छ । नेपालको चीनसँग सौहार्दपूर्ण सम्बन्ध छ । एक चीन नीतिप्रति नेपाल प्रतिबद्ध छ । चीनले हाम्रो सार्वभौमिकता र क्षेत्रीय अखण्डताको सम्मान गरिरहेको छ । हामीले छिमेकी देशलाई चिढाउने काम पनि गर्नु हुदैन । हाम्रो देश नेपाल भारत र चीनको बीचमा छ । हामीले भारत र चीनसंग उस्तै सम्बन्ध कायम राख्न सक्नु पर्छ । हामीले दुबै देशलाई चिढाउने काम गर्नु हुदैन । हामी दुई विशाल मुलुकको बीचमा छौ । हामीले यी दुबै देश संग कूटनीतिक सम्बन्ध कायम राखिरहनु पर्छ । हाम्रो देशको बिकासका लागी उनीहरुबाट सहयोगको अपेक्षा पनि राखिरहनु पर्छ । हामीलाई अहिले दुवै ...
व्यवस्थामा दोष छैन,शासन चलाउने दोषी
राजनीति, विचार, समाचार

व्यवस्थामा दोष छैन,शासन चलाउने दोषी

-डा.डिआर उपाध्याय, अहिले हाम्रो देश संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा चलिरहेको छ । यो ब्यवस्था आफैमा राम्रो व्यवस्था हो तर यो ब्यवस्था संचालनकर्ता खराव भए । राजनीतिक दल र तिनका नेताहरुलाई सबैले आलोचना मात्र गरिरहेको देखिन्छ । यति हुँदा पनि खराव हाम्रा कतिपय नेता सुध्रर्न खोज्दैनन् । विगत देखि अहिले सम्म नेताहरुको ब्यवहार उस्तै छ । व्यवस्थालाई दोष दिनु हुदैन । शासन चलाउनेलाई दोष दिनु पर्छ । गलत शासनले जनतामा बितृष्णा र निराश ल्याउँछ । त्यसो भयो भने ब्यवस्था माथि खतरा आउन थाल्छ । जनताले परिवर्तन गरेर ल्याएको ब्यवस्था हो यो । राजनीतिक दलहरु र तिनका नेताहरुले मनपरी गर्न पाइदैनन् । आज देश विकासको गतिमा अघि बढन सकिरहेको छैन् । देश बिकासको बाँधक कुन हो ? अब हामीले सोच्नु पर्ने बेला भएको छ । नेपालका राजनीतिक दलहरु र तिनका नेताहरुले खाली नेपाली जनतालाई भ्रममा पार्ने र भोट तान्ने ...
अब जनतालाई आश्वासन होइन, परिणाम चाहिएको छ
विचार, समाचार, समाज

अब जनतालाई आश्वासन होइन, परिणाम चाहिएको छ

-डा.डिआर उपाध्याय, आज देशको अबस्था नाजुक बन्दै गइरहेको छ । राजनीतिक दल र तिनका नेताहरु मुलुकको भबिश्य बनाउने भन्दा पनि जसरी हुन्छ आफै बन्ने ध्यानमा छन । मुलुकको ब्यवस्था बदलियो तर जनताको अबस्था बदलिन सकेन । महंगीले आकाश छोएको छ । सर्बसाधरण जनतालाई बिहान बेलुकाको छाक टार्न धौ धौं छ । देशमा बेरोजगारी समस्या त्यस्तै छ । युवाहरु रोजगार नपाएर सडक सडक भौतारिदै हिडिरहेका छन । आज देशमा गम्भिर समस्या देखा पदै छन । सरकार समस्या समाधान गर्ने कुरामा गम्भिर बन्नु पर्छ । देशमा रोजगारी सिर्जना गरी युवाहरुलाई रोजगार दिने ब्यवस्था सरकारले गर्नु पर्छ । युवाहरु निराश बनिरहेका छन । उनीहरुले देशको भबिश्य देख्न सकिरहेका छैनन् । राजनीतिक दल र तिनका नेताहरुको पछि लागेर युवाहरुले के पाए ? यो गम्भिर प्रश्न हो । अब सबैले गम्भिरताका साथ सोच्ने बेला आएको छ । सधै भरी यस्तै अबस्था हुने हो भने देश कहिले बन्छ ...
सत्तारुढ दल भित्र एमसीसी सम्झौता गलपासो
राजनीति, विचार, समाचार

