Monday, November 23

समाचार

दुर्गेश थापाले चोरे गायक योगेशकाजीको गीत
मनोरन्जन, समाचार

दुर्गेश थापाले चोरे गायक योगेशकाजीको गीत

गायक तथा सङ्गीतकार योगेश काजीले गायक दुर्गेश थापालाई गीत चोरीको आरोप लगाएका छन । आज आफ्नो फेसबुक मार्फत जानकारी दिदै गीतका गायक समेत रहेका योगेशले लेखेका छन , “हिजो रिलिज गरेको मेरो गित ‘पानी खोलिको’को अडियो छ महिना अगाडि नै ONErpm बाट विभिन्न डिजिटल प्लेट्फम मा दुर्गेश थापा भाइले हालेछन। यो अधिकार तिमिलाई कसले दियो ? बिना कुनै सम्झौता सुन्न को लागि दिएको गितलाई यसरी चोरी गर्नु अपराध हो। छलकपट हो घात हो अहिले मेरो युटुब मा  Monitization Off  भएको छ र Google Adsence बाट हुने मेरो आयस्रोत बन्द भएको छ।।।।।बाकी कुरा बिस्तार मा बताउने छु।” आफ्नो स्वरमा माघ १ गते सार्वजनिक भएको गीत ‘पानी खोलिको’ गायकले आफ्नो युट्यूब च्यानल वाइटीएच इन्टरटेनमेन्ट बाट रिलिज गरेका थिए । राजधानीमा एक समारोहका वीच उक्त गीतको भिडियो सार्वजनिक गरिएको थियो । वरिष्ठ गीतकार राजेन्द्र थापाको प्रमुख आतिथ्यतामा आय...
दाहालको निर्देशनमा ‘तिमिसंग छुट्टिएर’
मनोरन्जन, समाचार

दाहालको निर्देशनमा ‘तिमिसंग छुट्टिएर’

काठमाण्डौ, माघ २ ग्यालेक्सी दैनिक गत सातामात्र ‘यो जीवन तिम्रो’ बोलको गीतको भिडियो सार्वजनिक गरेका निर्देशक सुमन दाहालले माघे संक्रान्तिको अवसर पारेर अर्को भिडियो ‘तिमिसंग छुट्टिएर’ सार्वजनिक गरेका छन् । खाने मुखलाई जुङ्गाले छेक्दैन भने झै जहाँ रहेपनि आफ्नो कर्ममा सकृय निर्देशक दाहालको निर्देशन रहेको सचेतनामुलक सर्ट फिल्म सार्वजनिक हुने तयारीमा रहेको छ । उनले कल्पना पाठकको शब्द, गायक, संगीतकार सिडी विजय अधिकारीको स्वरमा रहेको ‘तिमीसँग छुट्टिएर’ गीतको भिडियो सार्वजनिक गरेका हुन् । निर्देशक सुमन दाहालले अमेरिकाको लेक्सिन्टन क्षेत्रमा छायाँकन गरेर त्यहींबाट यो भिडियो रिलिज गरेको बताए । गीतको भिडियोमा राजु भण्डारी र निश्मा चापागाईंको मुख्यभूमिका रहेको छ । वियोगान्तभावको यो गीतमा संगीत संयोजन राजु कार्कीको छ । गीतको भिडियो सम्राट क्रियसन युट्युवच्यानल मार्फत सार्वजनिक गरि...
नेपालको भूमि लिपुलेकमा भारतले एकपक्षीय रूपमा सडक निर्माण गरेपछि त्यसबारे चौतर्फी विरोध
राजनीति, समाचार

नेपालको भूमि लिपुलेकमा भारतले एकपक्षीय रूपमा सडक निर्माण गरेपछि त्यसबारे चौतर्फी विरोध

-डा.डिआर उपाध्याय, नेपालको भूमि लिपुलेकमा भारतले एकपक्षीय रूपमा सडक निर्माण गरेपछि त्यसबारे चौतर्फी विरोध भइरहेको छ । नेपालका प्रमुख राजनीतिक दलहरूले औपचारिकरुपमा यसबारे आपत्ति जनाइसकेका छन् । अब सबै नेपाली जनताले देशको अस्मिता रक्षाका लागि हातमा हात मिलाएर अघि बढनु पर्ने आबश्यकता देखिएको छ । हामी नेपाली जनता नजुटे सम्म भारतको हेपाहा प्रबृति कायम रहिरहने अबस्था देखियो । देश भक्त नेपाली जनताले यो बिषयमा गम्भिरताका साथ सोचने बेला आएको छ । राजनीतिक दलहरू पनि यो सवालमा एक ठाउँमा उभिनु पर्छ । सबैले भारतीय सरकारको यो कदमको विरोध गर्नु पर्छ । नेपाली काँग्रेस, माओवादी केन्द्र, राप्रपा लगायतका दलहरुले बिरोध गरिरहेका छन । त्यसै गरी नेकपा एमालेले समेत लिपुलेकमा भारतीय पक्षले सडक निर्माण गरिरहेको विषयलाई लिएर गम्भीर आपत्ति प्रकट गरिसकेको छ । प्रतिपक्षी दल एमालेले लिपुलेक–लिम्पियाधुरामा सडकलगायतक...
चेम्वर अफ कमर्सद्वारा अफगानस्तालाई २० लाखको राहत सहयोग
अर्थ/व्यापार, समाचार

चेम्वर अफ कमर्सद्वारा अफगानस्तालाई २० लाखको राहत सहयोग

काठमाडौं – नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले चेम्वरको तर्फबाट अफगानिस्तानका जनताको लागि मानवीय सहयोगार्थ करिव २० लाख मूल्य वरावरको राहत सामाग्रीहरु माननीय परराष्ट्र मन्त्री डा. नारायण खडकालाइ हस्तान्तरण गर्नु भयो । उक्त अवसरमा अध्यक्ष मल्लले मानवीय सहयोगको पुनित कार्यमा सहभागी हुन चेम्वरलाइ अवसर प्रदान गरि दिनु भएको माननीय मन्त्रीलाइ आभार व्यक्त गर्नु हुंदै सहयोगमा सरिक हुन पाएकोमा खुशी व्यक्त गर्नु भयो । माननीय मन्त्री डा. खडकाले राहत सामाग्री उपलब्ध गराइ मानवीय सहयोग कार्यमा सघाउ पुर्याएकोमा धन्यबाद ज्ञापन गर्नु भयो ।...
रेडियो रियालिटी सो स्टार आरजेको समुटघाटन सम्पन्न
राष्ट्र, समाचार

रेडियो रियालिटी सो स्टार आरजेको समुटघाटन सम्पन्न

प्लानेट मल्टिमेडिया तथा रेडियो झापा द्वारा आयोजित स्टार आरजे सुरु भएको छ। दमक उद्योग बाणिज्य संघको सभा हलमा आयोजित समुटघाटन कार्यक्रम दमक नगरपालिकाको ६ नम्बरका वडा अध्यक्ष टेक बहादुर थापाको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ भने बिशिष्ठ अतिथि पुणानन्द दाहाल सभापतिमा टिकाराम शिवाकोटी साथै अन्य अतिथिहरुमा डा के पी सुबेदी, प्रमोद कुमार दाहाल, दिपक खडका, भोजराज घिमिरे, रेवत चन्द्र भण्डारी, नवराज कार्की, दिपक खडका, सुबोध खरेल र गोपाल गुरागाई रहेका थिए। १५ दिन प्रशिक्षण कक्षा चल्ने यस प्रतियोगितामा प्रशिक्षण पश्च्यात सहभागीहरुले विभिन्न विधामा प्रतिस्प्रधा गर्ने यस कार्यक्रमको ढांचा रहेको छ। प्रतिस्प्रधा पछि सहभागीहरुको प्रस्तुतिको आधारमा बिजेता पनि घोसित गरिने छ। र बिजेतालाई विभिन्न अवसरका साथै पुरस्कारको व्यवस्था पनि गरिएको छ। आजबाट बिधिबद रुपमा सुभारम्भ गरिएको यस कार्यक्रमको प्रशिक्षण कक्षा भो...
किन बनेन देश ?
राजनीति, समाचार

किन बनेन देश ?