सत्तारुढ दल भित्र एमसीसी सम्झौता गलपासो

-डा.डिआर उपाध्याय, एमसीसी सम्झौताका बिषयलाई लिएर सत्तारुढ दल भित्र गलपासो लागेको छ । आज हामीले देखिरहेका छौ, संसद देखि बाहिर रहेका पार्टी र संसद भित्रका केही दलहरुले एमसीसीको बिराध गरिरहेका छन । नेपाली काँग्रेस बाहेक अरु सबै एमसीसी पास गर्ने पक्षमा छैनन् ।प्रधानमन्त्री शेर बहादुर देउवाले राजनीतिक दल र तिनका नेताहरुलाई एमसीसी पास गराउने बिषयमा फकाउने काम गरिरहेका छन । आज हामीले देखिरहेका छौ की सत्ता गठबन्धन भित्र यसको पक्ष र बिपक्षमा ठूलो बिवाद बढेर गएको छ । माधब, प्रचण्ड संसोधन बिना पास गर्ने पक्षमा छैनन् बरु गठबन्धन टोडन तयार छन ।एमसीसीको बिषय शुरुदेखि नै विवादास्पद बन्यो, यसको समाधान खोज्ने नाममा धेरै बैठक र छलफल भए तर अहिले सम्म निकास निस्कन सकेको छैन । यो विवाद चरमोत्कर्षमा पुगेको छ । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदनको मिति नजिकिँदै जाँदा यो विषय थप पेचिलो बन्दै गएको...
हामीले कल्पना गरेको मुलुक कहिले बन्छ ?
राजनीति, विचार, समाचार

हामीले कल्पना गरेको मुलुक कहिले बन्छ ?

डा.डी.आर.उपाध्याय- काठमाडौं – आज मुलुक समस्या नै समस्याले घेरिएको अवस्थामा छ । राजनीतिक दल र तिनका नेताहरुलाई कुनै चासो नै नभएको देखिन्छ । यदि उनीहरुलाई मुलुकको भाग्य र भविष्यको चिन्ता र चासो हुन्थ्यो भने आज यो देश यस्तो अवस्थामा रहने थिएन । मुलुकको अर्थतन्त्र ओरालोतिर लागेको छ । देशको अर्थतन्त्र नै थला परेको अवस्था छ । यस्तो अवस्थामा पनि अनियमितता हुन छोडेको छैन । सबैले आलो पालो देश लुट्ने मात्र काम गरिरहेका छन् । भ्रष्टाचारले सिमा नाघेको छ । जनता मुकदर्शक भएर बसेका छन् । जनताले संघर्ष गरेर बलिदान गरेर ल्याएको ब्यवस्थामाथि नेताहरुको मनपरी चलेको छ । हिजो राम्रो संग जुत्ता चप्पल लगाउन नसक्ने नेताहरु घर जोडेर छतमा बसेर घाम ताप्दै हाइ गरिरहेका छन् । के यसैका लागि राजनीतिक परिवर्तन भएको हो ? आज जनताको मतको कदर हुन छाडेको छ । सबै पदका लागि लडाइँ गरेका छन् । नेताहरुलाई आफू ...
जनताको कुरा कसले बुझ्ने….?
राजनीति, विचार, समाचार

जनताको कुरा कसले बुझ्ने….?