– डा.डिआर उपाध्याय, देशमा ब्यापक रुपमा भ्रष्टाचार बढेर गएको छ । यो माहामारी जसरी फैलिएको छ । भ्रष्टाचारलाई बेलैमा नियन्त्रण गर्न सकिएन भने यसले बिकाराल रुप लिन सक्छ । भ्रष्टाचारले सबै क्षेत्रमा लामो समयदेखि नकारात्मक प्रभाव पारिरहेको छ । मुलुकमा भ्रष्टाचार बढनु भनेको बिकासको गतिलाई रोक्नु हो । भ्रष्टाचारले देशलाई खोक्रो बनाइसकेको छ । भौतिक सम्पन्नताको होडबाजीका कारणले भ्रष्टाचार बढ्ने हो । देशमा भ्रष्टाचार बढदै जानु भनेको यो राम्रो संकेत होइन । भ्रष्टाचारलाई अब जरो देखि उखेलेर फाल्नु पर्छ । त्यसो भयो भने मात्र देश बन्छ । जनता पनि कुनै कार्यालयमा जाँदा काम बनेन भने कर्मचारीलाई घुस खुवाउन पछि पर्दैन । यो नै गल्ति हो । हामी आफै गल्ति गरिरहेका छौं । भ्रष्टाचारको भण्डाफोर गर्नु पर्ने बेलामा आफै घुस खुवाउन थाल्यौ भने हामी कस्तो समाज बनाउन खोजिरहेका छौं । यो बारे हामी नागरिक आफै सचेत र चलाखो हु...
हिमालयन अन्तर्राष्ट्रिय अवार्डको दोस्रो संस्करण सम्पन्न
मनोरन्जन, समाचार

हिमालयन अन्तर्राष्ट्रिय अवार्डको दोस्रो संस्करण सम्पन्न

विमेन्स एरा मिडिया ग्रुप प्रा.लि नेपालको आयोजनामा हिमालयन अन्तर्राष्ट्रिय अवार्डको दोस्रो संस्करण सम्पन्न भएको छ । राजधानीको बानेश्वर स्थिति एभरेष्ट होटलमा बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीको प्रमुख आतिथ्यतामा एक भव्य र विशेष कार्यक्रमबीच मंगलबार अवार्ड सम्पन्न भएको हो । अवार्ड समारोहमा बरिष्ठ शात्रिय सङ्गीतकार तथा गायक गुरुदेव कामदलाई दीर्घ साधना सम्मान गरिएको थियो भने नेपाली कांग्रेसकी सबैभन्दा कान्छी केन्द्रीय सदस्य तथा लोकगायिका विद्या तिम्लसीनालाई सम्मान गरिएको थियो । समारोहमा रङ्ग पत्रकारिता सम्मान बाट पत्रकारत्रय तुलसी गिरी, लक्ष्मण सुवेदी र विष्णु सुवेदीलाई सम्मान गरिएको थियो । यस्तै युवा उद्यमी ऋषिराम कँडेल, युवा व्यवसायी विकास श्रेष्ठ, पर्यटन व्यवसायी रामप्रसाद श्रेष्ठ, महिला उद्यमी कल्पना थापा, सामाजिक अभियन्ता राजन थापा, वरिष्ठ चलचित्रकर्मी विनोद सेरेङ, प्रेरक...
करोडौं ठगी गर्ने नेटवर्किङ कम्पनी सम्पर्कबिहिन
समाचार