-डा.डी.आर.उपाध्याय, आज देशमा तमाम समस्या छन । ति समस्या समाधान गर्न कुनै दल र तिनका नेताहरु गम्भिर छैनन् । राजनीतिक दल र तिनका नेताहरु आ आफनो ब्यक्तिगत स्वार्थमा लिप्त छन । त्यसो भएको हुनाले हामी पछि परेका हौं । देश बनाउने र जनताको समस्या समाधान गर्ने कुरा तर्फ कसैको ध्यान गएको पाइदैन । चारैतिर समस्यै समस्या छन । गरिब जनता बिहान बेलुकाको छाक टार्न सकिरहेका छैनन् । देशमा महंगी बढेको बढै छ । सरकारी ढुकुटि माथि मनपरी ब्रमलुट भइरहेको छ । जनताले लडेर ल्याएको ब्यवस्था हो यो । तर जनताको अबस्था फेरिन सकेन । आज जनता चरम निराशामा छन । देश र जनताको भाग्य र भबिश्य अन्योलमा छ । सत्ता स्वार्थ बाहेक हाम्रा नेताहरुले अरु के देखे ? जनतालाई भ्रममा राखेर कति दिन राजनीति गर्ने ? यसको फैसला त जनताले गर्लान नी । देश झन पछि झन नाजुक बन्दै गइरहेको छ तर नेताहरु ठूला ठूला कुरा गर्न अझै छाडेका छैनन् । नेताहरु ...
मुलुकको आर्थिक अवस्था दिनानुदिन जर्जर बन्दै
विचार, समाचार

मुलुकको आर्थिक अवस्था दिनानुदिन जर्जर बन्दै

-डा.डिआर उपाध्याय, आज देशमा केन्द्रदेखि प्रदेश तथा स्थानीय तहमा सम्म अनियमितता बढेर गएको छ । जनताले कर तिरेर जम्मा भएको राज्यकोष माथि मन लागी भइरहेको छ । अझै पनि जनतालाई चुस्ने क्रम बढिरहेको छ । मुलुकको आर्थिक अवस्था दिनानुदिन जर्जर बन्दै गइरहेको छ । तर पनि विभिन्न बहानामा राज्यकोषमा लुट मच्चाउने काम बढिरहेको छ । राज्यकोषको दोहन गर्ने क्रम बढ्नुले मुलुक आर्थिक रूपमा टाट पल्टिरहेको छ । यो बिषयमा गम्भिर बन्ने कहिले ? जनतालाई चुसेर मुलुकमा बिकास र समृद्धि हुदैन । आज हामीले देखिरहेका छौं कि दलहरुले जनताको पक्षमा काम गर्न सकिरहेका छैनन् । जनतालाई भ्रममा राखेर कति दिन राजनीति गर्ने यो मेरो गम्भिर प्रश्न हो । आज जनता भ्रममा छन । अब राजनीतिक दल र नेताहरुले भ्रमको राजनीति गर्न छोडनु पर्छ । आज जनता धेरै चेतनशिल र जागरुप भइसकेका छन । जनतालाई छल्ने ढाँटने युग समाप्त भइसकेको छ । यो युग भनेको प्रब...
ब्यवस्था बदलियो तर जनताको अवस्था उस्तै
राजनीति, विचार, समाचार