करोडौं ठगी गर्ने नेटवर्किङ कम्पनी सम्पर्कबिहिन

काठमाण्डौँ, पौष २८  ग्यालेक्सी दैनिक पछिल्लो समय नेटवर्किङ व्यवसायबाट ठगीनेहरुको सङ्ख्या बढ्दो छ । विभिन्न नेटवर्किङ व्यावसायहरु मध्ये जोसियल पनि एक हो । जोसियल नामक अनलाइन नेटवर्किङ व्यावसायका एजेण्टहरुबाट नेपालीहरु ठगीदै आएका छन् । चितवनका रामप्रसाद कँडेल नाम गरेका जोसियलका एक एजेण्टले बुटवलबाट मात्रै करिब एक करोड बराबरको रकम ठगी गरेको ठगीमा परेका बुटवलवासीको अनुमान छ । आफू बसेको टोलबाट मात्रै १० लाख ठगी भएको उनको भनाइ छ । रामप्रसादले सुरुमा उक्त व्यावसायमा लाग्न उक्साएर सोझासिधा व्यक्तिहरुबाट लाखौं पैसा संकलन गरेपछि अहिले सम्पर्कवीहिन भएको बुटवलका पीडितहरुको गुनासो रहेको छ । नेपालको विभिन्न स्थानहरूमा जोसियल सम्बन्धी तालिम दिँदै हिड्ने रामप्रसादले प्रशिक्षणको क्रममा लाखौं करोडौं कमाउन सकिने आश्वासन दिएका थिए । ‘सुरुमा त मलाई पनि विस्वास लागेको थिएन, तर नेपाल सरकारबाट मान्यताप्र...
बाल गायिका सफलताले हात पारिन अवार्ड
मनोरन्जन, समाचार

बाल गायिका सफलताले हात पारिन अवार्ड

काठमाण्डौँ, पौष २८  ग्यालेक्सी दैनिक विश्व कीर्तिमानी गायक तथा संगीतकार सन्तोष श्रेष्ठकी ११ वर्षीया छोरी सफलता श्रेष्ठको स्वर रहेको ‘म हुँ नेपाली’ राष्ट्रिय भावको गीतले अवार्ड जित्न सफल भएको छ । मंगलबार राजधानीमा सम्पन्न विमेन्स एरा मिडिया ग्रुप नेपालको आयोजनामा ‘दोस्रो हिमालयन इन्टरनेशनल अवार्ड २०७८’ अवार्ड आफ्नो पक्षमा पार्न बाल गायिका सफलता श्रेष्ठ सफल भएकी हुन् । सन्तोष श्रेष्ठको शब्द सृजना र संगीत रहेको ‘म हुँ नेपाली’ सफलताको स्वर रहेको गीत केही समय पहिले सार्वजनिक भएको थियो । ‘म हुँ नेपाली’ सफलता श्रेष्ठको पहिलो गीत हो भने सो गीतको भिडियोमा उनको अभिनय समेत रहेको छ ।...
जनताको कुरा कसले बुझ्ने….?
राजनीति, विचार, समाचार

जनताको कुरा कसले बुझ्ने….?

-डा.डी.आर.उपाध्याय, आज देशमा तमाम समस्या छन । ति समस्या समाधान गर्न कुनै दल र तिनका नेताहरु गम्भिर छैनन् । राजनीतिक दल र तिनका नेताहरु आ आफनो ब्यक्तिगत स्वार्थमा लिप्त छन । त्यसो भएको हुनाले हामी पछि परेका हौं । देश बनाउने र जनताको समस्या समाधान गर्ने कुरा तर्फ कसैको ध्यान गएको पाइदैन । चारैतिर समस्यै समस्या छन । गरिब जनता बिहान बेलुकाको छाक टार्न सकिरहेका छैनन् । देशमा महंगी बढेको बढै छ । सरकारी ढुकुटि माथि मनपरी ब्रमलुट भइरहेको छ । जनताले लडेर ल्याएको ब्यवस्था हो यो । तर जनताको अबस्था फेरिन सकेन । आज जनता चरम निराशामा छन । देश र जनताको भाग्य र भबिश्य अन्योलमा छ । सत्ता स्वार्थ बाहेक हाम्रा नेताहरुले अरु के देखे ? जनतालाई भ्रममा राखेर कति दिन राजनीति गर्ने ? यसको फैसला त जनताले गर्लान नी । देश झन पछि झन नाजुक बन्दै गइरहेको छ तर नेताहरु ठूला ठूला कुरा गर्न अझै छाडेका छैनन् । नेताहरु ...