ब्यवस्था बदलियो तर जनताको अवस्था उस्तै

-डा.डिआर उपाध्याय, यतिबेला देशको राजनीति ठिक ढङ्गले अघि बढन नसकेको हो की जस्तो भान भइरहेको छ । राजनीति गर्ने नेता देश र जनता प्रति इमान्दार हुनुपर्ने हो, त्यो अझै देखिन सकेन । राजनीति गर्ने भनेको देश र जनताका लागि हो । यहाँ त राजनीति आफनै स्वार्थका लागि गरेको देखियो । यसरी देश र जनताको उन्नति र प्रगति हुन सक्दैन । नेपालको राजनीतिमा नेता धनी बन्दै जाने अबस्था देखियो । देश र जनताको अबस्था हिजो जस्तो थियो आज पनि त्यस्तै छ । जनताको जीवनमा कुनै परिवर्तन आउन सकेन । ब्यवस्था बदलियो तर जनताको अवस्था उस्तै छ । यसरी राजनीति चल्दैन । राजनीतिक दल र तिनका नेताहरूले जनताको पक्षमा काम गर्न सक्नुपर्छ । देशलाई अघि बढाउने काम राजनीति दल र तिनका नेताको हो । राजनीतिक दलले आ–आफ्नै प्रकारले आस्था र सिद्धान्तको तय गरेका हुन्छन् । तर, त्यस अनुसार काम गरेको देखिएन । सिद्धान्त एकातिर ब्यवहार अर्को तिर गर्ने भ...
मूल्यवृद्धि फिर्ता गर
विचार, समाचार

मूल्यवृद्धि फिर्ता गर

-डा.डिआर उपाध्याय, नेपाल आयल निगमले बुधबार पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँँ तथा खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर ७५ रुपैयाँले मूल्यवृद्धि गरेपछि जनता निराश बनेका छन । आज मूल्यवृद्धिले भयावह अवस्था निम्त्याएको छ । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिका कारण जनताको ढाड सेकिएको छ । उसै त बजारमा उपभोग्य वस्तुको भाउ अकासिँदा जनता रुने की हाँस्ने अबस्थामा छन । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिले जनतामा आर्कोश थपिएको छ । मूल्यवृद्धि भएपछि खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर ७५ रुपैयाँले बढ्न जाँदा अब एक ग्यास सिलिन्डरको मूल्य १५ सय ७५ रुपैयाँ हुन गएको छ । पेट्रोल प्रतिलिटरको मूल्य १ सय ३६ रुपैयाँमा पुग्दा डिजेल मट्टीतेल प्रतिलिटर मूल्य १ सय १९ रुपैयाँ हुन पुगेको छ । आन्तरिकतर्फको हवाई उडानमा इन्धन प्रतिलिटर ५ रुपैयाँ बढाएर १ सय १ रुपैयाँ पु¥याइएको छ । न...
एमालेबाट माधब झलनाथको बिद्रोह
राजनीति, विचार, समाचार

एमालेबाट माधब झलनाथको बिद्रोह

-डा.डिआर उपाध्याय, एमाले बिधिवत रुपमा विभाजन भएको छ । माधब नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी नामको नयाँ दल खुलेको छ । एमालेबाट माधब नेपाल बाहिरे लगत्तै केपी ओलीलाई ठूलो झट्का लागेको छ । यही झड्का नै अन्तिम भने हुनेछैन । किनकि, गण्डकी र लुम्बिनीका प्रदेश सरकार ढलेका छन । प्रदेश एकको सरकार ढल्ने पनि ढल्ने देखिन्छ । अष्टलक्ष्मी शाक्यले पनि माधबको साथ छोडेकी हुनाले बागमतीको सरकार पनि फेरि ढल्ने सम्भावना छ । ओलीले एकताको बल्छी पटक पटक फाले तर माधब नेपाल त्यो बल्छीमा परेनन् । बरु आफनै नेतृत्वमा नयाँ दल खोलेर ठूलो साहस देखाएका छन । माधव नेपाल–झलनाथ खनाल जस्ता बरिष्ठ नेताहरुले एमालेबाट बिद्रोह गरेर नयाँ दल खोले तर यो दलको भविश्य के हुन्छ त्यो त भबिश्यले देखाउला । माधव नेपाल–झलनाथ खनालले ओलीलाई पूर्णतया तिरस्कार गर्नु नै थियो गरेरै छोडे । ओलीले एकलौटी ढंगले पार्टी हाँक्न खोज्नुको परिणाम...